नयाँ यरूशलेम फान्ग्यो मन्दिर

नयाँ यरूशलेम फान्ग्यो मन्दिर(यस उप्रान्त ‘फान्ग्यो मन्दिर’) परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको प्रतिनिधि मण्डली हो । यो भवन गणतन्त्र कोरियाको ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु फान्ग्यो न्यू टाउनमा स्थापित छ, जहाँ उच्च-प्राविधिक औद्योगिक परिसर फान्ग्यो टेक्नो भ्याली अवस्थित छ । सन् २०१६ जनवरी १०मा फान्ग्यो मन्दिरमा *मन्दिर समर्पणको आराधना गरियो । फान्ग्यो मन्दिर आराधनाको स्थल हुनुका साथै यहाँ सन्तहरूको विश्वास निर्माण गर्ने, विभिन्न स्वयंसेवा र कार्यक्रमहरूद्वारा छिमेकीहरूसँग सञ्चार गर्ने र समुदायभित्र एकतालाई प्रवर्धन गर्ने शिक्षा पनि दिइन्छ । फान्ग्यो मन्दिर र परमेश्वरको मण्डलीका अन्य संस्था तथा सुविधा-स्थलहरूको भ्रमण गर्ने विदेशी सन्तहरूले बाइबलको बारेमा अझ राम्रो समझ र विविध अनुभवहरू बटुल्छन् । अनि आफ्नो देश फर्किएपछि उनीहरूले परमेश्वरको शिक्षा र कोरियाली संस्कृतिको बारेमा आफ्ना परिवार र समुदायलाई सुनाउँछन् ।

  • समर्पणको आराधनाचाहिँ नयाँ मन्दिर स्थापना हुँदा गरिने विशेष आराधना हो । नयाँ ठाउँ प्रदान गर्नुभएका परमेश्वरलाई धन्यवाद चढाउन र भेटीस्वरूप मन्दिर समर्पण गर्नलाई समर्पणको आराधना गर्ने गरिन्छ ।
The New Jerusalem Pangyo Temple
The New Jerusalem Pangyo Temple
The New Jerusalem Pangyo Temple
आबद्धपरमेश्वरको मण्डली विश्व सुसमाचार समाज
वेबसाइटपरमेश्वरको मण्डलीको आधिकारिक वेबसाइट

नयाँ यरूशलेम फान्ग्यो मन्दिरको अवलोकन

  • समर्पणको आराधनाको मिति : सन् २०१६ जनवरी १०
  • मापन : जमिनमाथि ७ तला, जमिनमुनि ५ तला, कुल क्षेत्रफल ५,९०२ वर्ग मिटर
  • सुविधा स्थलहरू : ३,००० वटा सिट भएको मुख्य आराधना हल, सम्मेलन हल, सङ्गति हल, अनुवाद कक्ष, बहुउद्देश्यीय कक्ष, श्रव्यदृश्य कक्ष, अध्ययन कक्ष, गायन कक्ष
  • स्थान : गणतन्त्र कोरियाको ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्यो न्यू टाउन

ख्रीष्टको शिक्षालाई कार्यान्वयन गर्न सकिने विश्वासको हल

 
The temple dedication worship service at the New Jerusalem Pangyo Temple in Korea

गणतन्त्र कोरिया(यस उप्रान्त ‘कोरिया’)बाट सुरु भएको परमेश्वरको मण्डली द्रुत गतिमा वृद्धि भएर आधा शताब्दीभित्र १७५ वटा देशहरूमा ७,५०० मण्डलीहरूमा वृद्धि भयो । (सन् २०००मा स्थापना भएको, र अहिले नयाँ यरूशलेम इमे मन्दिरको रूपमा परिचित) नयाँ यरूशलेम इमे मन्दिरचाहिँ नयाँ यरूशलेम फान्ग्यो मन्दिर स्थापना नहोउञ्जेल प्रतिनिधि मण्डली रूपमा रहेको थियो । फान्ग्यो मन्दिरचाहिँ कोरियाभित्रका सन्तहरू मात्र नभएर विश्वभरिबाट आउने सन्तहरूलाई स्वागत गर्नको निम्ति निर्माण गरिएको हो । समर्पणको आराधनामा महासचिव पास्टर गिम जु छलले विश्व सुसमाचारको अर्थ र महत्त्वबारे जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामीले परमेश्वरबाट मुक्तिको महान् उपहार पाएका छौं । यो खुशी र उमङ्ग संसारका ७ अरब मानिसहरूसित बाँडौं ।”[१] साथै परमेश्वरको मण्डलीले सारा मानव-जातिलाई मुक्तिमा डोऱ्याउने विश्वव्यापी भिजन पनि घोषणा गऱ्यो ।[२]

आराधना

 
तस्वीर) नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा निस्तार-चाड पवित्र सभा

In the Pangyo Temple, the Sabbath day and Third-day worship services are held weekly, and the seven feasts in three times are held annually. Sermons are delivered by General Pastor Kim Joo-cheol and translated into tens of languages, including English, Spanish, Portuguese, French, Mongolian, Hindi, Arabic, and Russian. The various translations are provided through the Church of God’s official website and YouTube channel.

फान्ग्यो मन्दिरमा साप्ताहिक रूपमा शबाथ-दिन र तेस्रो दिनको आराधना गरिन्छ, अनि वार्षिक रूपमा ३ चरणका ७ वटा चाडहरू मनाइन्छ । यहाँ महासचिव पास्टर गिम जु छलबाट प्रवचन सुनाइन्छ, र त्यसलाई अङ्ग्रेजी, स्पेनी, पोर्चुगिज, फ्रान्सेली, मङ्गोलियाली, हिन्दी, अरबी, रुसी लगायतका दशौँ भाषाहरूमा अनुवाद गरिन्छ । यी विभिन्न अनुवादहरू परमेश्वरको मण्डलीको आधिकारिक वेबसाइटयुट्युब च्यानलमार्फत उपलब्ध गराइन्छन् ।

मिशन र शिक्षा

मण्डली विश्वव्यापी मिसन र सन्त बाइबल शिक्षणका लागि फान्ग्यो मन्दिरले महत्त्वपूर्ण भूमिका खेल्दछ । सन्तहरूको विश्वासलाई दह्रिलो पार्न प्रत्येक उमेर समूहअनुसार नियमित बाइबल अध्ययन भेला र अन्य भेलाहरू गर्ने गरिन्छ । यस पालि ‘विश्वव्यापी पादरी कर्मचारी भेला’, ‘विश्व प्रचार सङ्कल्प ऱ्याली’, ‘खुशी परिवार अन्तर्राष्ट्रिय सम्मेलन’, ‘महिला पादरी कर्मचारी अन्तर्राष्ट्रिय लिडरसिप सम्मेलन’ जस्ता विभिन्न कार्यक्रमहरूको आयोजना गरियो । ख्रीष्टको प्रेम बाँड्न र नयाँ करार सुसमाचार प्रचार गर्ने कार्यमा यी उत्सवहरूले सन्तहरूबीच एकता र छलफलको जगको भूमिका निर्वाह गर्दछन् ।

 
तस्वीर) ‘खुशी मण्डली’ अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वभरिका महिला पादरी कर्मचारीहरूको सहभागिता ।
  • सन् २०१६, सन् २०१७ र सन् २०१९को महासभा फान्ग्यो मन्दिरमा आयोजना गरिएको थियो । सन् २०१८को महासभा ओग्छन गो एण्ड कम प्रशिक्षण प्रतिष्ठानमा आयोजना गरिएको थियो, र सन् २०२० र सन् २०२१को महासभाचाहिँ भर्चुअल(अनलाइन)बाट गरिएको थियो । विश्वभरिका पास्टरहरू अघिल्लो वर्षको सुसमाचारको परिणामबारे छलफल गर्न र नव वर्षको भिजन बनाउन एकसाथ भेला भए ।[३][४][५][६]
  • आन साङ होङज्यूको जन्मको १००औँ वार्षिकोत्सवको उपलक्ष्यमा नयाँ यरूशलेम प्रचार उत्सव उद्घाटन समारोह आयोजना गरियो, र त्यसैबाट ७ अरब प्रचार अभियानको आगो सल्कियो (सन् २०१८ नोभेम्बर २०) ।[७]
  • सन् २०१९ अप्रिल ६मा खुशी परिवार अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरियो । यो सम्मेलनमा विश्वभरिका परमेश्वरको मण्डलीका पादरी कर्मचारीहरूले मण्डलीका सन्तहरू र नागरिकहरूले कसो गरेमा खुशी र हर्षपूर्ण पारिवारिक जीवन जिउन सक्छन् भन्नेबारे छलफल गरे ।[८]
  • सन् २०१९ अप्रिल २७ देखि मे १ सम्म महिला पादरी कर्मचारी अन्तर्राष्ट्रिय लिडरसिप सम्मेलनको आयोजना गरियो । महिला पादरी कर्मचारीहरूले, पादरी कर्मचारीले जसरी नै मण्डली र सन्तहरूको हेरचाह गर्दछन् । यस सम्मेलनमा ५२ वटा देशहरूबाट आएका महिला पादरी कर्मचारीहरूले अगमवक्ता र सुसमाचारको उद्देश्यको सद्गुणबारे पुनः स्मरण गराए ।[९] अप्रिल २८मा, महिला पादरी कर्मचारीको भूमिकाबारे अनि सन्तहरूसँग मिलेर कार्य गर्दै मण्डलीलाई खुशीले भरिपूर्ण ठाउँ बनाउनलाई के गर्नुपर्छ भन्नेबारे फान्ग्यो मन्दिरको गोष्ठी हलमा ‘खुशी मण्डलीको निम्ति अन्तर्राष्ट्रिय सम्मेलन’ गरियो ।[१०]
  • ‘क्याम्पस विद्यार्थी सत्र उद्घाटन आराधना’चाहिँ शैक्षिक सत्र(सन् २०१६ फेब्रुअरी २१, सन् २०१७ मार्च ५, सन् २०१८ मार्च ४) सुरु हुनुअघि क्याम्पस विद्यार्थीहरूमा सही मूल्य-मान्यता बसाल्न मद्दत गर्ने उद्देश्यले आयोजना गरिएको थियो । उक्त आराधनामा कोरियाका क्याम्पस विद्यार्थीहरू, पादरी कर्मचारीहरू, युवा समूह शिक्षकहरू लगायत नयाँ विद्यार्थीहरूको सहभागिता रहेको थियो ।[११][१२][१३][१४]
  • कोरियाका जागिरे युवाहरूचाहिँ अन्तर्राष्ट्रिय जागिरे युवा बाइबल एकेडेमी [IWBA]को नियमित भेलामा सहभागी भए (सन् २०१६ अप्रिल १०) । जागिरे युवाहरू समाजका अङ्ग भएअनुरूप ईमानदार र विश्वासयोग्य जागिरे जीवन जिउन सकून् भनेर परमेश्वरको मण्डलीले नियमित शैक्षिक भेलाद्वारा उनीहरूलाई विश्वास निर्माण गर्न प्रोत्साहन गर्दछ ।[१५]
  • नयाँ यरूशलेम सांस्कृतिक सामग्री अवार्ड वितरण समारोह सन् २०१७ डिसेम्बर १० र सन् २०१८ डिसेम्बर २मा आयोजना गरियो । योचाहिँ मल्कीसेदेक साहित्य प्रतियोगिता, एलोहिम भिडियो महोत्सव, बाइबल गोष्ठी प्रस्तुति सामग्री प्रतियोगिता र प्रचार सामग्री प्रतियोगिताको एकीकृत अवार्ड वितरण समारोह हो । विजेताहरूले प्रकाशन, भिडियो र प्रस्तुतिमार्फत बाइबलीय विषयवस्तुको उत्पादनमा योगदान पुऱ्याउँछन् ।[१६][१७][१८]
  • परमेश्वरको मण्डलीको कार्यक्षेत्र मिसन सङ्गठनका सदस्यहरूको निम्ति कार्यक्षेत्र मिसन नियमित भेला राखिएको थियो (सन् २०१९ सेप्टेम्बर ८) । उक्त भेलामा सन्तहरूले बाइबलको वचनद्वारा आफ्नो विश्वासको जाँच मात्र गरेनन्, तर आफूले कार्यक्षेत्रमा सुकर्म गरेर अरूमाझ उदाहरण देखाएको बारे कुराकानी गर्दै सुसमाचारको भिजन पनि बाँडे ।[१९]

विश्वव्यापी गाउँमा सद्भाव कायम राख्नको निम्ति नागरिक कूटनीति स्थल

फान्ग्यो मन्दिरचाहिँ १७५ वटा देशहरूमा भएका ७,५०० वटा क्षेत्रका मण्डलीहरूको प्रतिनिधि मण्डली हो । सुसमाचारको केन्द्रको रूपमा रहेको यो मन्दिरको भ्रमण गर्नलाई विश्वभरिबाट सन्तहरू आउँदछन् । साथै योचाहिँ अन्तर्राष्ट्रिय कार्यक्रमहरू आयोजना गरिने ठाउँ पनि हो । ग्लोबल युवा नेताहरू र सबै क्षेत्रका विज्ञहरू विश्व वातावरणको दिगो विकासलाई प्रवर्धन गर्न र अन्तर्राष्ट्रिय समुदायमा भएका वर्तमान समस्याहरूबारे छलफल गर्न यहाँ भेला हुन्छन् । यस विषयमा युवाहरू र विद्यार्थीहरूसँग छलफल गर्न भविष्यविद् जेरोम ग्लेन लगायत विभिन्न क्षेत्रका विज्ञहरू विश्वभरिबाट भेला हुने गर्छन् ।[२०]

विदेशी सन्त भ्रमण टोली

विश्वभरिका सन्तहरूले ‘विदेशी सन्त भ्रमण टोली’ कार्यक्रमअन्तर्गत कोरियाको भ्रमण गर्दछन् । यस कार्यक्रमद्वारा, उनीहरूले फान्ग्यो मन्दिरमा अर्थपूर्ण समय बिताउँदै कोरियाको इतिहास र संस्कृतिको बारेमा सिक्दछन् । उनीहरू आराधनामा सहभागी हुने मात्र होइन तर ग्लोबल बाइबल गोष्ठी, अन्तर्राष्ट्रिय सम्मेलन र अन्य कार्यक्रमहरूमा पनि सहभागी हुन्छन् । यस्ता कार्यक्रमहरूद्वारा उनीहरूले बाइबलको सत्यता सिक्छन्, स्वर्गीय माताको प्रेम महसुस गर्छन् र विभिन्न देशका सन्तहरूसँग कुराकानी गर्छन् ।[२१][२२]

गोष्ठी

 
संयुक्त राज्य अमेरिकाबाट आएका सन्तले सन् २०१९ Arise & Shine ग्लोबल बाइबल गोष्ठीमा प्रस्तुति दिए ।
  • फान्ग्यो मन्दिरको गोष्ठी कक्षमा ‘हाम्री आमा’ भन्ने शीर्षकमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका निम्ति गोष्ठी आयोजना गरियो (सन् २०१७ जुलाई २३) । कोरियाली विद्यार्थीहरूले आफ्नो गृह देशबाट टाढामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रोत्साहन दिन यो कार्यक्रमको तयारी गरेका थिए । ‘आमाको प्रेम’ भन्ने विषयमा केन्द्रित उक्त गोष्ठीमा बेलायत, कोलम्बिया, घाना, रोमानिया, मङ्गोलिया, भियतनाम लगायत ४३ वटा देशका अन्तर्राष्ट्रिय विद्यार्थीहरू सहभागी भएका थिए । उनीहरूले हान्बोग (कोरियाली परम्परागत पोशाक) लगाउने तरिका पनि सिके, कोरियाली परम्परागत खेलहरू खेले र हान्गुल(कोरियाली भाषा)को कक्षा पनि लिए ।[२३][२४]
  • सन् २०१८ नोभेम्बर १मा, सन् २०१८ Arise & Shine विश्वव्यापी बाइबल गोष्ठीको आयोजना गरियो । संयुक्त राज्य अमेरिका, स्पेन, पेरु, फिलिपिन्स, मेक्सिको र दक्षिण अफ्रिकामा शिक्षा, चिकित्सा सेवा, इलेक्ट्रोनिक इन्जिनियरिङ जस्ता विभिन्न क्षेत्रहरूमा कार्यरत सन्तहरूले आफ्नो ज्ञानको आधारमा बाइबलद्वारा माता परमेश्वरको विषयमा गवाही दिए ।[२५][२६]
  • सन् २०१९ Arise & Shine अन्तर्राष्ट्रिय बाइबल गोष्ठी ३ पटक आयोजना गरियो (सन् २०१९ अप्रिल ४, अप्रिल २९ र २०१९ मे २४) । विश्वभरिका पादरी कर्मचारीहरू, महिला पादरी कर्मचारीहरू र जागिरे युवाहरूले कोरियाको भ्रमण गरे । अनि आफ्नो सीप र शैक्षिक ज्ञानद्वारा TED शैलीमा माता परमेश्वर र नयाँ करारको सत्यताबारे कुराकानी गरे ।[२७][२८][२९]
  • सन् २०१९ जुलाई १२मा क्याम्पस विद्यार्थीहरूका लागि सन् २०१९ Arise & Shine ग्लोबल बाइबल गोष्ठीको आयोजना गरियो । ८ वटा देशहरूबाट आएका क्याम्पस विद्यार्थीहरूले गणित, लेखा र सामाजिक विज्ञान जस्ता मुख्य विषयहरूमार्फत एलोहिम परमेश्वरको अस्तित्वको बारेमा गवाही दिए ।[३०]

अन्तर्राष्ट्रिय समुदायलाई असर गर्ने विषयबारे जनचेतना जागरण

 
नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा आयोजित सन् २०१९ ग्लोबल ASEZ शिखर सम्मेलनमा विश्वभरिबाट क्याम्पस विद्यार्थीहरू सहभागी भएका थिए ।
  • सन् २०१७ UN SDGs कार्यान्वयनको लागि ASEZ अन्तर्राष्ट्रिय फोरम सन् २०१७ डिसेम्बर ७मा फान्ग्यो मन्दिरमा आयोजना गरिएको थियो । यो कार्यक्रम परमेश्वरको मण्डलीको क्याम्पस विद्यार्थी स्वयंसेवा सङ्गठन ASEZद्वारा आयोजना गरिएको थियो । कोरियाभित्रका क्याम्पस विद्यार्थीहरू, अन्तर्राष्ट्रिय विद्यार्थीहरू, दूतावास अधिकारीहरू, विश्वविद्यालय प्राध्यापकहरू र पत्रकारहरू गरी ३,००० जनाभन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रममा SDGs कार्यान्वयनका लागि क्याम्पस विद्यार्थीहरूको भूमिकाबारे छलफल गरियो ।[३१][३२]
  • The 2018 ASEZ Climate Change Response Conference was held in the seminar room under the subject, “Climate Change Response and the Role of Universities” (November 22, 2018). Duberlí Rodríguez Tineo, the Supreme Court Judge of the Judicial Power of Peru, gave a lecture to conference participants. ASEZ members from the United States, South Africa, and Peru shared about climate disasters that occurred in their countries and the activities citizens can do to increase environmental awareness.
  • ‘जलवायु परिवर्तन प्रतिक्रिया र विश्वविद्यालयहरूको भूमिका’ भन्ने शीर्षक अन्तर्गत गोष्ठी कक्षमा सन् २०१८ ASEZ जलवायु परिवर्तन प्रतिक्रिया सम्मेलन आयोजना गरियो (सन् २०१८ नोभेम्बर २२) । पेरुको न्यायिक शक्तिको सर्वोच्च अदालतका न्यायाधीशले सम्मेलनका सहभागीहरूमाझ आफ्नो वक्तत्व दिए । संयुक्त राज्य अमेरिका, दक्षिण अफ्रिका र पेरुबाट आएका ASEZ सदस्यहरूले आ-आफ्नो देशमा निम्तिएका जलवायु प्रकोपहरूबारे र वातावरण जनचेतना जगाउन स्थानीय नागरिकहरूले गर्न सक्ने गतिविधिबारे जानकारी दिए ।[३३]
  • ‘सन् २०१९ विश्वव्यापी क्याम्पस विद्यार्थी लिडरशीप सम्मेलन’ सन् २०१९ जुलाई १० देखि १७सम्म आयोजना गरियो । उक्त सम्मेलनमा आयोजित क्याम्पस मिसनलाई ऊर्जा दिनलाई क्याम्पस विद्यार्थी अन्तर्राष्ट्रिय फोरममा ४१ वटा देशका २०७ वटा क्याम्पसका विद्यार्थी सदस्यहरू र कोरियाभित्रका २२८ वटा क्याम्पसका विद्यार्थी सदस्यहरूको सहभागिता रहेको थियो । क्याम्पस विद्यार्थीहरूले ग्लोबल लिडरमा हुनुपर्ने सद्गुणसम्बन्धी बाइबलको शिक्षा सिक्नुका साथै भविष्यका कर्णधार भएअनुरूप आफ्नो क्षमताको विकास गरे ।[३४][३५]
  • सहस्राब्दी परियोजनाका निर्देशक, भविष्यविद् जेरोम ग्लेनसँगको ASEZ सम्मेलन फान्ग्यो मन्दिरमा आयोजना गरिएको थियो (सन् २०१९ जून २६) । उक्त सम्मेलनले धेरैको ध्यानाकर्षण गऱ्यो । ‘दिगो भविष्यका लागि क्याम्पस विद्यार्थीको भूमिका खोजी’ भन्ने शीर्षकअन्तर्गत ग्लेनले ASEZ सदस्यका प्रश्नहरूको उत्तर दिए । उनले ASEZका विद्यार्थीहरू अहिलेदेखि नै कार्यान्वयनमा लागेका कुराको प्रशंसा गर्दै आगामी दिनहरूमा उनीहरूसँग यसबारे थप छलफल गर्ने आशा व्यक्त गरे ।[२०]
  • सन् २०१९ अन्तर्राष्ट्रिय ASEZ शिखर सम्मेलन सन् २०१९ जुलाई १५मा आयोजना गरियो । यस कार्यक्रममा कोरियाको सउल राष्ट्रिय विश्वविद्यालय, संयुक्त राज्य अमेरिकाको हार्वर्ड विश्वविद्यालय, वेस्टर्न अस्ट्रेलिया विश्वविद्यालय, जर्मनीको म्युनिक प्रविधि विश्वविद्यालय, ASEZ सदस्यहरू लगायत ४२ वटा देशका क्याम्पस प्राध्यापकहरूको सहभागिता रहेको थियो । उनीहरूले ASEZद्वारा सञ्चालित ‘एकसाथ अपराध न्यूनीकरण’ अभियानलाई प्रभावकारी ढङ्गले लागू गर्न सकिने तरिकाबारे छलफल गरे । पेरुको न्यायिक शक्तिको फौजदारी प्रक्रिया संहिताका प्रशासकले सहभागीहरूमाझ आफ्नो वक्तत्व दिए । साथै युक्रेनको राष्ट्रिय शैक्षिक ड्रागोमानोभ विश्वविद्यालयका रेक्टरले भिडियो वक्तत्व दिए । सहभागीहरूले शिक्षा, कार्यान्वयन र ऐक्यबद्धता जस्ता विधालाई ६ वटा महादेशहरू सबैमा कार्यान्वयन गर्ने संयुक्त उद्देश्यका साथ ‘परिवर्तनका निर्माताहरूको सङ्कल्प’ पूरा गरे ।[३६][३७][३८]

स्थानीय समुदायसँग सञ्चार र सद्भाव निर्माण गर्न सकिने ठाउँ

“आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर (मत्ती २२:३९)”[३९] भन्ने परमेश्वरको वचनलाई अनुसरण गर्दै फान्ग्यो मन्दिरका सन्तहरूले विपन्न छिमेकीहरूलाई सहयोग, वातावरण सरसफाइ, रक्तदान जस्ता विविध स्वयंसेवाका गतिविधिहरूद्वारा प्रेमलाई कार्यान्वयन गर्दछन् । उनीहरूले ‘हाम्री आमा’ लेख तथा तस्वीर प्रदर्शनी, र जागिरेहरूका लागि हिलिङ गोष्ठी जस्ता कार्यक्रमहरूको आयोजना गर्दछन् । सांस्कृतिक अनुभव आदानप्रदान र अन्तर्सांस्कृतिक सञ्चारद्वारा उनीहरू स्थानीय बासिन्दाहरूसँग जोडिनलाई प्रयत्न पनि गर्छन् ।

स्वयंसेवा

 
सन् २०२२को छुसगमा छिमेकीहरूसँग प्रेम बाँड्दै
  • फान्ग्यो मन्दिरका सन्तहरूले सङनाम सभा गृह, बुन्दाङ-गु कार्यालय र बेग्ह्यन-दोङ प्रशासनिक कल्याण केन्द्रमा गएर चन्द्र पात्रोअनुसारको नव वर्ष आउनुअघि विपन्न छिमेकीहरूको सहयोगार्थ ८० झोला स्वस्थ खाद्य सामग्री अनुदान गरे ।[४०][४१]
  • फान्ग्यो मन्दिरका सन्तहरूले छुसगमा छिमेकीहरूसँग प्रेम बाँडचुँड भन्ने कार्यक्रम अन्तर्गत बुन्दाङ-गु कार्यालयमा १०० थान उपहार सेट हस्तान्तरण गरे (सन् २०१७ सेप्टेम्बर १९) ।[४२]
  • सन्तहरूले ‘मदर्स स्ट्रिट’ क्याम्पेन अन्तर्गत बेग्ह्यन-दोङमा सडक सरसफाइ गरे (सन् २०१७ नोभेम्बर ३०) । उक्त क्याम्पेनको उद्देश्यचाहिँ विश्व जनसागरको साथमा ४०,००० किलोमिटर(पृथ्वीको परिधि)सम्म फोहोर सङ्कलन तथा सरसफाइ गरी स्थानीय समुदायमा सफा र मनोहर वातावरण सिर्जना गर्नु थियो । यो अभियान पूरै कोरियाभरि लगायत अन्य ८० वटा जति देशहरूमा आयोजना गरिएको थियो ।[४३]
  • सन्तहरूले सन् २०१६ मार्च १४मा बेग्ह्यन-दोङ क्याफे सडक र नाग्साङदे पार्कमा फोहोर सङ्कलन गरे । यी सबैचाहिँ मानिसहरूलाई निस्तार-चाडको अर्थ थाहा दिएर परमेश्वरको प्रेमलाई कार्यान्वयन गर्नको निम्ति गरिएका कार्यहरू हुन् ।[४४]
  • निस्तार-चाडको उपलक्ष्यमा, सन् २०१८ अप्रिल २६मा फान्ग्यो मन्दिरमा निस्तार-चाडको प्रेम, जीवन दिने प्रेम, ९०७औँ विश्वव्यापी रक्तदान अभियान सम्पन्न भयो ।[४५] उक्त कार्यक्रममा सङनाम परमेश्वरको मण्डलीका सन्तहरू, छिमेकीहरू र स्थानीय सरकारी अधिकारीहरूसहित करीब ७०० जनाको सहभागिता रहेको थियो ।[४६]

शैक्षिक समर्थन तथा अन्तर्सांस्कृतिक सञ्चार

 
सन् २०१७ ग्रीष्म, युवाहरूका लागि चरित्र शिक्षा
  • फान्ग्यो मन्दिरमा युवाहरूका लागि चरित्र शिक्षा आयोजना गरिएको थियो (सन् २०१७ जुलाई १६ र सन् २०१९ अगस्ट २७) । ग्यङगी प्रान्तको माध्यमिक तथा उच्च माध्यमिक तहका विद्यार्थीहरूले उक्त कार्यक्रमबाट असल चरित्र, शिष्टाचार, सेवा आदिबारे सिके ।[४७][४८]
  • ६ लाख आगन्तुकहरूलाई आकर्षण गरेको ‘हाम्री आमा लेख तथा तस्वीर प्रदर्शनी’ सन् २०१७ मे १९मा आयोजना गरिएको थियो । वास्तवमा प्रदर्शनीचाहिँ जुलाई २३मा समापन गरिने तालिका थियो । तर स्थानीयवासीको साथ-सहयोगमा सेप्टेम्बर ३सम्म कार्यक्रमलाई जारी रह्यो ।[४९][५०]
  • On October 3, 2018, the 2nd Happy Seminar for Workers was held to encourage workers who have become weary from their busy lives.
  • व्यस्त जीवनले गर्दा थकित भएका जागिरेहरूलाई प्रोत्साहन दिन सन् २०१८ अक्टोबर ३मा दोस्रो जागिरेहरूका लागि खुशी गोष्ठीको आयोजना गरियो ।[५१][५२]

References

  1. "Consecration of New Jerusalem Pangyo Temple, Becoming the Flare of 7 Billion Mankind's Salvation"Kyeongin Ilbo। जनवरी १८, २०१६। 
  2. "Resolution Rally for the World Evangelism 2016"English WATV। जनवरी ३, २०१६। 
  3. "General Assembly 2016"English WATV 
  4. "General Assembly 2017"English WATV 
  5. "2019 Global Pastoral Forum"WATV.org 
  6. "General Assembly 2018"English WATV 
  7. "New Jerusalem Preaching Festival Launching Ceremony in Celebration of the 100th Birth Anniversary of Christ Ahnsahnghong"English WATV 
  8. "Global Conference on Happy Family"WATV.org 
  9. "Global Leadership Conference for the Women Pastoral Staff"WATV.org 
  10. "Global Conference on Happy Church"WATV.org 
  11. "2016 New Semester Opening Service"WATV News 
  12. "2017 New Semester Opening Service for University Students"English WATV 
  13. "Semester Opening Service for University Students 2018"English WATV 
  14. "Church of God Beginning Service for University Students Nationwide"Kyeonggi Ilbo। मार्च ५, २०१८। 
  15. "IWBA Regular Meeting"WATV News। अप्रिल १०, २०१६। 
  16. "New Jerusalem Cultural Content Awards Ceremony 2017"English WATV। डिसेम्बर १०, २०१७। 
  17. "'New Jerusalem Cultural Content Awards Ceremony 2017' in Pangyo Temple"Kyeonggi Ilbo। डिसेम्बर ११, २०१७। 
  18. "The New Jerusalem Cultural Content Awards Ceremony 2018"English WATV 
  19. "Work Mission Regular Gathering for the Second Half of 2019"WATV.org 
  20. २०.० २०.१ "ASEZ Conference with Jerome C. Glenn"WATV.org 
  21. "Believers All Over the World, Take the 'Pilgrimage Route' of New Jerusalem Pangyo Temple"Kyeonggin Ilbo। जुन १, २०१६। 
  22. "70th Overseas Visiting Group Come to Pangyo Techno Valley"Joongboo Ilbo। नोभेम्बर ९, २०१६। 
  23. "2017 'Our Mother' Seminar For Foreign Students"English WATV। जुलाई २३, २०१७। 
  24. "Church of God Invite Foreign Students for Traditional Culture Experience"Joongboo Ilbo। जुलाई २५, २०१७। 
  25. "Arise & Shine 2018 Global Bible Seminar"English WATV 
  26. "Church of God Held Arise & Shine Global Bible Seminar 2018"Shina Ilbo। नोभेम्बर १, २०१८। 
  27. "Arise & Shine Global Bible Seminar 2019"English WATV 
  28. "Arise & Shine Global Bible Seminar 2019(II)"WATV.org 
  29. "Arise & Shine Global Bible Seminar 2019(Ⅲ)"WATV.org। मे २४, २०१९। 
  30. "Arise & Shine Global Bible Seminar for University Students 2019"WATV.org 
  31. "ASEZ Global Forum 2017 on the Implementation of UN SDGs"English WATV 
  32. "3,000 Attended ASEZ Global Forum 2017 on the Implementation of UN SDGs"NDN News। डिसेम्बर ७, २०१७। 
  33. "ASEZ Talk Concert on Confronting Climate Change 2018"WATV.org 
  34. "[Church of God] University Students from 42 Countries Shared Borderless Humanity"Kyeongin Ilbo। जुलाई २२, २०१९। 
  35. "Worldwide University Student Leadership Conference 2019"WATV.org 
  36. "ASEZ Global Summit 2019"WATV.org 
  37. "ASEZ Held "Global Summit 2019""Gukje News। जुलाई १७, २०१९। 
  38. "Taking the Lead in International Cooperation to Solve a Global Cooperation Task"Donga Ilbo। अगस्ट २८, २०१९। 
  39. "Matthew 22:39" 
  40. "Delivering 4000 Set of Groceries to 200 Vulnerable Members of Society from Seoul to Jeju"JoongAng Magazine। जनवरी १७, २०२१। 
  41. "Church of God, Share Love with Neighbor Nationwide for the New Year"Shina Ilbo। फेब्रुअरी ८, २०२१। 
  42. "Church of God Share Love with Neighbor for a "Generous Chuseok""Kyeonggi Ilbo। सेप्टेम्बर २४, २०१७। 
  43. "It Will Be Overflowing with Love and Hope If the Whole World Becomes a 'Mother's Street'"Aju News। डिसेम्बर ५, २०१७। 
  44. "Neighbors Said "Good Riddance" as 600 Church of God Pangyo Temple Members Clean up the Street"Segye Ilbo। मार्च १४, २०१६। 
  45. "World Mission Society Church of God Blood Donation Relay"Hankook Ilbo। अप्रिल २६, २०१८। 
  46. "700 New Jerusalem Pangyo Temple Members Participate in Blood Donation, Sharing Lives, Celebrating the Passover"Joongboo Ilbo। अप्रिल २६, २०१८। 
  47. "2017 Summer Youth Character Education"English WATV 
  48. "Church of God New Jerusalem Pangyo Temple Held a Special Lecture, Nurturing Future Generation Youth Competency with Character Education"Joongboo Ilbo। अगस्ट २७, २०१९। 
  49. "[Celebrating '600,000 Viewers' of New Jerusalem Pangyo Temple's Special Exhibition] Delivering 'Mother's Love' Dashing Across 56 Regions"Kyeongin Ilbo। मे २४, २०१७। 
  50. "Seongnam Pangyo Church of God's "Out Mother" Writing and Photo Exhibition is Held Until September 3rd"Kyeonggi Ilbo। जुलाई ३०, २०१७। 
  51. "Healing Seminar for Workers Held in Pangyo and Daejeon"WATV News 
  52. "Healing Seminar for Workers Held Recently by World Mission Society Church of God"Kyeonggi Ilbo। अक्टोबर ४, २०१८।