संयुक्त राज्य अमेरिकाको इलिनोइ, सिकागो परमेश्वरको मण्डली

परमेश्वरको मण्डली विश्वकोशबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
संयुक्त राज्य अमेरिकाको इलिनोइ, सिकागो परमेश्वरको मण्डली
भवनको दृश्य
भवनको दृश्य
वर्गमण्डली
उद्देश्यआराधना, सुसमाचार प्रचार, समाज सेवा
स्थानडुपेज काउन्टी, इलिनोइ, संयुक्त राज्य अमेरिका
आबद्धपरमेश्वरको मण्डली विश्व सुसमाचार समाज
वेबसाइटपरमेश्वरको मण्डलीको आधिकारिक वेबसाइट

इलिनोइ, सिकागो परमेश्वरको मण्डली सन् १९९९ अक्टोबरमा डुपेज काउन्टी, इलिनोइमा स्थापना भएको थियो । सन् २०१०को सेप्टेम्बरमा यो मण्डली ठूलो नयाँ मन्दिरमा सारियो । यसको आधिकारिक नाउँ ‘संयुक्त राज्य अमेरिकाको इलिनोइ, सिकागो परमेश्वरको मण्डली विश्व सुसमाचार समाज’ हो ।

अवलोकन

  • स्थापना मिति : सन् २०१० सेप्टेम्बर २
  • मापन : जमिनमुनि १ तला, जमिनमाथि १ तला, कुल क्षेत्रफल १,३९५.०५ वर्ग मिटर, जग्गा क्षेत्रफल १६,३८९.१२ वर्ग मिटर
  • सुविधा स्थलहरू: मुख्य आराधना हल, सहायक आराधना हल, अध्ययन कक्ष, बहुउद्देश्यीय कक्ष, चमेना-गृह
  • स्थान : डुपेज काउन्टी, इलिनोइ

विशेषता

इलिनोइ राज्यको जनसंख्या मध्य-पश्चिमी अमेरिकामै सबैभन्दा अधिक छ । इलिनोइमा सिकागो विश्वविद्यालय, इलिनोइ विश्वविद्यालय, नर्थ वेस्टर्न विश्वविद्यालय जस्ता थुप्रै नामी विश्वविद्यालयहरू पनि छन् । यसको अतिरिक्त, राम्ररी विकसित हवाई, रेल र राजमार्गको सञ्जालले रसद र आपूर्ति श्रृङखला व्यवस्थापनको केन्द्रको रूपमा काम गर्दछ ।

पारिवारिक प्रशंसा दिवस
पारिवारिक प्रशंसा दिवस

सिकागोको इलिनोइमा रहेको परमेश्वरको मण्डली स्प्रिङब्रुक प्रेरी वन संरक्षण नजिकै अवस्थित छ, जहाँ मण्डलीका सन्तहरूले प्राकृतिक दृश्यको आनन्द लिँदै बाइबल अध्ययन गर्न सक्छन् ।

मण्डलीले स्थानीय बासिन्दाहरूसँग पारिवारिक संलग्नता र सद्भाव बढाउन विभिन्न गतिविधिहरू गर्दैआएको छ । उदाहरणको लागि, सन्तहरूले व्यस्त जीवन बिताउने परिवारहरूलाई एक-अर्काप्रतिको प्रेम र सराहना व्यक्त गर्न पारिवारिक सराहना दिवसको आयोजना गरे ।[१] साथै उनीहरूले नजिकैका क्षेत्रहरूमा सडक सरसफाइ पनि गर्नुका साथै स्थानीयबासीहरूलाई पनि यी गतिविधिमा सहभागी हुन प्रोत्साहित गरे ।[२] जब नेपर्भिल, इलिनोइ र वासिङ्टन आँधीले क्षतिग्रस्त भयो, तब सन्तहरूले पीडितहरूलाई समर्थन गर्दै, आमाको मनद्वारा मर्मत सम्भार कार्य गरे ।[३][४]

बर्विनमा ४,४२०औँ विश्वव्यापी वातावरण सरसफाइ
बर्विनमा ४,४२०औँ विश्वव्यापी वातावरण सरसफाइ

विश्वविद्यालय विद्यार्थी स्वयंसेवक सङ्गठन, ASEZले कोभिड-१९को सङ्‌क्रमणलाई रोक्न कडा परिश्रम गर्ने प्रहरी चौकी र अग्नि नियन्त्रण केन्द्रको भ्रमण गर्दै त्यहाँ स्यानिटेरी किटहरू वितरण गऱ्यो ।[५]

परमेश्वरको प्रेममा रहेर स्वयंसेवाद्वारा समुदायको विकासमा योगदान पुऱ्याएको इलिनोइ सिकागो परमेश्वरको मण्डलीले इलिनोइ सिनेट मान्यता अवार्ड, सिकागो सहरका २६औँ वडा सभासदबाट प्रशंसा-पत्र र हर्टल्यान्ड रक्त केन्द्रबाट मान्यता प्लेक प्राप्त गऱ्यो ।[६][७][८]

इलिनोइ सिनेटरबाट प्रशंसा-पत्र
इलिनोइ सिनेटरबाट प्रशंसा-पत्र

बाह्य कडीहरू

सन्दर्भ सामग्रीहरू

  1. "इलिनोइ सिकागो मण्डलीमा परिवार प्रशंसा दिवस"WATV.org 
  2. "परमेश्वरको मण्डलीद्वारा आयोजित 'निस्तार-चाडको उपलक्ष्यमा विश्वव्यापी वातावरण सरसफाइ अभियान'"Ecolaw News। मार्च २८, २०१२। 
  3. "आँधीद्वारा नेपर्भिल, वुडरिज र डेरिएन क्षतिग्रस्त"Chicago Tribune। जुन २१, २०२१। 
  4. "आमाको प्रेम, विपत्ति राहत सहयोग र सरसफाइद्वारा वासिङ्गटनका पीडितहरूको हृदयलाई न्यानो पार्दै"Courier Newspapers। डिसेम्बर १७, २०१३। 
  5. "ASEZका स्वयंसेवकहरूले स्थानीय प्रथम प्रतिक्रियाकर्ताहरूलाई हेरचाह प्याकेज वितरण गरिदिँदै"ASEZ USA-East Coast। नोभेम्बर १२, २०२०। 
  6. "इलिनोइ सिनेटबाट कदर पत्र"WATV Award। जनवरी ११, २०१४। 
  7. "कदर पत्र, वडा नं. २६– सिकागो नगर"WATV Award। अगस्ट १२, २०१९। 
  8. "हर्टल्यान्ड ब्लड सेन्टरबाट सराहना प्लेक"WATV Award। मे ११, २०१४।