दक्षिण अमेरिकामा परमेश्वरको मण्डली

परमेश्वरको मण्डली विश्वकोशबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
पेरुको लिमा र वरपरका क्षेत्रका परमेश्वरको मण्डलीका सन्तहरू
पेरुको लिमा र वरपरका क्षेत्रका परमेश्वरको मण्डलीका सन्तहरू

दक्षिण अमेरिकामा सुसमाचार फैलाउने परमेश्वरको मण्डलीको मिसन सन् १९९०को दशकको अन्त्यतिर पेरुबाट सुरु भएको थियो । त्यस बेलादेखि सुसमाचारचाहिँ महादेशभित्रका अन्य छिमेकी देशहरूमा पनि तीव्रताका साथ फैलियो । हाल ब्राजिल, अर्जेन्टिना, बोलिभिया, चिली, उरुग्वे, कोलम्बिया, पाराग्वे लगायत दक्षिण अमेरिकी देशहरूमा मण्डली र आराधनालयहरू स्थापना भएका छन् । अमेजोन वर्षावन र एन्डिज पर्वतका गाउँहरूमा समेत मण्डली स्थापना भएका छन् । मेक्सिको, ग्वाटेमाला, एल साल्भाडोर, पानामा, कोस्टा रिका लगायत मध्य अमेरिकामा पनि थुप्रै मण्डलीहरू स्थापना भएका छन् । दक्षिण अमेरिकाको परमेश्वरको मण्डलीका सन्तहरूले जोशका साथ सुसमाचार प्रचार गर्दै, स्वयंसेवा गतिविधिद्वारा परमेश्वरको प्रेमलाई विभिन्न क्षेत्रहरूमा फैलाइरहेका छन् । ब्राजिलमा परमेश्वरको मण्डली क्याम्पस विद्यार्थी स्वयंसेवा सङ्गठन, ASEZका सदस्यहरूलाई राष्ट्रिय स्वयंसेवा दिवस मनाउन राष्ट्रपति भवनमा आमन्त्रण गरियो ।

दक्षिण अमेरिकामा भएको परमेश्वरको मण्डलीको अवलोकन

पेरुको फसेत परमेश्वरको मण्डलीको अगाडिको दृश्य
पेरुको फसेत परमेश्वरको मण्डलीको अगाडिको दृश्य

दक्षिण अमेरिकामा पहिलो विदेश मिसनचाहिँ पेरुबाट सुरु भएको थियो र पहिलो मण्डली सन् १९९८मा स्थापना भएको थियो । प्रारम्भिक दिनहरूमा भाषा समस्याले गर्दा कोरियाली मिसनरीहरूलाई मानिसहरूसँग कुराकानी गर्न गाह्रो परेको थियो । उनीहरूचाहिँ केवल सन्तहरूलाई स्पेनी भाषामा “दिओस् लो बेन्दिगा मुचो (धेरै आशिष् पाउनुहोस्)” भन्दै अभिवादन मात्र गर्न सक्थे । मौसम, फैलँदो रोगहरू, भाषा समस्या जस्ता विभिन्न कठिनाइहरूको बाबजुद मिसनरीहरूले “तिमीहरू सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ” भन्ने बाइबलको वचनमा भरोसा गरी बीजारोपण गरीकन मण्डली स्थापना गरे ।[१][२][३]
दक्षिण अमेरिकामा पेरु, ब्राजिल, चिली, कोलम्बिया र इक्वेडरसहित कुल १२ वटा देशहरू छन् । उत्तर र दक्षिण अमेरिकालाई जोड्ने मध्य अमेरिकासहित कुल ३३ वटा ल्याटिन अमेरिकी देशहरू छन् ।[४] यूरोपेली प्रभावका कारण अर्थव्यवस्था, राजनीति र संस्कृति जस्ता सामाजिक क्षेत्रहरूमा क्याथोलिकवादले गहिरो गरी जरा गाडेको छ । यसको बाबजुद माता परमेश्वरको प्रेम र नयाँ करार निस्तार-चाडको सत्यता सन्तहरूको हृदयमा ठूलो आवाजसाथ गुञ्जिरहेको छ । परमेश्वरको मण्डलीमा आफ्नो विश्वासको जग बसालेका सन्तहरूले राष्ट्रिय सीमानालाई पार गरेर बोलिभिया, अर्जेन्टिना लगायतका देशहरूमा नयाँ करारको सुसमाचार फैलाए ।[५] परिणामस्वरूप प्रत्येक देशका मुख्य सहरहरूमा लगायत अन्टार्कटिका नजिकै अर्जेन्टिनाको दक्षिणी सहर उसुवाइयामा, त्यसै गरी इक्वेडरको गालापागोस टापूमा र ब्राजिलको अमेजन वर्षावनमा अवस्थित तारुमा जस्ता अन्य विभिन्न क्षेत्रहरूमा पनि परमेश्वरको मण्डली स्थापना भएको छ । अमेजन वर्षावनमा एक जना आदिवासी मुखियाले “यहाँ परमेश्वरको वचन सुनाउन कोही पनि आएका छैनन् । परमेश्वरको मण्डली नै पहिलो हो” भन्दै आफ्नो भावना व्यक्त गरे ।

वर्तमान अवस्था

माया, एज्टेक, इन्का, र एन्डियन सभ्यताहरूको उद्गम स्थल रहेको मध्य र दक्षिण अमेरिकामा अहिले पनि विभिन्न संस्कृति र परम्पराहरू विद्यमान् छन् । स्थानीय परमेश्वरको मण्डलीका सन्तहरूले वर्ग, जाति, भाषा, वा संस्कृतिको पर्वाह नगरी परिवारसरह परमेश्वरको प्रेमद्वारा आपसमा स्नेह बाँड्दछन् र एक-अर्कालाई आदर गर्छन् । सन्तहरूमा भएको निःस्वार्थ भावचाहिँ नम्रता र विचारशीलता जस्ता येशू ख्रीष्टका उदाहरणलाई अनुसरण गर्ने विश्वास, र माताको शिक्षाबाट आउँदछ । ७४औँ विदेशी सन्त भ्रमण टोलीको सदस्यको रूपमा कोरिया भ्रमण गरेकी न्यान्सी एस्पिटिया(बोगोटा, कोलम्बिया)ले “दिने प्रेम र सुन्दर मन जस्ता माताको शिक्षालाई पछ्याएर म हाँसो र सुकर्मद्वारा परमेश्वरको प्रेमलाई व्यवहारमा लागू गर्न कोसिस गर्दैछु” भनिन् ।[६] पादरी कर्मचारी र सन्तहरू एकै मनका भएर एक-अर्कालाई सेवा गरिरहेकाले, र जोशका साथ एकतामा रहेर कार्य गरिरहेकाले (जसका लागि दक्षिण अमेरिका परिचित छ), सुसमाचार तीव्र गतिमा फैलिरहेको छ ।

स्वयंसेवा गतिविधिहरू

सान्टियागो, चिलीको मण्डलीका सन्तहरूले भारी वर्षाका कारण पहिरो गएका ठाउँहरूमा मर्मत सम्भार गर्न प्रयत्नरत छन् ।
सान्टियागो, चिलीको मण्डलीका सन्तहरूले भारी वर्षाका कारण पहिरो गएका ठाउँहरूमा मर्मत सम्भार गर्न प्रयत्नरत छन् ।
इक्वेडरको ग्वायाकिल मण्डलीका सन्तहरूले ज्वालामुखी प्रकोपका पीडितहरूलाई मद्दत गर्न निःशुल्क केश काटछाँट, सौन्दर्य तथा चिकित्सा सेवाहरू प्रदान गरे ।
इक्वेडरको ग्वायाकिल मण्डलीका सन्तहरूले ज्वालामुखी प्रकोपका पीडितहरूलाई मद्दत गर्न निःशुल्क केश काटछाँट, सौन्दर्य तथा चिकित्सा सेवाहरू प्रदान गरे ।

दक्षिण अमेरिकी मण्डलीका सन्तहरूचाहिँ ख्रीष्टले अनुरोध गर्नुभएजस्तै आफ्ना छिमेकीहरूको आफैलाई झैँ हेरचाह गर्दै खाँचोमा परेकाहरूलाई सहयोग गर्नमा समर्पित छन् । उनीहरू सहयोगको आवश्यक परेको सामुदायिक क्षेत्रहरू पत्ता लगाउँछन्, प्रधान कार्यालयसित छलफल गर्छन्, र छिटो र व्यवस्थित तवरले स्वयंसेवालाई अगि बढाउँछन् । कोही पनि नछुटून् तर सबैले खुशी जीवन जिउन सकून् भनेर सन्तहरू स्वेच्छाले कल्याण प्रवर्धन कार्यमा अग्रसर हुन्छन् । उनीहरूले बाल कल्याण सुविधा स्थलहरूलाई समर्थन, अनि वृद्धाश्रम र सरकारी कार्यालयहरूको भ्रमण गरेर यो कार्यलाई प्रवर्धन गर्छन् । साथै सन्तहरूले रक्तदान अभियान गरेर समुदायमा सकारात्मक प्रभाव छोडेका छन्, जसप्रति स्थानीयबासीहरू बिलकुल अजान थिए । सन्तहरूले रक्तदानको महत्त्वलाई दक्षिण अमेरिकाका विभिन्न देशहरूमा फैलाएका छन् ।[७]
भूकम्प, ज्वालामुखी विस्फोटन, डढेलो र बाढीजस्ता प्रकोपहरूले एकैछिनमा मानिसको जीवनको जगलाई नै हल्लाइदिन सक्छ । मण्डलीका सन्तहरूले माताको प्रेम बाँड्ने गहिरो चाहना बोकेर पीडितहरूलाई दैनिक जीवनमा फर्कन मद्दत गर्नलाई भोजन र स्वास्थ्य सेवा प्रदान गर्ने जस्ता राहत सेवाकार्य गर्छन् ।[८][९][१०] सन् २०१७मा मेक्सिकोमा ८.१ रेक्टर स्केलको भूकम्प जाँदा, सन्तहरूले पीडितहरूलाई सुविधाका सामानहरू र सेवाहरू प्रदान गरे ।[११] एल् निन्यो बाढीले पेरुको पूरै देशलाई असर गर्दा, सन्तहरूले क्षतिग्रस्त ठाउँहरूमा गएर पुनर्स्थापना र राहत कार्यहरू गरे । बाढी पीडितहरूलाई सहयोग गर्ने हेतुले रक्तदान अभियान र कन्सर्ट आयोजना जस्ता विभिन्न प्रयासहरू गरिए ।[१२] पेरुको लिमा, भिल्ला एल् साल्भाडोर परमेश्वरको मण्डलीले आगलागी पीडितहरूका लागि निःशुल्क भोजन सेवाको प्रबन्ध मिलाउँदा एक जना पीडितले सन्तहरूलाई यसो भने, “तपाईंहरूले हाम्रो एकलोपनालाई हटाइदिनुभएको छ । तपाईंहरूबाट यस्तो अनपेक्षित सहयोग पाउँदा, साँच्चै नै संसारमा एक-अर्कालाई गरिने सहयोग हराएको रहेनछ भन्ने कुरा महसुस भयो । हामीलाई बेवास्ता नगरिदिनुभएकोमा धन्यवाद ।”[१३] दक्षिण अमेरिकाका ASEZ र ASEZ WAO सदस्यहरूले नियमित रूपमा वातावरण संरक्षण गतिविधिहरू गर्दछन् ।[१४][१५][१६][१७][१८] उनीहरूले विभिन्न क्षेत्रका विज्ञहरू र प्रभावशाली व्यक्तित्वहरूसँग, जलवायु परिवर्तन सङ्कटलाई समाधान गर्नलाई मद्दत गर्ने व्यावहारिक तरिकाहरूबारे छलफल गर्न र स्थानीय बासिन्दाहरूमाझ जनचेतना जगाउन विश्वव्यापी फोरम[१९][२०]सम्मेलनहरूको[२१][२२][२३][२४][२५] आयोजना गर्दछन् । कोभिड-१९को महामारी सुरु भएदेखि, प्रत्येक मण्डलीहरू सरकारको निर्देशिकालाई पालना गर्दै व्यक्तिगत सुरक्षा उपकरण (PPE) उपलब्ध गराई भाइरस सङ्क्रमणलाई रोक्न प्रयत्नरत छन् ।[२६][२७][२८] भेनेजुयलाको काराकासमा महामारीका कारण त्यहाँका बासिन्दाहरूले २ महिनासम्म पानीको अभावले गर्दा सास्ती भोगेका थिए । तब मण्डलीका सन्तहरू ५ किलोमिटर पैदल गई खाँचो परेका मानिसहरूलाई पानी पुऱ्याइदिए ।[२९]

विभिन्न देशका संस्था तथा सञ्चार माध्यमका प्रतिक्रियाहरू

सन् २०२२ डिसेम्बर ७मा महासचिव पास्टर गिम जु छल(बीचमा)ले ब्राजिलको राष्ट्रिय सभा भवनमा परमेश्वरको मण्डलीको तर्फबाट ‘विधायिकी पदक’ प्राप्त गर्नुभयो ।
सन् २०२२ डिसेम्बर ७मा महासचिव पास्टर गिम जु छल(बीचमा)ले ब्राजिलको राष्ट्रिय सभा भवनमा परमेश्वरको मण्डलीको तर्फबाट ‘विधायिकी पदक’ प्राप्त गर्नुभयो ।
सन् २०१८ अगस्ट २८मा ब्राजिलको राष्ट्रपति भवनमा आयोजित राष्ट्रिय स्वयंसेवा दिवसको समारोहमा ASEZका सदस्यहरूलाई आमन्त्रण गरिएको थियो, र त्यहाँ उनीहरूले पंख नृत्य प्रस्तुत गरे ।
सन् २०१८ अगस्ट २८मा ब्राजिलको राष्ट्रपति भवनमा आयोजित राष्ट्रिय स्वयंसेवा दिवसको समारोहमा ASEZका सदस्यहरूलाई आमन्त्रण गरिएको थियो, र त्यहाँ उनीहरूले पंख नृत्य प्रस्तुत गरे ।

परमेश्वरको मण्डलीद्वारा आयोजित विविध कार्यक्रमहरूमा सहभागी भएका विभिन्न देशका सरकारी अधिकारीहरूले, मानव-जातिलाई साहस र आशा प्रदान गर्ने सन्तहरूको प्रयासलाई समर्थन गरे ।[३०][१९] पेरुको सर्वोच्च अदालतका पूर्वाध्यक्ष डुबेर्ली रोड्रिगेज टिनियोले मण्डलीलाई प्रोत्साहनको सन्देश पठाए । त्यहाँ यस्तो लेखिएको थियो, “पृथ्वीलाई Aदेखि Zसम्म बचाउन क्याम्पस युवाहरूले गरिरहेका यो कार्य एकदम महत्त्वपूर्ण कार्य हो । पृथ्वी नामको हाम्रो यो ग्रहलाई बचाउन विभिन्न ठाउँहरूमा स्वयंसेवा कार्य गरिरहेका क्याम्पस विद्यार्थीहरूलाई म हार्दिक बधाई दिन चाहन्छु ।”[३१] ब्राजिलमा राष्ट्रपतिले राष्ट्रिय स्वयंसेवा दिवसको लागि ASEZका सदस्यहरूलाई राष्ट्रपति भवनमा आमन्त्रण गर्नुभएर उनीहरूको स्वयंसेवा गतिविधिप्रति प्रशंसा र कृतज्ञता व्यक्त गर्नुभयो ।[३२][३३]
स्थानीय सञ्चार माध्यमले पनि परमेश्वरको मण्डलीका गतिविधिहरूको बारेमा चासो देखाउँदै रिपोर्टहरू प्रस्तुत गरे ।[३४] पेरुको सार्वजनिक प्रसारण केन्द्र ATVले कोरियाको भ्रमण गरेर परमेश्वरको मण्डलीसँगको अन्तर्वार्तापछि यस्तो समाचार प्रसारण गऱ्यो, “सन्तहरूको आस्थालाई हेर्दा, उनीहरूमा लिने प्रेमभन्दा दिने प्रेम अझ बढी छ जस्तो देखिन्छ । छिमेकीलाई सहयोग, र वचन प्रचार जस्ता यी सबै सामाजिक गतिविधिलाई सम्भव तुल्याएको आधार नै प्रेम, अनि सबैभन्दा उच्चमा परमेश्वर हुनुहुन्छ ।” पेरु र चिलीमा, माताको प्रेमको मूल्यलाई उजागर गर्न र अरूलाई प्रेरणा दिनको निम्ति ‘हाम्री आमा’ लेख तथा तस्वीर प्रदर्शनी आयोजना गरियो ।[३५] प्रदर्शनीको भ्रमण गर्नुभएका चिलीको सरकारी मामिला ब्यूरो प्रमुखले “आमाको अस्तित्व र भूमिकाबारे गहिरिएर सोच्ने गराउने यो प्रदर्शनी एकदमै मूल्यवान् प्रदर्शनी हो” भन्नुभयो ।[३६] ‘हाम्री आमा’ लेख तथा तस्वीर प्रदर्शनीचाहिँ पहिलो पटक कोरियाको सउल, गाङनाम परमेश्वरको मण्डलीमा ७,५०,००० जनाभन्दा बढी आगन्तुकहरूको सहभागितामा सन् २०१३मा आयोजना गरिएको थियो । त्यसपछि यो प्रदर्शनी विश्वका धेरै देशहरूमा विस्तार हुन थाल्यो । स्वयंसेवाद्वारा विभिन्न क्षेत्र र देशहरूलाई सहयोग पुऱ्याएबापत् दक्षिण अमेरिकाका परमेश्वरको मण्डलीहरूलाई राष्ट्रिय संसद भवनबाट, अनि स्थानीय सरकार र सार्वजनिक संस्थाहरूबाट ५०० वटाभन्दा बढी अवार्डहरूले सम्मान गरियो । जसअन्तर्गत ब्राजिलबाट ‘विधायिकी पदक’,[३७] चिलीको सभामुखबाट प्रशंसा-पत्र, पेरुको पिउरा प्रदेशबाट पदक,[३८] पेरुको हुआराजका मेयरबाट प्रशंसा-पत्र,[३९] इक्वेडोरको एस्मेराल्डासका मेयरबाट सङ्कल्प-पत्र,[४०] र अर्जेन्टिनाको पिलारका मेयरबाट प्रशंसा-पत्र पर्दछ ।[४१]

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. "World Mission Society Church of God Opens the Age of 3 Million Saints on 55th Anniversary"ShinDongA। जुन ७, २०१९। 
  2. "Children Who Are Faithful in a Very Little Thing"English WATV। जुन १, २००६। 
  3. "The Latter Rain of the Holy Spirit Wets a Barren Land"English WATV। नोभेम्बर १, २००३। 
  4. "Latin America and the Caribbean"Ministry of Foreign Affairs 
  5. "We Are Going to Heaven (Vamos al Cielo)"English WATV। जनवरी १, २००४। 
  6. "74th Overseas Visiting Group Visit Korea"Sisa News। मे २८, २०१९। 
  7. "The World Takes Note of God the Mother"MEDIA CAST। मे १६, २०१९। 
  8. "Free food service to help the victims by the fire in Villa El Salvador"MEDIA CAST। मार्च २०, २०१७। 
  9. "For the One Who Need Mother's Love"WATV News। डिसेम्बर ३०, २०१२। 
  10. "We wish to help the victims by embracing with warm Mother's love"WATV News। डिसेम्बर १३, २०१२। 
  11. "Earthquake Relief Activity in Mexico"WATV News। सेप्टेम्बर १३, २०१७। 
  12. "Setting an Example for the World with Humanitarian Work"Weekly DongA। मार्च १३, २०१८। 
  13. "Church of God, Peru, Disaster Recovery Volunteer Efforts"MEDIA CAST। मे ३१, २०१९। 
  14. "[Peru Beach Cleansing Activity] Let's Overcome El Niño Climate Change Crisis with Environmental Cleanup"MEDIA CAST। अगस्ट १, २०१७। 
  15. "Jornada de concientización y limpieza en la ribera del río Luján"Lujan Hoy। जनवरी २१, २०२०। 
  16. "Jóvenes fomentan limpieza de calles con campaña ambiental"LA NACION। अप्रिल ८, २०१९। 
  17. "Universitarios coreanos participaron en minga de limpieza en Atacames"La Hora। जनवरी २२, २०१९। 
  18. "Realizan trabajo de de limpieza y acondicionamiento del área verde"Hoy। फेब्रुअरी ४, २०१८। 
  19. १९.० १९.१ "Let's Make the World Beautiful ASEZ Global Forum in Peru"MEDIA CAST। जुलाई १६, २०१९। 
  20. "2018 ASEZ Global Forum on the Implementation of UN SDGs"ASEZ.org। अक्टोबर १७, २०१८। 
  21. "JÓVENES VOLUNTARIOS REALIZARÁN CAMPAÑA AMBIENTAL CON LA MUNICIPALIDAD PROVINCIAL DE HUAURA"Municipalidad Provincial de Huaura। जनवरी २१, २०२०। 
  22. "Talk with the Minister of the Interior of Uruguay for Creating an Environment Conducive to Sustainable City"ASEZ.org। अगस्ट २, २०१९। 
  23. "Multilateral Partnership for Sustainable Argentina"ASEZ.org। जनवरी ३१, २०१९। 
  24. "ASEZ Holds a Conference to Build a Partnership with Minister of Justice and Human Rights and Vice Minister of Justice and Human Rights"ASEZ.org। जनवरी २८, २०१९। 
  25. "Novo Airao City signed an MOU with ASEZ for constant cooperation"ASEZ.org। जनवरी २८, २०१९। 
  26. "Donation and Service Relays to Combat COVID-19"WATV.org। जुलाई ८, २०२०। 
  27. "San Isidro: Campaña "De corazón a Corazón" de ASEZ WAO Entrega de kits de apoyo al personal médico que lucha contra la COVID-19"NorteOnline। डिसेम्बर १८, २०२०। 
  28. "Iglesia de Dios Sociedad Misionera Mundial entrega apoyo al Regimiento N°21 Coquimbo"La Voz del Norte। सेप्टेम्बर २, २०२०। 
  29. "Church of God Help All Countries of the World"Ilgan। जुलाई २, २०२०। 
  30. "Blood Donation Campaign with Peru's First Lady"MEDIA CAST। जुलाई ४, २०१७। 
  31. "World Citizen's Messages to ASEZ"MEDIA CAST। फेब्रुअरी १७, २०२०। 
  32. "Brazil's President Invites Church of God University Student Volunteer Group ASEZ to Presidential Palace"Aju News। सेप्टेम्बर ३, २०१८। 
  33. "ASEZ, the World Mission Society Church of God University Student Volunteer Group, Was Invited to the Presidential Palace of Brazil"ASEZ.org। अगस्ट २८, २०१८। 
  34. "South America"WATVPRESS 
  35. "'Hometown of Heart' A Touching Exhibition Full of Mother's Love"Weekly DongA। सेप्टेम्बर १८, २०१८। 
  36. "[Special Feature ● Luther's 500 Years of Religious Reformation - Church of God and Truth in the Bible] 2.7 Million World Mission Society Church of God Saints' 'Grand Chorus'"Monthly JoongAng। नोभेम्बर १७, २०१७। 
  37. "[WATV NEWS] The World Mission Society Church of God Wins The Legislative Merit Medal of Brazil"World Mission Society Church of God Official Youtube Channel। जनवरी १३, २०२३। 
  38. "María Cecilia Torres Carrión, CEO of the Piura Regional Government"WATV Award। अक्टोबर ५, २०१७। 
  39. "Vladimir Antonio Meza Villarreal, Mayor of the Provincial Municipality of Huaraz"WATV Award। जनवरी १८, २०१४। 
  40. "Lenin Lara Rivadeneira, Mayor of Esmeraldas"WATV Award। मार्च १५, २०१९। 
  41. "Nicolás Ducoté, Municipal Mayor of Pilar"WATV Award। अगस्ट १०, २०१८।