निस्तार-चाड

परमेश्वरको मण्डली विश्वकोशबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
निस्तार-चाड
इस्राएलीहरूले निस्तार-चाडको थुमाको रगत लगाए ।
नाउँनिस्तार-चाड
उत्पत्तिमिश्रबाट छुटकारा
पुरानो करारको धर्मविधिथुमाको रगत छर्केर त्यसको मासु आगोमा पोल्नु
नयाँ करारको धर्मविधिगोडा धुने विधि गरेपछि, येशूज्यूको देह र रगतलाई सङ्केत गर्ने रोटी खानु र दाखमद्य पिउनु ।
अगमवाणीको पूर्णतापापमय संसारबाट छुटकारा
आशिष्पाप-क्षमा, अनन्त जीवन, विपत्तिबाट सुरक्षा, पहिलो आज्ञा पूरा

बाइबलमा ३ चरणका ७ वटा चाडहरूमध्ये पहिलो नै निस्तार-चाड हो । पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझमा मनाइने यो चाड ग्रेगोरियन पात्रो(सौर्य पात्रो)अनुसार मार्च र अप्रिलको बीचतिर पर्दछ । ७ वटा चाडलाई ३ चरणमा वर्गीकरण गरिएको छ : अखमिरी रोटीको चाड, साताहरूको चाडछाप्रो-वासको चाड । निस्तार-चाडचाहिँ पहिलो चरणमा रहेको अखमिरी रोटीको चाड अन्तर्गत पर्दछ । निस्तार-चाड, परमेश्वरले मानव-जातिको मुक्तिको निम्ति स्थापना गर्नुभएको नयाँ करारको केन्द्रीय सत्यता हो । पवित्र पात्रोअनुसार पहिलो महिनाको चौधौँ दिनको साँझमा, येशू ख्रीष्टले उहाँको देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्यद्वारा चेलाहरूसँगै निस्तार-चाड मान्नुभएर नयाँ करार स्थापना गर्नुभयो । पुरानो करारको समयमा इस्राएलीहरूले निस्तार-चाड मानेर मिश्रबाट छुटकारा पाई कनानको भूमिमा प्रवेश गरेका थिए । त्योजस्तै नयाँ करारको समयमा पनि परमेश्वरका प्रजाले नयाँ करार निस्तार-चाड मानेमा उनीहरूले अनन्त जीवन पाउनेछन् र यस पापमय संसारबाट छुटकारा पाई स्वर्गको राज्यमा प्रवेश गर्नेछन् ।

निस्तार-चाडको उत्पत्ति र अर्थ

उत्पत्ति र अर्थ

मिश्रमा दास भएका इस्राएलीहरूले निस्तार-चाड मानेर विपत्तिबाट सुरक्षा र दासत्वबाट छुटकारा पाएको इतिहासबाट यो चाडको उत्पत्ति भएको हो । निस्तार-चाडको नाउँ पनि, ‘विपत्ति पार गराउने चाड’ भन्ने अर्थ बोकेको यस्तो इतिहासबाट राखिएको हो । हिब्रू भाषामा ‘निस्तार-चाड’लाई ‘पेसाह’ भनिन्छ,[१] जुनचाहिँ ‘पासाह’ भन्ने क्रियाबाट व्युत्पन्न गरिएको हो,[२] जसको अर्थ ‘पार हुनु’ वा ‘तर्नु’ हो । ग्रीकमा यसलाई ‘पास्का’ भनिन्छ । बाइबल लेख्न प्रयोग गरिएका यी दुवै भाषाहरूमा, निस्तार-चाडले ‘(विपत्ति) पार’ भन्ने अर्थ बोकेको छ ।

प्रत्येक भाषामा निस्तार-चाड

प्रस्थानको पुस्तकमा उल्लेखित निस्तार-चाडलाई प्रत्येक भाषामा निम्नानुसार भनिन्छ ।

भाषा अनुवाद
हिब्रू पेसाह(פֶּסַח)
ग्रीक पास्का(πασχα)
कोरियाली युवल्जल
अङ्ग्रेजी पासोभर
स्पेनी पास्क्वा
डच हे जुड्से पास्फिस्ट
नर्वेली पास्के
जर्मन पासह फेस्ट
ल्याटिन पास्चा
रूसी еврейская пасха
रोमानियाली पेसाह
मङ्गोलियाली Дээгүүр өнгөрөх баяр
स्वाहिली पासका या कियाहुदी
स्वीडिस påskhögtid
युक्रेनी पेसाह
इटालियाली पास्कुआ इब्राइका
इन्डोनेसियाली पस्कह
जापानी 傑容器(すぎこしさい)
चीनियाँ (सरलीकृत) 容器
चेक पेसाच
टर्की फिसि बेइराम, हमुर्सुज बेराम
फारसी فصح[fash]
पोर्चुगिज पास्को
पोलिस पास्का(święto w judaizmie)
फ्रान्सेली Pâque
फिनल्याण्ड pääsiäinen
हङ्गेरियाली पासका

पुरानो करारको निस्तार-चाड[सम्पादन गर्ने]

धर्मविधि[सम्पादन गर्ने]

पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझमा इस्राएलीहरूले एक वर्षे थुमा काटेर त्यसको मासु आगोमा पोल्थे र अखमिरी रोटी र तीतो सागसित त्यो खान्थे । त्यो मासु बिहानसम्म राख्न मिल्दैनथ्यो । साथै निस्तार-चाडको थुमाको हाडहरू एउटै पनि भाँचिनुहुँदैनथ्यो ।[३][४][५]

पुरानो करारको निस्तार-चाडको इतिहास [सम्पादन गर्ने]

  • प्रस्थान
इस्राएलीहरूले निस्तार-चाड मानेर मिश्रबाट छुटकारा पाए ।

ई.पू. १५औँ शताब्दीतिर मोशाको पालामा पहिलो चोटि निस्तार-चाड मनाइयो । करीब ४०० वर्षसम्म मिश्रको दासत्वमा रहेका इस्राएलीहरूलाई छुटकारा दिलाउन परमेश्वरले मिश्रमा दश विपत्तिहरू झार्नुभयो । यसरी पहिले जन्मेकाहरूलाई नाश गर्ने दशौँ विपत्ति झारिनुअघि परमेश्वरले इस्राएलीहरूलाई निस्तार-चाड मान्न लगाउनुभयो ।


“यो परमप्रभुको निस्तार-चाड हो । त्यस रात म मिश्र भएर जानेछु, र मिश्रका मानिस र पशु दुवै पहिले जन्मेका र बियाएकाहरूलाई मार्नेछु, र मिश्रका सबै देवताहरूका विरुद्धमा म इन्साफ गर्नेछु । म परमप्रभु हुँ । तिमीहरू बसेका घरहरूमा त्यो रगत तिमीहरूका निम्ति चिन्ह हुनेछ । जब म त्यो रगत देख्नेछु तब तिमीहरूलाई चाहिँ छोडिदिनेछु, र मैले मिश्रलाई प्रहार गर्दा नाश गर्ने कुनै विपत्तिले तिमीहरूलाई छुनेछैन । त्यो दिन तिमीहरूका निम्ति एउटा स्मरणीय दिन हुनेछ, र तिमीहरूले त्यो दिन परमप्रभुको निम्ति चाड मनाउनेछौ । तिमीहरूले यो पुस्तौँसम्म एउटा रहिरहने विधि स्वरूप मान्नू ।”

प्रस्थान १२:११-१४


पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझमा इस्राएलीहरूले निष्खोट एक वर्षे थुमालाई काट्थे, र त्यसको रगतलाई आफ्नो घरको ढोकाको चौकोसका दुईपट्टिका खम्बाहरू र माथिल्लो भागमा लाउँथे । अनि त्यसको मासुलाई आगोमा पोलेर अखमिरी रोटी र तीतो सागसित खान्थे ।[६] निस्तार-चाडको रातमा, हरेक घरानामा जेठो सन्तान मर्ने त्यस्तो भयानक विपत्ति मिश्रमा झारियो । फारोको जेठो छोरादेखि लिएर झ्यालखानमा हुने कैदीको जेठो छोरासम्म, र सबै गाईबस्तुहरूका पहिले बियाएकासमेत सबै मरेकाले मिश्रमा ठूलो रुवाबासी भयो ।[७] तर इस्राएली घरानामा चाहिँ पहिले जन्मेकामध्ये एक जना पनि मरेनन् । परमेश्वरको प्रतिज्ञाको वचनअनुसार निस्तार-चाड मानेकाले तिनीहरू विपत्तिबाट बचाइए । भोलिपल्ट, इस्राएलीहरू छुटकारा र स्वतन्त्रतामा रमाउँदै मिश्रबाट निस्केर प्रतिज्ञाको देश कनानतिर लागे ।

  • उजाड-स्थानको समय

मिश्रबाट निस्केको दोस्रो वर्षको पहिलो महिनाको पहिलो दिनमा इस्राएलीहरूले पवित्र वासस्थान निर्माण कार्य पूरा गरे,[८] र सोही महिनाको १४औँ दिनमा सीनैको उजाड-स्थानमा दोस्रो पल्ट निस्तार-चाड माने ।[९] अनि मान्छेको लाश छोएर अशुद्ध भएकाले अथवा टाढा यात्रामा गएकाले निस्तार-चाड मान्न नसकेका मानिसहरूले चाहिँ दोस्रो महिनाको १४औँ दिनको साँझमा निस्तार-चाडको सम्पूर्ण नियम र विधिअनुसार चाड मान्नुपर्छ भनेर परमेश्वरले भन्नुभयो । तिनीहरू सबैले निस्तार-चाड मानून् र यदि कसैले चाड मान्दैन भने त्यो मानिस परमेश्वरका प्रजाहरूबाट बहिष्कृत हुनेछ भनेर परमेश्वरले चेताउनी दिनुभयो ।[१०]

तर मिश्रबाट निस्केर दोस्रो वर्षमा निस्तार-चाड मानेपछि इस्राएलीहरूले ३८ वर्ष लामो समयसम्म निस्तार-चाड माने भन्ने अभिलेख बाइबलमा कतै पनि छैन । उजाड-स्थानको यात्राको अन्तिममा जब तिनीहरू यर्दन नदी तरेर यरीहोमा आइपुगे, तब परमेश्वरले तिनीहरू सबैलाई खतना गर्नू भनी आज्ञा गर्नुभयो । किनभने मिश्रबाट निस्केका २० वर्षदेखि उँभोका सबै पुरुषहरू(यहोशू र कालेबबाहेक[११]) उजाड-स्थानमै मरे । अनि उजाड-स्थानमा जन्मिएकाहरूमध्ये कसैको पनि खतना गरिएको थिएन ।[१२] तसर्थ खतना गरेकाहरूले मात्र निस्तार-चाड मान्न सके । तिनीहरूको खतना भएको थिएन भन्नाले तिनीहरूले निस्तार-चाड मानेका थिएनन् भन्ने अर्थ हो ।[१३] खतना गरिएपछि, इस्राएलीहरूले यरीहोको मैदानमा निस्तार-चाड माने, र सोही वर्ष कनान देश प्रवेश गरे ।[१४]

  • राजा हिजकियाको समय

इस्राएलीहरूको इतिहासमा हेर्दा, परमेश्वरको शक्तिचाहिँ निस्तार-चाडद्वारा प्रकट हुँदैआएको छ । मोशाको समयपछि करीब ८०० वर्षपछिको हिजकियाको समयलाई हेरौं । हिजकिया दक्षिण यहूदाका १३औँ राजा थिए । ती दिनहरूमा, इस्राएलचाहिँ दक्षिण यहूदा र उत्तर इस्राएल गरी दुई भागमा विभाजित थियो । राजा हिजकिया राजसिंहासनमा बस्नेबित्तिकै तिनले परमेश्वरको अनुग्रहभित्र आफ्ना प्रजाको सुरक्षा र शान्तिको आशा गर्दै निस्तार-चाड मान्ने निर्णय गरे । हिजकियाले यरूशलेममा निस्तार-चाड मान्न आऊन् भनी निम्तो दिएर इस्राएल र यहूदा दुवैतिर समाचारवाहकहरू पठाए । तर इस्राएल दुई भागमा विभाजित भएको समयदेखि करीब २५० वर्षसम्म उत्तर इस्राएलका धेरै मानिसहरूले निस्तार-चाड नमानेका हुनाले तिनीहरूले समाचारवाहकहरूको सन्देशलाई गिल्ला र हाँसो गरे । अन्ततः दक्षिण यहूदाका मानिसहरू लगायत विनम्र भएर चाड मान्न यरूशलेममा आएका उत्तर इस्राएलका केही मानिसहरूले मात्र निस्तार-चाड माने ।[१५] निस्तार-चाड मानेपछि मानिसहरूले मन्दिरभित्र भएका सबै मूर्तिहरू हटाउनुका साथै आफूले पनि थाहै नपाई मूर्तिपूजा गरी अन्य देवतालाई बलि चढाउन र आराधना गर्नमा प्रयोग हुँदैआएका जम्मै वेदीहरूलाई तिनीहरूले नष्ट गरे ।[१६]

त्यसको ३ वर्षपछि शक्तिशाली अश्शूर देशले उत्तर इस्राएललाई घेरेर इस्राएलको राजधानी सामरियालाई घेरा हाल्यो र त्यसको ३ वर्षपछि त्यसलाई कब्जा गऱ्यो । निस्तार-चाड नमानेको उत्तर इस्राएल ई.पू. ७२१तिर पूर्ण रूपमा नष्ट भयो ।[१७] उत्तर इस्राएल विनाश हुनुको मुख्य कारणचाहिँ तिनीहरूले परमेश्वरको करारलाई बेवास्ता गरेकाले हो भनेर बाइबलमा लेखिएको छ ।[१८]

हिजकियाको १४औँ वर्षमा अश्शूरका सेनाहरूले धेरै सहरहरूलाई कब्जा गर्दै यरूशलेमलाई घेरा हाल्दै दक्षिणमा यहूदालाई कब्जा गर्न लम्के । तर निस्तार-चाड मानेको दक्षिण यहूदालाई परमेश्वरले बचाउने प्रतिज्ञा गर्नुभएको थियो । त्यसैले उहाँले अश्शूरी सेनाविरुद्ध युद्ध गर्न स्वर्गदूतहरू पठाउनुभयो । परिणामस्वरूप एकै रातमा १ लाख ८५ हजार जना अश्शूरी सेना मारिए र अश्शूरी सेना आएकै बाटो फर्किए ।[१९] निस्तार-चाडमा रहेको प्रतिज्ञाअनुसार दक्षिण यहूदाले विनाश र विपत्तिबाट सुरक्षा पायो ।

  • राजा योशियाहको समय

हिजकियाको समयपछि, दक्षिण यहूदाले निस्तार-चाड मान्न रोकेर फेरि हिजकियाले नष्ट गरेका मूर्तिहरू स्थापना गऱ्यो । हिजकियाका पनाति, र यहूदाका १६औँ राजा रहेका योशियाहले आफ्नो शासनकालको अठारौँ वर्षमा, जब मन्दिर मर्मत भइरहेको थियो, त्यस बेला व्यवस्थाको पुस्तक फेला पारे, र त्यो पढेर निस्तार-चाडको बारेमा थाहा पाए ।[२०] योशियाह र मानिसहरूले निस्तार-चाड मान्ने निर्णय गरे, र परमेश्वरको मन्दिरमा भएका मूर्तिहरूलाई सबै हटाए ।[२१] निस्तार-चाडपछि इस्राएलीहरूले इस्राएल र यहूदामा भएका सबै मूर्तिहरूलाई नष्ट गरे । न्यायकर्ताहरूको समयदेखि इस्राएलका राजाहरू र यहूदाका राजाहरूको समयसम्म यस्तो निस्तार-चाड कहिल्यै मनाइएको थिएन । त्यसैले बाइबलमा योशियाहलाई आफ्नो सारा हृदय, प्राण र शक्तिले परमेश्वरका सबै नियमहरू पूर्ण रूपमा पालन गरेका राजाको संज्ञा दिइएको हो ।[२२]

नयाँ करार निस्तार-चाड[सम्पादन गर्ने]

धर्मविधि[सम्पादन गर्ने]

पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझमा गोडा धुने धर्मविधि पहिला गरिन्छ ।[२३] त्यसपछि निस्तार-चाडको थुमाको वास्तविकता हुनुभएका येशूज्यूको देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्य खाने र पिउने धर्मविधि गरिन्छ ।[२४]

येशू ख्रीष्टको नयाँ करार निस्तार-चाड[सम्पादन गर्ने]

नयाँ करार निस्तार-चाडद्वारा सबै मानिसहरूलाई यस पापमय संसारबाट छुटकारा गराउनुभएका येशू ख्रीष्ट ।
नयाँ करार निस्तार-चाडद्वारा सबै मानिसहरूलाई यस पापमय संसारबाट छुटकारा गराउनुभएका येशू ख्रीष्ट ।

निस्तार-चाड मानेपछि इस्राएलीहरूले मिश्रबाट छुटकारा पाएको इतिहासचाहिँ येशू ख्रीष्टले नयाँ करार निस्तार-चाड स्थापना गर्नुभएर मानिसहरूलाई यस पापमय संसारबाट छुटकारा गराउनुहुने विषयको अगमवाणी हो । पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनमा थुमा बलि गरिने दिनमा येशू ख्रीष्टले पत्रुस र यूहन्नालाई पठाउनुभएर निस्तार-चाडको तयारी गर्न लगाउनुभयो ।[२५] त्यस साँझ, येशू ख्रीष्टले मर्कूसको माथिल्लो तलामा आफ्ना चेलाहरूका गोडा धोइदिनुभयो,[२३] र सँगै निस्तार-चाड मान्नुभयो । येशू ख्रीष्टले निस्तार-चाडको रोटीलाई उहाँको देह, अनि निस्तार-चाडको दाखमद्यलाई चाहिँ धेरैका निम्ति पाप प्रायश्चितको लागि बगाइने उहाँको रगत हो भन्नुहुँदै नयाँ करार घोषणा गर्नुभयो ।[२४]


“अनि जब बेला भयो, तब येशूज्यू आफ्ना चेलाहरूसँग भोजन गर्न बस्नुभयो । येशूले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ ...” अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर ।” यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।”

लूका २२:१४-२०


येशूज्यूले निस्तार-चाडको दाखमद्य भएको कचौरा लिनुहुँदै त्यसलाई “मेरो रगतमा स्थापित नयाँ करार” भन्नुभयो, अनि निस्तार-चाडको भोजन खाने ठूलो इच्छा गरेको थिएँ पनि भन्नुभयो । योचाहिँ नयाँ करारको केन्द्रबिन्दु नै निस्तार-चाड हो भन्ने अर्थ हो । निस्तार-चाडको भोलिपल्ट येशूज्यूले, निस्तार-चाडको वास्तविक थुमाको रूपमा क्रूसमा मृत्यु भोग्नुभयो । रोमी सिपाहीहरूले येशूज्यूको दायाँ-बायाँ टाँगिएका दुई जना डाँकूहरूको खुट्टा भाँचे, तर तिनीहरूले येशूज्यूको हड्डीचाहिँ भाँचेनन् । बरु तिनीहरूले येशूज्यूको कोखामा भालाले घोचे । उक्त घटनाद्वारा, निस्तार-चाडको थुमाका हाडहरू भाँचिनुहुँदैन भन्ने अगमवाणी पूरा भयो ।[२६]

सुरुको मण्डलीले मानेको नयाँ करार निस्तार-चाड [सम्पादन गर्ने]

प्रस्थानपछिको अर्को वर्षमा सीनैको उजाड-स्थानमा इस्राएलीहरूले दोस्रो पल्ट निस्तार-चाड माने । योचाहिँ प्रेरितहरू र सुरुको मण्डलीका सन्तहरूले येशूज्यूको स्वर्गारोहणपछि हरेक वर्ष पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझमा नयाँ करार निस्तार-चाड मान्नेछन् भन्ने कुराको अगमवाणी हो । निस्तार-चाडको थुमाको वास्तविकताको रूपमा ख्रीष्ट बलि हुनुभएकोले हामीले निस्तार-चाड मान्नुपर्छ भनेर प्रेरित पावलले जोड दिएका छन् ।[२७] अनि येशूज्यू पक्राउ पर्नुभएको निस्तार-चाडको रातमा हामीले रोटी खाँदैपिच्छे र दाखमद्य पिउँदैपिच्छे उहाँको बलिदानलाई सम्झना गर्नुपर्छ, र प्रभु नआउञ्जेल निस्तार-चाड मान्नुपर्छ भनेर पावलले बताएका छन् ।


किनकि प्रभुबाट मैले जे पाएँ, सो तिमीहरूलाई सुम्पी पनि दिएँ । अर्थात् जुन रात उहाँ पक्राउ पर्नुभयो (अर्थात् निस्तार-चाडको रात), त्यो रात प्रभु येशूले रोटी लिनुभयो, र धन्यवाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो, र भन्नुभयो, “यो तिमीहरूका निम्ति मेरो शरीर हो । यो मेरो सम्झनाको निम्ति गर ।” ... “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो । जहिले-जहिले तिमीहरू यो पिउँछौ, मेरो सम्झनामा यो अक्सर गर ।” किनभने जहिले-जहिले तिमीहरू यो रोटी खान्छौ र यस कचौराबाट पिउँछौ, उहाँ नआउञ्जेल तिमीहरू प्रभुका मृत्युको घोषणा गर्दछौ ।

१ कोरिन्थी ११:२३-२६


निस्तार-चाडको आशिष्[सम्पादन गर्ने]

स्वर्गको राज्य[सम्पादन गर्ने]

नयाँ करार निस्तार-चाड मान्ने परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

इस्राएलीहरूको ४० वर्षको लामो उजाड-स्थानको यात्राले नयाँ करारको समयमा हुन आउने कुरालाई देखाएको छ ।[२८] इस्राएलीहरूले निस्तार-चाड मानेर मिश्रबाट छुटकारा पाई उजाड-स्थानको ४० वर्षको यात्रापछि कनानमा प्रवेश गरेको इतिहासचाहिँ नयाँ करारको युगका प्रजाले निस्तार-चाड मानेर पापको संसारबाट छुटकारा पाई आत्मिक कनान रहेको स्वर्गको राज्य प्रवेश गर्ने कुराको अगमवाणी हो ।[२९][३०]

इस्राएलीहरूले सीनैको उजाड-स्थानमा दोस्रो पल्ट निस्तार-चाड मानेपछि, कनान प्रवेश गर्नुभन्दा ठीकअघिसम्म निस्तार-चाड माने भन्ने अभिलेख बाइबलमा कतै पनि छैन । त्योजस्तै नयाँ करारको समयमा पनि ई.सं. ३२५मा निकेयामा गरिएको धार्मिक सम्मेलनपछि करीब १,६०० वर्षसम्म निस्तार-चाड कतै पनि मनाइएन । इस्राएलीहरूले कनानमा प्रवेश गर्नुभन्दा ठीकअघि निस्तार-चाड मानेका कुराचाहिँ लामो समयसम्म नमनाइएको नयाँ करार निस्तार-चाड, परमेश्वरका प्रजाहरू स्वर्गीय कनानमा प्रवेश गर्नुभन्दा ठीकअघि पुनर्स्थापना हुनेछ भन्ने कुराको अगमवाणी हो ।[३१] इस्राएलीहरूले निस्तार-चाड मानेपछि बल्ल कनानमा प्रवेश गरेजस्तै, हामीले पनि नयाँ करार मानेपछि बल्ल हामीहरू आत्मिक कनान रहेको स्वर्गको राज्यमा प्रवेश गर्न सक्नेछौं ।

पाप-क्षमा[सम्पादन गर्ने]

सबै मानिसहरू आफ्नो पापले गर्दा मृत्यु भोग्दछन् भनेर बाइबलमा भनिएको छ ।[३२] यसरी मृत्युबाट उम्कन नसक्ने भएकाले तिनीहरू जीवनभर पापको दास भएर जिउँछन् ।[३३] पापबाट छुटकारा पाउने एकमात्र तरिका भनेको क्रूसमा बगाइएको ख्रीष्टको अनमोल रगतको अनुग्रह धारण गर्नु हो ।[३४] येशू ख्रीष्टले, निस्तार-चाडको दाखमद्यलाई, पापको प्रायश्चितको निम्ति बगाइएको उहाँले रगत भन्नुभयो । यसकारण ख्रीष्टको रगतद्वारा पाप-क्षमा पाउन हामीले नयाँ करार निस्तार-चाड मान्नुपर्छ । जसरी पुरानो करारको समयका इस्राएलीहरूले निस्तार-चाड मानेर मिश्रबाट छुटकारा पाए, त्यसरी नै नयाँ करारको समयका प्रजाले पनि नयाँ करार निस्तार-चाड मानेर यस पापमय संसारबाट छुटकारा पाउँछन् ।[३५]

अनन्त जीवन[सम्पादन गर्ने]

जब हामीबाट मृत्युको खील, हाम्रा पापहरू सबै हटाइन्छ तब हामीहरू अनन्तकाल बाँच्न सक्नेछौं । तसर्थ पाप-क्षमा पाएमा हामीले अनन्त जीवन पाउन सक्नेछौं । त्यसैले येशूज्यूले पनि, नयाँ करार निस्तार-चाडद्वारा उहाँको देह खाने र उहाँको रगत पिउनेले अनन्त जीवन पाउनेछ भन्नुभयो ।


येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने तिमीहरूमा जीवन हुँदैन । मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ, र अन्त्यको दिनमा म त्यसलाई जीवित पार्नेछु ।”

यूहन्ना ६:५३-५४


परमेश्वरले हामीलाई नयाँ करार निस्तार-चाडद्वारा अनन्त जीवन दिनु चाहनुको कारणचाहिँ स्वर्गीय राज्य मृत्यु नहुने ठाउँ भएकोले गर्दा हो । यस मरणशील शरीर लिएर कदापि स्वर्ग प्रवेश गर्न सकिँदैन ।[३६] त्यसैले परमेश्वरले नयाँ करार निस्तार-चाडद्वारा आफ्ना प्रजालाई अनन्त जीवन दिनुहुन्छ ।

हिजकियाको समयमा निस्तार-चाड मानेपछि मूर्तिहरूलाई हटाएका यहूदाका मानिसहरू ।

विपत्ति पार[सम्पादन गर्ने]

निस्तार-चाडचाहिँ विपत्ति पार गराउने परमेश्वरको शक्तिको चिन्ह हो । निस्तार-चाड मानेका परमेश्वरका प्रजाहरू कसरी विपत्तिबाट बचेका थिए भन्ने कुरा बाइबलमा लेखिएको छ । प्रस्थानको समयमा इस्राएलीहरूले निस्तार-चाड मान्दाखेरि, हरेक घरानामा पहिले जन्मेकोलाई नाश गर्ने विपत्तिबाट सुरक्षा पाएका थिए ।[३७] जब राजा हिजकिया र यहूदाका मानिसहरूले निस्तार-चाड माने, तब तिनीहरू अश्शूरीहरूको आक्रमणबाट बचाइए ।[१५][१९] त्योजस्तै नयाँ करारको समयमा पनि, नयाँ करार निस्तार-चाड मान्ने मानिसहरू मात्र अन्तिम विपत्तिबाट बचाइनेछन् । निस्तार-चाडद्वारा येशूज्यूको देह खाने र उहाँको रगत पिउनेहरू मात्र परमेश्वरभित्र रहन सक्छन् ।[३८] परमेश्वरभित्र रहनेहरूलाई परमेश्वरले विपत्तिबाट बचाउने प्रतिज्ञा गर्नुभएको छ ।[३९]

पहिलो आज्ञा पूरा[सम्पादन गर्ने]

दश आज्ञामध्येको “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू” भन्ने पहिलो आज्ञाभित्र दुई वटा आज्ञाहरू समावेश छन् : “अरू देवताहरूलाई नमान्नू” र “परमेश्वरलाई मात्र मान्नू ।” निस्तार-चाडचाहिँ अन्य देवता-देवीहरूलाई नष्ट गरेर परमेश्वरलाई मात्र मान्न सक्ने गराउने विशेष सत्यता हो । कारण प्रस्थानको समयदेखि नै परमेश्वरले निस्तार-चाडलाई अन्य देवता-देवीहरूलाई नष्ट गर्ने दिनको रूपमा स्थापना गर्नुभयो ।[३७] यदि निस्तार-चाडको दिनमा अन्य देवताहरू सबै नष्ट भए भने केवल परमेश्वर मात्र बाँकी रहनुहुन्छ । अनि हामीले निस्तार-चाडलाई महसुस गरेर मान्यौं भने हामीले अरू देवता-देवीहरूलाई होइन तर केवल परमेश्वरलाई मात्र पुज्न पुग्नेछौं । उदाहरणको लागि, परमेश्वरले मोशाको समयमा निस्तार-चाडको रातमा मिश्रका देवताहरूलाई नष्ट गर्नुभएको थियो । हिजकिया र योशियाहको समयमा पनि इस्राएलीहरूले निस्तार-चाड मानेपछि बल्ल मूर्तिहरूलाई हटाई केवल परमेश्वरलाई मात्र मान्न सकेका थिए । नयाँ करारको समयमा पनि यदि हामीले नयाँ करार निस्तार-चाड मान्यौं भने हामीले पहिलो आज्ञा पूर्ण रूपमा पालन गर्न सक्नेछौं ।

यो पनि हेर्नुहोस्

सम्बन्धित भिडियो

  • प्रवचन : परमेश्वरले मान्नू भनेर आज्ञा गर्नुभएको निस्तार-चाड पवित्र भोज

सन्दर्भ सामग्रीहरू

  1. 6453. pesach, Bible Hub
  2. 6452. pasach, Bible Hub
  3. "व्यवस्था १६:१-७" 
  4. "गन्ती ९:११-१२" 
  5. "प्रस्थान १२:४२-४७" 
  6. "प्रस्थान १२:५-११" 
  7. "प्रस्थान १२:२९-३०" 
  8. "प्रस्थान ४०:१७" 
  9. "गन्ती ९:१-५" 
  10. "गन्ती ९:९-१३" 
  11. "गन्ती १४:२९-३०" 
  12. "यहोशू ५:२-५" 
  13. "प्रस्थान १२:४८" 
  14. "यहोशू ५:१०-१२" 
  15. १५.० १५.१ "२ इतिहास ३०:१-१२" 
  16. "२ इतिहास ३१:१" 
  17. राजा अध्याय १-२को परिचय, ESV
  18. "२ राजा १८:९-१२" 
  19. १९.० १९.१ "२ राजा १९:३०-३५" 
  20. "२ राजा २२:३-११" 
  21. "२ राजा २३:३-४" 
  22. "२ राजा २३:२१-२५" 
  23. २३.० २३.१ "यूहन्ना १३:४-१५" 
  24. २४.० २४.१ "मत्ती २६:१९-२८" 
  25. "लूका २२:७-८" 
  26. "यूहन्ना १९:३२-३६" 
  27. "१ कोरिन्थी ५:७-८" 
  28. "१ कोरिन्थी १०:१-११" 
  29. "हिब्रू ३:१५-१९" 
  30. "हिब्रू ४:६-११" 
  31. "यशैया २५:६-९" 
  32. "रोमी ६:२३" 
  33. "यूहन्ना ८:३४" 
  34. "एफिसी १:७" 
  35. "रोमी ८:१-२" 
  36. "प्रकाश २१:१-४" 
  37. ३७.० ३७.१ "प्रस्थान १२:११-१३" 
  38. "यूहन्ना ६:५६" 
  39. "यशैया ४३:१-२"