परमेश्वरको मण्डलीको सामाजिक सेवा गतिविधि
परमेश्वरको मण्डलीले सारा मानव-जातिलाई ‘ग्लोबल परिवार’को रूपमा लिँदै विश्वभरि विभिन्न सामाजिक सेवा गतिविधिहरू गर्दैआएको छ । विश्वका प्रत्येक देश, जाति र विचारधाराको तगारोलाई नाघेर यसले मानव-जातिको शान्ति र खुशीको निम्ति विभिन्न गतिविधिहरू गर्दछ । पिता परमेश्वर र माता परमेश्वरको प्रेममा आधारित रहेर, विश्वभरिका सन्तहरूले विपत्ति राहत, भोकमरी तथा गरिबी उन्मूलन र स्वच्छता सहयोगद्वारा पीडितहरूलाई सहयोग गर्न एकजुट भएका छन् । यसको अतिरिक्त, सन्तहरू मानव-कल्याण प्रवर्द्धन, शैक्षिक सहयोग, वातावरण संरक्षण र कोभिड १९ रोकथामलाई समर्थन गर्नलाई विभिन्न गतिविधिहरूमा सरिक भइरहेका छन् । सहयोगचाहिँ प्रत्येक देशको आवश्यकताअनुसार दिने गरिन्छ । मण्डलीले सरकार, संघ-संस्था र विभिन्न क्षेत्रका विज्ञहरूसँग सहकारिता गर्दै प्रभावकारी र व्यवस्थित गतिविधिहरू सञ्चालन गर्दछ । सन् २०२२ सम्ममा परमेश्वरको मण्डलीले आधिकारिक स्वयंसेवा गतिविधिहरू २४,००० पटकभन्दा बढी गरेको छ ।
सामाजिक सेवाको पृष्ठभूमि
परमेश्वरले सृजनुभएको यो पृथ्वीमा, सबै मानिसहरू एउटै परिवारसरह जिइरहेका छन् । औद्योगिकरणले दूरसञ्चार, सरसफाइ, चिकित्सा र उड्डयन जस्ता सबै क्षेत्रहरूमा उल्लेखनीय विकास ल्याएको छ । तापनि मानव-जाति युद्ध, भोकमरी, विभिन्न प्रकोप र रोगहरूको जोखिममा छन् । १ अरब मानिसहरू खाद्यान्न अभावले ग्रसित छन् ।[१] साथै भूमण्डलीय उष्मीकरणले ल्याएको जलवायु परिवर्तनबाट निम्तिने भूकम्प, आँधी र खडेरीजस्ता प्राकृतिक प्रकोपका कारण अझ ठूलो क्षति भइरहेको छ । कोभिड १९ जस्ता नयाँ सङ्क्रामक रोगहरू विश्वभरि फैलिएर धेरैको जीवनमा असर पारिरहेको छ । भौतिकवाद, व्यक्तिवाद र स्वार्थले ग्रस्त मानव-जातिलाई सहयोगी हातको नित्तान्त आवश्यक छ ।[२][३]
लक्ष्य र भिजन
यो कठोर संसारमा सबैभन्दा आवश्यक कुरा नै साँचो प्रेम हो । मानव-जातिको खुशी र मुक्तिको निम्ति असीमित बलिदान र प्रेमको उदाहरण देखाउनुहुने पिता परमेश्वर र माता परमेश्वरले “आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू”[४] र “संसारको नून र ज्योति बन्नू” भन्ने शिक्षा दिनुभएको छ ।[५] त्यो शिक्षा र उदाहरणलाई पछ्याउँदै परमेश्वरको मण्डलीले जीवन बचाउने प्रयास, मानव अधिकार संरक्षण, वातावरण संरक्षण, र मानव सद्भावद्वारा विश्वका करीब ८ अरब मानव-जातिको उज्जवल भविष्य निर्माण गर्न विश्वव्यापी रूपमा मानवीय गतिविधिहरू गर्दैआएको छ । दिगो शान्ति र खुशी प्राप्त गर्न परिवार, छिमेकी र विश्वव्यापी गाउँ एकजुट होऊन् भनेर सबै सन्तहरूले पारिवारिक प्रेममा आधारित रहेर मानव प्रेमलाई व्यवहारमा लागू गरिरहेका छन् ।
● विचारधारा
आमाको प्रेम नै खुशीको स्रोत हो
अहिले मानव-जातिलाई सबैभन्दा आवश्यक कुरा भनेकै आमाको प्रेम हो । त्यसमा दिने प्रेम, सुन्दर दृष्टिकोणले हेर्ने मन, समुद्रजस्तै फराकिलो मन, कृतज्ञ मन, मालिकको जस्तो मन, प्रशंसा गरिदिने मन, सेवा गर्ने मन, र अरूको निम्ति त्याग गर्ने मन समावेश हुन्छ । जसरी आमाको प्रेम, हेरचाह र बलिदानले परिवारमा शान्ति र सद्भाव ल्याउँछ, त्यसरी नै विपत्ति र द्वन्द्वले भरिएको यस विश्वव्यापी समाज पनि आमाको प्रेमले भरियो भने मानव-जातिले शान्ति र खुशी प्राप्त गर्न सक्छन् ।
एक जना परिवर्तन, त संसार परिवर्तन ।
मानव समाजको सबैभन्दा सानो इकाइ नै ‘मानिस’ हो । मानिस एक जना परिवर्तन भयो भने उसको परिवार, समाज, सहर, देश र संसार नै परिवर्तन हुन्छ । परिवारको केन्द्रीय सदस्य हुनुभएकी ‘आमा’को प्रेमद्वारा, हामी प्रत्येक मानिसमा सकारात्मक परिवर्तन ल्याउनलाई प्रोत्साहन गर्छौं । किनभने उनीहरू परिवर्तन भए भने संसार परिवर्तन हुन्छ र खुशीयाली छाउँछ ।
क्षेत्रअनुसार सामाजिक सेवा गतिविधिको वर्तमान अवस्था
परमेश्वरको मण्डलीले आकस्मिक राहत वितरण, गरिबी तथा भोकमरी उन्मूलन, स्वास्थ्य तथा स्वच्छता सहयोग, खानेपानी तथा सरसफाइ सहयोग, मानव-कल्याण प्रवर्द्धन, शैक्षिक सहयोग, वातावरण संरक्षण जस्ता सामाजिक गतिविधिहरू बृहत् रूपमा गर्दछ । हालसालै कोभिड-१९ले गर्दा सारा विश्व ग्रस्त हुँदा परमेश्वरको मण्डलीले भने महामारी रोकथामको सहयोगार्थ अनेक प्रयासहरू गरिरहेको छ । यी गतिविधिहरू अन्तर्राष्ट्रिय समुदायलाई सहयोग गर्ने साझा लक्ष्यको सूची रहेको दिगो विकास लक्ष्यहरू(SDGs)सँग समानान्तर छन् ।[६] यी दिगो विकास लक्ष्यहरूचाहिँ यूएनको महासभामा अन्तर्राष्ट्रिय समुदायले सन् २०३०सम्ममा हासिल गर्ने सङ्कल्प गरेको एजेन्डा हो । ‘कसैलाई पनि नछुटाऔं(Leave no one behind)’ भन्ने नाराअन्तर्गत मानव-जातिको दिगो विकासका लागि यसमा १७ वटा लक्ष्यहरू र १६९ वटा विस्तृत लक्ष्यहरू समावेश गरिएका छन् ।[७] यूएनका दिगो विकास लक्ष्यहरू हासिल गर्न परमेश्वरको मण्डलीले प्रत्येक देशमा विभिन्न गतिविधिहरू आयोजना गरिरहेको छ । यसमा मानिसहरूको ध्यानाकर्षण गर्न र जनचेतना जगाउन परमेश्वरको मण्डलीले फोरम, गोष्ठी र हस्ताक्षर सङ्कलन अभियान आयोजना गर्दछ ।[८][९]
आकस्मिक राहत वितरण | गरिबी र भोकमरी उन्मूलन |
स्वास्थ्य तथा स्वच्छता | स्वच्छ पानी तथा सरसफाइ |
मानव-कल्याणलाई प्रवर्द्धन | शैक्षिक सहयोग |
स्थानीय समुदाय/राष्ट्रका लागि समर्थन | परिवार/छिमेकीबीच सञ्चारको समर्थन |
वातावरण संरक्षण | कोभिड-१९ प्रतिक्रियाका लागि समर्थन |
र जनसंख्या गतिविधिका लागि संयुक्त राष्ट्र कोष (UNFPA)का अधिकारीहरूको सहभागिता रहेको थियो ।]]
सन् २०२३ सम्म, परमेश्वरको मण्डलीले विश्वभरि २४,२०० भन्दा बढी गतिविधिहरू गरेको छ । कोरियाका मुख्यालयहरू अनि विश्वभरिका स्थानीय मण्डलीहरूले आवश्यक क्षेत्रहरूमा तुरुन्त सहयोग गर्न एकसाथ काम गर्छन् । गृहिणीहरू, जागिरेहरू, विश्वविद्यालय विद्यार्थीहरू र किशोर-किशोरीहरू लगायत सबै उमेर समूहका सदस्यहरू सक्रियतापूर्वक सहभागी हुन्छन् । सभा गृह, वडा कार्यालय र कल्याणकारी संस्थाहरू जस्ता सरकारी निकाय र सार्वजनिक कार्यालयहरूले सन्तहरूको स्वयंसेवालाई स्वागत गर्दै सहकार्य गर्न कुनै कसर छोड्दैनन् ।
सडक तथा पार्क सरसफाइदेखि लिएर विपन्न छिमेकीहरूलाई सहयोग, अनि राष्ट्रिय प्रकोप राहत गतिविधिसम्म परमेश्वरको मण्डलीको स्वयंसेवा गतिविधिहरू विविध र समयसापेक्ष छन् ।
आकस्मिक राहत
विश्वभरिका परमेश्वरको मण्डलीहरूले भूकम्प, आँधी, भुमरी, भारी हिमपात जस्ता दुर्घटना तथा विभिन्न प्रकोपले ग्रस्त मानिसहरूको जीवन बचाउन प्रयत्न गरिरहेका छन् । सन् २०१४मा सेवल पानीजहाज डुबानका मृतकहरूको शोकाकुल परिवारहरूका लागि मण्डलीले नि:शुल्क भोजन शिविर राखेर अन्तिमसम्मै सेवा प्रदान गऱ्यो । मण्डलीले मृतकका परिवारलाई मात्र होइन तर सरकारी अधिकारीहरू, स्वयंसेवकहरू र मिडिया कर्मचारीहरू समेत गरेर १५,००० जनालाई ४४ दिनसम्म निःशुल्क भोजन वितरण गरे ।[१०] सन् २०१५मा, नेपालमा ठूलो भूकम्प जाँदा, मण्डलीका सन्तहरूले पराकम्पनको जोखिममा पनि उद्धार तथा मर्मत-सम्भार कार्यमा अग्रसर हुनुका साथै उच्च हिमाली क्षेत्रका विपन्न बासिन्दाहरूका लागि १४ पटकसम्म हेलिकप्टरबाट खाद्यान्न आपूर्ति गरे ।[११]
भूकम्पले गर्दा विद्यालयको भवन क्षतिग्रस्त भएर अस्थायी पाल टाँगेर कक्षा लिइरहेका विद्यार्थीहरूका लागि परमेश्वरको मण्डलीले ‘मदर्स स्कूल क्याम्पेन’ गरेर विद्यालयको भवन पुनर्निर्माण गरिदियो । सन् २०१५को जुलाईमा नेपालको शिक्षा मन्त्रालयसँग MOU हस्ताक्षर गरेपछि, यसले भूकम्पबाट क्षतिग्रस्त भएका विद्यालयहरूको पुनर्निर्माणका लागि सिन्धुपाल्चोकमा ‘मदर्स स्कूल १’ र काभ्रेमा ‘मदर्स स्कूल २’ क्रमश: स्थापना गऱ्यो ।[१२]
“ भूकम्पले गर्दा हामीहरू एकदमै कठिन अवस्थामा थियौं । नेपाल सरकार लगायत कुनै संघ-संस्थाहरूभन्दा पहिला परमेश्वरको मण्डलीले भूकम्प गएका ठाउँहरूमा गएर विद्यालय स्थापना गरिदियो । विद्यार्थी र उनीहरूका अभिभावकका लागि परमेश्वरको मण्डलीले देखाएको समर्थन र प्रेमप्रति म एकदमै आभारी र हर्षित छु । “ — रुद्र हरि भण्डारी, शिक्षा विभाग प्रमुख, सिन्धुपाल्चोक, नेपाल [१३]
स्वास्थ्य तथा मानव-कल्याण
परमेश्वरको मण्डलीले सञ्चालन गरिरहेको स्वास्थ्य र स्वच्छता प्रवर्द्धनको प्रतिनिधि गतिविधिमध्येको एक नै जीवन बचाउने रक्तदान अभियान हो । हालसम्म १,००० पटकभन्दा बढी रक्तदान अभियान सम्पन्न भएको छ, जसमा करीब २,०३,१०० जना सहभागी भएका छन् भने ८५,७०० जनाले सफलतापूर्वक रक्तदान गरेका छन् । एक जनाको रक्तदानले ३ जनाको जीवन बचाउँछ भन्ने कुरालाई सोच्दा यो मण्डली २,५५,७०० जनाको जीवन बचाउन सफल भएको छ भन्न सकिन्छ । यस्ता गतिविधिहरूले प्रत्येक देशमा रक्तदानको महत्त्वबारे जनचेतना जगाएर रक्त अभावलाई परिपूर्ति गर्न सहयोग गर्नुका साथै गलत पूर्वाग्रहहरूलाई हटाएर जनचेतना ल्याइरहेको छ ।[१४]
यसको अतिरिक्त मेक्सिको, इक्वेडोर र कोलम्बियाका पूर्व र वर्तमान चिकित्साकर्मीहरूले विपत्तिले क्षतिग्रस्त क्षेत्रहरूमा दन्त उपचार, चिकित्सा सेवा, आकस्मिक उपचार, विस्तृत जाँच, डाक्टर पुर्जी तथा अन्य चिकित्सा सहयोग सेवा प्रदान गरे । यस मण्डलीले विश्वभरिका मानिसहरूको स्वास्थ्यको निम्ति विभिन्न गतिविधिहरू गर्दैआएको छ ।[१५][१६][१७][१८]
कोभिड-१९लाई प्रतिक्रिया
कोभिड-१९को सङ्क्रमणले आतङ्कित संसारमा परमेश्वरको मण्डलीले महामारी रोकथाम लगायत विभिन्न सामाजिक र आर्थिक सहयोग गर्नमा जुटेको छ । कोरिया, संयुक्त राज्य अमेरिका, ब्राजिल, पेरु, घाना र मलेसियामा परमेश्वरको मण्डलीले प्रहरी चौकी र अग्नि नियन्त्रण कार्यालय जस्ता सरकारी कार्यालयमा मात्र होइन तर सरकारी निकायहरू, स्थानीय सरकारहरू, स्वास्थ्य र शैक्षिक संस्थाहरूमा पनि मास्क र सेनिटाइजर जस्ता महामारी रोकथाम सामाग्रीहरू हस्तान्तरण गऱ्यो । असुरक्षित समुदायको जीविकोपार्जनलाई समर्थन गर्न यो मण्डलीले लगातार अनुदान गर्ने गर्छ । यो मण्डलीले, कोरियाको विशेष सङ्क्रमित क्षेत्र घोषित देगु सहरलाई ३०,००० थान मास्क दान गर्नुका साथै कोरोना रोकथामका लागि कोरिया विपत्ति राहत संस्थालाई २३ करोड कोरियन वन अनुदान गऱ्यो ।[१९] साथै यो मण्डलीले मङ्गोलियाको स्वास्थ्य मन्त्रालय र अग्नि नियन्त्रण कार्यालयलाई १८,००० थान मास्क हस्तान्तरण गर्नुका साथै विपन्न मानिसहरूको सहयोगार्थ त्यहाँको स्थानीय सरकारलाई अनुदान र भोजन हस्तान्तरण गऱ्यो । यसले अर्जेन्टिनाको चिकित्सा संस्था र सरकारी कार्यालयहरूमा ९६६ थान प्रोत्साहनको उपहार, असुरक्षित समुदायहरूमा ६५७ सेट खाद्यवस्तु, र घानाको ७७ वटा सरकारी विद्यालयहरूमा १६० वटा अस्थायी शौचालय र डिस्पोजेबल रुमालहरू वितरण गरेको थियो । भेनेजुएलामा पानीको अभाव र चरम आर्थिक कठिनाइबीच गुज्रिरहेका मानिसहरूलाई पानी उपलब्ध गराए । परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवक सङ्गठन ASEZ, अनि परमेश्वरको मण्डलीका जागिरे युवा स्वयंसेवक सङ्गठन ASEZ WAOले ‘कोभिड-१९’ रोकथामको अग्रपङ्क्तिमा रहेका चिकित्साकर्मी र सरकारी अधिकारीलाई ‘Cheer Up’ क्याम्पेन अनि ‘Heart-to-Heart’ क्याम्पेनद्वारा हस्तलिखित हृदयस्पर्शी पत्र र खाजाद्वारा प्रोत्साहन दिए । साथै उनीहरूले असुरक्षित समुदायहरूलाई मास्क, दैनिक खाद्य सामाग्री र जीविका खर्च पनि प्रदान गरे ।[२०][२१][२२][२३]
सफा पानी र सरसफाइ
परमेश्वरको मण्डलीले विश्वव्यापी रूपमा फैलिएको जल संकटलाई सुधार गर्न योगदान पुऱ्याउने काम गर्दछ । खडेरी र वातावरण प्रदूषणका कारण निम्तिएको जल संकटका कारण जलजन्य रोग भोगिरहेको कम्बोडियामा परेश्वरको मण्डलीले ९ वटा पानी पम्पहरू स्थापना गरिदिएको छ ।[२४]
गरिबी तथा भोकमरी उन्मूलन, र मानव-कल्याण प्रवर्द्धन
परमेश्वरको मण्डलीले छिमेकीहरूका निम्ति वर्षैभरि स्वयंसेवा गरिरहन्छ । मण्डलीले कल्याण केन्द्रहरूमा स्वयंसेवा गर्छ र किसानहरूलाई मद्दत गर्छ, जुनचाहिँ स्थानीय समुदायलाई समर्थन गर्ने महत्त्वपूर्ण गतिविधि हो । मण्डलीका सन्तहरू जनशक्तिको अभाव भएका वरपरका किसानहरूकहाँ जान्छन्, र बीउ छर्ने, कटनी गर्ने, फलफूल छाँट्ने आदि काममा सहयोग गरेर किसानहरूको चिन्तालाई कम गरिदिन्छन् । ठूलो मापनमा कृषि तथा पशुपालन उद्योग सञ्चालन हुने गरेको भारत, कम्बोडिया, इन्डोनेसिया, र मङ्गोलियाजस्ता देशहरूका लागि तीचाहिँ निर्णायक भूमिका खेल्ने सहयोगी हातहरू हुन् । उनीहरूले मुख्यतः धानको खेती गरिने कम्बोडियामा जनशक्तिको अभाव भएका किसानहरूलाई सहयोग गर्छन् अनि मङ्गोलियामा चाहिँ चिसो मौसममा गाईवस्तुले बच्चा जन्माउने भएकाले मण्डलीले पशुपालन फार्मलाई पञ्जा दान गर्छ ।
शैक्षिक सहयोग
परमेश्वरको मण्डलीले हुर्कंदैगएका बालबालिका र किशोर-किशोरीहरूलाई शैक्षिक सामाग्री प्रदान गर्ने, विपत्तिबाट क्षतिग्रस्त विद्यालयको भवन पुनर्निर्माण गरिदिने, र विद्यालयका सुविधा सामग्रीहरूमा सुधार ल्याउन मद्दत गर्दछ ।[२५] यो मण्डलीले विदेशी विद्यार्थीहरूलाई हान्गुल(कोरियाली अक्षर) शिक्षा लगायत कोरियाली संस्कृति महसुस गर्ने अवसर पनि प्रदान गर्दछ । साथै विद्यार्थीहरूको चरित्र विकास र सामाजिक कौशलता वृद्धि गर्न चरित्र शिक्षा र स्वयंसेवा गतिविधि आफ्ना बुबा-आमा र साथीभाइसँगै आयोजना पनि गर्दछ ।[२६]
समुदाय र राष्ट्रको लागि समर्थन
परमेश्वरको मण्डलीका गतिविधिहरूले राष्ट्रिय सीमाना, जाति, भाषा र संस्कृतिलाई पार गर्दै विश्वभरिका मानिसहरूबीच मित्रता र एकता कायम गर्न ठूलो योगदान पुऱ्याएको छ । यो मण्डलीले औरा समर्थकहरू गठन गरेर बुसान एसियाली खेलकुद, बुसान FESPIC खेलकुद, देगु र ग्वाङजुमा आयोजित युनिभर्सियाड, र WBSC महिला बेसबल विश्वकप जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताको सफलताको निम्ति प्रत्येक देशको खेलाडीलाई प्रोत्साहन दिने, भाषा उल्था गरिदिने र स्वागत प्रदर्शनी गर्ने जस्ता अनेक समर्थक गतिविधिहरू गरेर उक्त प्रतियोगिताको सफलताको निम्ति ठूलो योगदान पुऱ्याएको छ । राष्ट्रिय सिमानालाई समेत पार गरी न्यानो प्रेम र स्नेह बाँड्ने ती गतिविधिहरू अन्तर्राष्ट्रिय शान्ति र एकताको एउटा उदाहरण बन्यो । यसको अतिरिक्त यस मण्डलीले विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमलाई समर्थन गर्दै संस्कृति आदानप्रदानलाई विस्तार गर्छ र राष्ट्रहरूबीच सञ्चार र सद्भाव कायम राख्न मद्दत गर्छ ।[२७]
परिवार र छिमेकी सञ्चारलाई समर्थन
परमेश्वरको मण्डलीका सामाजिक स्वयंसेवा गतिविधिहरूले व्यक्ति, परिवार र समुदायबीच खुशी र सञ्चारलाई सकारात्मक रूपमा प्रवर्द्धन गर्दछ । परिवार र पुस्तामा द्वन्द्व चर्किंदैगएको यो युगमा पारिवारिक प्रेम र सद्भावलाई प्रवर्द्धन गर्न मण्डलीले ‘बुबाको साँचो मन’ प्रदर्शनी र ‘हाम्री आमा’ लेख तथा तस्वीर प्रदर्शनी जस्ता कार्यक्रमहरू आयोजना गर्दछ । व्यस्त जीवनबाट थकित भएका छिमेकीहरूलाई मण्डलीले सान्त्वना, विश्राम र सहानुभूति प्रदान गर्नलाई अर्केस्ट्रा कन्सर्ट र हिलिङ सेमिनार आयोजना गर्दछ । कोभिड-१९ले गर्दा आमनेसामने जान नसकिने त्यस्तो दिनचर्याको बेला मण्डलीले विश्वभरिका मानिसहरूलाई अनलाइनबाट सान्त्वना र आशा प्रदान गऱ्यो । ‘परिवारलाई खुशी र सहकर्मीलाई प्रोत्साहन’ भन्ने नाराका साथ आयोजित मण्डलीको खुशी वेबिनारमा धेरै परिवार, साथी, छिमेकी र सहकर्मीहरू सहभागी भए, र थकित हृदयलाई सान्त्वनाले भरे । सन् २०२२को अप्रिल सम्ममा, फ्लावर लेटर क्याम्पेनमार्फत सुन्दर फूलका तस्वीरभित्र हृदयस्पर्शी सन्देश समाविष्ट ७,४०,००० वटाभन्दा बढी फ्लावर लेटरहरू पठाइए । मिडिया कास्ट वेबसाइटमा परमेश्वरको मण्डलीको परिचयात्मक भिडियो, एनिमेसन र वाद्य सङ्गीत समाविष्ट ‘मरुभूमिमा तारा’ र ‘प्रदर्शनी अन’ जस्ता विभिन्न भिडियोहरू ६० वटा भाषामा उपलब्ध छ ।
वातावरण संरक्षण
परमेश्वरको मण्डलीले विश्व वातावरणलाई संरक्षण गर्न विभिन्न क्षेत्र र देशहरूमा ९,००० पटकभन्दा बढी वातावरण सरसफाइ अभियान गरेको छ । विश्व समुदायको भावना जगाउन र वातावरण संरक्षणप्रति अभिप्रेरित गर्न मण्डलीका ७ लाख ९० हजार जनाभन्दा बढी सन्तहरू सहभागी भए । परमेश्वरको मण्डलीको जागिरे युवा स्वयंसेवा सङ्गठन ASEZ WAOले विश्वभर No More GPGP(प्लास्टिक प्रयोगलाई न्यूनीकरण) अभियान गऱ्यो । यसलाई सन् २०२१ P4G सउल शिखर सम्मेलनमा नागरिक समाजको सहभागिताको रूपमा प्रस्तुत गरिँदा यसले सबै क्षेत्रका मानिसहरूको ध्यानाकर्षण गऱ्यो ।[२८]
“ परमेश्वरको मण्डलीले गरीब-दुःखीहरूलाई सहयोग गर्दै, धेरै वृद्धाश्रमहरूमा ज्येष्ठ नागरिकलाई मनोरञ्जन र खुशी दिएको छ । साथै सहरी वातावरणलाई सुधार गरेर नयाँ मोड ल्याएको छ । यो संस्था(परमेश्वरको मण्डली)ले साँच्चै खुशी उत्पन्न गर्दछ । “ — पावल डेन्बी, परमेश्वरको मण्डलीलाई बेलायती महारानी स्वयंसेवा अवार्ड प्रदान गरिँदाका निरीक्षक [२९]
अन्तर्राष्ट्रिय साझेदारी र मान्यता
अन्तर्राष्ट्रिय साझेदारी
सन् २०१६मा संयुक्त राष्ट्र संघले केन्द्रीय आपतकालीन उद्धार कोष(CERF) एक उच्च स्तरीय सम्मेलनमा महासचिव पास्टर गिम जु छललाई आमन्त्रण गरिनुका साथै परमेश्वरको मण्डलीले विश्वव्यापी रूपमा गरेको परोपकारी र स्वयंसेवाको गतिविधिलाई उच्चस्तरीय प्रशंसा गरिएको थियो । सम्मेलनमा सहभागी हुनुभएका गिम जु छलले निरन्तर समन्वय गर्ने अठोट यूएनको वक्तव्यमा व्यक्त गर्नुभयो । सन् २०१०मा महासचिव पास्टर गिम जु छल न्यू योर्कस्थित संयुक्त राष्ट्र संघको सचिवालयमा भ्रमण गर्नुभएर ७.० रेक्टर स्केलको भूकम्पले ग्रस्त हाइटीलाई सहयोग गर्न UN CERFलाई १,००,००० अमेरिकी डलर अनुदान दिनुभयो । त्यस समयमा, यूएनले ‘परमेश्वरको मण्डली’सँग साझेदारीको प्रस्ताव राख्यो ।
“ सारा संसार भोकमारी, अनिकाल र विपत्तिले ग्रसत भएको छ । अबदेखि परमेश्वरको मण्डली र संयुक्त राष्ट्र संघले सँगै कार्य गर्नेछ भन्ने आशा गर्दछौं । संयुक्त राष्ट्र संघको दृष्टिकोणबाट हेर्दा, तपाईंले वास्तवमै संसारलाई परिवर्तन गर्न सक्नुहुन्छ । “ — अमिर डोसल, सन् २०१०मा हाइटीका भूकम्प पीडितहरूलाई सहयोग गर्ने बेलामा संयुक्त राष्ट्र संघका साझेदारी कार्यकारी निर्देशक [३१]
परमेश्वरको मण्डलीले विश्वव्यापी गाउँको उज्ज्वल भविष्यको निम्ति सरकारी निकाय, स्थानीय अधिकारी, संघ-संस्था र सबै क्षेत्रका विज्ञहरूसँगको सहकारितामा विभिन्न क्षेत्रमा वातावरण संरक्षण र आपतकालीन विपत्ति राहत सहयोग जस्ता कार्यहरू नियमित रूपमा गर्दैआएको छ । परमेश्वरको मण्डलीको क्याम्पस विद्यार्थी स्वयंसेवा सङ्गठन, ASEZले २२६ वटा नागरिक समूह र अन्तर्राष्ट्रिय सङ्गठनहरूसँग मिलेर १६८ वटा देशहरूमा विभिन्न गतिविधिहरू गरेको छ ।[३२] सन् २०१८ ASEZ जलवायु परिवर्तन प्रतिक्रिया सम्मेलनमा पेरुको सर्वोच्च अदालतका प्रमुख न्यायाधीशको रूपमा कार्यरत् डुबेर्ली रोड्रिगेज टिनिओले कोरियाको भ्रमण गरी वक्तव्य दिए । सन् २०१९ जूनमा, सहस्राब्दी परियोजनाका CEO, भविष्यविद जेरोम क्लेटोन ग्लेनले ASEZ सम्मेलनमा सहभागी भई दिगो भविष्यबारे क्याम्पस विद्यार्थीहरूसँग छलफल गरे ।[२६] जेरोम ग्लेनले ASEZका सदस्यहरूको गतिविधिलाई अनलाइन प्रवर्धन गरिदिएर सहृदयले समर्थन र प्रतिक्रिया दिने वाचा गरे ।[३३]
संयुक्त राष्ट्र संघका पूर्व महासचिव बान गि मुन, र रसायनशास्त्रमा नोबेल पुरस्कार विजेता रोबर्ट हुबेर लगायत विभिन्न क्षेत्रका ५७,००० भन्दा बढी मानिसहरू परमेश्वरको मण्डली स्वयंसेवा गतिविधिमा समर्थन र प्रोत्साहन गर्न सहमत भए । ASEZले २२६ वटा नागरिक समूह र अन्तर्राष्ट्रिय सङ्गठनसँग मिलेर १६८ वटा देशहरूमा विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको छ ।[३४]
प्राप्त अवार्डहरू
सामाजिक योगदान व्यापक रूपमा गरेको कदरस्वरूप परमेश्वरको मण्डलीले विभिन्न देशहरूबाट योग्यता पदक, कदर पत्र, र प्रशंसा पत्रहरूसहित गरेर ३,३०० वटाभन्दा बढी अवार्डहरू प्राप्त गरेको छ । मण्डलीले गणतन्त्र कोरियाका तीन वटा सरकारहरूबाट राष्ट्रपतीय सङ्गठन प्रशंसा पत्र, योग्यता पदक, र राष्ट्रपतीय प्रशंसा पत्र प्राप्त गर्नुका साथै संयुक्त राज्य अमेरिकाबाट राष्ट्रपतीय स्वयंसेवा पुरस्कार (स्वर्ण : सर्वोत्कृष्ट सङ्गठन पुरस्कार) ४८ पटक प्राप्त गरेको छ । सन् २०१६मा, बेलायतमा अवस्थित परमेश्वरको मण्डलीले बेलायती महारानी स्वयंसेवा अवार्ड प्राप्त गऱ्यो । धार्मिक समूहले यस्तो विशिष्ट अवार्ड पाउनु असाधारण कुरा थियो, र उक्त खबरले देश-विदेशका सञ्चार माध्यमहरूको ध्यानाकर्षण गऱ्यो । परमेश्वरको मण्डलीले विश्वभरि वातावरण संरक्षण गतिविधिहरू गरेबापत् ग्रीन वर्ल्ड अवार्ड र ग्रीन एप्पल अवार्डजस्ता अन्तर्राष्ट्रिय वातावरण अवार्डहरू पनि जितेको छ ।[३५]
संयुक्त राज्य अमेरिकाको एट्लान्टा नगर परिषद, पेरुको हुवान्कायो नगरपालिका र इक्वेडोरको एस्मेराल्डास नगरपालिका जस्ता स्थानीय सरकारहरूले परमेश्वरको मण्डलीका गतिविधिलाई प्रशंसा गर्ने घोषणा वा सङ्कल्प जारी गरेको छ । संयुक्त राज्य अमेरिकाको डेन्भर, सान डिएगो र स्यार्लट सहरहरूले सन्तहरूको मनोबल बढाउन र नागरिकहरूलाई स्वयंसेवामा सहभागी हुन प्रोत्साहन गर्न मण्डलीसँग सम्बन्धित वार्षिकोत्सव तोकेका छन् ।[३६]
सन्दर्भ सामग्रीहरू
- ''समाज सेवा''. परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको आधिकारिक वेबसाइट
- ''साझेदारी''. परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको आधिकारिक वेबसाइट
- ASEZ, परमेश्वरको मण्डली क्याम्पस विद्यार्थी स्वयंसेवा सङ्गठन
- ASEZ WAO, परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवा सङ्गठन
- WATV विश्वभरिबाट प्राप्त अवार्ड
सम्बन्धित भिडियो
- ‘परमेश्वरको मण्डलीको सामाजिक सेवा’
सन्दर्भ
- ↑ एक अरब रित्तो प्लेटहरूको संसार, reliefweb, September 23, 2022
- ↑ के पैसाले सबै कुरामा फाटो ल्याउँछ ? कोरिया, अमेरिका र स्वीडेनको आपसी-संस्कृतिबीच तुलना, Sunwoo Kim, Wiley Online Library, September 5, 2014
- ↑ संयुक्त राज्यमा व्यक्तिवाद हाबी : अमेरिकी राजनीतिक विचारमा परिवर्तन, Stephanie M. Walls, Bloomsbury, सन् २०१५ फेब्रुअरी २६
- ↑ "मत्ती २२:३९"।
- ↑ "मत्ती ५:१३-१४"।
- ↑ हाम्रो संसारलाई परिवर्तन गर्ने १७ वटा लक्ष्यहरू, दिगो विकास लक्ष्यहरू, यूएन
- ↑ कसैलाई पनि नछुटाऔं, यूएन
- ↑ "सन् २०१९ ASEZ विश्वव्यापी शिखर सम्मेलन : शून्य अपराधतर्फ परिवर्तनका लागि एक क्यान्टम छलाङ"। ASEZ.org।
- ↑ UN SDGsका लागि ASEZ प्रस्ताव, ASEZ.org
- ↑ "[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज] जहाँ-जहाँ पीडा थियो, त्यहाँ उनीहरू थिए"। The DongA Ilbo। जुलाई १४, २०१६।
- ↑ "कोभिड १९लाई जित्नको लागि न्यानो समर्थन, विश्वव्यापी समुदायमा उज्ज्वल भविष्य बनाउने"। Woman DongA। फेब्रुअरी १, २०२१।
- ↑ "नेपालमा श्री भवानी प्राथमिक विद्यालय भवनको समापन समारोह"। English WATV.org। नोभेम्बर २८, २०१६।
- ↑ "आमाको मनबाट आएको मानवीय कार्य"। Shindonga। फेब्रुअरी २, २०१७।
- ↑ "'निस्तार-चाडको प्रेम, जीवन बचाउने विश्वव्यापी रक्तदान' १,००० पटकभन्दा बढी आयोजित"। WATV.org। जुन २०, २०२१।
- ↑ "मेक्सिकोको मेक्सिको सिटी मण्डलीले आमाको प्रेमद्वारा चिकित्सा सेवा प्रदान गऱ्यो"। English WATV.org। जुलाई ८, २०१२।
- ↑ "स्थानीय मानिसहरूको हृदयलाई पनि प्रेमद्वारा निको पार्नु"। WATV NEWS। डिसेम्बर २३, २०१२।
- ↑ "आमाको प्रेमद्वारा मेडिकल हार्ट साझा गर्दै"। WATV NEWS। डिसेम्बर २७, २०१२।
- ↑ "आमाको प्रेम चाहिनेहरूका लागि"। WATV NEWS। डिसेम्बर ३०, २०१२।
- ↑ "परमेश्वरको मण्डलीले अफ्रिकामा 'विश्वव्यापी गाउँ'का लागि समर्थन र आशा प्रदान गर्दै"। Monthly Chosun। अप्रिल १४, २०२१।
- ↑ "कोरियाभरि कोभिड-१८ मास्कको लागि परमेश्वरको मण्डलीको सक्रिय समर्थन"। The DongA Ilbo। जुलाई ९, २०२०।
- ↑ "पेरु, भेनेजुयला, नेपाल र अन्य देशहरूमा कोभिड-१९ प्रतिक्रियामा परमेश्वरको मण्डलीको समर्थन"। Maeil Business Newspaper। जुलाई २, २०२०।
- ↑ "परमेश्वरको मण्डलीका ३३ लाख सन्तहरूले 'विश्वव्यापी गाउँमा आशाको मार्ग'बारे कुरा गर्दै'"। Shindonga। जनवरी ३, २०२२।
- ↑ "कोभिड-१९ जित्नका लागि परमेश्वरको मण्डलीबाट दोस्रो अनुदानस्वरूप होप ब्रिजलाई ३ करोड कोरियाली वन सहयोग"। JoongAng Sunday। नोभेम्बर २, २०२०।
- ↑ "पानी अभावको सङ्कटमा परेको क्याम्बोडियाको कान्डाल्स क्षेत्रहरूमा ९ वटा पानी पम्प सहयोग"। WATV NEWS। डिसेम्बर ३१, २०१२।
- ↑ "नेपालमा श्री प्राथमिक विद्यालयको भवन निर्माण समापन समारोह"। English WATV.org। मार्च २, २०१६।
- ↑ २६.० २६.१ "परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले ५५औँ वार्षिकोत्सवमा ३० लाख सन्तहरूको युग उद्घाटन गर्दै"। Shindonga। जुन ७, २०१९।
- ↑ "मानवीय गतिविधिद्वारा संसारमा उदाहरण देखाउँदै"। Weekly Donga। मार्च १३, २०१८।
- ↑ "[धार्मिक विषय] परमेश्वरको मण्डलीका जागिरे युवाहरूले आत्मविश्वासका साथ आफूलाई 'वातावरण प्रचारक' भन्दछन्"। Monthly JoongAng। जुन १७, २०२१।
- ↑ ""आमाको मन", विश्वव्यापी सञ्चारको रहस्य"। Monthly Chosun। अगस्ट १४, २०१९।
- ↑ Video: https://media.un.org/en/asset/k14/k142otatsh
- ↑ म परमेश्वरको मण्डलीलाई समर्थन गर्छु, WATV.org
- ↑ "कओल्ड ट्राफर्ड सरसफाइ गरेको मण्डलीले अन्तर्राष्ट्रिय वातावरण अवार्ड जित्यो"। News4Trafford। नोभेम्बर १७, २०२१।
- ↑ जेरोम क्लेटन ग्लेनसँग ASEZ सम्मेलन, ASEZ.org, May 19, 2019
- ↑ "परिवार, छिमेकी र सारा मानव-जातिप्रति संसारको खुशीको पाइला"। Weekly DongA। जनवरी १६, २०२०।
- ↑ "परमेश्वरको मण्डलीका सन्तहरूले जिते, अन्तर्राष्ट्रिय वातावरण अवार्ड"। The Korea Times। नोभेम्बर २४, २०२१।
- ↑ "परमेश्वरको मण्डली दिवसको घोषणा"। WATV.org।