नेदरल्यान्डको रोटरड्याम परमेश्वरको मण्डली
वर्ग | मण्डली |
---|---|
उद्देश्य | आराधना, सुसमाचार प्रचार, समाज सेवा |
स्थान | नेदरल्यान्डको दक्षिण हल्यान्ड, रोटरड्याम |
आबद्ध | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज |
वेबसाइट | परमेश्वरको मण्डलीको आधिकारिक वेबसाइट |
नेदरल्यान्डको रोटरड्याममा रहेको परमेश्वरको मण्डली सन् २००९ अगस्टमा दक्षिण हल्यान्डको रोटरड्याममा स्थापना भएको थियो । सन् २०१० अप्रिलमा यो मण्डली नयाँ मन्दिरमा सारियो । यसको आधिकारिक नाउँ ‘नेदरल्यान्डको रोटरड्याम परमेश्वरको मण्डली विश्व सुसमाचार समाज’ हो ।
अवलोकन
- स्थापना मिति : सन् २०१० अप्रिल ५
- मापन : जमिनमाथि ३ तला, जमिनको कुल क्षेत्रफल ६७४ वर्ग मिटर
- सुविधा स्थलहरू : मुख्य आराधना हल, सहायक आराधना हल, अध्ययन कक्ष, बहुउद्देश्यीय हल, चमेना गृह
- स्थान : नेदरल्यान्डको दक्षिण हल्यान्ड, रोटरड्याम
विशेषता
पश्चिमी यूरोपमा अवस्थित नेदरल्यान्डचाहिँ जर्मनी र बेल्जियमको सीमारेखामा पर्दछ । यो देश वायुघट्ट र घण्टी फूलका लागि प्रसिद्ध छ, जुनचाहिँ देशको राष्ट्रिय प्रतीक हो । जमिनको २६% जति भाग समुद्री सतहमुनि रहेकोले समुद्री पानीको अत्यधिक बहावलाई रोक्न थुप्रै ठाउँहरूमा वायुघट्टहरू बनाइएका छन् । देशको मौसमसँग उपयुक्त रहेको घण्टी फूलको खेती र सोधखोज १६औँ शताब्दीको अन्ततिरदेखि व्यापक रूपमा हुँदैआएको छ ।[१][२]
सन् २००३ देगु ग्रीष्म युनिभर्सियाडको ताका, नेदरल्यान्डमा पहिलो चोटि परमेश्वरको मण्डलीको बारेमा परिचय दिइएको थियो । परमेश्वरको मण्डलीले डच खेलाडीहरूलाई स्वागत, भाषा उल्था र खेलमा समर्थन जनाएर नेदरल्यान्डका खेलाडीहरूलाई हौसला प्रदान गऱ्यो । साथै सन्तहरूले खेलाडीहरूलाई परम्परागत विवाह पोशाक देखाउँदै हान्बोग(कोरियाली परम्परागत पोशाक)को सुन्दरता जस्ता कोरियाली संस्कृतिको परिचय पनि दिए । सन्तहरूको जोश देखेर प्रभावित भएका टोली प्रमुख ह्यान्स भ्यान रोयनले मण्डलीसँग सुमधुर सम्बन्ध गाँस्न चाहे ।[३]
सन् २००६मा कोरियाली मिसनरीहरूलाई नेदरल्यान्डमा पठाइयो । त्यसपछि आम्स्टर्डाममा र त्यसको ३ वर्षपछि रोटरड्याममा परमेश्वरको मण्डली स्थापना भयो । जुइद-हल्यान्ड प्रदेशमा अवस्थित रोटरड्याम नेदरल्यान्डको दोस्रो ठूलो सहर हो । यहाँ बोइमान्स भान बेउनिङगेन सङ्ग्रहालय र मारिटाइम सङ्ग्रहालय जस्ता थुप्रै सांस्कृतिक आकर्षण स्थलहरू छन् । अतिथिहरूले यहाँको संस्कृति र कलाको आनन्द लिन सकून् भनेर सहरले हरेक वर्ष वार्षिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आयोजना गर्दछ । रोटरड्याम बन्दरगाह यूरोपको सबैभन्दा ठूलो बन्दरगाह हो र यसले यूरोपेली व्यापार केन्द्रको भूमिका निभाउँछ ।[४]
रोटरड्याममा रहेको परमेश्वरको मण्डलीका सन्तहरूले बाइबलमा अभिलिखित परमेश्वरको शिक्षालाई अनुसरण गर्दछन् । विगतमा सन्तहरूले पिता परमेश्वर र माता परमेश्वरको प्रेमलाई अनुभव गर्न र नयाँ करारको सत्यता अझ गहिरो गरी अध्ययन गर्न विदेश भ्रमण टोली[५][६]को हिस्सा भई कोरिया भ्रमण गर्दथे । बाइबलीय शिक्षा र माताको प्रेमलाई अझ गहिरो गरी बुझेर, उनीहरू आफ्नो समाजमा एकता निर्माण गर्नलाई स्वयंसेवा कार्य गर्दछन् अनि ख्रीष्टियान भएअनुरूप असल उदाहरण देखाउन प्रयत्न गर्दछन् ।
उनीहरू वातावरण संरक्षण गर्नका लागि[७][८] सहरहरूमा सडक सरसफाइ अनि धेरैको जीवन बचाउन रक्तदान अभियान गरेर ठूलो उत्साह र जोश प्रवाह गर्दछन् ।[९] साथै बालबालिकाहरूलाई आशा र हौसला दिन उनीहरूले हुगस्ट्राट स्क्वेयरमा दुई हप्तासम्म रोगी बालबालिकाहरूको सहयोगार्थ उपहार दान कार्यक्रमको आयोजना पनि गरे ।[१०] यसको अतिरिक्त उनीहरूले छिमेकीहरूप्रतिको आफ्नो प्रेमलाई व्यक्त गर्न वृद्धाश्रममा गएर ज्येष्ठ नागरिकहरूलाई बाहिर हिँडडुल गर्न सहयोग पनि गर्छन् ।[११]
आशाको सन्देश बाँड्न आफ्नो बिदाको बेला पारेर भ्रमण गर्न आएका कोरियाली सन्तहरूको पनि संलग्नतामा यस क्षेत्रका ASEZ सदस्यहरूले अपराध रोकथाम अभियान गरे । उनीहरूले “आमाको प्रेमद्वारा एकसाथ अपराध मुक्त संसार बनाऔं” भने । ASEZ WAO सदस्यहरूले पनि समाजलाई वातावरण संरक्षणको महत्त्व थाहा दिन सार्वजनिक संस्थाहरूसँगको सहकारितामा सडक सरसफाइ, प्लास्टिकको प्रयोग घटाउने अभियान र वृक्षारोपणजस्ता वातावरण सुधारसम्बन्धी गतिविधिहरू गरिरहेका छन् ।[१२]
बाह्य कडीहरू
- "नेदरल्यान्डको रोटरड्याम परमेश्वरको मण्डली"। English WATV।
- सञ्चार माध्यममा देखिएको रोटरड्याम मण्डलीका गतिविधिहरू[१३]
यो पनि हेर्नुहोस्
- यूरोप परमेश्वरको मण्डली
- संयुक्त अधिराज्यको म्यान्चेस्टर परमेश्वरको मण्डली
- संयुक्त अधिराज्यको लन्डन परमेश्वरको मण्डली
- नेदरल्यान्डको आम्स्टर्डाम परमेश्वरको मण्डली
- फ्रान्सको पेरिस परमेश्वरको मण्डली
- पोर्चुगलको लिस्बन परमेश्वरको मण्डली
- स्पेनको म्याड्रिड परमेश्वरको मण्डली
- स्पेनको बार्सिलोना परमेश्वरको मण्डली
- अस्ट्रियाको वियेना परमेश्वरको मण्डली
- जर्मनीको बर्लिन परमेश्वरको मण्डली
- जर्मनीको म्यूनिख परमेश्वरको मण्डली
- ग्रीसको एथेन्स परमेश्वरको मण्डली
- फिनल्यान्डको हेल्सिन्कि परमेश्वरको मण्डली
सन्दर्भ सामग्रीहरू
- ↑ "नेदरल्यान्डसम्बन्धी आश्चर्यजनक ३० तथ्यहरू"। EXPACTICA। मार्च १४, २०२२।
- ↑ "डच र घण्टी फूल : नेदरल्यान्डमा घण्टी फूल कसरी बन्यो ?"। DUTCH REVIEW। अप्रिल ७, २०२१।
- ↑ "खेलाडीको गाउँमा गरिएको अनौठो विवाह कार्यक्रम"। WATV News।
- ↑ "तपाईंलाई अगाडि लैजाने बन्दरगाह"। Port of Rotterdam।
- ↑ "६६औँ विदेशी सन्तको भ्रमण टोली"। English WATV।
- ↑ "विदेशी सन्तको भ्रमण टोली"। WATV.org।
- ↑ "TV Charlois Wijkjournaal"। TV ZUID। मार्च १९, २०१९।
- ↑ "नयाँ यरूशलेम दिवसको सम्झनामा यूरोपका विभिन्न सहरहरूमा वातावरण सरसफाइ अभियान"। WATV News। डिसेम्बर ३०, २०१२।
- ↑ "सन् २०१८ निस्तार-चाडको उपलक्ष्यमा बृहत् रक्तदान अभियान"। Kyeongin Ilbo। अप्रिल २७, २०१८।
- ↑ "निस्तार-चाडको तयारी गर्दै, विश्वभरिका छिमेकीहरूसँग प्रेम बाँड्दै"। WATV.org। अप्रिल ३०, २०१३।
- ↑ "परमेश्वरको मण्डलीद्वारा इन्छनमा १३औँ समर्पणको समारोह राखिएको"। Joongang.tv। जुलाई ११, २०१८।
- ↑ "परमेश्वरको मण्डली क्याम्पस विद्यार्थी स्वयंसेवा संगठन ASEZ, र जागिरे युवा स्वयंसेवा सङ्गठन ASEZ WAOद्वारा सन् २०१८ ग्रीष्ममा विदेश स्वयंसेवा"। WATV News। अगस्ट १, २०१८।
- ↑ परमेश्वरको मण्डली, De Havenloods