परमेश्वरको मण्डलीको विदेश भ्रमण टोली
विश्वभरिका सन्तहरूले कोरियामा बाइबलको सत्यता अध्ययन गर्न सकून् र माता परमेश्वरको प्रेमलाई अनुभव गर्न सकून् भन्ने हेतूले परमेश्वरको मण्डली विदेश भ्रमण टोली कार्यक्रम सुरु गरिएको हो । कोरियाचाहिँ नयाँ करारको सुसमाचार र परमेश्वरको मण्डली पुनर्स्थापना भएको ठाउँ हो । यो कार्यक्रम विश्वभरिका परमेश्वरको मण्डलीका सन्तहरूका लागि तीर्थयात्रा हो भन्न सकिन्छ । यो कार्यक्रम एक हप्तादेखि १५ दिन जतिसम्म जारी रहन्छ । सन् २००१मा उत्तर अमेरिकाबाट पहिलो चोटि विदेश भ्रमण टोलीले कोरियाको भ्रमण गरेदेखि कोभिड-१९ महामारी सङ्क्रमण कालसम्म कुल ७५ वटा टोलीले कोरियाको भ्रमण गरेका छन् ।[१]
भ्रमणको अवधिमा, विदेशी सन्तहरूले कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिर, ओग्छन गो एन्ड कम प्रशिक्षण प्रतिष्ठान र एलोहिम प्रशिक्षण प्रतिष्ठानमा विभिन्न कोणबाट बाइबलका सत्यताहरू अध्ययन गर्दछन् । शिक्षा र निर्देशनद्वारा सन्तहरूले आफ्नो विश्वासलाई अझ गहिरो बनाउँछन् र बाइबलीय ज्ञानलाई फराकिलो पार्छन् । उनीहरू ग्लोबल बाइबल गोष्ठी जस्ता विभिन्न कार्यक्रमहरूमा सहभागी हुँदै कोरियाली सन्तहरूसँग अन्तर्क्रिया गर्छन् र राष्ट्रिय सीमालाई पार गरेर मित्रता गाँस्छन् । देशभित्रका केही स्थानीय मण्डली र प्रसिद्ध ठाउँहरूको भ्रमणद्वारा कोरियाको इतिहास र संस्कृति अनुभव गरेपछि सन्तहरूले कोरियामा सिकेका कुराहरू आफ्नो देशमा फर्केर गई अरूहरूसित साझा गर्छन् ।[२]
विदेश भ्रमण टोलीको अवलोकन
सन् २०००को प्रारम्भतिर विदेश भ्रमण टोली कार्यक्रम गठन गरियो । त्यो समयमा, विदेश मिसनद्वारा धेरै देशहरूमा परमेश्वरको मण्डली स्थापना भयो । सन् १९९९मा विदेशका सन्तहरूले पहिलो पटक कोरियाको भ्रमण गरेकाले[३] परमेश्वरको मण्डली स्थापना भएका सबै देशका सन्तहरूबाट प्रधान कार्यालयमा अनुरोधको ओइरो लाग्न थाल्यो । उनीहरूको उद्देश्यचाहिँ नयाँ करारको सत्यता र सुरुको मण्डलीको विश्वास पुनर्स्थापन भएको कोरियाको भ्रमण गर्नु र आफ्नो विश्वासलाई अझ सुदृढ पार्नु थियो ।
“यरूशलेमको महिमा सारा संसारमा चम्कँदा, टाढाबाट मानिसहरू भेला भएर ढुकुरझैँ आफ्नो गुँडमा उडेर आउनेछन्” भन्ने बाइबलको अगमवाणीजस्तै[४] विश्वका धेरै सन्तहरूले कोरियाको भ्रमण गरेका छन् । ख्रीष्टियानहरूले धार्मिक स्वतन्त्रताको लागि नयाँ संसारको खोजी गरेका उत्तर अमेरिका र क्यानाडा, त्यसै गरी क्याथोलिक मण्डलीको उद्गमस्थल रहेको यूरोपको जर्मनी, फ्रान्स र स्पेन, त्यसै गरी एसियामा नेपाल र जापान, अनि अफ्रिकामा दक्षिण अफ्रिका, जिम्बाब्वे, मोजाम्बिक र सेशल्स, अनि दक्षिण अमेरिकामा पेरु, मेक्सिको र अर्जेन्टिना, अनि ओसिनिया महादेशमा अस्ट्रेलिया र न्यूजिल्यान्ड गरेर विश्वभरिका ८० वटाभन्दा बढी देशहरूबाट सन्तहरू कोरिया भ्रमणमा आए । केही देशका सन्तहरूलाई त कोरियासम्म आइपुग्न करीब ३ दिन लाग्छ ।[५] विश्वभरिका सन्तहरूले समय र पैसा खर्च गरेर कोरियाको भ्रमण गर्नुको कारणचाहिँ बाइबलको गवाहीअनुसार पिता परमेश्वर र माता परमेश्वर आउनुभएको पवित्र भूमि नै कोरिया भएकोले गर्दा हो । यो एक ऐतिहासिक केन्द्र हो, जसले सारा विश्वमा नयाँ करारको सुसमाचार फैलाउने निर्णायक भूमिका खेल्दछ ।[६]
परमेश्वरको मण्डलीका विदेशी सन्तहरूले थोरै समयको लागि नै भए पनि ‘अगमवाणीको भूमि’को तीर्थयात्रा गर्छन्, विश्वासको मातृभूमि कोरियामा स्वर्गीय मातासित दर्शनभेट गर्छन्, र उहाँको प्रेम प्रत्यक्ष रूपमा सिक्दछन् । कोरियाको भ्रमण गरेका विदेशी सन्तहरूले, परमेश्वरको मण्डलीको ऐतिहासिक सङ्ग्रहालय र स्थानीय मण्डलीको भ्रमण गर्छन्, र मण्डलीको प्रगतिको अवलोकन गर्दै बाइबलका अगमवाणीहरूको पूर्णतालाई प्रत्यक्ष महसुस गर्छन् ।
विदेशी सन्तहरूसँगको अन्तर्वार्ता
- काइ हर्टिङ (जर्मनी) : “म परमेश्वरको प्रेमलाई प्रत्यक्ष अनुभव गर्न कोरियामा आएको हुँ । मैले मेरा प्रश्नहरूको स्पष्ट उत्तर परमेश्वरको मण्डलीमा बाइबलद्वारा पाएकोले यो मण्डलीमा सत्यता छ भन्ने कुरामा म विश्वस्त भएँ ।”
- जेमी लाजो(संयुक्त राज्य अमेरिका): “नयाँ करार ग्रहण गरेदेखि मैले बोकेको सपना भनेकै कोरिया भ्रमण थियो । (यसपालिको भ्रमणद्वारा) म स्वर्गीय मातालाई दर्शनभेट गरेर उहाँको प्रेम सिक्न, र नम्र हुन चाहन्छु । अनि आफ्नो देश फर्केर त्यो प्रेम धेरै मानिसहरूसित बाँड्न चाहन्छु ।”[७]
कार्यक्रम
परमेश्वरको मण्डली विदेश भ्रमण टोली कार्यक्रम कोभिड-१९ महामारीअघिसम्म सक्रियतापूर्वक जारी थियो । प्रत्येक भ्रमणमा भिन्न संस्कृति र भाषाका करीब १०० देखि ३०० जना सन्तहरू कोरियामा आउँदछन् । परमेश्वरको मण्डलीको प्रधान कार्यालयबाट आयोजित शैक्षिक गोष्ठी, स्थानीय मण्डलीहरूको भ्रमण र सांस्कृतिक भ्रमणजस्ता विभिन्न कार्यक्रमहरूमा उनीहरू सहभागी हुन्छन् ।
शिक्षा तथा कार्यक्रम
विदेश भ्रमण भ्रमण टोलीको तालिकाको ठूलो हिस्सा नै सत्यतासम्बन्धी शिक्षा हो । सन्तहरूले कोरियाको ओग्छन गो एन्ड कम प्रशिक्षण प्रतिष्ठान, दोङबेग प्रशिक्षण प्रतिष्ठान र नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा बाइबलका वचनहरू जोशका साथ अध्ययन गर्छन् । उनीहरूले विश्वासी जन भएअनुरूप आफूले लिनुपर्ने मनस्थिति र स्वभाव पनि सिक्दछन् ।[८] शिक्षाचाहिँ अङ्ग्रेजी, स्पेनी, जापानी, फ्रान्सेली, कम्बोडियाली, श्रीलङ्काली र तेलुगु आदि प्रत्येक देशको आधिकारिक भाषामा अनवरत रूपमा सञ्चालन गरिन्छ । अन्य भाषाहरूचाहिँ भाषा अनुवादको दक्षता भएका स्थानीय मिसनरीहरू र सन्तहरूले अनुवाद गर्छन् ।
भ्रमण टोलीका सन्तहरूले कोरियाली सन्तहरूसँग अन्तर्क्रिया गर्न सक्ने भएकाले कार्यक्रमको अवधिमा पनि सन्तहरू धेरै प्रभावित हुन्छन् । विभिन्न अन्तर्राष्ट्रिय बाइबल गोष्ठी, सम्मेलन र विदेशी भाषा बाइबल प्रस्तुति प्रतियोगितामा सहभागी भएर उनीहरूले सिमाना, भाषा र संस्कृतिलाई पार गर्दै एक-अर्कासँग अन्तर्क्रिया गर्छन् ।[९] सन् २००३को देगु ग्रीष्म युनिभर्सियाडमा, उनीहरूले कोरियाका सन्तहरूसँगै औरा समर्थकको रूपमा सक्रिय सहभागिता जनाउँदै विश्वभरिका मानिसहरूसँग मित्रता गाँसे ।[१०] सन् २०१९मा आन साङ होङज्यूको जन्मको १०१औँ वार्षिकोत्सवको उपलक्ष्यमा, संस्कृति र कलाकारिताको क्षेत्रमा कुशल भएका सन्तहरू संयुक्त राज्य अमेरिका, पेरु, मेक्सिको, युक्रेन, मङ्गोलिया, नेपाल, दक्षिण अफ्रिका लगायत अन्य देशबाट आएर कोरियाको भ्रमण गरे । ओग्छन गो एन्ड कम प्रशिक्षण प्रतिष्ठानमा आयोजित यस कार्यक्रममा सन्तहरूले भविष्यको लागि सद्भावपूर्ण विश्व गाउँ निर्माण गर्ने आशा बोकेर परम्परागत वाद्यवादन, लोक गीत र क्वार्टेट(४ जनाको संयुक्त गायन) जस्ता विभिन्न प्रस्तुतिहरू अगि बढाए ।[११][१२]
विदेशी सन्तहरूसँगको अन्तर्वार्ता
- बिल्ली आहियो(न्यू जिल्यान्ड) : “यति स्पष्ट सत्यता र यस्तो महान् प्रेम मैले अघि कहिल्यै पाएको थिइनँ । जब मैले सत्यता ग्रहण गरें, तब सत्यता पाएकोमा, अनि पिता परमेश्वर र माता परमेश्वरलाई चिन्न पाएकोमा म एकदमै खुशी भएँ ।”[१३]
- माइकल केन्ट मिलर (संयुक्त राज्य अमेरिका): “भिन्न देश, भाषा र संस्कृतिका मानिसहरूमा एकै मन देखेर म एकदमै प्रभावित भएँ । नव वर्षमा माताको प्रेमको शिक्षाद्वारा विश्वभरिका सबै मानिसहरू एकताबद्ध भई सबैमा खुशी छाउनेछ भनी आशा गर्दछु ।”[११]
स्थानीय मण्डली तथा प्रशिक्षण प्रतिष्ठानहरूको भ्रमण
विदेशका सन्तहरूले कोरिया भ्रमण गर्न आउँदा, सुसमाचारमा सकारात्मक प्रभाव छोडेका केही मण्डलीहरू र प्रशिक्षण प्रतिष्ठानहरूतिर उनीहरूलाई भ्रमण गराइन्छ । जसमध्ये केही ठाउँहरू यस प्रकार छन् : विदेश भ्रमण टोलीलाई स्वागत गर्ने पहिलो मण्डली, सउल ग्वानाग परमेश्वरको मण्डली; नयाँ करार सुसमाचारको जग बसालिएको ठाउँ, इन्छन नाग्सम परमेश्वरको मण्डली; यसै गरी विभिन्न ऋतुमा सुन्दर परिदृश्यहरूको अवलोकन गर्न सकिने एलोहिम प्रशिक्षण प्रतिष्ठान ।[१४] साथै सन्तहरूले स्थानीय मण्डलीमा आयोजित ‘हाम्री आमा’ लेख तथा तस्वीर प्रदर्शनी र ‘बुबाको साँचो मन’ प्रदर्शनी अवलोकन गरेर परिवारको प्रेमलाई याद गर्ने समय पनि लिए ।[१५][१६]
विदेशी सन्तहरूसँगको अन्तर्वार्ता
- आनारिस्बेथ गार्सिया (संयुक्त राज्य अमेरिका) : “कोरियाली सन्तहरूले आफ्नो हात हल्लाएर हामीलाई उज्यालो मुस्कानमा स्वागत गर्नुभयो । पिता परमेश्वर र माता परमेश्वरका सन्तान हामीहरू साँच्चै नै स्वर्गीय परिवार हौं भन्ने कुरा मलाई पुनः महसुस भयो । किनकि हामीहरू एउटै मनद्वारा प्रेम र खुशीमा एकताबद्ध थियौं ।”[१७]
कोरियाली संस्कृति अनुभव
परमेश्वरको मण्डलीमा आउनुअघिसम्म अधिकांश विदेशका सन्तहरूलाई कोरियाको बारेमा थाहा थिएन, र उनीहरूले कोरियाको भ्रमण पनि गरेका थिएनन् ।[१८] मण्डलीले सन्तहरूका लागि प्रकृति, इतिहास, संस्कृति, र वास्तुकलाद्वारा कोरियाको सुन्दरता अवलोकन गर्न सकिने कार्यक्रमहरूको आयोजना गर्दछ । परमेश्वरको मण्डलीका विदेशी सन्तहरूले जोसन राजवंशको मुख्य दरबार रहेको ग्यङबोग्गुङ दरबार, युनेस्को विश्व सम्पदा सूचीमा दर्तित छाङदग्गुङ दरबार, र सुवनको ह्वासङ गढी रहेको जोसन राजवंशको मुख्य दरबार जस्ता ऐतिहासिक स्थलहरूको भ्रमण गरेर कोरियाली शिष्टाचार, कोरियाली वर्णमाला लेखन र गायागुम(कोरियाली परम्परागत तार वाद्यवादन) सिक्ने जस्ता विभिन्न गतिविधिहरूमा सहभागी भए । फान्ग्यो न्यू टाउन, सोङदो अन्तर्राष्ट्रिय सहर, N सउल टावर र लोट्टे वर्ल्ड टावर जस्ता उच्च प्रविधि औद्योगिक भवनहरूचाहिँ कोरियाले छोटो समयभित्र हासिल गरेको उल्लेखनीय विकासलाई देखाउने ठाउँहरू हुन् ।[६] विश्वभरिका सन्तहरूले कोरियाको इतिहास बुझ्न कोरियाको राष्ट्रपति निवास, राष्ट्रिय सभा भवन, स्वतन्त्रता हल र सउल इतिहास सङ्ग्रहालयको भ्रमण गरेर आफ्नो उत्साह व्यक्त गरेका छन् । परमेश्वरको मण्डली ऐतिहासिक सङ्ग्रहालयको भ्रमणद्वारा बाइबलको इतिहास र मण्डली विकासलाई हेर्न पाएकोमा उनीहरू ज्यादै रमाए ।[१९] ती सन्तहरूले इन्छनस्थित समुद्री तट र वाङसान समुद्री किनारमा पहिलो पटक समुद्रको अनुभव गरे ।[२०][२१]
विदेशी सन्तहरूसँगको अन्तर्वार्ता
- माइकल किङ (सिभिल इन्जिनियर, बेलायत) : “यस्तो आधुनिक सहरमा यति सुन्दर दरबार देख्दा म अचम्मित भएँ । यो एकदमै रहस्यमय हुनुको साथै चट्ट मिलेको पनि छ ।”
- लिसा रामोस् (एरोस्पेस इन्जिनियर, संयुक्त राज्य अमेरिका): “यो ठाउँको प्रत्यक्ष भ्रमण गर्दा मलाई कोरियाको राजनीति, संस्कृति र अर्थतन्त्रका सबै पक्षहरू अझ रहस्यमय लाग्यो । प्राचीन युग र आधुनिक युगको तालमेल एकदम मज्जाले मिल्नु अचम्मको कुरा हो । अब म स्वदेश फर्केपछि कोरियाका यी कुराहरू अन्य मानिसहरूलाई पनि बताउनेछु ।”[२२]
अन्तर्राष्ट्रिय बाइबल गोष्ठी
अन्तर्राष्ट्रिय बाइबल गोष्ठीचाहिँ अन्तरिक्ष इन्जिनियरिङ, जीव विज्ञान, कानून र लेखा जस्ता विभिन्न क्षेत्रहरूमा संलग्न विभिन्न देशका सन्तहरू एकसाथ भेला भएर आ-आफ्नो विशेष ज्ञान र बाइबलद्वारा माता परमेश्वरको अस्तित्वबारे प्रकाश पार्ने कार्यक्रम हो । गोष्ठीमा, परमेश्वरको मण्डलीका सन्तहरू लगायत बाइबलमा रुचि राख्ने मानिसहरूले संसारको सिद्धान्त र नियममा समाविष्ट सृष्टिकर्ता परमेश्वरको मुक्तिको प्रबन्धबारे आफ्नो धारणा साझा गरे ।[२३][२४]
विदेशी सन्तहरूसँगको अन्तर्वार्ता
- एस्. तुमुर्बात (प्राध्यापक, मङ्गोलिया) : “संसारका सबै प्रणालीहरू माता परमेश्वरसँग सम्बन्धित छन् भन्ने कुरा मैले पुनः एक पटक महसुस गरें । कति अचम्म ! म आफूले पढाउने गरेको जमिन नापी र भूगोल विधाद्वारा परमेश्वरको अस्तित्वलाई प्रायः महसुस गर्ने गर्छु ।”[२५]
- मिगेल कार्लोस (प्राध्यापक, पेरु): “मानसिक, मनोवैज्ञानिक र शारीरिक स्थिरताले समाज विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । यी सबै कुरा मूलभूत रूपमा आमाबाट आउँदछ । माता परमेश्वरलाई खोज्नुचाहिँ मानव स्वभाव हो ।”[२६][२७][२८]
- अगस्ट क्रुएसी (एरोजेट रकेटडाइन रकेट इन्जिन प्रोपल्सन प्रणालीको विकास तथा उत्पादनका वरिष्ठ इन्जिनियर): “जीवन प्रक्रियाको खोजी गर्ने क्रममा मानव-जातिले अन्तरिक्ष पत्ता लगाए, तर पृथ्वीबाहिर भने कुनै जीवन भेट्टिएको छैन । अब हामीहरू अनन्त जीवनको स्रोतलाई बुझ्नतिर ध्यानकेन्द्रित हुनुपर्छ । सबै जीवन आमाद्वारा दिइन्छ ... आमालाई जीवन दिने अस्तित्व बनाउनुचाहिँ सृष्टिकर्ता परमेश्वरको इच्छा हो । ... मानव-जातिले खोजी गर्नुपर्ने आत्माको अनन्त जीवनको स्रोत नै स्वर्गीय माता हुनुहुन्छ । मैले पाएको सबैभन्दा अमूल्य उपहार भनेकै स्वर्गीय माताको प्रेमलाई महसुस गर्न सकेको कुरा हो । उहाँको सन्तान हुन पाएको कुराप्रति मलाई सबैभन्दा धेरै गर्व लाग्छ ।”[२२]
मानव खुशीको लागि अन्तर्राष्ट्रिय सम्मेलन
विगत केही वर्षदेखि विदेश भ्रमण टोलीको आकार र दायरा वृद्धि भएकोले परमेश्वरको मण्डलीले प्रत्येक देशका सन्तहरूसँग मिलेर काम गर्दै मानव-जातिसँग खुशी बाँड्ने व्यावहारिक तरिकाबारे छलफल गर्न थालेको छ । सन् २०१९मा विदेशका पादरी कर्मचारीहरू महासभामा सहभागी हुन कोरियामा आएकाले उनीहरूले मण्डलीको भूमिका, साथै सन्तहरू र नागरिकहरूको खुशी पारिवारिक जीवन निर्माणको तरिकाबारे कोरियाली पादरी कर्मचारीहरूसँगै छलफल गरे ।[२९] ७४औँ विदेश भ्रमण टोलीमा चाहिँ, आफ्नो बिदाको समय पारेर कोरियाको भ्रमण गर्न आएका जागिरेहरू धेरै थिए । यात्राको अवधिमा उनीहरूले ख्रीष्टियानहरू लगायत कामदारहरूले लागू गर्नुपर्ने व्यवहार र मनोवृतिबारे आ-आफ्नो अनुभव र राय राखे ।[१७]
सन् २०१९को विश्वव्यापी विश्वविद्यालय विद्यार्थी लिडरसिप सम्मेलनमा ४१ वटा देशका विश्वविद्यालय विद्यार्थीहरूले भावी पुस्ताका ग्लोबल लिडरको रूपमा भिजन बनाए, अनि भाषा र सांस्कृतिक भिन्नतालाई नाघेर मित्रता गाँसे । सम्मेलनको अवधिमा आयोजित ASEZ विश्वव्यापी शिखर सम्मेलनमा, प्रत्येक महादेशका प्रतिनिधिहरूले आ-आफ्नो महादेशमा घटेका मुख्य अपराधहरूको वर्तमान अवस्थालाई साझा गर्नुका साथै अपराध दर न्यूनीकरण गर्न संयुक्त रूपमा सङ्कल्प गरी आ-आफ्नो विश्वविद्यालयबाट अभियानलाई नेतृत्व गरे ।
विदेशका सन्तहरूसँगको अन्तर्वार्ता
- इलोना सुओमिनेन (फिनल्यान्डको हेल्सिन्की विश्वविद्यालयबाट) : “विश्वभरिबाट क्याम्पस विद्यार्थीहरू आपसमा छलफल गर्न, सिक्न र सँगै कार्य गर्न यसरी भेला भएका देखेर म एकदमै खुशी छु । यस्तो एकता वास्तवमै आवश्यक छ । म अझ धेरै सिकेर समाजको एक अभिन्न अङ्ग बन्न चाहन्छु ।”[३०]
विदेश भ्रमण टोली कार्यक्रमका उपलब्धिहरू
साँचो विश्वासी उत्पादन
‘परमेश्वरको मण्डली विदेश भ्रमण टोली’ कार्यक्रम विश्वभरिका सन्तहरूका लागि विश्वासको एक विशेष मोड बनेको छ । यस कार्यक्रममार्फत उनीहरूले, बाइबलको अगमवाणीअनुसार पूर्वमा आउनुभएर सत्यता पुनर्स्थापन गर्नुभएका ख्रीष्टको पाइलालाई देख्नुका साथै माता परमेश्वरको पूर्ण प्रेमलाई प्रत्यक्ष अनुभव गर्न सक्छन् । यसले सन्तहरूको विश्वासमा जोश र उत्साह जगाइदिन्छ । व्यक्तिवाद व्याप्त भएको यस वर्तमान समाजमा, सन्तहरूले परमेश्वरबाट पाएको प्रेमद्वारा साँचो विश्वास र असल चरित्र निर्माण गर्दै पारिवारिक मेलमिलाप, सामाजिक विकास र समुदायिक मेलमिलाप गर्नमा योगदान पुऱ्याइरहेका छन् ।[३१]
राष्ट्रियता, भाषा, संस्कृति, र युग फरक भएका सन्तहरूले एकसाथ नयाँ संस्कृतिको अनुभव गर्दै जीवनप्रतिको आफ्नो दृष्टिकोणलाई फराकिलो पार्दछन् । बुज्रुगहरूलाई आदर गर्ने संस्कारबाट प्रभावित भएका केही सन्तहरूले घरमा आफ्ना बच्चाहरूलाई कोरियाली शिष्टाचार सिकाउने गर्छन् ।
विदेशी सन्तहरूको कोरिया भ्रमण अवधिभर कोरियाली सन्तहरूले माताको मनद्वारा सन्तहरूको सेवा गरेर असल उदाहरण देखाए । उनीहरूले भाषा अनुवाद, गाडी ड्राइभिङ लगायत अतिथि सन्तहरूलाई आवासमा सबै कुराको सुविधा छ/छैन भन्ने कुराको जाँचबुझ गरेर उनीहरूको सेवा गरे ।[३२] संयुक्त राज्य अमेरिकाको अल्बानीबाट आएकी क्यारी सङले यसो भनिन्, “मैले कोरियाली सन्तहरूबाट सिकेको माताको प्रेम र वास्ता, दया र हेरचाह लगायत अन्य सानादेखि ठूला सबै कुराहरूलाई म व्यवहारमा लागू गर्नेछु ।”[३३][६]
कोरिया भ्रमणमा अन्य सन्तहरूसँगै पारिवारिक एकतामा बाँधिएर पिता परमेश्वर र माता परमेश्वरको प्रेमलाई अनुभव गरेका विदेशी सन्तहरू आफ्नो स्वदेश फर्केर गई सारा मानव-जातिमाझ एकता निर्माण र खुशीयाली वृद्धि गर्ने कार्यमा अग्रसर भए । त्यस बेला कोरियामा सिकेको शिक्षाको आधारमा उनीहरूले परोपकारी मनद्वारा हरेक दिन प्रेम व्यक्त गर्न सक्दो प्रयत्न गर्छन् । नयाँ करारको सत्यताद्वारा अनि सन्तहरूको सुकर्मद्वारा ख्रीष्टको प्रेमलाई महसुस गरेर सत्यता ग्रहण गरेका मानिसहरू पनि धेरै छन् ।
“ व्यक्तिवाद र स्वार्थ व्याप्त रहेको विश्व समाजमा परमेश्वरको मण्डलीका सन्तहरूको हृदयस्पर्शी कार्यले न्यानो सद्भाव कायम गराउने भूमिका पनि निर्वाह गरिरहेको छ । “ — दोङ-आ इल्बो, सन् २०१६ जुलाई १४[३४]
विदेशी सन्तहरूसँगको अन्तर्वार्ता
- युसेफ पेना (आना जी.का स्नातक विद्यार्थी, मेन्डेज विश्वविद्यालय, पोर्टो रिको) : “मैले कोरियालीहरूको शिष्टाचार राम्रो हुन्छ र उनीहरू अरूको कुरा राम्ररी सुन्दछन् भनेर सुनेको थिएँ । साँच्चै हो जस्तो लाग्छ ! म पनि कोरियाली अभिवादन शिष्टाचार, बुज्रुगहरूलाई आदर, र नम्रता जस्ता असल बानीहरू सिक्न चाहन्छु ।”[३५]
- जेम्स स्नाजेल (प्राध्यापक, बेलायत): “परमेश्वरको मण्डलीमा सुसमाचार नजान्दासम्म मचाहिँ व्यक्तिवादी हुन खोज्ने, अनि सम्मान, सफलता र सहज बुढेसकालको पछि दौडिने यस आधुनिक अङ्ग्रेजी मानिसहरूको एक उदाहरण नै थिएँ । मण्डलीका सन्तहरूसँगै विश्वको निम्ति अर्थपूर्ण कार्य गर्न पाउँदा मात्र पनि मलाई खुशी लाग्छ । परमेश्वरको मण्डलीको सन्त हुन पाएकोमा मलाई ठूलो गर्व छ ।”[२२]
यो पनि हेर्नुहोस्
सम्बन्धित भिडियोहरू
- परमेश्वरको मण्डलीको विदेश भ्रमण टोली
सन्दर्भ सामग्रीहरू
- ↑ "परमेश्वरको मण्डलीको इतिहास, सन् २००१, पहिलो विदेश भ्रमण टोली(संयुक्त राज्य अमेरिका)"। WATV.org।
- ↑ "'उच्च हिमाली क्षेत्रमा पनि सुसमाचारको आशा गर्दै' परमेश्वरको मण्डलीद्वारा विश्वव्यापी गाउँलाई आशा र हर्षको सन्देश"। Monthly Chosun। जनवरी ८, २०१९।
- ↑ "परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका महासचिव पास्टर गिम जु छल"। Shindonga। जुन ७, २०१९।
- ↑ "यशैया ६०:१-८"।
- ↑ "६० घण्टासम्म ६,००० वर्ष पार गर्दै"। English WATV। डिसेम्बर ३१, २००४।
- ↑ ६.० ६.१ ६.२ "परमेश्वरको मण्डलीको विदेश भ्रमण टोलीले नयाँ २१औँ शताब्दी 'मार्को पोलोको यात्रा' लेख्दछ"। Weekly DongA। जनवरी २१, २०१९।
- ↑ "परमेश्वरको मण्डली विश्व सुसमाचार समाज"। Economist। मे ९, २०१६।
- ↑ "'हामी बाइबलको गवाहीको आधारमा पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछौं'"। Monthly Chosun। अप्रिल २०११।
- ↑ "१६औँ विदेशी भाषा बाइबल प्रस्तुति प्रतियोगिता"। WATV.org। मे २६, २०१९।
- ↑ "हामी पनि, औरा समर्थकहरू हौं"। English WATV। अगस्ट २१, २००३।
- ↑ ११.० ११.१ "'यो नव वर्षमा चाहिँ कोरिया लगायत सारा विश्वभरि खुशी र उमङ्ग छाओस् भन्ने चाहन्छौं ।' ७३औँ विदेश भ्रमण टोलीले विश्वव्यापी गाउँलाई आशापूर्ण सन्देश बाँड्दछ"। The Joongbu Ilbo। जनवरी ७, २०१९।
- ↑ "७३औँ विदेश भ्रमण टोली"। WATV.org। डिसेम्बर ३१, २०१८।
- ↑ "स्पेसल फिचर : कोरियामा स्वागत छ ! परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका विदेशका सन्तहरूको कोरिया भ्रमण"। Monthly JoongAng। जुन १७, २०१५।
- ↑ "परमेश्वरको मण्डलीका विदेश भ्रमण टोली, 'हामी कोरियाली संस्कृति सिक्न र विश्वासमा हुर्कन आएका हौं'"। The Gyeong-gi Shinmun। सेप्टेम्बर १४, २०१०।
- ↑ "'माताको प्रेम'को हृदय लिएका यूरोपेलीहरूले गरे कोरियाको भ्रमण"। Monthly Chosun। अक्टोबर ३१, २०१९।
- ↑ "[परमेश्वरको मण्डली] 'हामीहरू कोरियामा माताको न्यानो प्रेम महसुस गरेर स्वदेश फर्कंदैछौं'"। The Kyeongin Ilbo। जुलाई १३, २०१८।
- ↑ १७.० १७.१ "७४औँ विदेश भ्रमण टोलीको कोरिया भ्रमण"। Sisa News। मे २८, २०१९।
- ↑ "६३औँ विदेश भ्रमण टोली"। English WATV।
- ↑ "विश्वले कोरियालाई चिन्न सक्ने अर्को तरिका 'परमेश्वरको मण्डलीको विदेश भ्रमण टोली"। Aju News। जुन १०, २०१६।
- ↑ "परमेश्वरको मण्डलीको ६७औँ विदेश भ्रमण टोलीको कोरिया भ्रमण"। The Incheon Ilbo। जुन १७, २०१६।
- ↑ "विश्व सुसमाचार समाज परमेश्वरको मण्डलीका विदेशका सन्तहरूले समुद्रको भ्रमण गरे"। The Kyeongin Ilbo। मे ३१, २०११।
- ↑ २२.० २२.१ २२.२ "'स्वर्गीय माता, धन्यवाद'"। Shindonga। डिसेम्बर १९, २०१३।
- ↑ "सन् २०१९ Arise & Shine अन्तर्राष्ट्रिय बाइबल गोष्ठी (३)"। WATV.org। मे २४, २०१९।
- ↑ "परमेश्वरको मण्डली अन्तर्राष्ट्रिय बाइबल गोष्ठीमा विश्वका ठूला विद्वान्हरूले विभिन्न दृष्टिकोणबाट माता परमेश्वरको विषयमा गवाही दिए"। Newshankuk। जुलाई ३१, २०१७।
- ↑ "माता परमेश्वरको विषयमा संसारका बुद्धिजीवीहरूको भनाइ"। Woman DongA। नोभेम्बर २९, २०१८।
- ↑ "परमेश्वरको मण्डली विश्व सुसमाचार समाज"। Woman DongA। अक्टोबर १२, २०१७।
- ↑ "खुशी परिवारबारे अन्तर्राष्ट्रिय सम्मेलन"। WATV.org। अप्रिल ६, २०१९।
- ↑ "विश्वव्यापी विश्वविद्यालय विद्यार्थी लिडरसिप सम्मेलन"। WATV.org। जुलाई १०, २०१९।
- ↑ "६ महादेश र ४२ वटा देशका विश्वविद्यालय विद्यार्थीहरूद्वारा आयोजित 'विश्वव्यापी ASEZ शिखर सम्मेलन'"। Sisa News। जुलाई १८, २०१९।
- ↑ "विश्वभरिका विश्वविद्यालय विद्यार्थीहरूको ७५औँ विदेश भ्रमण टोली"। Monthly Chosun। अगस्ट १, २०१९।
- ↑ "परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले स्वर्ण जयन्तीमा ३० लाख जना सन्तहरूको युगको उद्घाटन गर्दै"। Shindonga। जुन ७, २०१९।
- ↑ "परमेश्वरको मण्डली ७३औँ विदेश भ्रमण टोलीले विश्वव्यापी गाउँलाई आशापूर्ण सन्देश बाँड्दै"। Good Morning Chungcheong। अप्रिल १९, २०१५।
- ↑ "परमेश्वरको मण्डली ७३औँ विदेशी सन्त भ्रमण टोलीले विश्वव्यापी गाउँलाई आशापूर्ण सन्देश बाँड्दै"। Sisa News। जनवरी ८, २०१९।
- ↑ "[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज] विश्व महादेशबाट आएका भ्रमण टोलीले गरे कोरियाको भ्रमण"। The Dong-A Ilbo। जुलाई १४, २०१६।
- ↑ "विश्वभरिका विश्वविद्यालय विद्यार्थीहरू ग्लोबल लिडर बन्नलाई अरूहरूसँग अन्तर्क्रिया गरी आफ्नो प्रतिभा विकास गर्दै"। NDN News। जुलाई १८, २०१९।