संयुक्त राज्य अमेरिकाको कोलोराडो, डेन्भर परमेश्वरको मण्डली

परमेश्वरको मण्डली विश्वकोशबाट
Pyc1948 (वार्तालापमेरो योगदानहरू) द्वारा ०६:४७, २ अक्टोबर २०२५को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
संयुक्त राज्य अमेरिकाको कोलोराडो, डेन्भर परमेश्वरको मण्डली
भवनको दृश्य
भवनको दृश्य
वर्गमण्डली
उद्देश्यआराधना, सुसमाचार प्रचार, समाज सेवा
स्थानसंयुक्त राज्य अमेरिकाको कोलोराडो, जेफर्सन काउन्टी
आबद्धपरमेश्वरको मण्डली विश्व सुसमाचार समाज
वेबसाइटपरमेश्वरको मण्डलीको आधिकारिक वेबसाइट

संयुक्त राज्य अमेरिकाको कोलोराडो, डेन्भर परमेश्वरको मण्डली सन् २००३ मार्चमा कोलोराडोको जेफर्सन काउन्टीमा स्थापना भएको थियो । सन् २०१९ फेब्रुअरीमा मण्डली नयाँ मन्दिरमा सारियो । यसको आधिकारिक नाउँ ‘संयुक्त राज्य अमेरिकाको कोलोराडो, डेन्भर परमेश्वरको मण्डली’ हो ।

अवलोकन

  • स्थापना मिति : सन् २०१९ फेब्रुअरी ९
  • मापन : जमिनदेखि माथि दुई तला, कुल क्षेत्रफल ४,२१३.७ वर्ग मिटर, जमिन क्षेत्रफल १२,१४० वर्ग मिटर
  • सुविधा स्थल : मुख्य आराधना हल, सहायक आराधना हल, अध्ययन कक्ष, बहुउद्देश्यीय कक्ष, चमेना गृह आदि ।
  • स्थान : संयुक्त राज्य अमेरिकाको कोलोराडो, जेफर्सन काउन्टी

विशेषता

कोलोराडो राज्य संयुक्त राज्य अमेरिकाको मध्य-पश्चिमी क्षेत्रमा अवस्थित छ । यो अन्तर्महादेशीय रेलमार्ग, सडक र हवाई मार्गजस्ता मुख्य यातायात प्रणालीहरूको केन्द्र हो । पश्चिमी अमेरिकाको लाइफलाइन रहेको कोलोराडो नदीचाहिँ राजसी र सुन्दर रकी पर्वतहरूबाट उत्पन्न भई उत्तरदेखि दक्षिणतिर बग्दछ । कोलोराडो डेन्भर परमेश्वरको मण्डली उत्तर-पश्चिममा रहेको जेफर्सन काउन्टीमा अवस्थित छ । यो सन् २००३मा उत्तर अमेरिकामा सुसमाचार प्रचार कार्यको प्रारम्भिक दिनहरूमा स्थापना भएको थियो । सन्तहरूको संख्या वृद्धि भएकोले मण्डलीलाई सन् २०१९को फेब्रुअरीमा हालको मन्दिरमा सारियो । असल सामरीको मनद्वारा सन्तहरूले खाँचोमा परेका अन्य क्षेत्र र देशहरूमा पनि सहयोगको हात बढाए । शक्तिशाली आँधीले इन्डियानाको हेनरीभिललाई क्षतिग्रस्त पार्दा[१] सन्तहरूले २० घण्टाभन्दा बढी समयको यात्रा पार गरेर राहत सामग्री वितरण गर्नुका साथै भत्केका घरहरू सरसफाइ गरिदिएर पीडितहरूलाई सान्त्वना दिएका थिए ।[२]

डेन्भर परमेश्वरको मण्डलीका सन्तहरूले सन् २०१५मा नेपालमा गएको गोरखा भूकम्पका पीडितहरू अनि सन् २०१६मा हाइटीमा चलेको म्याथ्यु आँधीका पीडितहरूको सहयोगार्थ जनचेतनामूलक कार्यक्रम र अनुदान वितरण गर्न कन्सर्टको आयोजना गरे ।[३] उनीहरूले घरबारविहीन मानिसहरूको सहयोगार्थ मोजा सङ्कलन अभियान, वातावरण सरसफाइ र रक्तदान जस्ता विभिन्न स्वयंसेवाद्वारा आफ्ना छिमेकीहरूलाई सहयोग गर्छन् ।[४]

कोभिड-१९ विरुद्ध लड्ने कार्यमा मण्डलीले सक्रियतापूर्वक सहभागी हुँदै सरकारी अधिकारीहरू र बालबालिकाहरूका लागि मास्क हस्तान्तरण गऱ्यो । अनि डेन्भरका ASEZ सदस्यहरूले पनि १,००० थान फेस मास्कहरू बनाएर सभागृहलाई हस्तान्तरण गरे ।[५]

निःस्वार्थ स्वयंसेवाद्वारा समाजको हेरचाह गर्दैआएको कोलोराडो डेन्भर परमेश्वरको मण्डलीले राष्ट्रपति स्वयंसेवा अवार्ड, कोलोराडो राज्यको प्रतिनिधि सभा परिषदबाट उपलब्धि अवार्ड, नेपालका राजदूतबाट कदर पत्र अनि दाता भर्ती व्यावसायिक सङ्गठनबाट मान्यता प्लेक प्राप्त गऱ्यो ।[६][७][८]

डेन्भर जेनेरल अस्पतालमा ASEZ WAOद्वारा आयोजित Heart-to-Heart(मुटुदेखि मुटुसम्म) क्याम्पेन
डेन्भर जेनेरल अस्पतालमा ASEZ WAOद्वारा आयोजित Heart-to-Heart(मुटुदेखि मुटुसम्म) क्याम्पेन
नेपालका भूकम्प पीडितहरूको सहयोगार्थ, एली कल्किन्स ओपेरा हाउसमा च्यारिटी कन्सर्ट
नेपालका भूकम्प पीडितहरूको सहयोगार्थ, एली कल्किन्स ओपेरा हाउसमा च्यारिटी कन्सर्ट
व्हिट्रिजमा ६,५०९औँ विश्वव्यापी वातावरण सरसफाइ अभियान
व्हिट्रिजमा ६,५०९औँ विश्वव्यापी वातावरण सरसफाइ अभियान




बाह्य कडीहरू

सन् २०२२मा डेन्भर परमेश्वरको मण्डलीका विद्यार्थी स्वयंसेवक समूहलाई राष्ट्रपति स्वयंसेवा(स्वर्ण) अवार्ड प्रदान
सन् २०२२मा डेन्भर परमेश्वरको मण्डलीका विद्यार्थी स्वयंसेवक समूहलाई राष्ट्रपति स्वयंसेवा(स्वर्ण) अवार्ड प्रदान

सन्दर्भ सामग्रीहरू