पुनरुत्थानको दिन

परमेश्वरको मण्डली विश्वकोशबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
पुनरुत्थानको दिन
येशूज्यूको पुनरुत्थान र मरियम मग्दलिनी, हेन्रिक होफम्यान


पुनरुत्थानको दिनचाहिँ येशूज्यूले क्रूसमा मृत्यु भोग्नुभएको ३ दिनपछि उहाँ पुनरुत्थान हुनुभएको कुरालाई सम्झना गर्ने परमेश्वरको चाड हो । बाइबलमा हेर्ने हो भने पुनरुत्थानको दिनको मितिचाहिँ अखमिरी रोटीको चाडपछि आउने पहिलो शबाथको भोलिपल्ट(आइतबार) हो । तर बहुसंख्यक मण्डलीहरूले वसन्त विषुवको पूर्णिमापछि आउने पहिलो आइतबारमा यसलाई इस्टर भन्ने नाममा मनाउँछन् । धेरै यूरोपेली देशहरूमा इस्टरअघिको र पछिको दिनमा राष्ट्रिय बिदा दिइन्छ, र यसलाई वर्षभरिको ठूलो बिदाको रूपमा धूमधामले मनाइन्छ । संयुक्त राज्य अमेरिकाका प्रायः सबै विद्यालयहरूमा वसन्तको बिदाचाहिँ इस्टरअघि र पछि पारेर दिइने गरिन्छ । यति खेर कम्पनीहरू पनि बन्द हुन्छन्, र सारा देशभरि बिदाको मनोरञ्जन छाउँछ ।[१][२][३][४][५]

पुनरुत्थानको दिनको उत्पत्ति

येशूज्यूको पुनरुत्थानबाट पुनरुत्थानको दिनको उत्पत्ति भएको हो । पुरानो करारको समयमा मनाउने गरिएको अगौटे फलको चाडमा यसको अझ आधारभूत उत्पत्तिबारे जान्न सकिन्छ । ३,५०० वर्षअघि मोशाले इस्राएलीहरूलाई डोऱ्याएर लाल समुद्र तरेको उक्त ऐतिहासिक घटनालाई सम्झना गर्न अगौटे फलको चाड तोकिएको थियो ।[६] यसलाई अखमिरी रोटीको चाडपछि आउने पहिलो शबाथको भोलिपल्ट(आइतबार) मनाइन्थ्यो । त्यो दिनमा पूजाहारीले पहिलो उब्जनीको एक बिटा परमेश्वरको सामु डोलाउँथे ।


“इस्राएलीहरूलाई भन् : ‘मैले तिमीहरूलाई दिने देशमा गएर जब त्यहाँको बाली काटौला, तब तिमीहरूले आफ्नो बालीको पहिलो उब्जनीको एक बिटा पूजाहारीकहाँ ल्याउनू । त्यो ग्रहण हुनलाई तिनले त्यो बिटा परमप्रभुको सामुन्ने डोलाऊन् । शबाथको भोलिपल्ट पूजाहारीले त्यो डोलाऊन्’ । ”

लेवी २३:९-१४


पुरानो करारको अगौटे फलको चाडमा चढाइएको अगौटे(प्रथम) फलले येशू ख्रीष्टलाई जनाउँछ । येशूज्यू सुतिजानेहरूमध्येमा अगौटे(प्रथम) फलको रूपमा पुनरुत्थान हुनुभई अगौटे फलको चाडको अगमवाणी पूरा गर्नुभयो ।


वास्तवमा ख्रीष्ट मृतकहरूबाट जीवित हुनुभएको छ । सुतिजानेहरूमध्येमा उहाँचाहिँ प्रथम फल हुनुहुन्छ ।

१ कोरिन्थी १५:२०


पुनरुत्थानको दिनको मिति

बाइबलको मिति

येशूज्यू निस्तार-चाडको रातमा गिरफ्तार हुनुभयो, अखमिरी रोटीको चाडमा क्रूसमा मृत्यु भोग्नुभयो,[७] र शबाथको भोलिपल्ट(आइतबार) पुनरुत्थान हुनुभई अगौटे फलको चाडको अगमवाणी पूरा गर्नुभयो ।


हप्ताको पहिलो दिनको बिहानै उहाँ जीवित भई उठ्नुभएपछि उहाँ पहिले मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो । तिनीबाट येशूले सात वटा भूतहरू निकाल्नुभएको थियो ।

मर्कूस १६:१-९


यसरी, पुनरुत्थानको दिनचाहिँ अगौटे फलको चाडको अगमवाणी पूरा भएको दिन भएकोले अगौटे फलको चाडजस्तै यसलाई पनि अखमिरी रोटीको चाडपछि आउने पहिलो शबाथको भोलिपल्ट मनाइनुपर्छ ।

मिति परिवर्तन

अधिकांश मण्डलीहरूले वसन्त विषुवको पूर्णिमापछि आउने पहिलो आइतबारमा पुनरुत्थानको दिन मनाउने गर्छन् ।[८] योचाहिँ पश्चिमी मण्डलीले निस्तार-चाडको पवित्र भोजको मितिबारे गरेको जिद्दीलाई स्वीकारेको परिणाम हो । पास्कल विवादचाहिँ दोस्रो शताब्दीदेखि चौथो शताब्दीसम्म पूर्वी र पश्चिमी मण्डलीबीच उठेको थियो ।

पश्चिमी मण्डलीले, पवित्र भोजचाहिँ येशूज्यूले सिकाउनुभएको पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझमा होइनकि पुनरुत्थानको दिनमा मनाइनुपर्छ भनेर जिद्दी गऱ्यो । ई.सं. ३२५को निकेया सम्मेलनमा, अन्य मण्डलीहरूले पनि पश्चिमी मण्डलीको जिद्दीलाई पछ्याउने निधो गरे, र अन्ततः पवित्र भोजको वास्तविक दिन अर्थात् नयाँ करार निस्तार-चाड मण्डलीको इतिहासबाटै लोप भयो । त्यसपछि वसन्त विषुवको पूर्णिमापछि आउने पहिलो आइतबारमा पुनरुत्थानको दिन मनाउने मिति तोकियो ।[९][१०] ग्रेगोरियन पात्रोअनुसार यो दिन प्रायः मार्च २२देखि अप्रिल २५को बीचमा पर्दछ,[११] जुनचाहिँ त्यस बेला यूरोपमा व्यापक रूपले पुज्ने गरिएको इयोस्ट्रे(इस्टर) देवीको पर्वको दिनसँग मिल्दोजुल्दो छ ।[१२] हिजोआज पुनरुत्थानको चाड, जसलाई अङ्ग्रेजीमा ‘इस्टर’ भनिन्छ, यो पनि इस्टर देवीसँग सम्बन्धित छ ।[१३]

पुनरुत्थानको चाडको धर्मविधि

बाइबलीय धर्मविधि : पुनरुत्थानको दिनको रोटी

येशूज्यू पुनरुत्थान हुनुभएपछि, इम्माउसतिर गइरहेका दुई जना चेलाहरूकहाँ उहाँ देखा पर्नुभएको कुरा बाइबलमा लेखिएको छ । ती दुई चेलाहरूले येशूज्यूसित बातचीत गरे, तर तिनीहरूले उहाँलाई चिन्न सकेनन् । किनभने तिनीहरूका आँखा ढाकिएका थिए ।[१४] त्यसैले येशूज्यूले तिनीहरूलाई खानको लागि धन्यवादको रोटी दिनुभयो । तब बल्ल तिनीहरूका आँखा खुले र तिनीहरूले उहाँचाहिँ क्रूसमा मृत्यु भोग्नुभएका उही येशूज्यू नै हुनुहुँदो रहेछ भन्ने कुरा महसुस गरे ।[१५] त्यस बेलादेखि सुरुको मण्डलीका सन्तहरूले येशूज्यूको उदाहरणलाई पछ्याउँदै, अखमिरी रोटीको चाडपछि आउने पहिलो शबाथको भोलिपल्ट रोटी भाँचेर पुनरुत्थानको दिन मनाए ।


तब हामीचाहिँ अखमिरी रोटीको चाडका दिनहरूपछि . . . हप्ताको पहिलो दिनमा जब हामी रोटी भाँच्नलाई जम्मा भयौं,

प्रेरित २०:६-७


परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले बाइबलमा उल्लेखित मितिअनुसार निस्तार-चाड र अखमिरी रोटीको चाड मान्दछ, र येशूज्यूको उदाहरणलाई पछ्याउँदै पुनरुत्थानको दिनमा रोटी भाँच्ने धर्मविधि गर्दछ ।[१६][१७]

गैर-ईसाइ रीतिरिवाज : इस्टर अण्डा र खरायो

हिजोआज धेरै मण्डलीहरूले इस्टरमा उसिनेको अण्डा खान्छन्, अनि खरायो र अण्डालाई इस्टरको प्रतीकको रूपमा लिन्छन् । वसन्त र प्रभातलाई अधिकार गर्ने, ट्युटन जातिकी इस्टर(इयोस्ट्रे) देवीलाई पुज्ने रीति ख्रीष्टियान धर्ममा भित्रिएकोले, खरायो र अण्डालाई इस्टरको प्रतीकको रूपमा मान्न थालिएको हो ।[१८] वसन्तचाहिँ नयाँ जीवनको ऋतु भएकोले इस्टरलाई प्रजनन शक्तिकी देवीको रूपमा मानिन्थ्यो । अनि खरायो र अण्डा दुवैलाई प्रजनन शक्तिको प्रतीकको रूपमा प्रयोग गरिन्थ्यो ।[१९] पुनरुत्थानको दिनलाई अङ्ग्रेजीमा इस्टर र जर्मनमा ओस्टर्न भनिनाले पनि, यो चाड गैर-ईसाइ धर्मको प्रभावमा परेको छ भनी प्रमाणित गर्दछ । इस्टर देवी र अण्डाको यो रीतिचाहिँ प्राचीन इतिहासमा देख्न सकिन्छ । प्राचीन बेबिलोनीहरूले आकाशबाट एउटा ठूलो अण्डा यूफ्रेटिस नदीमा खसेको र त्यो अण्डाबाट इस्टार देवी कोरलिएकी हुन् भनी विश्वास गर्दथे ।[२०] इस्राएलमा यी देवीलाई अस्तोरेत भनिन्थ्यो ।[२१] इस्राएलले गैर-ईसाइ धर्मको रीतिलाई अपनाएर परमेश्वरलाई क्रोधित तुल्यायो भनेर बाइबलले बताउँदछ ।[२२][२३] यो यथार्थतालाई बुझेका केही ख्रीष्टियानहरूले उसिनेको अण्डाको सट्टामा मिठाइ अथवा चकलेट खाएर इस्टर मनाउने गर्छन् । तर वास्तवमा यो पनि सुरुको मण्डलीको इतिहासमा नभएको गैर-बाइबलीय रीति हो ।[२४]

  • प्रत्येक भाषामा पुनरुत्थानको दिनको नाउँ
भाषा नाम व्युत्पत्ति टिप्पणी
अङ्ग्रेजी Easter, Day of Resurrection, Resurrection Day इयोस्ट्रे, इयोस्ट्रेइ (वसन्त र प्रशस्तताकी देवीको नाम)[२५] इस्टर र ओस्टर्न गैर-बाइबलीय नामहरू हुन् ।
जर्मन Ostern[२६] इओस्टारम (वसन्त र प्रशस्तताकी देवीको नाम)[२५]
ग्रीक Πάσχα [पास्का] हिब्रू शब्द פֶּסַח [फेसाह][२७] लाई ग्रीक तरिकामा उच्चारण बाइबलमा पास्काचाहिँ येशूज्यूले दुःख भोग्नुभन्दा अगिल्लो दिनमा मान्नुभएको चाड हो ।[२८] पास्काको पवित्र भोजचाहिँ येशूज्यूको पुनरुत्थान होइन तर उहाँको मृत्युलाई सम्झना गर्ने भोज हो ।[२९] तर पश्चिमी मण्डलीहरूले चाहिँ येशूज्यू पुनरुत्थान हुनुभएको दिनमा नै पवित्र भोज गर्नु एक सामान्य कुरा बन्यो । यसकारण केही भाषाहरूमा हेर्दा, येशूज्यूको पुनरुत्थानको दिनलाई गलत तरिकाले पास्का पनि भनिएको पाइन्छ ।[३०]
ल्याटिन पास्का हिब्रू शब्द פֶּסַח [पास्का]लाई ग्रीक भाषामा ट्युनिङ गरिएको πάσχαबाट व्युत्पन्न
रूसी Пасха ल्याटिनमा पास्का
स्पेनी Pascua
रोमानियाली Paști
इटालियन Pasqua
पोर्चुगिज Páscoa
फ्रान्सेली Pâques
डच भाषा Pasen[३१]
कोरियाली 부활절 येशू ख्रीष्टको पुनरुत्थानको सम्झना
चीनियाँ 复活节 (सरलीकृत),

復活節 (परम्परागत)

जापानी 復活祭, イースター

सन्दर्भ सामग्रीहरू

  1. सन् २०२२मा फ्रान्समा बिदाहरूको सूची. Public Holidays in France in 2022.
  2. सन् २०२२मा नर्डरेइन-वेस्टफालेनमा सार्वजनिक बिदाहरू. Die Feiertage 2022, 2023 n Deutschland.
  3. सन् २०२२मा व्यापारिक दिनहरूको पात्रो. Trading Hours & Holidays, EURONEXT.
  4. FGले इस्टरको उपलक्ष्यमा बिदा घोषणा गर्दछ. The Guardian, सन् २०२१ मार्च ३०
  5. विश्वभरिका ख्रीष्टियानहरूले इस्टर सन्डे मनाउँछन्. USA TODAY, सन् २०१७ अप्रिल १७
  6. "प्रस्थान १४:२१-३०" 
  7. "मत्ती २६-२७" 
  8. इस्टर, The Free Dictionary.com
  9. इस्टर, WORLD HISTORY ENCYCLOPEDIA, सन् २०२१ जनवरी ११
  10. पोपको सर्वोच्चता, जेम्स गिब्बन्स, The Faith of Our Fathers, सन् १८७६, पेज १३४
  11. सन् २००८ इस्टरचाहिँ करीब एक शताब्दीमा सबैभन्दा पुरानो हो, Time and Date, सन् २००८ मार्च १४
  12. इस्टरको उत्पत्ति: गैर-ईसाइ चाडपर्व र ख्रीष्टियान धर्म हुँदै खरायो र चकलेटका अण्डासम्म, ABC.net, सन् २०१७ अप्रिल १५
  13. यसलाई किन इस्टर भनिन्छ, र बिदाबारे अन्य तथ्यहरू, U.S.News, सन् २०१७ अप्रिल १२
  14. "लूका २४:१३-१६" 
  15. "लूका २४:३०-३४" 
  16. येशू ख्रीष्टको पुनरुत्थानको दिन, WATV.org
  17. सन् २०२२ निस्तार चाड, अखमिरी रोटी र पुनरुत्थानको दिनका पवित्र सभाहरू, WATV.org, सन् २०२२ अप्रिल १५
  18. इस्टरको सारांश, Britannica
  19. "इयोस्ट्रे को हुन् र इस्टरसँग तिनको के सम्बन्ध छ ?". crosswalk.com. 2022. 3. 18.
  20. अलेक्जेन्डर हिस्लप, The Two Babylons, पेज १०९, सन् १९९८
  21. ""ASTARTE WORSHIP AMONG THE HEBREWS""यहूदी विश्वकोश 
  22. "न्यायकर्ता २:१२-१५" 
  23. "१ राजा ११:३१-३३" 
  24. #1 सबैभन्दा लोकप्रिय इस्टर क्यान्डी, नयाँ तथ्याङ्कका अनुसार, Earth This, Not That!, सन् २०२२ अप्रिल ११
  25. २५.० २५.१ ""इस्टर""  Britannica
  26. ओस्टर्न, क्याम्ब्रिज शब्दकोश
  27. Strong's #6453 - פֶּסַח, StudyLight.org
  28. "लूका २२:१५" 
  29. "१ कोरिन्थी ११:२३-२६" 
  30. अलेक्जेन्डर हिस्लप, दुई बेबिलोन अथवा पोपतन्त्र पूजा : निम्रोद र उनकी पत्नीको उपासना प्रमाणित भएको, खण्ड २७, पेज १४९
  31. पासेन, क्याम्ब्रिज शब्दकोश