Mother’s Forest (आमाको वन) प्रोजेक्ट

परमेश्वरको मण्डली विश्वकोशबाट
Isaacp (वार्तालापमेरो योगदानहरू) (Isaacpद्वारा Mother’s Forest (आमाको वन) क्याम्पेन पृष्ठलाई Mother’s Forest (आमाको वन) प्रोजेक्टमा सारियो) द्वारा ०२:३६, २६ डिसेम्बर २०२४को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
ASEZ WAOका सदस्यहरूले संयुक्त अधिराज्यको एप्सोममा ‘Mother's Forest’ क्याम्पेनमार्फत १०५ वटा बिरुवाहरू रोपे ।
ASEZ WAOका सदस्यहरूले संयुक्त अधिराज्यको एप्सोममा ‘Mother's Forest’ क्याम्पेनमार्फत १०५ वटा बिरुवाहरू रोपे ।


मानवीय क्याम्पेन

• कोभिड-१९विरुद्ध प्रतिक्रिया क्याम्पेन
Heart-to-Heart प्रोजेक्ट

वातावरण क्याम्पेन

• जलवायु परिवर्तनविरुद्ध प्रतिक्रिया क्याम्पेन
Green Workplace प्रोजेक्ट
Mother’s Forest प्रोजेक्ट

• प्लास्टिकको प्रयोग न्यूनीकरण क्याम्पेन
No More GPGP प्रोजेक्ट

• पारिस्थितिक प्रणाली संरक्षण क्याम्पेन
Green Earth प्रोजेक्ट

• समुद्री पारिस्थितिक प्रणाली संरक्षण क्याम्पेन
Blue Ocean प्रोजेक्ट

ASEZ WAOचाहिँ विश्वभरिका १७५ वटा देशहरूमा भएका परमेश्वरको मण्डलीका ७,५०० जनाभन्दा बढी युवा कामदारहरूद्वारा गठित

Mother’s Forest क्याम्पेनचाहिँ जलवायु परिवर्तनसँग लड्नका निम्ति ASEZ WAO(परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवक सङ्गठन) ले गर्ने गतिविधिमध्येको एक हो । यो क्याम्पेनको उद्देश्यचाहिँ मरुभूमिकरणलाई रोकथाम गर्नु, र सन्तानको हेरचाह गर्ने आमाको मनद्वारा वृक्षारोपण गरी हरिया वनहरू सिर्जना गर्नु हो । ASEZ WAOले, ‘एक जना बराबर एउटा बिरुवा रोपौं’ भन्ने क्याम्पेन आयोजना गरेर विश्वभरिका मानिसहरूलाई एउटा बिरुवा रोप्ने कार्यमा सहभागी हुन उत्प्रेरित गर्दछ । सन् २०२१को अक्टोबरसम्ममा, यो क्याम्पेन ११ वटा देशहरूमा २४ पटक आयोजना गरियो र ३,७९४ वटा बिरुवाहरू रोपिए ।

Mother’s Forest प्रोजेक्टको उद्देश्य

मरुभूमिकरण विरुद्ध लड्ने संयुक्त राष्ट्रसंघ सम्मेलन[UN Convention to Combat DesertificationUNCCD]ले सन् २०११मा, विश्वको एक तिहाइ भूभाग मरुभूमिकरण भइरहेको र ६०,००० वर्ग किलोमिटर जमिनचाहिँ हरेक वर्ष मरुभूमिमा परिणत भइरहेको कुरा बताएको थियो ।[१][२] मरुभूमिकरण भन्नाले जलवायु परिवर्तन वा वन फँडानीका कारण सुक्खा क्षेत्रको उत्पादकत्व घटेर त्यो क्षेत्र मरुभूमिमा परिणत हुने प्रक्रिया हो । जलवायु परिवर्तन अन्तर्सरकारी प्यानल [Intergovernmental Panel on Climate Change IPCC]ले जलवायु परिवर्तनका कारण मरुभूमिकरण तीव्र गतिमा बढ्ने र समग्र रूपमा पारिस्थितिक प्रणाली नै खतरामा पर्ने चेताउनी दिएको छ ।[३] मरुभूमिकरण निरन्तर भइरह्यो भने भूक्षय हुन्छ र यसले खाद्यान्न उत्पादनमा सङ्कट ल्याउँछ र अन्ततः भोकमरी र जलवायु शरणार्थीहरूको संख्यामा ह्वात्तै वृद्धि आउँछ । साथै यसले राजनीतिक र आर्थिक समस्याहरू ल्याउनुका साथै धेरैको जीवनमा असर पुऱ्याउँछ । यस किसिमको मौसमी प्रभावले एसिया र अफ्रिकालाई मात्र नभएर सारा संसारलाई नै असर गर्छ ।[४]

मरुभूमिकरण रोकथामका लागि मानिसहरूको सहभागिता र अन्तर्राष्ट्रिय समुदायको सक्रिय प्रतिक्रियाको आवश्यकता बढ्दैगएकोले, सन् १९९४ जून १७ तारिखमा फ्रान्सको पेरिसमा UNCCD पारित भएदेखि हरेक वर्ष महासभा गरिँदैआएको छ । वार्षिक महासभाको उद्देश्यचाहिँ विचाराधीन मामिलाको समीक्षा गरेर मरुभूमिकरणलाई रोक्ने योजनाका साथ सुधार ल्याउनु, र प्रभावित क्षेत्रहरूलाई समर्थन गर्नु हो । नागरिक तथा स्वयंसेवक समूहहरूले वृक्षारोपण गरेर, मरुभूमिकरण रोकथाम अभियानमा सक्रियतापूर्वक सहभागी हुन सक्छन् । केन्याली वातावरणविद् वाङ्गारी मुता माथाइले Green Belt अभियानको स्थापना गरेर अफ्रिकाभरि ३ करोड वटा बिरुवाहरू रोपिन् । तिनको त्यो अभियानबाट प्रभावित भएका एक जना जर्मन केटो फेलिक्स फिन्कबिनरले, भूमण्डलीय उष्मीकरणका कारण आफ्नो घर गुमाएका ध्रुवीय भालुका लागि १० लाख बिरुवा रोप्ने सङ्कल्प गऱ्यो । त्यही कुराले नै उसलाई Plant-for-the-Planet नामक वृक्षारोपण अभियान सुरु गर्न अभिप्रेरित गरेको हो । सन् २००७मा यो अभियान सुरु भएदेखि अहिलेसम्म विश्वभरि १५ अरब बिरुवाहरू रोपिएका छन् । अहिले, विश्वभरि १० खरब बिरुवाहरू रोप्ने उद्देश्यका साथ The Trillion Tree Campaign जारी छ ।[५]
१७५ वटा देशका सन्तहरू सबैले आ-आफ्नो देशमा मरुभूमिकरणलाई रोकथाम गर्न सकून् भन्ने हेतुले ASEZ WAOले Mother’s Forest Campaign जारी गरेको छ ।

क्याम्पेनको परिचय

पेरुको हुवान्कायोमा Mother’s Forest क्याम्पेन
पेरुको हुवान्कायोमा Mother’s Forest क्याम्पेन

ASEZ WAOको Mother’s Forest क्याम्पेनले, आमाको मनद्वारा अन्तर्राष्ट्रिय समुदायलाई वृक्षारोपण गर्न प्रोत्साहन गर्दै विश्वभरि हरियो वन कायम गर्ने उद्देश्य लिएको छ । साथै यसले कीरा रोकथाम गर्ने, झार हटाउने, मल हाल्ने जस्ता कार्यद्वारा वृक्षलाई जोगाउने अनि प्राकृतिक स्रोत संरक्षणद्वारा रूखलाई बचाउने कार्यको नेतृत्व लिँदछ ।

बिरुवा रोपेर मरुभूमिलाई हराभरा बनाउनाले, माटो र पानीको कमी हुन दिँदैन, र यसले जीवित प्राणीहरू बाँच्न सक्ने वातावरण सिर्जना गर्दछ । रूखले कार्बन डाइअक्साइड(CO₂) सोसेर कार्बन(C)लाई सञ्चय गरी अक्सिजन(O) उत्सर्जन गर्छ, अनि रूखका पातहरूले हावामा रहेको धुलोलाई सोस्छ । एउटा रूखले प्रत्येक वर्ष २.५ मेट्रिक टन कार्बन डाइअक्साइड सोसेर १.८ टन अक्सिजन उत्सर्जन गर्छ, जुनचाहिँ एक वर्षमा ७ जना मानिसलाई आवश्यक पर्ने अक्सिजनको मात्रा हो । अनि १ हेक्टर जङ्गलले चाहिँ हावामा हुने १६८ केजी प्रदूषकहरू सोस्दछ । वृक्षारोपणले चाहिँ हावा शुद्ध गराएर भूमण्डलीय उष्मीकरणसँग लड्न मद्दत गर्दछ ।[६]

ASEZ WAOले आफ्ना प्रत्येक सदस्यलाई एउटा बिरुवा रोप्न लगाउँछ र विश्वभरिका मानिसहरूलाई वृक्षारोपणमा सहभागी हुन प्रेरित गर्दछ । यसरी यसले Mother’s Forest क्याम्पेनद्वारा ‘एक जना बराबर एउटा बिरुवा रोप्ने’ परियोजनालाई कार्यान्वयन गरिरहेको छ । प्रत्येक मानिसको सानो प्रयत्नले संसारलाई बदल्न सक्छ भन्ने विश्वासद्वारा यो मिसन जारी गरिएको हो । Mother’s Forest क्याम्पेनको अन्तिम उद्देश्यचाहिँ सारा विश्वभर ७ अरबभन्दा बढी बिरुवाहरू रोपेर हराभरा संसार बनाउनु हो । एक मेट्रिक टन कार्बन डाइअक्साइड न्यूनीकरण गर्नलाई ७ वटा सल्लाको रूखको खाँचो पर्छ भन्ने कुरालाई मध्यनजर गरिहेर्दा, १ अरब टन कार्बन डाइअक्साइड न्यूनीकरण गर्नलाई ७ अरब बिरुवा रोप्नुपर्ने हुन्छ । यो परियोजनाचाहिँ विश्वव्यापी समुदायलाई सहयोग गर्ने साझा उद्देश्यहरूको संग्रह SDGs अन्तर्गत पर्दछ । विशेष गरी यो परियोजना SDGsको लक्ष्य नं. १३ (जलवायु परिवर्तनलाई प्रतिक्रिया), नं. १५ (स्थलगत पारिस्थितिक प्रणाली संरक्षण) र नं. १७(लक्ष्यका लागि साझेदारी)सँग सम्बन्धित छ ।

गतिविधिको वर्तमान अवस्था

न्यूजिल्यान्डको अकल्यान्ड सिटी हलसँग MOUमा हस्ताक्षर
न्यूजिल्यान्डको अकल्यान्ड सिटी हलसँग MOUमा हस्ताक्षर
ताइवानको ताइछुङ दाया जिल्ला कार्यकारीबाट प्रशंसा-पत्र
ताइवानको ताइछुङ दाया जिल्ला कार्यकारीबाट प्रशंसा-पत्र

ASEZ WAOले नियमित स्वयंसेवाद्वारा Mother’s Forest क्याम्पेन लगातार गर्दैआएको छ । सन् २०२१को अक्टोबरसम्ममा, स्वयंसेवकहरूले एक जना बराबर एउटा बिरुवा रोप्ने गतिविधिलाई ११ वटा देशहरूमा २४ पटकसम्म आयोजना गरेका छन् । यस्तो प्रयत्नद्वारा विश्वभर ३,७९४ वटा बिरुवाहरू रोपिएका छन् । यो परियोजना वेबसाइटमा पनि राखिएको छ, र राष्ट्रिय सिमाना बाहिरका मानिसहरूलाई पनि यसका गतिविधिहरूमा सहभागी हुने अवसर दिइएको छ ।[७]

ASEZ WAOले विभिन्न कम्पनीका कार्यस्थलहरूमा Mother’s Forest गोष्ठीहरू राखेर सरकार र सरकारी कार्यालयहरूसँग सम्झौता गरी संयुक्त गतिविधिलाई प्रवर्द्धन गरी यसमा सहभागी हुन प्रोत्साहित गर्दछ । सन् २०२०मा न्यूजिल्यान्डमा अवस्थित अकल्यान्डको टाउनहलमा अकल्यान्डका सदस्यहरूले बैठक बसेर अधिकारीहरूसँग सम्झौता-पत्रमा हस्ताक्षर गरे ।[८] त्यस बेलादेखि, ASEZ WAOले सन् २०२१मा नियमित स्वयंसेवामार्फत १,००० प्रजातिका बिरुवाहरू रोपेर आफ्नो वाचा पूरा गऱ्यो ।[९] मेक्सिकोको तिहुआनाका सदस्यहरूले तिहुआना सिटी हलको सहकारितामा मोरेलोस पार्कमा नियमित रूपमा बिरुवाहरू रोप्छन् ।[१०] ताइवानको ताइचुङको दाया जिल्लाका सडक आसपास ६५ वटा बिरुवाहरू वृक्षारोपण गरेका स्थानीय सदस्यहरूलाई दाया जिल्ला कार्यसमितिबाट प्रशंसा-पत्र प्रदान गरिएको थियो ।[११] साथै संयुक्त राज्य अमेरिका, पेरु, फिलिपिन्स र भारत लगायत विश्वका धेरै ठाउँहरूमा ‘Mother’s Forest’मार्फत वृक्षारोपण कार्य जारी भइरहेको छ ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. "मरुभूमिकरण, खडेरीले पृथ्वीको एक तिहाइ भागलाई असर गर्छ, विश्वको सबैभन्दा गरीब मानिस, दिगो विकासमा बहस जारी भएको, दोस्रो समितिले बताएको छ""यूएन। नोभेम्बर ८, २०१२। 
  2. "मरुभूमिमा वृक्षारोपण, र आणविक ऊर्जाको उपयोग"ETDEWEB 
  3. IPCC विशेष रिपोर्ट : मौसम परिवर्तन र जमिन, यूएन वातावरण कार्यक्रम, सन् २०१९ अगस्ट ८
  4. "'मरुभूमिकरणचाहिँ गरिबीको कारण र परिणाम दुवै हो', अन्तर्राष्ट्रिय दिवसको सन्देशमा सचिव प्रमुख बताउँछन्"यूएन, Meetings Coverage and Press Releases। जुन १२, २००३। 
  5. "१० खरब रूखहरू - विश्व आर्थिक फोरमले प्रकृति र जलवायुलाई मद्दत गर्ने योजना थालनी गऱ्यो"World Economic Forum। जनवरी २२, २०२०। 
  6. "युहान किम्बर्ली सन् २०१७ दिगोपन रिपोर्ट" (PDF)Yuhan-Kimberly 
  7. "एक व्यक्ति बराबर एक बिरुवा रोप्नलाई हस्ताक्षर सङ्कलन क्याम्पेन"ASEZ WAOको आधिकारिक वेबसाइट 
  8. "पृथ्वीलाई हरियो बनाउनलाई आमाको वन परियोजना"ASEZ WAOको आधिकारिक वेबसाइट। नोभेम्बर २६, २०२०। 
  9. "जागिरे युवा स्वयंसेवक सङ्गठन [ASEZ WAO]ले सन् २०२१को पूर्वार्धमा स्वयंसेवा सञ्चालन गऱ्यो"WATV.org। जुन ६, २०२१। 
  10. कोरियाली संस्था ASEZ WAOको समर्थनमा मोरेलोस पार्कमा SIMPATTR पुनः वनीकरण Tijuanotas, सन् २०२० फेब्रुअरी २२
  11. "ताइवानको ताइचुङ दाया जिल्लाका प्रमुखबाट प्रशंसा-पत्र"WATV AWARD। डिसेम्बर ६, २०२०।