अधिवक्ता (सल्लाहकार)

परमेश्वरको मण्डली विश्वकोशबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

अधिवक्ता (सल्लाहकार)चाहिँ παράκλητος(पाराक्लेटोस्)[१] भन्ने ग्रीक शब्दको अनुवाद हो । यसले येशू ख्रीष्ट अथवा पवित्र आत्मालाई जनाउँछ, जसलाई प्रेरित यूहन्नाले बाइबलमा ४ पटक प्रयोग गरेका छन् ।

‘पाराक्लेटोस्’को अर्थ

ग्रीक शब्द ‘पाराक्लेटोस्’[२]चाहिँ ‘पारा’ [παρά][३] र ‘कालेओ’ [καλέω][४] भन्ने क्रियाबाट व्युत्पन्न भएको शब्द हो, जसमा ‘पारा’को अर्थ छेउ, नजिक’ हो भने ‘कालेओ’को अर्थ ‘बोलाउनु, आमन्त्रण गर्नु’ हो । फेरि भन्नुपर्दा, पाराक्लेटोस्‌को अर्थ कसैलाई सहयोग गर्न बोलाइएको व्यक्ति हो । विशेष गरी यसले, अभियुक्तको पक्षमा बोल्नका लागि न्यायाधीशले बोलाउने व्यक्तिलाई जनाउँछ । फेरि भन्नुपर्दा, यसले अधिवक्तालाई जनाउँछ ।[५] यसका पर्यायवाची शब्दहरू सहायक, शान्तिदाता र सल्लाहकार हुन् । बाइबलका अन्य संस्करणहरूमा हेर्दा, यसलाई सल्लाहकार, सहायक वा शान्तिदाता भनेर अनुवाद गरिएको छ ।

बाइबल यूहन्ना १४:२६
NNRV “तर सल्लाहकार, अर्थात्‌ पवित्र आत्मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ ।”
NERV “तर सहायकले सबै कुराहरूको शिक्षा दिनेछन् । सहायकले मैले जे भने ती सबै कुराहरू सम्झना गराउनेछ । त्यो सहायक नै पवित्र आत्मा हो जसलाई पिताले मेरो नाममा पठाउनुहुनेछ ।”
KJV “तर शान्तिदाता, जो पवित्र आत्मा हुनुहुन्छ, जसलाई पिताले मेरो नाममा पठाउनुहुनेछ; उहाँले तिमीहरूलाई सबै कुराहरू सिकाउनुहुनेछ, अनि जे-जे मैले तिमीहरूलाई भनेको छु, तिमीहरूलाई यी सबै कुराहरूको सम्झना गराउनुहुनेछ ।”

अधिवक्ता (सल्लाहकार) येशू ख्रीष्ट

प्रेरित यूहन्नाले येशू ख्रीष्ट सल्लाहकार हुनुहुन्छ भनेर लेखे ।


तिमीहरू पाप नगर भनी म यी कुरा तिमीहरूलाई लेखिरहेछु । तर कुनै मानिसले पाप गऱ्यो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनुहुने एक जना हुनुहुन्छ, अर्थात् धार्मिक येशू ख्रीष्ट ।

१ यूहन्ना २:१ (NNRV)


तिमीहरूले पाप नगर भनी म यी कुराहरू तिमीहरूलाई लेख्दछु । अनि कसैले पाप गऱ्यो भने पिताको साथमा हाम्रा एकजना अधिवक्ता[παράκλητος] हुनुहुन्छ अर्थात् धर्मी येशू ख्रीष्ट ।

१ यूहन्ना २:१ (KJV)


१ यूहन्नाको पुस्तकमा येशूज्यू ‘अधिवक्ता’ हुनुहुन्छ भनेर लेखिएको छ । बाइबलका केही संस्करणहरूमा ‘अधिवक्ता’लाई ‘सहायक’ भनेर अनुवाद गरिएको छ । किनभने सहायक र अधिवक्ता दुवैको मूल ग्रीक शब्दपाराक्लेटोस्’ नै हो । येशूज्यू पाराक्लेटोस्‌को रूपमा यो पृथ्वीमा रहनुहुँदा, उहाँले चेलाहरूलाई स्वर्गीय राज्यमा प्रवेश गर्न सकिने सत्यता सिकाउनुभयो । पछि येशूज्यू स्वर्गमा हुनुहुँदा, उहाँले पिताको सामु पाराक्लेटोस्‌को रूपमा सन्तहरूको पक्षमा बोलिदिनुभयो ।

अर्को सल्लाहकार

येशूज्यूले क्रूसमा मृत्यु भोग्नुभन्दा अघिल्लो रात ‘अर्को सल्लाहकार’लाई उल्लेख गर्नुभयो ।


“र म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ ।”

यूहन्ना १४:१६


‘अर्को सल्लाहकार’ भन्ने वचनद्वारा येशूज्यूले, उहाँ स्वयम्‌ चेलाहरूमाझ शरीरमा रहनुभएका सल्लाहकार हुनुहुन्छ भन्ने तथ्यलाई प्रकट गर्नुभयो । अनि आफैलाई पवित्र आत्माको रूपमा सङ्केत गर्नुहुँदै उहाँले भविष्यमा “अर्को सल्लाहकार” देखा पर्नुहुनेछ भन्नुभयो ।[६]

“तर सल्लाहकार, अर्थात् पवित्र आत्मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ ।”

यूहन्ना १४:२६


निम्न वचनमा, उहाँले भविष्यमा देखा पर्नुहुने अर्को सल्लाहकार अर्थात् पवित्र आत्माचाहिँ दोस्रो आगमनका ख्रीष्टको रूपमा देखा पर्नुहुनेछ भनी हामीलाई सिकाउनुभयो ।


“म [येशू] तिमीहरूलाई टुहुरा छोड्नेछैनँ । म तिमीहरूकहाँ आउनेछु ।” . . . “मैले तिमीहरूलाई ‘म गइरहेछु, र तिमीहरूकहाँ आउँछु’ भनेको तिमीहरूले सुन्यौ ।”

यूहन्ना १४:१८, २८


येशूज्यूले “सल्लाहकार अर्थात्‌ पवित्र आत्मा आउनुहुनेछ र उहाँले सबै कुरा सिकाउनुहुनेछ” भन्नुभयो र फेरि “म गइरहेछु, र तिमीहरूकहाँ आउँछु” भन्नुभयो । फेरि भन्नुपर्दा, पवित्र आत्माले दोस्रो आगमनका येशूज्यूलाई जनाउँछ । अर्थात् सल्लाहकार, येशूज्यू फेरि अर्को सल्लाहकार, पवित्र आत्माको रूपमा आउनुहुनेछ भन्ने वचन हो । पवित्र आत्माले सन्तहरूलाई सबै सत्यता सिकाउनुहुनेछ र तिनीहरूलाई स्वर्गको राज्य प्रवेश गर्न सहयोग गर्नुहुनेछ ।[७] साथै सल्लाहकारको रूपमा, उहाँले वकीलको भूमिका निर्वाह गर्नुहुँदै अन्त्यसम्मै सन्तहरूको साथमा रहनुहुनेछ ।[८][९][१०]

यो पनि हेर्नुहोस्

फुटनोट