शरण-नगर
The law of the city of refuge was a system of the Old Testament times to allow those who killed someone accidentally to flee from the avengers and save their lives. The sinners imprisoned in the city of refuge were able to return to their home when the anointed high priest died. This is a shadow teaching us about our souls.[१] Through the law of the city of refuge, we can get the answers to the questions, “Where did the human soul come? Where will it go?” and understand the important principles for the salvation of our souls.

पुरानो करारको समयमा शरण-नगरको व्यवस्थाचाहिँ अजानमा कसैको हत्या गरेको हत्यारा, रगतको साटो फेर्न चाहनेको हातबाट आफ्नो ज्यान जोगाउनलाई भाग्न सक्ने एउटा प्रणाली थियो । शरण-नगरमा कैद भएका हत्याराहरू, पवित्र तेलले अभिषेक गरिएका प्रधान पूजाहारीको मृत्युपछि मात्र आफ्नो घर फर्कन सक्थे । योचाहिँ हामी मानव-जातिको आत्माको विषय थाहा दिने छाया हो । हामीले शरण-नगरको व्यवस्थाद्वारा, ‘मानिसको आत्मा कहाँबाट आएको हो, र कहाँ जान्छ ?’ भन्ने विषय, र हाम्रो आत्माको मुक्तिसँग सम्बन्धित महत्त्वपूर्ण सिद्धान्तबारे जान्न सक्छौं ।
पुरानो करारको शरण-नगरको व्यवस्था
उद्देश्य
The city of refuge was established for those who killed people accidentally to escape from the avengers of blood. According to the Old Testament law, murderers had to pay for their sins with their own lives, and the family members or relatives of murder victims could kill the murderers.[२] In the case of a person accused of murder, he was kept safe in the city of refuge and stood trial before the assembly to be decided whether he was intentional or unintentional.[३]
शरण-नगरको व्यवस्थाचाहिँ, अजानमा कसैको हत्या गरेको हत्यारा, बदला लिन चाहनेको हातबाट बच्नको लागि बनाइएको सहर थियो । पुरानो करारको व्यवस्थाअनुसार, जानाजान कसैको हत्या गरेको हत्याराले पापको ज्याला मृत्यु आफ्नो मृत्युद्वारा तिर्नुपर्थ्यो, नत्रता मृतकका परिवार वा आफन्तले हत्यारालाई मार्न सक्थे । यदि कसैलाई हत्याको अभियोग लगाइयो भने उसलाई शरण-नगरमा सुरक्षितसाथ राखिन्थ्यो । अनि सभा राखिएर त्यो हत्याचाहिँ जानाजान हो कि अजानमा हो भन्ने कुराको छानबिन गरिन्थ्यो ।
फेरि परमप्रभुले मोशालाई भन्नुभयो, . . . “ ‘. . . त्यहाँ शरण-नगरहरू छानेर नियुक्त गर्नू, र अजानमा कसैले मान्छे माऱ्यो भने ज्यानमारा त्यहाँ भागोस् । ती सहरहरू बदला लिन खोज्नेबाट शरण लिने ठाउँ हुनेछन्, र त्यो ज्यानमारा समुदायको सामु न्यायको लागि खडा नहोउञ्जेल नमारिओस् ।’ ”
स्थानहरू
The cities of refuge were located in six cities in Israel—three cities on the east side of the Jordan River (Bezer, Ramoth in Gilead, Golan in Bashan) and three cities on the west side of the river (Kedesh in Galilee, Shechem, Hebron).[४][५] Each city of refuge was within a distance of about 30 km (18.6 miles), which could be reached from anywhere in Israel within a day. It was to prevent fugitives from being killed while fleeing to the city of refuge.[६]
ती शरण-नगरहरू यर्दनवारि पूर्वपट्टि ३ वटा सहरहरू(बेसेर, गिलादको रामोत र बाशानको गोलान) र यर्दनपारि पश्चिमतिरका ३ वटा सहरहरू(गालीलको केदेश, शकेम र हेब्रोन) गरेर इस्राएलका ६ वटा सहरहरूमा शरण-नगरहरू थिए । ती प्रत्येक शरण-नगरहरू, इस्राएलको जुनसुकै ठाउँबाट पनि एक दिनमा पुग्न सकिने गरेर करीब ३०-३० किलोमिटरको दूरीमा अवस्थित थिए । त्योचाहिँ, अजानमा हत्या गरेका हत्याराहरू शरण-नगरतिर भागेर जाने क्रममा नमारिऊन् भनेर हो ।
विशेषताहरू
Those who committed murder could flee to the city of refuge to protect their lives, but not all of them were protected. One who was found to have intentionally killed someone was put to death even if he or she entered the city of refuge.[७] On the contrary, one who was found through trial to have killed someone accidently was able to return to the city of refuge where he or she had fled to and stay there for a set period of time. Their stay lasted until the death of the high priest, who was anointed with the holy oil. If the high priest died soon, it meant that they were released soon and return to their home. If he died late, it meant that they were able to return to their home that much later.
हत्याराहरू आफ्नो ज्यान जोगाउन शरण-नगरमा भागेर जान सक्थे, तर त्यहाँ भागेर जाँदैमा सबै जना सुरक्षित रहनेचाहिँ होइन । यदि कोही जानाजान हत्या गरेको ठहरिएमा ऊ शरण-नगरमै भागेर गए तापनि उसलाई बाहिर ल्याएर मारिन्थ्यो । तर ठीक विपरीत, यदि छानबिनपछि हत्याचाहिँ अजानमा भएको साबित भएमा त्यो हत्यारालाई शरण-नगरमा पठाइन्थ्यो, र तोकिएको अवधिसम्म ऊ त्यहीँ रहनुपर्थ्यो । पवित्र तेलले अभिषेक गरिएका प्रधान पूजाहारीको मृत्यु नहोउञ्जेल ऊ त्यहीँ बस्नुपर्थ्यो । अर्थात् यदि प्रधान पूजाहारीको मृत्यु चाँडै भयो भने ऊ चाँडै रिहा भई आफ्नो गृहनगर फर्कन पाउँथ्यो, तर यदि तिनको मृत्यु ढिलो भयो भने ऊ त्यति नै लामो समयसम्म शरण-नगरमा रहनुपर्थ्यो ।
“ ‘तर यदि कसैले कसैलाई अजानमा घचेटेर माऱ्यो, अथवा केही कुरा हान्दा लागेर त्यो मऱ्यो भने, वा दुश्मनी नभएको र खति गर्न नचाहने व्यक्तिले हानेको ढुङ्गाले लागेर कोही मऱ्यो भने, समुदायले ज्यानमारा र रगतको साटो फेर्ने व्यक्तिको बीचमा यी विधिअनुसार न्याय गर्नुपर्छ । समुदायले त्यस ज्यानमारालाई रगतको साटो लिन चाहनेको हातबाट छुटाओस्, र भागेर गएको शरण-नगरमा नै त्यसलाई पठाइदेओस् । अनि पवित्र तेलले अभिषेक भएको प्रधान पूजाहारीको मृत्यु नहोउञ्जेल त्यो त्यहीँ रहोस् । तर त्यो ज्यानमारा कुनै बेला आफू भागेर गएको शरण-नगरदेखि बाहिर गयो, र रगतको साटो फेर्न चाहनेले त्यसलाई यसरी बाहिर फेला पारेर ज्यानमारालाई माऱ्यो भने, त्यो रगतको दोषी हुनेछैन । किनभने प्रधान पूजाहारीको मृत्यु नहोउञ्जेल त्यो सहरभित्र रहनुपर्नेथियो । प्रधान पूजाहारीको मृत्युपछि मात्र त्यो आफ्नै अधिकारको जग्गामा फर्कोस्’ ।”
The only way for those confined in the city of refuge to return to their home was through the death of the high priest. Until the death of the high priest, the murderers could not go back to their own land even if they paid a ransom.[८]
शरण-नगरमा थुनिएकाहरू आफ्नो जग्गामा फर्कने एकमात्र बाटो भनेको प्रधान पूजाहारीको मृत्यु थियो । प्रधान पूजाहारीको मृत्यु नहोउञ्जेल हत्याराले छुटकाराको मोल तिरे तापनि ऊ आफ्नो घर फर्कन सक्दैनथ्यो ।
शरण-नगरको व्यवस्थाको वास्तविकता
The Old Testament law is a shadow of the good things that are coming in the New Testament.[१] The law of the city of refuge from the Old Testament is also a shadow and a prophecy of the matter of the human soul.
पुरानो करारको व्यवस्था, नयाँ करारमा हुन आउने असल कुराहरूको छाया हो । पुरानो करारको शरण-नगरको व्यवस्थाचाहिँ मानिसको आत्माको विषयको छाया र अगमवाणी पनि हो ।
आत्मिक पापी रहेका मानव-जाति
Apostle Paul said that there is no one righteous on this earth.[९] The sinners who committed sins deserving of death and fled to the city of refuge, represent mankind. To help us realize this fact, Jesus taught us as follows:
प्रेरित पावलले यो पृथ्वीमा धर्मी कोही छैन भनेका छन् । मृत्युजन्य पाप गरेर शरण-नगरमा भागेका पापीहरूले मानव-जातिलाई जनाउँछ । हामीलाई यो यथार्थता बुझाउन येशूज्यूले यस्तो शिक्षा दिनुभयो :
यो सुनेर उहाँले भन्नुभयो, “निरोगीहरूलाई वैद्यको आवश्यकता हुँदैन, तर रोगीहरूलाई हुन्छ । . . . किनकि म धर्मीलाई होइन, तर पापीहरूलाई बोलाउन आएँ ।”
Jesus came from heaven to the earth to seek and save the lost.[१०] Since Jesus said that He came to seek the lost and that He came to call sinners, we can understand that all humans on this earth are sinners who were lost by sinning in heaven.
In the books of Ezekiel and Isaiah, there are examples that show our previous lives and our sins that caused us to be expelled from heaven.[११][१२] The history of Adam and Eve being expelled from Eden for violating God’s law not to eat from the tree of the knowledge of good and evil is a copy showing that humans, who were angels in heaven, were expelled from heaven for having committed such sins.[१३][१४]
येशूज्यू हराएकालाई खोज्न र बचाउन स्वर्गदेखि पृथ्वीसम्म आउनुभयो । येशूज्यू हराएकालाई खोज्न र पापीहरूलाई बोलाउन आउनुभएको हो भनिएकोले यो पृथ्वीका सबै मानव-जाति स्वर्गमा पाप गरेर हराएका पापीहरू हुन् भन्ने कुरा बुझ्न सकिन्छ । इजकिएल र यशैयाको पुस्तकमा, हाम्रो अघिल्लो जीवनको बारेमा र हामीलाई स्वर्गबाट निष्कासित गराउने हाम्रो पापको बारेमा लेखिएका उदाहरणहरू छन् । असल र खराबको ज्ञान दिने रूखको फल नखानू भन्ने परमेश्वरको आज्ञा उल्लङ्घन गरेर आदम र हव्वा अदनको बगैँचाबाट निकालिएको इतिहासचाहिँ स्वर्गमा स्वर्गदूतको रूपमा रहेका मानव-जातिले पनि पाप गरेकोले उनीहरू स्वर्गबाट निष्कासित भएका हुन् भन्ने कुरालाई दर्शाउने नकल हो ।
प्रधान पूजाहारी येशूज्यू
The Bible prophesied that the Most Holy would be anointed.
बाइबलमा, परमपवित्रलाई अभिषेक गरिनेछ भनेर अगमवाणी गरिएको छ ।
“तिम्रो जाति र तिम्रो पवित्र सहरको निम्ति अपराध खतम पार्न, पाप समाप्त गर्न, दुष्टताको लागि प्रायश्चित गर्न, अनन्त धार्मिकता ल्याउन, दर्शन र अगमवाणीलाई मोहोर लगाएर बन्द गर्न र महापवित्रस्थान(परमपवित्र, KJV)लाई अभिषेक गर्न सत्तरी ‘सातहरू’को आदेश तोकिएको छ ।”
It is written when the Most Holy is anointed, the transgressions will be over and sin will be put to an end. This means that the Most Holy God will appear as the Anointed One for the forgiveness of sins of mankind. It is Jesus Christ who came to this earth 2,000 years ago according to this prophecy.
जब परमपवित्र जनलाई अभिषेक गरिन्छ, तब अपराध खतम हुनेछ र पाप समाप्त हुनेछ भनेर लेखिएको छ । अर्थात् परमपवित्र परमेश्वर, मानव-जातिको पाप प्रायश्चितको निम्ति एक अभिषिक्त जनको रूपमा देखा पर्नुहुनेछ भन्ने वचन हो । यो अगमवाणीअनुसार २,००० वर्षअघि यस पृथ्वीमा आउनुभएका व्यक्ति येशू ख्रीष्ट हुनुहुन्छ ।
उहाँ[येशूज्यू] पुत्र हुनुहुन्थ्यो, तापनि आफूले भोग्नुभएको कष्टद्वारा उहाँले आज्ञापालन गर्न सिक्नुभयो, र सिद्ध तुल्याइएर उहाँको आज्ञापालन गर्नेहरू सबैका निम्ति उहाँ अनन्त मुक्तिको स्रोत बन्नुभयो । मल्कीसेदेकको दर्जाअनुसार प्रधान पूजाहारीको पदमा परमेश्वरद्वारा उहाँ नियुक्त हुनुभयो ।
Jesus came as the anointed high priest. The high priest, who was anointed holy in the city of refuge, is a prophecy about Jesus[१०] who came to the earth to save mankind, sinners.
येशूज्यू, पवित्र तेलले अभिषेक गरिएका प्रधान पूजाहारी रूपमा आउनुभयो । शरण-नगरको व्यवस्थामा पवित्र तेलले अभिषेक गरिएका प्रधान पूजाहारीचाहिँ, पापी मानव-जातिलाई बचाउन यो पृथ्वीमा आउनुभएका येशूज्यूसम्बन्धी अगमवाणी हो ।
शरण-नगर, पृथ्वी
The sinners of the city of refuge are set free through the death of the high priest and return to their home. The Bible also tells us about our home where we will return through the death of Jesus the High Priest.
शरण-नगरका पापीहरू प्रधान पूजाहारीको मृत्युद्वारा छुटकारा पाई आफ्नो घर फर्कन सक्थे । प्रधान पूजाहारी हुनुभएका येशूज्यूको मृत्युद्वारा हामीहरू फर्कने घरको बारेमा पनि बाइबलमा बताइएको छ ।
जुन देशबाट तिनीहरू निस्केर गएका थिए, यदि तिनीहरूले त्यही देशको विषयमा सोचेका भए तिनीहरूलाई फर्किजाने मौका मिल्ने थियो । तर तिनीहरू अझ उत्तम देश, अर्थात् एक स्वर्गीय देशको इच्छा गर्छन् ।
The writer of the book of Hebrews wrote that the country where the forefathers of faith longed to return is the heavenly country. This suggests that the fundamental home country that human beings should long for is heaven, not this earth, and that the earth is the city of refuge for sinners.
विश्वासका पुर्खाहरूले फर्कन गहिरो चाह गरेको देश नै स्वर्गीय देश हो भनेर हिब्रूको पुस्तकका लेखक बताउँछन् । मानव-जातिले चाह गर्नुपर्ने वास्तविक गृहनगरचाहिँ यो पृथ्वी होइनकि स्वर्ग हो, र
पृथ्वीचाहिँ पापीहरूको लागि शरण-नगर हो भन्ने कुरा यसले प्रष्ट्याउँछ ।
स्वर्गीय देशमा फर्कने तरिका
In the Old Testament times, sinners confined in the city of refuge were able to return to their home only after the anointed high priest died. Likewise, humans who live on the earth, the spiritual city of refuge, can return to their heavenly home by the death of Jesus the High Priest. This is why Apostles Peter and Paul wrote that we could receive the forgiveness of sins through the death of Christ, that is, the blood of Christ’s sacrifice.[१५][१६] For the sinners of the city of refuge, receiving the forgiveness of sins means that they can go back to their home. In the Old Testament times, sinners in the city of refuge could not return to their home without the death (sacrifice) of the high priest. In the same way, there is no other way for us to go back to the heavenly country unless we receive the sacrificial blood of Christ the High Priest. Jesus taught us the way to receive His sacrifice. It is to keep the Passover of the new covenant.
पुरानो करारको समयमा, शरण-नगरमा थुनिएका पापीहरू पवित्र तेलले अभिषिक्त प्रधान पूजाहारीको मृत्युपछि मात्र आफ्नो घर फर्कन सक्थे । यसै गरी आत्मिक शरण-नगर रहेको यो पृथ्वीमा जिइरहेका मानिसहरू पनि प्रधान पूजाहारी हुनुभएका येशूज्यूको मृत्युपछि मात्र आफ्नो स्वर्गीय घर फर्कन सक्छन् । त्यसैले पत्रुस र पावलले, ख्रीष्टको मृत्यु अर्थात् ख्रीष्टको बलिदानको रगतद्वारा मात्र हामीले पापको क्षमा पाउन सक्छौं भनेर लेखे । शरण-नगरका पापीहरूले पाप-क्षमा पाउनु भनेको आफ्नो गृहनगर फर्कन सक्नु भन्ने अर्थ हो । पुरानो करारको समयमा शरण-नगरका पापीहरू, प्रधान पूजाहारीको मृत्यु(बलिदान)विना आफ्नो घर फर्कन सक्दैनथे । त्यसै गरी हामीले पनि प्रधान पूजाहारी हुनुभएका ख्रीष्टको बलिदानको रगत ग्रहण नगरेसम्म हामीहरू कदापि स्वर्गीय देश फर्कन सक्दैनौं । येशूज्यूले हामीलाई उहाँको बलिदानको रगत ग्रहण गर्न सकिने तरिका जानकारी दिनुभयो । त्यो नै नयाँ करार निस्तार-चाड मान्नु हो ।
तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाडको प्रबन्ध मिलाए । . . . तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो ।” तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ । किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।”
Jesus came to the earth as the high priest in the order of Melchizedek.[१७] Just as Melchizedek gave blessings through bread and wine,[१८] Jesus promised the forgiveness of sins to mankind through the bread and wine of the new covenant. Therefore, we cannot participate in the blood of Christ simply by thinking that we believe in Jesus. By keeping the Passover of the new covenant, we can return to our heavenly country through the sacrifice of Christ the High Priest.
येशूज्यू मल्कीसेदेकको दर्जाअनुसार प्रधान पूजाहारीको रूपमा यो पृथ्वीमा आउनुभयो । मल्कीसेदेकले रोटी र दाखमद्यद्वारा आशिष् दिएजस्तै, येशूज्यूले पनि नयाँ करारको रोटी र दाखमद्यद्वारा मानव-जातिलाई पाप-क्षमाको प्रतिज्ञा गर्नुभयो । यसकारण येशूज्यूलाई विश्वास गर्छु भनेर सोच्दैमा ख्रीष्टको रगतमा सहभागी भइने होइन । हामीले नयाँ करार निस्तार-चाड मानेमा, प्रधान पूजाहारी हुनुभएका ख्रीष्टको बलिदानद्वारा हामीहरू स्वर्गीय घर फर्किजान सक्नेछौं ।
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्रीहरू
- ↑ १.० १.१ "Hebrews 10:1"।
- ↑ "Leviticus 24:20–21"।
- ↑ "Joshua 20:6–9"।
- ↑ "Numbers 35:6–15"।
- ↑ "Joshua 20:7–9"।
- ↑ "Deuteronomy 19:3–6"।
- ↑ "Numbers 35:16–21"।
- ↑ "Numbers 35:32"।
- ↑ "Romans 3:9–10"।
- ↑ १०.० १०.१ "Luke 19:10"।
- ↑ "Ezekiel 28:11–14"।
- ↑ "Isaiah 14:4, 12–15"।
- ↑ "Genesis 3"।
- ↑ "Romans 5:12"।
- ↑ "1 Peter 1:18–19"।
- ↑ "Ephesians 1:7"।
- ↑ "Hebrews 5:8–10"।
- ↑ "Genesis 14:18–19"।