पुनरुत्थानको दिन
पुनरुत्थानको दिनचाहिँ येशूज्यूले क्रूसमा मृत्यु भोग्नुभएको ३ दिनपछि उहाँ पुनरुत्थान हुनुभएको कुरालाई सम्झना गर्ने परमेश्वरको चाड हो । बाइबलमा हेर्ने हो भने पुनरुत्थानको दिनको मितिचाहिँ अखमिरी रोटीको चाडपछि आउने पहिलो शबाथको भोलिपल्ट(आइतबार) हो । तर बहुसंख्यक मण्डलीहरूले वसन्त विषुवको पूर्णिमापछि आउने पहिलो आइतबारमा यसलाई इस्टर भन्ने नाममा मनाउँछन् । धेरै यूरोपेली देशहरूमा इस्टरअघिको र पछिको दिनमा राष्ट्रिय बिदा दिइन्छ, र यसलाई वर्षभरिको ठूलो बिदाको रूपमा धूमधामले मनाइन्छ । संयुक्त राज्य अमेरिकाका प्रायः सबै विद्यालयहरूमा वसन्तको बिदाचाहिँ इस्टरअघि र पछि पारेर दिइन्छ । यति खेर कम्पनीहरू पनि बन्द हुन्छन्, र सारा देशभरि बिदाको मनोरञ्जन छाउँछ ।[१][२][३][४][५]
पुनरुत्थानको दिनको उत्पत्ति
येशूज्यूको पुनरुत्थानबाट पुनरुत्थानको दिनको उत्पत्ति भएको हो । पुरानो करारको समयमा मनाउने गरिएको अगौटे फलको चाडमा यसको अझ आधारभूत उत्पत्तिबारे जान्न सकिन्छ । ३,५०० वर्षअघि मोशाले इस्राएलीहरूलाई डोऱ्याएर लाल समुद्र तरेको उक्त ऐतिहासिक घटनालाई सम्झना गर्न अगौटे फलको चाड तोकिएको थियो ।[६] यसलाई अखमिरी रोटीको चाडपछि आउने पहिलो शबाथको भोलिपल्ट(आइतबार) मनाइन्थ्यो । त्यो दिनमा पूजाहारीले पहिलो उब्जनीको एक बिटा परमेश्वरको सामु डोलाउँथे ।
“इस्राएलीहरूलाई भन् : ‘मैले तिमीहरूलाई दिने देशमा गएर जब त्यहाँको बाली काटौला, तब तिमीहरूले आफ्नो बालीको पहिलो उब्जनीको एक बिटा पूजाहारीकहाँ ल्याउनू । त्यो ग्रहण हुनलाई तिनले त्यो बिटा परमप्रभुको सामुन्ने डोलाऊन् । शबाथको भोलिपल्ट पूजाहारीले त्यो डोलाऊन्’ । ”
पुरानो करारको अगौटे फलको चाडमा चढाइएको अगौटे(प्रथम) फलले येशू ख्रीष्टलाई जनाउँछ । येशूज्यू सुतिजानेहरूमध्येमा अगौटे(प्रथम) फलको रूपमा पुनरुत्थान हुनुभई अगौटे फलको चाडको अगमवाणी पूरा गर्नुभयो ।
वास्तवमा ख्रीष्ट मृतकहरूबाट जीवित हुनुभएको छ । सुतिजानेहरूमध्येमा उहाँचाहिँ प्रथम फल हुनुहुन्छ ।
पुनरुत्थानको दिनको मिति
बाइबलको मिति
येशूज्यू निस्तार-चाडको रातमा गिरफ्तार हुनुभयो, अखमिरी रोटीको चाडमा क्रूसमा मृत्यु भोग्नुभयो,[७] र शबाथको भोलिपल्ट(आइतबार) पुनरुत्थान हुनुभई अगौटे फलको चाडको अगमवाणी पूरा गर्नुभयो ।
हप्ताको पहिलो दिनको बिहानै उहाँ जीवित भई उठ्नुभएपछि उहाँ पहिले मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो । तिनीबाट येशूले सात वटा भूतहरू निकाल्नुभएको थियो ।
यसरी, पुनरुत्थानको दिनचाहिँ अगौटे फलको चाडको अगमवाणी पूरा भएको दिन भएकोले अगौटे फलको चाडजस्तै यसलाई पनि अखमिरी रोटीको चाडपछि आउने पहिलो शबाथको भोलिपल्ट मनाइनुपर्छ ।
मिति परिवर्तन
अधिकांश मण्डलीहरूले वसन्त विषुवको पूर्णिमापछि आउने पहिलो आइतबारमा पुनरुत्थानको दिन मनाउने गर्छन् ।[८] योचाहिँ पश्चिमी मण्डलीले निस्तार-चाडको पवित्र भोजको मितिबारे गरेको जिद्दीलाई स्वीकारेको परिणाम हो । पास्कल विवादचाहिँ दोस्रो शताब्दीदेखि चौथो शताब्दीसम्म पूर्वी र पश्चिमी मण्डलीबीच उठेको थियो ।
पश्चिमी मण्डलीले, पवित्र भोजचाहिँ येशूज्यूले सिकाउनुभएको पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझमा होइनकि पुनरुत्थानको दिनमा मनाइनुपर्छ भनेर जिद्दी गऱ्यो । ई.सं. ३२५को निकेया सम्मेलनमा, अन्य मण्डलीहरूले पनि पश्चिमी मण्डलीको जिद्दीलाई पछ्याउने निधो गरे, र अन्ततः पवित्र भोजको वास्तविक दिन अर्थात् नयाँ करार निस्तार-चाड मण्डलीको इतिहासबाटै लोप भयो । त्यसपछि वसन्त विषुवको पूर्णिमापछि आउने पहिलो आइतबारमा पुनरुत्थानको दिन मनाउने मिति तोकियो ।[९][१०] ग्रेगोरियन पात्रोअनुसार यो दिन प्रायः मार्च २२देखि अप्रिल २५को बीचमा पर्दछ,[११] जुनचाहिँ त्यस बेला यूरोपमा व्यापक रूपले पुज्ने गरिएको इयोस्ट्रे(इस्टर) देवीको पर्वको दिनसँग मिल्दोजुल्दो छ ।[१२] हिजोआज पुनरुत्थानको चाड, जसलाई अङ्ग्रेजीमा ‘इस्टर’ भनिन्छ, यो पनि इस्टर देवीसँग सम्बन्धित छ ।[१३]
पुनरुत्थानको चाडको धर्मविधि
बाइबलीय धर्मविधि : पुनरुत्थानको दिनको रोटी
येशूज्यू पुनरुत्थान हुनुभएपछि, इम्माउसतिर गइरहेका दुई जना चेलाहरूकहाँ उहाँ देखा पर्नुभएको कुरा बाइबलमा लेखिएको छ । ती दुई चेलाहरूले येशूज्यूसित बातचीत गरे, तर तिनीहरूले उहाँलाई चिन्न सकेनन् । किनभने तिनीहरूका आँखा ढाकिएका थिए ।[१४] त्यसैले येशूज्यूले तिनीहरूलाई खानको लागि धन्यवादको रोटी दिनुभयो । तब बल्ल तिनीहरूका आँखा खुले र तिनीहरूले उहाँचाहिँ क्रूसमा मृत्यु भोग्नुभएका उही येशूज्यू नै हुनुहुँदो रहेछ भन्ने कुरा महसुस गरे ।[१५] त्यस बेलादेखि सुरुको मण्डलीका सन्तहरूले येशूज्यूको उदाहरणलाई पछ्याउँदै, अखमिरी रोटीको चाडपछि आउने पहिलो शबाथको भोलिपल्ट रोटी भाँचेर पुनरुत्थानको दिन मनाए ।
तब हामीचाहिँ अखमिरी रोटीको चाडका दिनहरूपछि . . . हप्ताको पहिलो दिनमा जब हामी रोटी भाँच्नलाई जम्मा भयौं,
परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले बाइबलमा उल्लेखित मितिअनुसार निस्तार-चाड र अखमिरी रोटीको चाड मान्दछ, र येशूज्यूको उदाहरणलाई पछ्याउँदै पुनरुत्थानको दिनमा रोटी भाँच्ने धर्मविधि गर्दछ ।[१६][१७]
गैर-ईसाइ रीतिरिवाज : इस्टर अण्डा र खरायो
हिजोआज धेरै मण्डलीहरूले इस्टरमा उसिनेको अण्डा खान्छन्, अनि खरायो र अण्डालाई इस्टरको प्रतीकको रूपमा लिन्छन् । वसन्त र प्रभातलाई अधिकार गर्ने, ट्युटन जातिकी इस्टर(इयोस्ट्रे) देवीलाई पुज्ने रीति ख्रीष्टियान धर्ममा भित्रिएकोले, खरायो र अण्डालाई इस्टरको प्रतीकको रूपमा मान्न थालिएको हो ।[१८] वसन्तचाहिँ नयाँ जीवनको ऋतु भएकोले इस्टरलाई प्रजनन शक्तिकी देवीको रूपमा मानिन्थ्यो । अनि खरायो र अण्डा दुवैलाई प्रजनन शक्तिको प्रतीकको रूपमा प्रयोग गरिन्थ्यो ।[१९] पुनरुत्थानको दिनलाई अङ्ग्रेजीमा इस्टर र जर्मनमा ओस्टर्न भनिनाले पनि, यो चाड गैर-ईसाइ धर्मको प्रभावमा परेको छ भनी प्रमाणित गर्दछ । इस्टर देवी र अण्डाको यो रीतिचाहिँ प्राचीन इतिहासमा देख्न सकिन्छ । प्राचीन बेबिलोनीहरूले आकाशबाट एउटा ठूलो अण्डा यूफ्रेटिस नदीमा खसेको र त्यो अण्डाबाट इस्टार देवी कोरलिएकी हुन् भनी विश्वास गर्दथे ।[२०] इस्राएलमा यी देवीलाई अस्तोरेत भनिन्थ्यो ।[२१] इस्राएलले गैर-ईसाइ धर्मको रीतिलाई अपनाएर परमेश्वरलाई क्रोधित तुल्यायो भनेर बाइबलले बताउँदछ ।[२२][२३] यो यथार्थतालाई बुझेका केही ख्रीष्टियानहरूले उसिनेको अण्डाको सट्टामा मिठाइ अथवा चकलेट खाएर इस्टर मनाउने गर्छन् । तर वास्तवमा यो पनि सुरुको मण्डलीको इतिहासमा नभएको गैर-बाइबलीय रीति हो ।[२४]
- प्रत्येक भाषामा पुनरुत्थानको दिनको नाउँ
भाषा नाम व्युत्पत्ति टिप्पणी अङ्ग्रेजी Easter, Day of Resurrection, Resurrection Day इयोस्ट्रे, इयोस्ट्रेइ (वसन्त र प्रशस्तताकी देवीको नाम)[२५] इस्टर र ओस्टर्न गैर-बाइबलीय नामहरू हुन् । जर्मन Ostern[२६] इओस्टारम (वसन्त र प्रशस्तताकी देवीको नाम)[२५] ग्रीक Πάσχα [पास्का] हिब्रू शब्द פֶּסַח [फेसाह][२७] लाई ग्रीक तरिकामा उच्चारण बाइबलमा पास्काचाहिँ येशूज्यूले दुःख भोग्नुभन्दा अगिल्लो दिनमा मान्नुभएको चाड हो ।[२८] पास्काको पवित्र भोजचाहिँ येशूज्यूको पुनरुत्थान होइन तर उहाँको मृत्युलाई सम्झना गर्ने भोज हो ।[२९] तर पश्चिमी मण्डलीहरूले चाहिँ येशूज्यू पुनरुत्थान हुनुभएको दिनमा नै पवित्र भोज गर्नु एक सामान्य कुरा बन्यो । यसकारण केही भाषाहरूमा हेर्दा, येशूज्यूको पुनरुत्थानको दिनलाई गलत तरिकाले पास्का पनि भनिएको पाइन्छ ।[३०] ल्याटिन पास्का हिब्रू शब्द פֶּסַח [पास्का]लाई ग्रीक भाषामा ट्युनिङ गरिएको πάσχαबाट व्युत्पन्न रूसी Пасха ल्याटिनमा पास्का स्पेनी Pascua रोमानियाली Paști इटालियन Pasqua पोर्चुगिज Páscoa फ्रान्सेली Pâques डच भाषा Pasen[३१] कोरियाली 부활절 येशू ख्रीष्टको पुनरुत्थानको सम्झना चीनियाँ 复活节 (सरलीकृत), 復活節 (परम्परागत)
जापानी 復活祭, イースター
सन्दर्भ सामग्रीहरू
- ↑ सन् २०२२मा फ्रान्समा बिदाहरूको सूची. Public Holidays in France in 2022.
- ↑ सन् २०२२मा नर्डरेइन-वेस्टफालेनमा सार्वजनिक बिदाहरू. Die Feiertage 2022, 2023 n Deutschland.
- ↑ सन् २०२२मा व्यापारिक दिनहरूको पात्रो. Trading Hours & Holidays, EURONEXT.
- ↑ FGले इस्टरको उपलक्ष्यमा बिदा घोषणा गर्दछ. The Guardian, सन् २०२१ मार्च ३०
- ↑ विश्वभरिका ख्रीष्टियानहरूले इस्टर सन्डे मनाउँछन्. USA TODAY, सन् २०१७ अप्रिल १७
- ↑ "प्रस्थान १४:२१-३०"।
- ↑ "मत्ती २६-२७"।
- ↑ इस्टर, The Free Dictionary.com
- ↑ इस्टर, WORLD HISTORY ENCYCLOPEDIA, सन् २०२१ जनवरी ११
- ↑ पोपको सर्वोच्चता, जेम्स गिब्बन्स, The Faith of Our Fathers, सन् १८७६, पेज १३४
- ↑ सन् २००८ इस्टरचाहिँ करीब एक शताब्दीमा सबैभन्दा पुरानो हो, Time and Date, सन् २००८ मार्च १४
- ↑ इस्टरको उत्पत्ति: गैर-ईसाइ चाडपर्व र ख्रीष्टियान धर्म हुँदै खरायो र चकलेटका अण्डासम्म, ABC.net, सन् २०१७ अप्रिल १५
- ↑ यसलाई किन इस्टर भनिन्छ, र बिदाबारे अन्य तथ्यहरू, U.S.News, सन् २०१७ अप्रिल १२
- ↑ "लूका २४:१३-१६"।
- ↑ "लूका २४:३०-३४"।
- ↑ येशू ख्रीष्टको पुनरुत्थानको दिन, WATV.org
- ↑ सन् २०२२ निस्तार चाड, अखमिरी रोटी र पुनरुत्थानको दिनका पवित्र सभाहरू, WATV.org, सन् २०२२ अप्रिल १५
- ↑ इस्टरको सारांश, Britannica
- ↑ "इयोस्ट्रे को हुन् र इस्टरसँग तिनको के सम्बन्ध छ ?". crosswalk.com. 2022. 3. 18.
- ↑ अलेक्जेन्डर हिस्लप, The Two Babylons, पेज १०९, सन् १९९८
- ↑ ""ASTARTE WORSHIP AMONG THE HEBREWS""। यहूदी विश्वकोश।
- ↑ "न्यायकर्ता २:१२-१५"।
- ↑ "१ राजा ११:३१-३३"।
- ↑ #1 सबैभन्दा लोकप्रिय इस्टर क्यान्डी, नयाँ तथ्याङ्कका अनुसार, Earth This, Not That!, सन् २०२२ अप्रिल ११
- ↑ २५.० २५.१ ""इस्टर""। Britannica
- ↑ ओस्टर्न, क्याम्ब्रिज शब्दकोश
- ↑ Strong's #6453 - פֶּסַח, StudyLight.org
- ↑ "लूका २२:१५"।
- ↑ "१ कोरिन्थी ११:२३-२६"।
- ↑ अलेक्जेन्डर हिस्लप, दुई बेबिलोन अथवा पोपतन्त्र पूजा : निम्रोद र उनकी पत्नीको उपासना प्रमाणित भएको, खण्ड २७, पेज १४९
- ↑ पासेन, क्याम्ब्रिज शब्दकोश