येशूज्यूको दोस्रो आगमनको ठाउँ

परमेश्वरको मण्डली विश्वकोशबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
येशूज्यू जन्मनुभएको ठाउँको खोजी गर्दै त्यतैतिर लागेका पूर्वका ज्योतिषीहरू

The Bible prophesies about the place where Jesus comes a second time. It is the east where the sun rises. The Bible foretold the place where Christ came the first time. Two thousand years ago, Jesus Christ was born in Bethlehem as the prophet Micah prophesied in the Old Testament. At that time, the magi (presumably Persian priests)[१]came to Jerusalem to seek Christ who was born as King of the Jews, and the chief priests and scribes said that Christ would be born in Bethlehem, knowing the prophecy of Micah.[२][३]
Jesus comes again into the world for the salvation of mankind.[४] The east is the place where Christ appears again and carries out His last work of redemption.

येशूज्यूको दोस्रो आगमनको ठाउँबारे बाइबलमा अगमवाणी गरिएको छ । त्यो नै सूर्य उदाउने पूर्व हो । ख्रीष्टको पहिलो आगमनको ठाउँबारे पनि बाइबलमा अगमवाणी गरिएको थियो । पुरानो करारको समयका मीका अगमवक्ताको अगमवाणीअनुसार २,००० वर्षअघि येशूज्यू बेथलेहेममा जन्मनुभयो । त्यस बेला, यहूदीहरूका राजाको रूपमा जन्मनुभएका ख्रीष्टलाई खोज्न ज्योतिषीहरू (सायद फारसका पूजाहारीहरू) यरूशलेममा आए । अनि मुख्य पूजाहारीहरू र शास्त्रीहरूले मीकाको अगमवाणी थाहा पाएर, ख्रीष्टको जन्म बेथलेहेममा हुनेछ भने ।

मानव-जातिलाई उद्धार गर्नको निम्ति येशूज्यू यो संसारमा फेरि आउनुहुनेछ । ख्रीष्ट फेरि देखा पर्नुभएर अन्तिम उद्धारको कार्य गर्नुहुने ठाउँ पूर्व हो ।

येशूज्यूको दोस्रो आगमनको ठाउँको रूपमा अगमवाणी गरिएको पूर्व

पूर्व र परमेश्वरको छाप

बतासलाई रोकेका चार स्वर्गदूतहरू, आल्ब्रेच ड्युररको चित्र, सन् १४९८

परमेश्वरको छाप लगाउने कार्य

Apostle John received the revelation that God’s sealing work would take place in the east.

परमेश्वरको छाप लगाउने कार्य पूर्वमा हुनेछ भन्ने कुरा प्रेरित यूहन्नाले प्रकाशमा देखे ।


यसपछि पृथ्वीमा वा समुद्रमा वा रूखमा बतास नचलोस् भनी चार स्वर्गदूतहरू पृथ्वीका चारै बतासलाई रोकेर पृथ्वीका चार कुनामा उभिरहेका मैले देखें । तब जीवित परमेश्वरको मोहोर साथमा लिई अर्को एक जना स्वर्गदूत पूर्वबाट उक्लेका मैले देखें । पृथ्वी र समुद्रलाई हानि पुऱ्याउने अख्तियार दिइराखेका चार स्वर्गदूतलाई यसो भनेर तिनले चर्को सोरले भने, “हामीले हाम्रा परमेश्वरका दासहरूका निधारमा मोहोर नलाउञ्जेल पृथ्वी, समुद्र वा रूखहरूलाई केही हानि नगर ।”

https://www.bible.com/bible/1483/REV.7.NNRV


When the four winds, held by the four angels, let go, there will be disasters that will harm the land and the sea. As the four winds of the earth blow all over the world, from east to west, north to south, the winds represent a great disaster that will harm the land and the sea. Before the disaster comes, God puts His seal on His people to save them. This work begins is in the east, where the sun rises.

God’s sealing work that begins in the east takes place after the special signs written in the book of Revelation 6 appear.

चार स्वर्गदूतले रोकेका चार बतास जब छोडिन्छ, तब पृथ्वी र समुद्रलाई हानि गर्ने विपत्ति आउनेछ । पूर्वदेखि पश्चिमसम्म र उत्तरदेखि दक्षिणसम्म चल्ने चार बतासले चाहिँ पृथ्वी र समुद्रलाई हानि पुऱ्याउने ठूलो विपत्तिलाई जनाउँछ । त्यो विपत्ति आउनुअघि परमेश्वरले आफ्ना प्रजालाई बचाउन छाप लगाउनुहुनेछ । यो कार्य, सूर्य उदाउने पूर्वबाट सुरु हुन्छ । प्रकाश अध्याय ६मा लेखिएका विशेष चिन्हहरू देखा परेपछि परमेश्वरको छाप लगाउने कार्य सुरु हुन्छ ।


जब उहाँले छैटौँ मोहोर तोड्नुभयो, तब मैले ठूलो भूकम्प गएको देखें । सूर्य भाङ्ग्राजस्तो कालो भयो, र पूर्णिमाको चन्द्रमा रगतजस्तै रातो भयो । अनि अञ्जीरको रूखलाई बतासले हल्लाउँदा नपाकेका फलहरू झरेझैँ आकाशका ताराहरू पृथ्वीमा खसे ।

https://www.bible.com/bible/1483/REV.6.NNRV


Before the sealing work begins, the signs of the sun, the moon, and the stars appear. This is what Jesus mentioned as a sign of His second coming.

छाप लगाउने कार्य सुरु हुनुअघि सूर्य, चन्द्र र ताराहरूमा चिन्ह देखा पर्नेछ । येशूज्यूको दोस्रो आगमन हुँदा पनि यस्तै चिन्ह देखा पर्नेछ भनेर येशूज्यूले भन्नुभएको छ ।


“ती सङ्कष्टका दिनको तुरुन्तै पछि, सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो चमक दिनेछैन, र ताराहरू आकाशबाट खस्नेछन्, तथा आकाशका शक्तिहरू हल्लाइनेछन् । “तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन् ।”

https://www.bible.com/bible/1483/MAT.24.NNRV


Jesus said that when the sun is darkened, the moon does not give its light, and the stars fall from the sky, it is a sign that the Son of Man, that is, Christ will come again. Apostle John saw the vision that God’s sealing work begins in the east after the sun and the moon were darkened and the stars fell from the sky. Comparing the two verses, we can understand that the One who brings the seal of salvation from the east is the Christ who comes a second time.

जब सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले चमक दिनेछैन र जब ताराहरू आकाशबाट खस्नेछन् तब मानिसको पुत्र अर्थात् ख्रीष्ट फेरि आउनुहुनेछ भनेर येशूज्यूले भन्नुभयो । प्रेरित यूहन्नाले चाहिँ, जब सूर्य र चन्द्रमा अँध्यारो हुनेछ र ताराहरू आकाशबाट खस्नेछन्, तब परमेश्वरको छाप लगाउने कार्य पूर्वबाट सुरु हुनेछ भनेर दर्शनमा देखे । यी दुई वचनहरूलाई तुलना गरिहेर्दा, पूर्वबाट मुक्तिको छाप ल्याउनुहुने व्यक्ति नै दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा बुझ्न सकिन्छ ।

परमेश्वरको छाप, निस्तार-चाड

निस्तार-चाड मानेको घरबाट पार भएर जाने विनाशक स्वर्गदूत

The seal of God is the seal approved by God. The seal of God, which Second Coming Christ will bring, is a sign that saves God’s people from disasters. In Revelation 9, it is written that those who do not have the seal of God will be harmed.[५]
The Passover is the truth that contains the promise of salvation from disasters. As the name Passover means, whoever keeps the Passover will escape disasters. The Israelites who kept the Passover at the time of the Exodus, escaped disasters and were delivered from Egypt;[६] and in the days of Hezekiah, king of Judah, the people of Judah were protected from the Assyrian invasion.[७]
It is Jesus who has the seal of God in the New Testament.[८] Jesus said, “Whoever eats My flesh and drinks My blood remains in Me, and I in him.” In other words, he becomes one body with Jesus who has the seal of God.

परमेश्वरको छापचाहिँ परमेश्वरले मान्यता दिनुभएको छाप हो । दोस्रो आगमनका ख्रीष्टले ल्याउनुहुने परमेश्वरको छापचाहिँ परमेश्वरका प्रजालाई विपत्तिबाट बचाउने चिन्ह हो । परमेश्वरको छाप नपाएकाहरूलाई हानि हुनेछ भनेर प्रकाश अध्याय ९मा लेखिएको छ ।

विपत्तिबाट बचाउने मुक्तिको प्रतिज्ञा समाविष्ट सत्यता नै निस्तार-चाड हो । निस्तार भनेको विपत्ति पार हो । त्यसैले निस्तार-चाड मान्ने मानिस विपत्तिबाट पार हुन्छ । प्रस्थानको समयमा निस्तार-चाड मानेका इस्राएलीहरू विपत्तिबाट पार भएर मिश्रबाट छुटकारा पाए । त्यसै गरी यहूदाका राजा हिजकियाको पालामा निस्तार-चाड मानेका यहूदाका मानिसहरूले अश्शूरीहरूको आक्रमणबाट सुरक्षा पाए ।

नयाँ करारको समयमा परमेश्वरको छाप प्राप्त गर्नुभएका व्यक्ति येशूज्यू हुनुहुन्छ । येशूज्यूले “मेरो देह खाने र मेरो रगत पिउनेचाहिँ ममा रहन्छ, र म त्यसमा रहन्छु” भन्नुभएको छ । फेरि भन्नुपर्दा, परमेश्वरको छाप भएका मानिसहरू येशूज्यूसँग एउटै शरीर हुन्छन् ।


येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने तिमीहरूमा जीवन हुँदैन . . . मेरो देह खाने, र मेरो रगत पिउनेचाहिँ ममा रहन्छ, र म त्यसमा रहन्छु ।”

https://www.bible.com/bible/1483/JHN.6.NNRV


The Passover is the way to become one body with Jesus and receive the seal of God.

निस्तार-चाडचाहिँ येशूज्यूसँग एउटै शरीर भएर परमेश्वरको छाप प्राप्त गर्ने तरिका हो ।


तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाडको प्रबन्ध मिलाए । . . . तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो ।” तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ । किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।”

https://www.bible.com/bible/1483/MAT.26.NNRV


Regardless of the age, those who kept the Passover were saved from disasters. Christ, who appears a second time in the east before the last great disaster comes, is to carry out the redemption work by preaching the Passover, the seal of God.

जुनसुकै युगमा होस्, निस्तार-चाड मान्नेहरू विपत्तिबाट बचाइएका छन् । अन्तिम महासङ्कष्ट आउनुअघि पूर्वमा देखा पर्नुहुने दोस्रो आगमनका ख्रीष्टले परमेश्वरको छाप निस्तार-चाड घोषणा गर्दै मुक्तिको कार्य अगि बढाउनुहुन्छ ।

पूर्वबाट देखा पर्ने एक जना मानिस

The prophet Isaiah wrote about a man who would fulfill God’s purpose in a far-off land in the east.

पूर्वको टाढा देशबाट परमेश्वरको अभिप्राय पूरा गर्ने एक जना मानिसको विषयमा यशैया अगमवक्ताले यसरी लेखे ।


“उहाँको सेवा गर्न धार्मिकतामा बोलाउँदै कसले पूर्व दिशाबाट एक जनालाई उत्तेजित गरेको छ ? . . . प्रारम्भदेखि पुस्ताहरूलाई बोलाएर यो काम पूरा गर्ने को हो ? के म नै होइन र ? म, परमप्रभु, तिनीहरूका पहिलो र पछिल्लोसित रहने म उही नै हुँ ।”

https://www.bible.com/bible/1483/ISA.41.NNRV


“पूर्वबाट म शिकारी पक्षी बोलाउँछु, र टाढा देशबाट मेरो अभिप्राय पूरा गर्न म एक जना मानिसलाई बोलाउँछु । मैले जे भनेको छु, त्यो म गर्नेछु । मैले जे योजना बनाएको छु, म त्यो गर्ने नै छु ।”

https://www.bible.com/bible/1483/ISA.46.NNRV


पहिलो चरणको अगमवाणी, कोरेसद्वारा पूरा

बेबिलोनको पतन : कल्दीहरूलाई पराजित गरेका कोरेस राजा, जोन मार्टिनको चित्र, सन् १८३१

The prophecy about the man who would rise from a far-off land in the east was firstly fulfilled by Cyrus (Cyrus II) of Persia located to the east of Israel. Cyrus conquered Babylon (Neo-Babylonian Empire) and freed the Israelites from captivity in Babylon and let them return to their own country.[९]
The book of Isaiah was written about 170 years before Cyrus conquered Babylon. Isaiah 44 and 45 prophesied the name Cyrus and his accomplishment of conquering many nations and liberating God’s people, Israel, from Babylon.[१०][११] As prophesied in the Bible, Cyrus ordered the Jews not only to return to their home country but also to build the temple in Jerusalem, which was destroyed during the Babylonian invasion.

पूर्वी टाढाको देशबाट देखा पर्ने मानिसको विषयमा गरिएको अगमवाणी पहिलो चरणमा चाहिँ, इस्राएलको पूर्वमा अवस्थित फारसका कोरेस(कोरेस द्वितीय)द्वारा पूरा भयो । कोरेसले बेबिलोन(नियो बेबिलोनी साम्राज्य)लाई कब्जा गरी इस्राएलीहरूलाई बेबिलोनको कैदबाट मुक्त गरे र तिनीहरूलाई तिनीहरूकै देश जान दिए ।

यशैयाको पुस्तकचाहिँ कोरेसले बेबिलोनलाई परास्त गर्नुभन्दा करीब १७० वर्षअघि लेखिएको थियो । कोरेसको नाउँ, अनि तिनले विभिन्न देशहरूलाई पराजित गरी परमेश्वरका प्रजा इस्राएलीहरूलाई बेबिलोनबाट मुक्त गराउने कार्यबारे यशैया अध्याय ४४ र ४५मा अगमवाणी गरिएको थियो । बाइबलमा अगमवाणी गरिएअनुसार कोरेसले यहूदीहरूलाई आफ्नो गृहनगर फर्कन मात्र होइनकि बेबिलोनी आक्रमणको समयमा भग्नावशेष भएको यरूशलेममा मन्दिर निर्माण गर्न पनि आदेश दिए ।


फारसका राजा कोरेसको पहिलो वर्षमा . . . फलस्वरूप उनले आफ्ना राज्यभरि मौखिक अनि लिखित रूपमा यस्तो घोषणा गरे : “फारसका राजा कोरेस यसो भन्छन्, ‘परमप्रभु, स्वर्गका परमेश्वरले पृथ्वीका सबै राज्य मलाई दिनुभएको छ । उहाँले नै मलाई यहूदाको यरूशलेममा उहाँको निम्ति एउटा मन्दिर बनाउन आज्ञा गर्नुभएको छ । तिमीहरूका बीचमा हुने उहाँका प्रजाको प्रत्येक मानिससँग परमेश्वर रहून् । सो यहूदाको यरूशलेममा उक्लेर जाओस्, र यरूशलेममा हुनुहुने परमेश्वर, इस्राएलका परमेश्वर, परमप्रभुको मन्दिर त्यसले पुनर्निर्माण गरोस् ।”

https://www.bible.com/bible/1483/EZR.1.NNRV


अन्तिम चरणको अगमवाणी, दोस्रो आगमनका ख्रीष्टद्वारा पूरा

According to Isaiah 41, when a man rises from the east, he will turn the desert into pools of water and the parched ground into springs.[१२] Prophetically, this can be done only when God comes.[१३] When a man appears from the east, idolaters gather together in fear and tremble.[१४] However, it did not happen when Cyrus conquered Babylon. It was because Cyrus acknowledged the religions of the conquered people.[१५] The prophecy about the man who would rise from a far-off land in the east is finally fulfilled by God.
A bird of prey in Isaiah 46 is also a symbol of God, who is with His people and saves them. God compared the way He liberated the Israelites from Egypt to carrying them on eagles’ wings. [१६] The way God protected and led the Israelites in the desert is likened to eagles’ protecting their young.[१७] Therefore, the prophecies of Isaiah 41 and 46 refer to God’s coming from the east and saving His people in the last days.
God came in the name of Jesus 2,000 years ago. The birth place of Jesus was not a far-off land in the east, which Isaiah saw through a revelation, but Israel. The prophetic Cyrus who will rise from a far-off land in the east is Second Coming Christ. Just as Cyrus freed the Israelites from captivity in Babylon, Christ who comes again is to be born in a far-off land in the east and deliver God’s people from spiritual Babylon through the truth of the water of life.[१८]

यशैया ४१मा हेर्ने हो भने पूर्वमा जब एक जना मानिस देखा पर्नेछन्, तब मरुभूमि पानीको दहमा र सुक्खा जमिन पानीको मूलमा परिणत हुनेछ भनिएको छ । अगमवाणीअनुसार, योचाहिँ परमेश्वर आउनुभएमा मात्र पूरा हुन सक्ने कार्य हो । जब पूर्वमा एक जना मानिस देखा पर्छन्, तब मूर्तिपूजकहरू डर र त्रासमा एकसाथ भेला हुनेछन् भनिएको थियो । तर कोरेसले बेबिलोनलाई कब्जा गर्दा यस्तो घटना घटेन । किनभने कोरेसले आफूले विजय गरेको देशका मानिसहरूको धर्मलाई मान्यता दिए । पूर्वको टाढा देशबाट देखा पर्ने एक जना मानिसको अगमवाणी अन्ततः परमेश्वरले नै पूरा गर्नुहुनेछ । यशैया अध्याय ४६मा उल्लेखित शिकारी पक्षी भनेको आफ्ना प्रजाको साथमा रहनुभएर तिनीहरूलाई उद्धार गर्नुहुने परमेश्वरको चिन्ह हो । परमेश्वरले इस्राएलीहरूलाई मिश्रबाट छुटकारा गराउनुहुने कुरालाई, गरुडको पखेटामा बोक्ने कुरासँग दृष्टान्त गर्नुभयो । परमेश्वरले इस्राएलीहरूलाई सुरक्षा गर्नुभएर उजाड-स्थानमा डोऱ्याउनुभएको प्रक्रियालाई, ‘गरुडले आफ्ना बच्चालाई सुरक्षा गर्ने कुरा’सँग तुलना गरिएको छ । यसकारण यशैया अध्याय ४१ र ४६को अगमवाणीले, पछिल्ला दिनहरूमा परमेश्वर पूर्वमा आउनुहुने र आफ्ना प्रजाहरूलाई बचाउनुहुने कुरालाई जनाउँछ ।

२,००० वर्षअघि परमेश्वर येशू नाउँ लिएर आउनुभयो । येशूज्यूको जन्मस्थानचाहिँ पूर्वी टाढाको देश नभएर यशैयाले प्रकाश देखेको इस्राएल देश थियो । पूर्वी टाढाको देशमा देखा पर्नुहुने अगमवाणीका कोरेसचाहिँ दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ । कोरेसले इस्राएलीहरूलाई बेबिलोनको कैदबाट छुटकारा गराएजस्तै दोस्रो आगमनका ख्रीष्ट पनि, पूर्वको टाढा देशमा जन्मनुहुनेछ र उहाँले जीवनको पानीको सत्यताद्वारा परमेश्वरका प्रजालाई आत्मिक बेबिलोनबाट छुटकारा गराउनुहुनेछ ।


... “महानगरी बेबिलोनको पतन भयो,” . . . “हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ, नत्रता त्यसका पापहरूसँग तिमीहरू पनि सहभागी हुनेछौ, र त्यसका विपत्तिहरू तिमीहरू भोग्नेछौ ।”

https://www.bible.com/bible/1483/REV.18.NNRV


पूर्वी देश, गणतन्त्र कोरिया

पत्मोस टापूबाट पूर्वको पल्लो छेउमा अवस्थित गणतन्त्र कोरिया
पत्मोस टापूबाट पूर्वको पल्लो छेउमा अवस्थित गणतन्त्र कोरिया

The land at the ends of the earth in the east, viewed from Israel where the prophet Isaiah was, and from the island of Patmos where Apostle John received the revelation is the Republic of Korea. The reason the Republic of Korea was prophesied as the place where Jesus would come again among many nations located in the east from Israel, was that the Passover, the seal of God, appeared first in Korea after 1,600 years.
The Passover was abolished at the Council of Nicaea in AD 325. However, the Bible prophesied that the time for the Passover to be restored would come.

यशैया अगमवक्ताले अगमवाणी गरेको इस्राएल, र प्रेरित यूहन्नाले प्रकाश देखेको पत्मोस टापूलाई केन्द्रबिन्दु बनाएर हेर्दा पूर्वको पल्लो छेउको देश गणतन्त्र कोरिया हो । इस्राएलबाट पूर्वमा अवस्थित धेरै देशहरूमध्ये येशूज्यूको दोस्रो आगमन हुने ठाउँ, दक्षिण कोरिया नै हुनुको कारणचाहिँ परमेश्वरको छाप निस्तार-चाड १,६०० वर्षपछि कोरियाबाटै देखा परेकोले गर्दा हो । निस्तार-चाड ई.सं. ३२५मा निकेयाको सम्मेलनद्वारा रद्द भएको थियो । तर निस्तार-चाड पुनर्स्थापना हुने समय आउनेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ ।


सर्वशक्तिमान् परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मीठा-मीठा थोकहरू– छिप्पिएको मद्य, . . . उहाँले यही पर्वतमा सारा मानिसहरूलाई ढाक्ने वस्त्र र सारा जातिलाई छोप्ने तन्ना हटाइदिनुहुनेछ । उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ । . . . त्यस दिन तिनीहरूले यसो भन्नेछन्, “निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ, हामीले उहाँमाथि भरोसा गऱ्यौं र उहाँले नै हामीलाई बचाउनुभयो । उहाँ नै परमप्रभु हुनुहुन्छ, उहाँमाथि हामीले भरोसा गऱ्यौं । उहाँले गर्नुभएको उद्धारमा हामी खुशी होऔं र रमाऔं ।”

https://www.bible.com/bible/1483/ISA.25.NNRV


The purpose of God preparing a banquet of aged wine is to swallow up death forever, in other words, to give us eternal life. In the Bible, the only wine that gives us eternal life is the Passover wine.[१९][२०] “Aged wine” means that the Passover has not been celebrated for a long time since it was abolished in AD 325. The One who restores the Passover is God and the Christ who comes a second time. Also, the place where the Passover is restored is the place where Second Coming Christ begins the work of salvation before the last disaster comes.

परमेश्वरले छिप्पिएको मद्यको भोज लगाउनुको उद्देश्यचाहिँ मृत्युलाई सदाको निम्ति निलिदिन अर्थात् हामीलाई अनन्त जीवन दिनको निम्ति हो । हामीलाई अनन्त जीवन दिलाउने दाखमद्यचाहिँ केवल निस्तार-चाडको दाखमद्य हो । ‘छिप्पिएको मद्य’ भन्नाले ई.सं. ३२५मा रद्द भएदेखि लामो समयसम्म नमनाइएको निस्तार-चाड हो । जसले निस्तार-चाड पुनर्स्थापन गर्नुहुन्छ, उहाँ नै दोस्रो आगमनका ख्रीष्ट अर्थात् परमेश्वर हुनुहुन्छ । अनि निस्तार-चाड पुनर्स्थापना हुने ठाउँ पनि, अन्तिम विपत्ति आउनुअघि दोस्रो आगमनका ख्रीष्टले मुक्तिको कार्य सुरु गर्नुहुने ठाउँ हो ।

दोस्रो आगमनका ख्रीष्टले सत्यता सिकाउनुहुने ठाउँ, सियोन

The prophet Isaiah wrote that the place where the Savior would come is Zion, and Apostle Paul quoted that prophecy in the New Testament.

यशैया अगमवक्ताले मुक्तिदाता आउनुहुने ठाउँ नै सियोन हो भनेर लेखे, अनि प्रेरित पावलले नयाँ करार बाइबलमा सोही अगमवाणीलाई उद्धृत गरे ।

  • “The Redeemer will come to Zion.” (Isaiah 59:20)
  • “मुक्तिदाता सियोनमा आउनुहुनेछ” (यशैया ५९:२०)
  • “The deliverer will come from Zion.” (Romans 11:26)
  • “उद्धारक सियोनबाट आउनुहुनेछ” (रोमी ११:२६)

Zion is the church that God has chosen as the place where He is with His people and the place where the feasts of God are celebrated; it refers to the church that keeps the feasts of the new covenant.[२१][२२][२३] The prophet Micah prophesied that in the last days, God would teach us the way of truth in Zion.

सियोन परमेश्वरले छान्नुभएको ठाउँ हो, जहाँ परमेश्वर आफ्ना प्रजासँग रहनुहुनेछ, र जहाँ परमेश्वरका चाडहरू मनाइन्छ । अर्थात् यसले नयाँ करारका चाडहरू मान्ने मण्डलीलाई जनाउँछ ।  पछिल्ला दिनहरूमा सियोनमा परमेश्वरले हामीलाई सत्यताको मार्ग सिकाउनुहुनेछ भनेर मीका अगमवक्ताले अगमवाणी गरे ।


पछिल्ला दिनहरूमा परमप्रभुका मन्दिरको पहाडचाहिँ पहाडहरूमा प्रमुखझैँ स्थापित हुनेछ, र त्यो सबै डाँडाहरूभन्दा माथि उठाइनेछ, र मानिसहरू त्यहाँ ओइरिएर जानेछन् । धेरै जाति-जातिहरू आएर भन्नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं । उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्न सकौं ।” व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् ।

https://www.bible.com/bible/1483/MIC.4.NNRV


The law going out from Zion in the last days is the new covenant.[२४] The core of the new covenant is the Passover, the seal of God.[२५] God teaches the truth of salvation in spiritual Zion, the church that keeps the feasts of the new covenant, and gathers His people to be saved. In other words, God gives the water of life to the parched world where the truth of life has disappeared.

It is Christ Ahnsahnghong who brought the New Covenant Passover, the seal of God in this age. Ahnsahnghong, who appeared in the Republic of Korea in the east, is the Christ who came a second time to restore the feasts of the new covenant, to rebuild Zion, and to save mankind from disasters.

पछिल्ला दिनहरूमा सियोनबाट निस्कने व्यवस्था भनेकै नयाँ करार हो । अनि नयाँ करारको केन्द्रबिन्दु भनेकै परमेश्वरको छाप, निस्तार-चाड हो । नयाँ करारका चाडहरू मानिने मण्डली रहेको आत्मिक सियोनमा परमेश्वरले मुक्तिको सत्यता सिकाउनुहुनेछ, र मुक्ति पाउने सन्तहरूलाई भेला गर्नुहुनेछ । फेरि भन्नुपर्दा, जीवनको सत्यता नभएर सुक्खा भएको यो संसारलाई परमेश्वरले जीवनको पानी दिनुहुनेछ । यस युगमा परमेश्वरको छाप रहेको नयाँ करार निस्तार-चाड लिएर आउनुभएका व्यक्ति नै आन साङ होङज्यू हुनुहुन्छ । नयाँ करारका चाडहरू पुनर्स्थापना गर्नुभएका, सियोनको पुनर्निर्माण गर्नुभएका र मानव-जातिलाई विपत्तिबाट बचाउन पूर्वी देश गणतन्त्र कोरियामा देखा पर्नुभएका दोस्रो आगमनका ख्रीष्ट नै आन साङ होङज्यू हुनुहुन्छ ।

यो पनि हेर्नुहोस्

बाह्य कडीहरू

सम्बन्धित भिडियो

  • The Parable of the ‘Bird of Prey in the East,’ Which Christ Ahnsahnghong Taught

फुटनोट