उत्तर अमेरिकामा परमेश्वरको मण्डली
सन् १९९०को दशकको अन्ततिर परमेश्वरको मण्डलीले उत्तर अमेरिकामा नयाँ करारको सुसमाचार प्रचार गर्न सुरु गऱ्यो । मण्डलीले उत्तर अमेरिकामा प्रचार गर्न सुरु गरेको पहिलो क्षेत्रचाहिँ क्यालिफोर्नियाको लस एन्जलस थियो । सत्यता ग्रहण गर्नेहरूको संख्या लगातार वृद्धि हुँदैगयो, र संयुक्त राज्य अमेरिकाका ५० वटा राज्यहरू सबैमा मण्डलीहरू स्थापना भइसकेका छन् । साथै क्यानाडाको अल्बर्टा, ब्रिटिस कोलम्बिया र ओन्टारियोमा पनि मण्डलीहरू स्थापना भइसकेका छन् । “आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नू” (मत्ती २२:३९) भन्ने बाइबलको शिक्षालाई पछ्याउँदै परमेश्वरको मण्डलीका सन्तहरूले विभिन्न तरिकाले परमेश्वरको प्रेमलाई कार्यान्वयन गरिरहेका छन् । उनीहरूले गरेका विभिन्न स्वयंसेवाको कदरस्वरूप उनीहरू कैयौँ पटक राष्ट्रपतीय स्वयंसेवा अवार्डले पुरस्कृत भएका छन् ।[१]
उत्तर अमेरिकी परमेश्वरको मण्डलीहरूको अवलोकन
परमेश्वरको मण्डलीले विदेश मिसन सुरु गरेका पहिलो स्थानहरूमध्ये उत्तर अमेरिका पनि पर्दछ । सन् १९९७मा क्यालिफोर्नियाको लस एन्जलसमा सुसमाचार प्रचार गरिएर सन् २०००को दशकमा न्यूयोर्क, कनेक्टिकट, कोलोराडो र इलिनोइसम्म सुसमाचार फैलियो ।[२] नयाँ करार निस्तार-चाड, ३ चरणका ७ वटा चाडहरू, पिता परमेश्वर र माता परमेश्वर जस्ता बाइबलको सत्यताबाट धेरै जना प्रभावित भएकाले सन्तहरूको सङ्ख्या पनि तीव्र गतिमा वृद्धि भयो । उत्तरी ध्रूव नजिकैको अलास्का र प्रशान्त महासागरमा हावाइ लगायतका प्रत्येक प्रदेशहरूमा मण्डलीहरू स्थापना भएका छन् । यसबाहेक देशभरि नै हाउस चर्च र अफिस चर्चजस्ता स-साना आराधनालयहरू पनि छन् ।[३] जातीय विवाद अझै पनि विद्यमान रहेको संयुक्त राज्य अमेरिकामा सन्तहरूले प्रेम, विचारशीलता र नम्रता जस्ता सद्गुणहरू पालन गर्छन् । माताको शिक्षालाई पछ्याउँदै, उनीहरूले प्रेम नै सबैभन्दा ठूलो सद्गुण हो भन्ने कुरालाई महसुस गरी आपसमा प्रेम गर्दै असल उदाहरण देखाउँछन् । अमेरिकी सन्तहरूले कोलम्बिया र भेनेजुयला जस्ता दक्षिण अमेरिकाका धेरै देशहरूमा मण्डली स्थापना गर्नमा निर्णायक भूमिका खेले ।[४] संयुक्त राज्य अमेरिकाको सीमावर्ती रहेको क्यानाडामा सुसमाचारको कार्य भइरहेको छ, अनि एड्मन्टन, भ्यानकुभर, टोरोन्टो र मोन्ट्रियलमा पनि नयाँ मण्डलीहरू स्थापना भएका छन् । कोरियाबाट सुरु भएको मण्डलीमा उत्तर अमेरिकाबाट धेरै मानिसहरू आएका दृश्य देख्न पाउनु अनपेक्षित कुरा थियो । सन् २००१मा पहिलो विदेशी सन्त भ्रमण टोलीबाट सुरु भएसँगै, नयाँ करार पुनर्स्थापना भएको ‘अगमवाणीको भूमि’ कोरियामा उत्तर अमेरिकाका सन्तहरूले क्रमिक रूपमा भ्रमण गरिरहेका छन् । भ्रमणको क्रममा उनीहरूले बाइबलको शिक्षा पाउँछन्, स्वर्गीय माताको प्रेम अनुभव गर्छन्, र परमेश्वरप्रतिको आफ्नो विश्वासलाई अझ दह्रिलो बनाउँछन् । भ्रमण टोलीका सहभागीहरू भन्छन्, “मैले केवल बाइबलीय ज्ञानको रूपमा मात्र लिएको परमेश्वरको प्रेम अहिले भने महसुस भएको छ । अब म यो प्रेमलाई व्यवहारमा लागू गर्नेछु, अनि परमेश्वरको अनुग्रह र आशिष् मेरो परिवार, छिमेकी र चिनाजानामाझ पनि बाँड्नेछु ।”[५] उत्तर अमेरिकाका सन्तहरूले सारा महादेशभरि नयाँ करारको सत्यता अर्थात् प्रेम बाँड्नको निम्ति विनाविश्राम सुसमाचारको कार्य गरिरहेका छन् । उनीहरू अनन्त जीवनको वरदान, साँचो स्वतन्त्रता प्रदान गर्नुहुने पिता परमेश्वर र माता परमेश्वरको गवाही दिन प्रयत्न गर्छन् ।
वर्तमान अवस्था र गतिविधि
उत्तर अमेरिकाभरिका परमेश्वरको मण्डलीहरूले माताको प्रेम र पारिवारिक मनद्वारा विभिन्न स्वयंसेवा गर्दै समुदायहरूलाई सहयोग गर्छन् । उनीहरूले नागरिकहरूलाई वातावरण संरक्षणको महत्त्वबारे जागृत गराउन सरसफाइ र क्याम्पेनहरूको आयोजना गर्छन्,[६][७][८][९] अनि रगतको अभावलाई पूर्ति गरी मानव जीवन बचाउन निस्तार-चाडको प्रेम, जीवन बचाउने विश्वव्यापी रक्तदान अभियानको आयोजना गर्छन् ।[१०][११][१२][१३] तुफान, आँधी, बाढी जस्ता अप्रत्याशित प्रकोपहरू जाँदा सन्तहरूले क्षतिग्रस्त क्षेत्रहरूमा हतारका साथ गएर उद्धार र राहत कार्यमा समर्पित भई पीडितहरूलाई सहयोग गरे ।[१४][१५][१६][१७] आइरिन आँधीका पीडित फ्राङ्क आलोसेभिक र उनका परिवारले, विपत्ति राहत स्वयंसेवाका लागि मण्डलीलाई प्रशंसा-पत्र पठाए । पत्रमा यस्तो लेखिएको थियो, “मैले आशा गुमाएको थिएँ, तर तपाईंहरूले त्यो आशा फर्काइदिनुभयो । विभिन्न पृष्ठभूमिका मानिसहरू दाजुभाइ-दिदीबहिनीको रूपमा एकसाथ कार्य गरिरहेको देख्न पाइन्छ भनेर मैले कल्पना पनि गरेको थिइनँ । तपाईंहरूले अरूको जीवनलाई उत्तम हुने गरी परिवर्तन गराउँदैहुनुहुन्छ भन्ने कुरा आफ्ना प्रियजनलाई थाहा दिनुहोस् ।”[१८]
यसबाहेक मण्डलीका सन्तहरूले विपन्न छिमेकीहरूको सहयोगार्थ घरबारविहीनहरूका लागि मोजा सङ्कलन र बाल अस्पतालका लागि कम्बल सङ्कलन कार्यक्रम राखेर सहयोग गरे । साथै मण्डलीले स्थानीय विद्यालयहरूलाई पुस्तक तथा शैक्षिक सामग्री वितरण, खेल मैदान निर्माण र साना विद्यार्थीहरूको सहयोगार्थ अन्य विभिन्न कदम चालेर शैक्षिक समर्थन स्वरूप स्वयंसेवालाई पनि नेतृत्व गर्दैआएको छ । उनीहरूले वृद्धाश्रममा बुज्रुगहरूलाई सहयोग गर्ने, हिमआँधीले ल्याएको हिउँलाई पन्छाउने, प्रहरी कार्यालय र अग्नि नियन्त्रण कार्यालयमा गएर उनीहरूको सेवाप्रति कृतज्ञता व्यक्त गर्ने जस्ता ठूला-साना स्वयंसेवाद्वारा छिमेकीहरूमाझ माताको प्रेम बाँड्ने कार्यलाई निरन्तरता दिन्छन् ।[१९] क्यानाडाको एड्मन्टन परमेश्वरको मण्डलीले, परिवारबाट टाढा रहेर वर्षको अन्तिम समय एकलै बिताएका वृद्धाश्रमका ज्येष्ठ नागरिकहरूलाई भेटेर विभिन्न प्रस्तुतिहरूद्वारा उहाँहरूमाझ प्रेम र हाँसो साझा गरे ।[२०][२१]
साथै उज्ज्वल भविष्य निर्माणका लागि उनीहरूले गम्भीर सामाजिक समस्याहरू समाधान गर्न सहयोगमूलक कार्यहरू पनि गर्छन् । कोभिड-१९को सङ्क्रमण सबैभन्दा धेरै फैलिएको संयुक्त राज्य अमेरिकामा, परमेश्वरको मण्डलीले महामारीको समयमा चिकित्सा कर्मचारीहरूको सहयोगार्थ मास्क तथा आवश्यक किटहरू हस्तान्तरण गऱ्यो ।[२२] परिवारजनबीच घनिष्ठता र संवाद घट्न थालेको उक्त समयमा सन्तहरूले परिवारजनलाई आपसमा एकजुट गराउन ‘परिवार प्रशंसा दिवस’ भन्ने कार्यक्रमको आयोजना गरे ।[२३] साथै अपराध रोकथामका उपायलाई व्यवहारमा लागू गर्न सकिनेबारे छलफल गर्न उनीहरूले प्रहरी अधिकारीहरूसँगको साझेदारीमा ASEZ ‘भावी लिडर फोरम’,[२४] अनि दिगो विकास लक्ष्यहरूलाई दैनिक जीवनमा लागू गर्नमा नागरिकहरूलाई प्रोत्साहन दिन ‘विश्व शान्तिका लागि सहकारिता’ कन्सर्टको पनि आयोजना गरे ।[२५][२६]
मिडिया रिपोर्ट र अवार्ड
उत्तर अमेरिकाको परमेश्वरको मण्डलीले समाजमा व्याप्त रहेको व्यक्तिवादलाई उखेलेर प्रेमद्वारा गरेका समाज सेवाका प्रयासहरू प्रेरणाको स्रोतको रूपमा सञ्चार-माध्यमहरूमा त्यसको चर्चा भइरहेको छ ।[२७] खाँचोमा परेका छिमेकीहरूलाई सहयोग गरेको, जनचेतना जगाएको र समाज विकासमा सकारात्मक छाप छोडेको कदरस्वरूप परमेश्वरको मण्डलीले बाइडेन, ट्रम्प र ओबामा गरेर तीनै वटा सरकार[२८][२९][३०][३१]बाट अमेरिकी राष्ट्रपतीय स्वयंसेवा अवार्ड ५० पटक जति प्राप्त गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अवार्ड र प्रशंसा-पत्रहरूमा “म अमेरिकी जनताको तर्फबाट, यहाँहरूले गर्नुभएको स्वयंसेवाप्रति आभार व्यक्त गर्दछु, र यस्तो कार्यलाई निरन्तरता दिनको लागि अनुरोध गर्दछु । यो देशले तपाईंहरूमाथि भरोसा गर्दछ” भन्दै सन्तहरूको प्रयत्नको उच्च प्रशंसा गर्नुभयो । स्थानीय सरकारहरूले पनि परमेश्वरको मण्डलीले गरेको मानव-सेवाप्रति कृतज्ञता र सम्मान व्यक्त गर्नको निम्ति केही घोषणा र सङ्कल्पहरू जारी गरेका थिए ।[३२][३३][३४][३५][३६]
बाह्य कडीहरू
यो पनि हेर्नुहोस्
- The Church of God in Phoenix, AZ, USA
- The Church of God in San Diego, CA, USA
- The Church of God in Orange County, CA, USA
- The Church of God in Denver, CO, USA
- The Church of God in Atlanta, GA, USA
- The Church of God in Chicago, IL, USA
- The Church of God in Charlotte, NC, USA
- The Church of God in Washington, D.C., USA
- The Church of God in New Windsor, NY, USA
- The Church of God in Edmonton, Canada
सन्दर्भ सामग्रीहरू
- ↑ "AWARDS TO THE CHURCH OF GOD WORLDWIDE"। WATV Award।
- ↑ "North America"। WATV.org।
- ↑ "[Special Report - Luther's 500th Anniversary of Reformation - Church of God and the Truth of the Bible] World Mission Society Church of God, 2.7 Million Members' Grand Chorus"। Monthly JoongAng। नोभेम्बर १७, २०१७।
- ↑ "The Preaching Festival Began in Jerusalem and Spread All Over the USA"। English WATV।
- ↑ "The 74th Overseas Visiting Group"। WATV.org।
- ↑ "Environmental Preservation"। WATV.org।
- ↑ "Volunteers clean up Las Vegas local parks"। 3News। मे १०, २०२१।
- ↑ "Jacksonville church volunteers clean up city parks"। News 4 Jax। जनवरी २१, २०२१।
- ↑ "140 volunteers cleanup Rillito River at the Alvernon Bridge"। KGUN9। जनवरी १२, २०२०।
- ↑ "'Worldwide Blood Drive to Give Life Through the Love of the Passover' Was Held Over 1,000 Times"। WATV.org। जुन २०, २०२१।
- ↑ "World Mission Society Church of God responds to Utah blood shortage"। Deseret News। अगस्ट ६, २०१८।
- ↑ "Lake Worth church takes part in mega blood drive"। CBS 12 NEWS। अप्रिल १६, २०१८।
- ↑ "Donating blood is very important, church members say"। Fontana Herald News। मार्च २०, २०१७।
- ↑ "Emergency Relief"। WATV.org।
- ↑ "Hurricane Harvey Relief Efforts by the Houston Church in TX"। English WATV। अगस्ट ३०, २०१७।
- ↑ "SCV church sends help to earthquake victims in Ridgecrest"। The Signal। जुलाई ७, २०१९।
- ↑ "Warming the Hearts of Washington Victims with Mother's Love Disaster Relief Drive and Volunteer Cleanup"। Courier Newspapers। डिसेम्बर १७, २०१३।
- ↑ "[Church of God] "An 'angel' visited when we thought we've lost everything""। Donga.com। सेप्टेम्बर २६, २०१७।
- ↑ "Volunteer Services"। WATV.org।
- ↑ "Sharing Warm Love Even in the New Year"। WATV.org। जनवरी २०, २०१३।
- ↑ "Beautiful Connection Made with Love"। WATV.org।
- ↑ "Church of God Shares Hope in U.S. Areas to Overcome COVID-19"। NDN News। जुन २२, २०२०।
- ↑ "Family Appreciation Day of the Chicago Church in IL"। WATV.org। मार्च १७, २०१९।
- ↑ "ASEZ Future Leader Forum in Virginia"। WATV.org। अप्रिल २८, २०१९।
- ↑ "Concerts in Peru, U.S., Malaysia, and Singapore"। WATV.org। अगस्ट ११, २०१९।
- ↑ "ASEZ Concert at the Lincoln Center Alice Tully Hall"। ASEZ.org। अगस्ट ११, २०१९।
- ↑ ""Devotion of Church of God Causes a Big Change in U.S. Communities"... "With Mother's Love," Washington D.C."। NewsHankuk। जुलाई ३०, २०१७।
- ↑ "AWARDS TO THE CHURCH OF GOD WORLDWIDE"। WATV Award।
- ↑ "The President's Volunteer Service Award, Gold, Joe Biden, 2021"। WATV Award।
- ↑ "The President's Volunteer Service Award, Gold, Donald Trump, 2019"। WATV Award।
- ↑ "The President's Volunteer Service Award, Gold, Barack Obama, 2015"। WATV Award।
- ↑ "California Legislature Assembly, Certificate of Recognition"। WATV Award।
- ↑ "Certificate of Special Congressional Recognition"। WATV Award।
- ↑ "Certificate of Appreciation, Great American Cleanup, 2017"। WATV Award।
- ↑ "U.S. House of Representatives Certificate of Congressional Recognition"। WATV Award।
- ↑ "United States Department of the Interior, Appreciation Letter"। WATV Award।