The Heart-to-Heart प्रोजेक्ट
Heart-to-Heart प्रोजेक्टचाहिँ कोभिड १९सँग लड्ने ASEZ WAOको प्रमुख गतिविधिमध्येको एक हो । यो प्रोजेक्टको उद्देश्य नै कोभिड-१९ महामारी विरुद्ध अग्रस्थानमा रहेर सङ्घर्ष गरेका चिकित्साकर्मी र अधिकारीहरूलाई धन्यवाद र समर्थनको सन्देश बाँड्नु हो । ASEZ WAOले सन् २०२० नोभेम्बरदेखि सन् २०२१ अक्टोबरसम्म १३ वटा देशहरूमा २५६ पटक यो प्रोजेक्ट जारी गऱ्यो । अहिलेसम्ममा उनीहरूले करीब १७,८०० वटा धन्यवाद र प्रोत्साहनका उपहारहरू प्रदान गरेका छन् ।
मानवीय क्याम्पेन
• कोभिड-१९विरुद्ध प्रतिक्रिया क्याम्पेन वातावरण क्याम्पेन
• जलवायु परिवर्तनविरुद्ध प्रतिक्रिया क्याम्पेन • प्लास्टिकको प्रयोग न्यूनीकरण क्याम्पेन • पारिस्थितिक प्रणाली संरक्षण क्याम्पेन • समुद्री पारिस्थितिक प्रणाली संरक्षण क्याम्पेन | |
ASEZ WAOचाहिँ विश्वभरिका १७५ वटा देशहरूमा भएका परमेश्वरको मण्डलीका ७,५०० जनाभन्दा बढी युवा कामदारहरूद्वारा गठित |
Heart-to-Heart प्रोजेक्टको उद्देश्य
सन् २०२०मा सारा विश्वमा कोभिड १९ फैलिँदा, अग्रस्थानमा खटेका चिकित्साकर्मीहरूले थुप्रै कठिनाइहरूको सामना गर्नुपऱ्यो । विश्व स्वास्थ्य सङ्गठन[WHO]ले कोभिड १९लाई महामारी[१] घोषणा गरेको ६ महिनामै १० लाख जनाको मृत्यु भएको कुरा पुष्टि भयो (३ करोड ३३ लाख जनामा सङ्क्रमण पुष्टि) ।[२] सरकारी अधिकारीहरूबाट सक्रियतापूर्वक रोकथामका कदमहरू चालिएको भए पनि विगत केही वर्षमा भाइरस फेरि फैलिँदैछ ।
महामारी सुरु भएदेखि नै चिकित्साकर्मीहरूले सुरक्षा पोशाक र सामग्री लगाई, जनशक्ति र आरामको अभावको बाबजुद पनि बिरामीहरूको चेकचाँच र उपचारमा दिलोज्यान लगाए । सन् २०२१को फेब्रुअरीमा कोरियाको देगुमा जम्मा १५ दिनमा सङ्क्रमितहरूको संख्या ३,००० नाघेको पुष्टि भयो । त्यस बेला चिकित्साकर्मीहरूले दिनमा विनाविश्राम १२ घण्टाभन्दा बढी समय काम गर्नुपर्थ्यो । प्रत्येक नर्सले २० जना जति बिरामीहरूको हेरचाह गरे, जुनचाहिँ सामान्यतयाभन्दा दोबर काम थियो । अनि न्यूयोर्कमा चाहिँ, अवकाश पाइसकेका हजारौँ चिकित्साकर्मीहरूलाई पुनर्बहाली गरियो र जनशक्तिको अभावका कारण केही स्नातक चिकित्सा विद्यार्थीहरूलाई त छिट्टै स्नातक गरेर कार्यक्षेत्रमा पठाइयो ।[३] सबै चिकित्साकर्मीहरूले भाइरस सङ्क्रमण हुन नदिन सुरक्षा सामग्रीहरू लगाएर मात्र बिरामीहरूको चेकजाँच र हेरचाह गरे । कोरियामा चाहिँ मौसमको परवाह नगरी, शिरदेखि पैतालासम्म ढाक्ने ४ पत्रे सुरक्षा पोशाक, फेस मास्क र फेस सिल्ड जस्ता D लेभलको सुरक्षा वस्त्र लगाउनुपर्थ्यो ।[४]
चिकित्साकर्मीहरूको भावनात्मक ‘बर्नआउट’ र चिन्ताको बीचमा,[५][६] ASEZ WAOले लामो महामारीको बीचमा समेत योगदान पुऱ्याएकाहरूलाई सान्त्वना र प्रोत्साहन दिन Heart to Heart प्रोजेक्ट सुरु गऱ्यो । नागरिकहरूको सुरक्षाको निम्ति र समाजलाई पहिलाकै अवस्थामा फर्काउनको निम्ति आफूलाई समर्पित गरेका चिकित्साकर्मीहरूलाई विश्वभरिका सदस्यहरूले हृदयदेखि सम्मान, धन्यवाद र समर्थन व्यक्त गरे ।
प्रोजेक्टको परिचय
Heart to Heart चाहिँ कोभिड-१९ महामारीसँग लड्न अथक परिश्रम गर्नेहरूप्रति कृतज्ञता व्यक्त गर्न सुरु गरिएको प्रोजेक्ट हो । महामारी राहतमा खटेका कर्मचारीहरूलाई हौसला दिन ASEZ WAOका सदस्यहरूले खाजा, मास्क र हस्तलिखित पत्रहरू समाविष्ट उपहारहरू तयार गरे । उनीहरूले अस्पताल, सरकारी कार्यालय, अग्नि नियन्त्रण कार्यालय जस्ता अग्रस्थानमा रहेर काम गर्ने कामदारहरूलाई उपहार दिए । उनीहरूले आफ्नो जागिरपछि र बिदाका दिनहरूमा, भर्चुअल भेलाद्वारा कार्यक्रमको योजना बनाउँदै उपहार तयारी गर्नमा मद्दत गरे । अनि ती उपहारहरू वितरण गर्दा,
उनीहरूले कोभिड १९ रोकथामका नियमहरूको पालना गर्दै फेस मास्क र पञ्जा लगाएर सतर्कता अपनाए ।
Heart to Heart गतिविधिको वर्तमान अवस्था
Heart to Heart प्रोजेक्टचाहिँ ASEZ WAOको नियमित स्वयंसेवा क्याम्पेनको रूपमा सन् २०२०को उत्तरार्धदेखि विश्वभर जारी भएको छ । ASEZ WAOले संयुक्त राज्य अमेरिका, बेलायत, भारत, जापान, मलेसिया, पेरु, अर्जेन्टिना र कोरिया गरी १३ वटा देशहरूमा दुई महिनासम्म सञ्चालन गरेको प्रोजेक्टमार्फत, ९,४०० जनाभन्दा बढी मानिसहरूलाई प्रोत्साहनको सन्देश पठायो ।[७] सन् २०२१को पूर्वार्धमा खोप लगाउन सुरु गरिँदा, कोभिड-१९को सामना गर्ने क्रममा मानिसहरूले नयाँ चरणको सामना गरे । ASEZ WAOले चिकित्साकर्मीहरूको उत्थानको निम्ति अस्पताल, सार्वजनिक स्वास्थ्य चौकी, खोप केन्द्र, सरकारी कार्यालयहरू लगायतका ९२ वटा संस्थाहरूमा ६,३०० वटा प्रोत्साहनका उपहारहरू वितरण गऱ्यो ।[८] त्यो समयदेखि क्षेत्रीय तथा राष्ट्रिय सञ्जालको प्रयोग गर्दै, ASEZ WAOले मानिसहरूलाई प्रोत्साहन आवश्यक पर्ने हरेक ठाउँमा Heart to Heart प्रोजेक्ट जारी गर्दैछ ।
कोभिड-१९देखि स्वयंसेवा गतिविधिको संख्या घट्दैगएको यस्तो अवस्थामा[९] ASEZ WAOले Heart to Heart
प्रोजेक्टमार्फत सान्त्वना प्रदान गर्दछ । साँचो प्रेमद्वारा लेखिएका हस्तलिखित पत्रहरू समाविष्ट प्रोत्साहनको उपहार पाएपछि चिकित्साकर्मीहरूले आफ्नो खुशी र कृतज्ञता व्यक्त गरे । सन्तहरूले प्रदान गरेका हस्तलिखित पत्रहरू पढेपछि कोरियाको सोग्छोस्थित स्वास्थ्य चौकीका कर्मचारीहरूले हार्दिक कृतज्ञता व्यक्त गरे । तिनीहरूले “हामीलाई अरू होइन, प्रोत्साहन चाहिएको थियो” भने । बेलायतको म्यानचेस्टरमा स्थित ‘बिरामी स्थानान्तरण केन्द्र’का एक जना अधिकारीले यसो भने, “हामीलाई यो काम मनपर्छ, तर विगत केही महिनाचाहिँ हामी अलि कठिनाइमा थियौं । ASEZ WAOका गतिविधिहरूले हामीलाई कदर पाएको महसुस गराउँछ । यहाँहरूको यस्ता अर्थपूर्ण गतिविधिप्रति म हार्दिक धन्यवाद दिन चाहन्छु ।”[१०][११][१२]
भारतको महाराष्ट्र, पुणेमा स्थित इनामदार मल्टी-स्पेशालिटी अस्पतालका निर्देशकले ASEZ WAOलाई अवार्ड प्रदान गर्दै यसो भने, “अग्रस्थानमा रहेर जोखिमपूर्ण कार्य बहन गर्नुहुने नर्सिङ विभागका कर्मचारीहरू यस्तो महामारीको बीचमा पनि सक्रियतासाथ काम गर्दैहुनुहुन्छ । तपाईंहरूले कुनै एक जना व्यक्ति वा प्रतिनिधिलाई मात्र नभएर यो क्षेत्रमा कार्यरत हरेक व्यक्तिप्रति कृतज्ञता व्यक्त गर्नुभएको देख्दा मलाई एकदमै खुशी लागेको छ ।” साथै अर्जेन्टिनाको एल्पिडियो टोरेस अस्पतालका निर्देशक मार्सेलो मार्टिनेजले, Heart-to-Heart प्रोजेक्टमार्फत आमाको मनद्वारा आशा प्रदान गर्ने कार्यमा योगदान पुऱ्याएको ASEZ WAOलाई कदर गर्दै प्रशंसा-पत्र प्रदान गरे ।[१३][१४][१५]
यो पनि हेर्नुहोस्
- Green Workplace प्रोजेक्ट (कार्यस्थलहरूमा पर्यावरण मैत्री गतिविधि)
- Mother’s Forest प्रोजेक्ट (आमाको वन)
- No More GPGP प्रोजेक्ट (प्लास्टिकको प्रयोग न्यूनीकरण)
सन्दर्भ सामग्री
- ↑ "WHOले कोभिड १९लाई महामारी घोषणा गर्यो"। PubMed.gov। मार्च २०२०।
- ↑ "कोभिड १९का मृतकहरूको संख्या १० लाख नाघेकोले कसरी यसलाई अन्य मुख्य हत्याराहरूसँग तुलना गर्न सकिन्छ ?"। WORLD ECONOMIC FORUM। सेप्टेम्बर २९, २०२०।
- ↑ "कोरोनाभाइरस समाचार – March 2020"। HARVARD T.H. CHAN, School of Public Health। मार्च २७, २०२०।
- ↑ "व्यक्तिगत सुरक्षा साधन"। EPA।
- ↑ "(यन्हाब फिचर) प्रचण्ड ताप लहर आएकोले कोभिड सुरक्षा पोशाक लगाउँदा निसासिएका स्वास्थ्यकर्मीहरू"। YONHAP NEWS AGENCY। जुन ११, २०२०।
- ↑ "महामारीले एउटा नयाँ किसिमको थकान सिर्जना गरेको छ, जसले मानव-जातिलाई अघिभन्दा अझ जटिल पारेको छ"। Forbes। अप्रिल १५, २०२१।
- ↑ ""मौखिक दुर्व्यवहार र थकानले म रातभर रोएँ" कोभिड १९ स्वास्थ्यकर्मीको थकान अनुभव"। The JoongAng। अगस्ट २८, २०२०।
- ↑ "मुटुदेखि मुटुसम्म धन्यवादको सन्देश"। ASEZ WAO आधिकारिक वेबसाइट। डिसेम्बर ३, २०२०।
- ↑ "जागिरे युवा स्वयंसेवक सङ्गठन [ASEZ WAO]ले सन् २०२१को पूर्वार्धमा स्वयंसेवा गऱ्यो"। WATV.org। जुन ६, २०२१।
- ↑ "कोभिड १९का कारण स्वयंसेवा गतिविधि एक्कासि न्यून, अप्रत्यक्ष स्वयंसेवाद्वारा प्रतिस्थापन"। The Kyunghyang। अक्टोबर १३, २०२१।
- ↑ कोभिड १९लाई जित्न न्यानो समर्थन, विश्व समुदायमा उज्ज्वल भविष्य बनाउँदै, सन् २०२१ फेब्रुअरी १, Woman DongA
- ↑ ट्राफोर्डका एम्बुलेन्स कर्मचारीलाई परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा उपहारका बाकस प्रदान NEWS4TRAFFORD, Dec. 3. 2020.
- ↑ "ASEZ WAOले निरन्तर रूपमा स्वयंसेवा गऱ्यो"। WATV.org। डिसेम्बर १८, २०२०।
- ↑ "उत्कृष्ट अवार्ड प्रमाण-पत्र, सन् २०२० अवार्ड, इनामदार मल्टिस्पेस्यालिटि अस्पताल"। भारत, WATV AWARD। नोभेम्बर १२, २०२०।
- ↑ "कदरको डिप्लोमा, एल्पिडो टोर्रेस अस्पताल"। कोर्डोबा, अर्जेन्टिना, WATV AWARD। डिसेम्बर १७, २०२०।