येशूज्यूको दोस्रो आगमनको स्वरूप
दोस्रो आगमनका येशूज्यूको सन्दर्भमा बाइबलमा, मानिसको पुत्र शक्ति र महा-महिमासाथ बादलमा आउनुहुनेछ भनेर अगमवाणी गरिएको छ । त्यसैले अधिकांश ख्रीष्टियानहरूले येशूज्यू आकाशका बादलहरूमा सवार भई महिमासाथ आउनुहुनेछ र तुरुन्त संसारको इन्साफ गर्नुहुनेछ भनी विश्वास गर्दै उहाँको दोस्रो आगमनलाई पर्खिरहेका छन् । येशूज्यू जन्मनुअघि नै पुरानो करार बाइबलमा, मसीह आउनुहुने बारे “आकाशका बादलका साथ आइरहनुभएको मानिसको पुत्रलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति दिइयो” भनेर अगमवाणी गरिएको थियो । यद्यपि येशूज्यू आकाशको प्राकृतिक बादलमा आउनुभएन तर बालकको रूपमा यो संसारमा जन्मनुभयो । येशूज्यू दोस्रो पल्ट बादलमा आउनुहुनेछ भन्ने अगमवाणीले उहाँ आकाशको प्राकृतिक बादलमा नभएर मानिसको रूपमा आउनुहुने कुरालाई जनाएको हो ।

येशू ख्रीष्टको स्वरूप
येशू ख्रीष्टको जन्म हुनुअघि यो संसारमा आउनुहुने परमेश्वर विभिन्न स्वरूपमा आउनुहुनेछ भनेर पुरानो करार बाइबलमा अगमवाणी गरिएको थियो : आगोले पृथ्वीलाई नाश गर्नुहुने सर्वशक्तिमान् व्यक्ति,[१][२] आकाशका बादलमा आउनुहुने मानिसको पुत्र,[३] एक जना बालक,[४] गोठालो[५] आदि । २,००० वर्षअघि परमेश्वर येशू नाउँ लिएर मानिसको रूपमा आउनुभयो ।
बाइबलको अगमवाणी
यशैया अगमवक्ताले, कसैले बोलाइरहेको आवाज सुनिन्छ र उसले परमप्रभुको निम्ति बाटो तयार पार्नेछ र परमेश्वर शक्तिसाथ आउनुहुनेछ भनेर अगमवाणी गरे ।
कसैले बोलाइरहेको एउटा आवाज सुनिन्छ: “मरुभूमिमा परमप्रभुको निम्ति बाटो तयार गर । उजाड-स्थानमा हाम्रा परमेश्वरको निम्ति मूलबाटो समतल बनाऊ । ... अनि परमप्रभुको महिमा प्रकट गरिनेछ, र सारा मानव-जातिले त्यो एकैसाथ देख्नेछन्, ... हेर, परमप्रभु परमेश्वर पराक्रमसाथ आउँदैहुनुहुन्छ, र उहाँको हातले शासन गर्नुहुन्छ ।
परमप्रभुको बाटो तयार गर्ने व्यक्तिले एलियालाई जनाउँछ ।[६][७] एलियाचाहिँ इस्राएल देशका राजा आहाबको पालामा बाल देवता पूजकहरूको विरुद्धमा खडा भएका अगमवक्ता थिए । तिनी आँधीबेहरीमा अग्निमय रथमा स्वर्ग उठाइलगिएका थिए ।[८]
जब दानिएलले मानिसको रूपमा जन्मनुहुने परमेश्वरको विषयमा अगमवाणी गरे, तब तिनले मानिसको पुत्र आकाशका बादलमा आउनुहुनेछ भने ।
“राती मैले मेरो दर्शनमा हेरें, र त्यहाँ मेरो सामु आकाशका बादलका साथ आइरहनुभएको एक जना मानिसको पुत्रजस्तै हुनुहुन्थ्यो । उहाँ ती अति प्राचीनकहाँ आउनुभयो, र उहाँकै सामु उपस्थित गराइनुभयो । उहाँलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति(राज्य, KJV) दिइयो ।”
२,००० वर्षअघि, मसीह आउनुभन्दा अघि एलिया आउनेछन् भन्ने कुरा यहूदीहरू जान्दथे ।[९] तिनीहरूले एलिया स्वर्गबाट अग्निमय रथमा आउनेछन् र दुष्टहरूको इन्साफ गर्न आउनुहुने मसीहको बाटो तयार गर्नेछन् भनी विश्वास गरे । तर तिनीहरूले सोचेभन्दा ठीक विपरीत अगमवाणी जस्ताको तस्तै पूरा भयो ।
अगमवाणीको पूर्णता
यशैयाको पुस्तकमा अगमवाणी गरिएका एलिया (बप्तिस्मा-दिने) यूहन्नाको रूपमा जन्मिए, र तिनले यर्दन नदीमा पश्चात्तापको निम्ति कराउँदै परमप्रभुको बाटो तयार गरे ।[१०][११] एलियाको मिसन लिएर आएका बप्तिस्मा-दिने यूहन्नालाई मानिसहरूले चिन्न नसकी तिनीसित दुर्व्यवहार गरे ।[१२] यूहन्ना नै एलिया हुन् भन्ने कुरा थाहा नभएकोले तिनीहरूले येशूज्यूलाई यूहन्नापछि आउनुभएका मसीहको रूपमा चिन्न सकेनन् ।
शक्तिसाथ आउनुहुनेछ भनी अगमवाणी गरिनुभएका यहोवा परमेश्वर येशू नाउँमा बालकको रूपमा जन्मनुभयो, र बप्तिस्मा-दिने यूहन्नाबाट बप्तिस्मा लिनुभयो ।[१३][१४] दानिएलको पुस्तकमा, बादलमा आउनुहुने मानिसको पुत्रलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति(राज्य, KJV) दिइयो भनिएको छ । नयाँ करारको समयमा परमेश्वरबाट अधिकार, महिमा र राज्य पाउनुभएका व्यक्ति येशूज्यू हुनुहुन्छ ।
- तब येशू तिनीहरूकहाँ आएर भन्नुभयो, “स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ ।” (मत्ती २८:१८)
- “मेरा सबै जे छन् तपाईंका हुन्, र तपाईंका जे छन् मेरा हुन् । मेरो महिमा तिनीहरूमा प्रकट भएको छ ।” (यूहन्ना १७:१०)
- “जसरी मेरा पिताले मलाई एउटा राज्य दिनुभयो, म पनि तिमीहरूलाई दिन्छु” (लूका २२:२९)
‘आकाशका बादलमा आउनुहुनेछ’ भनिएका येशूज्यू, साँच्चैको आकाशको बादलमा सवार भएर आउनुभएन । यहूदीहरूलाई थाहा हुनुअघि नै ख्रीष्ट, कन्या मरियमको शरीरद्वारा जन्मनुभयो, र उहाँले मन्दिरमा एक आम मानिसको रूपमा परमेश्वरको वचन सिकाउनुभयो ।[१५][१६][१७] अन्ततः यहूदीहरूले येशूज्यूलाई इन्कार गरेर क्रूसमा टाँगे । तिनीहरू अहिले पनि एलिया र मसीहको आगमनको प्रतीक्षामा छन् ।[१८][१९]
येशूज्यूको दोस्रो आगमनको स्वरूप
वर्तमान समयमा मानिसहरूले सोच्ने ख्रीष्टको दोस्रो आगमनको स्वरूपचाहिँ २,००० वर्षअघिका यहूदीहरूले सोचेका ख्रीष्टको स्वरूपभन्दा केही फरक छैन । अधिकांश ख्रीष्टियानहरूले येशूज्यू जैतूनको डाँडाबाट स्वर्ग उचालिनुभएको दृश्यलाई सोच्दै, दोस्रो आगमनका येशूज्यू पनि शक्ति र ठूलो महिमामा र हजारौँ स्वर्गदूतहरूको साथमा प्राकृतिक बादलमा आउनुहुनेछ भनी विश्वास गर्ने गर्छन् । त्यस बेला उहाँ अन्तिम इन्साफका प्रभुको रूपमा आउनुभएर तुरुन्त संसारको इन्साफ गर्नुहुनेछ, र मुक्ति पाउने सन्तहरूलाई स्वर्गतर्फ डोऱ्याउनुहुनेछ भनेर पनि तिनीहरू विश्वास गर्छन् ।[२०]
बाइबलको अगमवाणी : बादलमा आउनुहुन्छ
चेलाहरूले येशूज्यूलाई उहाँको दोस्रो आगमनका चिन्हबारे सोधे । तब येशूज्यूले उहाँ फेरि आउनुहुँदा बादलमा आउनुहुनेछ भनी बताउनुभयो ।
“तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, ... र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन् । उसले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन् ।”
अनि दोस्रो आगमनको सम्बन्धमा भने पहिलो आगमनमा जस्तै उहाँ बादलमा आउनुहुनेछ भनेर अगमवाणी गरिएको छ । ख्रीष्टले दोस्रो पल्ट बादलमा आउनुभएर आफ्ना चुनिएकाहरूलाई चारै दिशाबाट भेला गर्नुहुनेछ । यसका साथै, येशूज्यू अग्निसाथ आउनुहुने विषयका अन्य अगमवाणीहरू पनि छन् । जब उहाँ अग्निसाथ आउनुहुन्छ, तब त्यो नै अन्तिम इन्साफको समय हुनेछ ।
हेर, परमप्रभु अग्निसाथ आउँदैहुनुहुन्छ, ... किनकि आगो र तरवारद्वारा परमप्रभुले सबै मानिसको न्याय गर्नुहुनेछ, र परमप्रभुबाट मारिएकाहरू धेरै हुनेछन् ।
यो तब हुन्छ, जब प्रभु येशू आफ्ना शक्तिशाली स्वर्गदूतहरूसँग बल्दो आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ । परमेश्वरलाई नचिन्नेहरूलाई र हाम्रा प्रभु येशूको सुसमाचार नमान्नेहरूलाई उहाँले दण्ड दिनुहुन्छ । तिनीहरूले अनन्त विनाशको दण्ड ... जब त्यस दिन ... उहाँ आउनुहुनेछ ...
बादलमा दोस्रो पल्ट आउनुहुने ख्रीष्ट, अनि बल्दो आगोमा आउनुहुने अन्तिम इन्साफका प्रभु प्रकट हुनुहुने स्वरूप, समय र उद्देश्य बिलकुल फरक छ । ख्रीष्टको दोस्रो आगमन र अन्तिम इन्साफ एकै समयमा हुने होइन । अन्तिम इन्साफअघि ख्रीष्ट २,००० वर्षअघि जस्तै बादलमा आउनुहुनेछ, र मुक्ति पाउने प्रजालाई भेला गर्न प्रचार कार्य गर्नुहुनेछ ।[२१]
वर्गीकरण | ||
समय | ||
स्वरूप | ||
उद्देश्य |
अगमवाणीको पूर्णताः बादलले शरीरलाई जनाउँछ
येशूज्यूको पहिलो आगमनको अगमवाणीको पूर्णताद्वारा देख्न सकिएजस्तै, ख्रीष्ट सवार भएर आउनुहुने बादलले प्राकृतिक बादललाई नभएर मानव शरीरलाई जनाउँछ । अनि शरीर धारण गरेको मानिसलाई बादलसँग दृष्टान्त गरिएका पदहरू पनि बाइबलमा छ।
- ... किनकि यिनीहरू आफ्नै मात्र ख्याल राखी धन्दै नमानी बेसरी खान्छन् र पिउँछन् । तिनीहरू बतासले उडाइलैजाने पानीविनाको बादलसरह छन्, (यहूदा १:१२)
- झरीविनाको बादल र बतासझैँ आफूले नदिएको दानमा धाक लाउने मानिस हुन्छ । (हितोपदेश २५:१४)
- तिनीहरू(झूटा ख्रीष्टियानहरू) पानी नभएका मुहानहरू हुन्, आँधीले उडाएका तुवाँला हुन् । (२ पत्रुस २:१७)
बाइबलमा झूटा अगमवक्ताहरू र झूटा ख्रीष्टियानहरूलाई पानीविनाको बादल र तुवाँलोसँग दृष्टान्त गरिएको छ । बादलमा भएको पानीले जीवनको पानीलाई जनाउँछ ।[२२] जीवनको पानी भनेको परमेश्वरको वचन हो ।[२३] तसर्थ झरी भएको बादलले शरीर धारण गरेका साँचो अगमवक्तालाई जनाउँछ । २,००० वर्षअघि येशूज्यू आकाशको बादलमा आउनुभयो । अर्थात् उहाँ मानिसको रूपमा जन्मनुभयो र मानव-जातिलाई जीवनको पानी दिनुभयो ।[२४][२५] ख्रीष्टको दोस्रो आगमन पनि बादलमा हुनेछ भनेर अगमवाणी गरिएको छ । योचाहिँ जीवनको पानीको सत्यताद्वारा मानव-जातिलाई बचाउन उहाँ फेरि
शरीरमा आउनुहुनेछ भन्ने अर्थ हो ।[२६]
ख्रीष्ट दोस्रो पल्ट शरीरमा आउनुको कारण
येशूज्यूले २,००० वर्षअघि स्थापना गर्नुभएको शबाथ र निस्तार-चाड जस्ता नयाँ करारका सत्यताहरू धार्मिक अन्धकारको युगमा लोप भयो ।[२७] १६औँ शताब्दीमा लुथर, केल्भिन र ज्वीङ्ली जस्ता धर्म-सुधारकहरू त देखा परे, तर तिनीहरूले सुरुको मण्डलीको पूर्ण सत्यतालाई पुनर्स्थापन गर्नचाहिँ सकेनन् । धर्म-सुधार भएको ५०० वर्षपछि आजसम्म पनि अधिकांश मण्डलीहरूले आइतबारको सेवा र क्रिसमस जस्ता मानिसको नियम मानिरहेका छन् ।[२८]
“म तिमीहरूलाई भन्दछु, उहाँले चाँडै नै तिनीहरूको न्याय गरिदिनुहुनेछ । तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेट्टाउनेछ र ?”
येशूज्यूले भन्नुभएजस्तै परमेश्वरलाई विश्वास गर्ने मानिसहरू धेरै छन्, तर तिनीहरूमा मुक्ति दिलाउने विश्वास भने छैन ।[२९] यदि विश्वास नभएको यस्तो संसारमा येशूज्यू अन्तिम इन्साफका प्रभुको रूपमा सीधै आउनुभयो भने कसैले पनि मुक्ति पाउन सक्दैन । तसर्थ आफ्ना चुनिएकाहरूलाई बचाउन येशूज्यू इन्साफअघि फेरि आउनुहुन्छ । परमेश्वरका ठहराइएका समय र व्यवस्थाहरू फेरिएपछि, सन्तहरूको पक्षमा इन्साफको घोषणा गरिदिन परमेश्वर फेरि आउनुहुनेछ भनेर दानिएल अध्याय ७मा अगमवाणी गरिएको छ ।[३०][३१] मीका अगमवक्ताले पनि अन्तिम समयमा परमेश्वरका प्रजाहरू परमेश्वरको शिक्षा सिक्न सियोनमा भेला हुनेछन् भनेर अगमवाणी गरेका छन् ।
पछिल्ला दिनहरूमा परमप्रभुका मन्दिरको पहाडचाहिँ पहाडहरूमा प्रमुखझैँ स्थापित हुनेछ, र त्यो सबै डाँडाहरूभन्दा माथि उठाइनेछ, र मानिसहरू त्यहाँ ओइरिएर जानेछन् । धेरै जाति-जातिहरू आएर भन्नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं । उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्न सकौं ।” व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् ।
यहाँ ‘परमप्रभुका मन्दिरको पहाड’ले परमेश्वरको मन्दिर निर्माण भएको सियोनलाई जनाउँछ । सियोनमा परमेश्वर स्वयम्ले आफ्नो मार्ग सिकाउनुहुनेछ भनिएको छ । योचाहिँ येशूज्यू, अन्त्यको समयमा दोस्रो पल्ट देखा पर्नुहुनेछ र आफ्ना प्रजालाई सत्यता सिकाएर तिनीहरूमा विश्वास रोप्नुहुनेछ भन्ने कुराको अगमवाणी हो । इन्साफअघि येशूज्यू बादलमा अर्थात् शरीरमा दोस्रो पल्ट आउनुहुनेछ, सियोनमा सत्यता सिकाउनुहुनेछ र चुनिएका प्रजालाई मुक्तिमा डोऱ्याउनुहुनेछ भन्ने कुरा हो ।
सम्बन्धित भिडियो
- ‘बादलमा आउनुहुनेछ’ भन्ने महासचिव गिम जु छलको प्रवचन
यो पनि हेर्नुहोस्
बाह्य कडीहरू
सन्दर्भ सामग्रीहरू
- ↑ "यशैया ६६:१५-१६"।
- ↑ "मीका १:३-४"।
- ↑ "दानिएल ७:१३-१४"।
- ↑ "यशैया ९:६"।
- ↑ "इजकिएल ३४:१५"।
- ↑ "मलाकी ३:१"।
- ↑ "मलाकी ४:५"।
- ↑ "२ राजा २:११"।
- ↑ "मत्ती १७:१०"।
- ↑ "लूका १:५७-७७"।
- ↑ "लूका ३:३-६"।
- ↑ "मत्ती १७:११-१३"।
- ↑ "मत्ती १:२३-२५"।
- ↑ "मर्कूस १:६-११"।
- ↑ "यशैया ५३:२"।
- ↑ "१ तिमोथी २:५"।
- ↑ "लूका १९:४७"।
- ↑ एलिया बनेको : परिवर्तनको अगमवक्ता(यहूदी जीवन), डेनियल सी. म्याट, येल विश्वविद्यालय प्रेस, एनोटेटेड संस्करण, सन् २०२२ मार्च १५,
- ↑ "जोसेफ डोरमन, जो एलिया थिए, अनि यहूदीहरूले किन निस्तार-चाडमा तिनका निम्ति ढोका खोल्छन् ?"। Brandeis University। मार्च ३०, २०२२।
- ↑ "२ पत्रुस ३:१०"।
- ↑ "हिब्रू ९:२८"।
- ↑ "जकरिया १४:८"।
- ↑ "आमोस ८:११-१३"।
- ↑ "यूहन्ना ७:३७"।
- ↑ "यूहन्ना ४:१०-१४"।
- ↑ "प्रकाश २२:१७"।
- ↑ "दानिएल ७:२५"।
- ↑ "[विशेष विषय ● लुथरको ५०० वर्षको धर्म-सुधार – परमेश्वरको मण्डली र बाइबलको सत्यताको मण्डली]"। Monthly JoongAng। नोभेम्बर १७, २०१७।
- ↑ "मत्ती ७:२१-२३"।
- ↑ "दानिएल ७:२४-२५"।
- ↑ "दानिएल ७:२०-२२"।