क्रूस

क्रूसचाहिँ अधिकांश ख्रीष्टियान मण्डलीहरूले ख्रीष्टियान धर्मको प्रतीकको रूपमा प्रयोग गर्ने प्रतिमा हो । यद्यपि ख्रीष्टको क्रूसीकरणपछि मात्र यो पहिलो चोटि देखा परेको भने होइन, तर प्राचीन समयदेखि नै गैर-ख्रीष्टियान धर्महरूले यसलाई धार्मिक वस्तुको रूपमा पुज्दैआएका थिए । ‘इराकको इतिहास(ancient Near East)’मा, मृत्युदण्डको साधनको रूपमा क्रूस आकारको फ्रेम प्रयोग गर्ने गरिन्थ्यो । शबाथको अघिल्लो दिनमा परेको अखमिरी रोटीको चाडमा, मानव-जातिको पापको प्रायश्चितको निम्ति येशू ख्रीष्ट यरूशलेम बाहिर गलगथाको डाँडामा क्रूसमा टाँगिनुभयो । क्रूसचाहिँ येशूज्यूलाई मात्र होइन तर असंख्य सन्तहरूलाई मृत्युदण्ड दिने साधनको रूपमा प्रयोग गरिएकोले, सुरुको मण्डलीका सन्तहरूले क्रूसलाई आस्थाको प्रतीक मान्नु भनेको असम्भव कुरा थियो । बाइबल र ख्रीष्टियान धर्मको इतिहासमा हेर्ने हो भने सुरुको मण्डलीले आस्थाको प्रतीकको रूपमा क्रूस प्रयोग गरे भनेर कतै पनि लेखिएको छैन । चौथो शताब्दीतिर मण्डली धर्मनिरपेक्ष भएसँगै सत्यता परिवर्तन भयो, र गैर-ख्रीष्टियान धर्मको प्रतीक र मृत्युदण्डको साधनको रूपमा प्रयोग गरिँदैआएको क्रूसलाई मण्डलीमा खडा गरियो ।[१]
क्रूसको उत्पत्ति र प्रयोग
आराधना सामग्रीहरू

खास गरी, क्रूसचाहिँ विभिन्न सभ्यताहरूमा व्यापक रूपले प्रयोग गरिएको पूजा सामग्री थियो । दुई वटा काठद्वारा बनाइएको क्रूसको आकारचाहिँ प्राचीन बेबिलोनको तम्मूज(Tammuz) पूजाबाट उत्पन्न भएको हो भन्ने गरिन्छ ।
“ अहिले प्रयोग गरिने क्रूसको आकारचाहिँ प्राचीन कल्दी(Chaldea)बाट उत्पन्न भएको थियो, र मिश्रदेश लगायत छेउका देशहरूमा तम्मुजलाई [रहस्यमय ताउ(Tau)को आकार, तिनको नाउँको पहिलो अक्षर(T) देवताको प्रतीकको रूपमा प्रयोग गरिएको थियो । “ — Vine's Annotated Dictionary of Old and New Testaments, विलियम एड्वी भाइन, थोमस नेल्सन इन्कर्परेटेड
प्राचीन इजिप्टको मन्दिर र राजाहरूका चिहानमा पनि क्रूसको चिन्ह देख्न सकिन्छ । इजिप्टको लक्जरमा अवस्थित प्राचीन इजिप्टको नयाँ राज्य(ई.पू. १५७०- ई.पू. १०७०)को राजकीय चिहानहरूको ऐतिहासिक स्थल ‘भ्याली अफ द किङ्स’मा तपाईंले, गाँठोसमेत भएको क्रूस, अँख(Ankh) चित्रित भित्तेचित्रहरू देख्न सक्नुहुनेछ ।[२][३] भेरिटस, फोनिसिया(अहिलेको बेरुत, लेबनान)मा प्रयोग गरिने सिक्काको पछाडि भागमा अस्टार्टे देवीले क्रूस बोकेको दृश्य देख्न सकिन्छ, जसलाई फोनिसियालीहरूले पूजा गर्थे ।[४] ई.पू. ८८३-८५९तिर राज्य गरेका निओ-अश्शूरी साम्राज्यका राजा अश्शूर्नसिर्पाल दोस्रोको घाँटीमा क्रूस लगाएको एउटा ढुङ्गाको स्मारक पनि अश्शूरका भग्नावशेषहरूमा भेट्टिएको थियो ।[५] त्यसैले क्रूसको श्रद्धाचाहिँ येशूज्यू क्रूसमा टाँगिनुभन्दा पहिलादेखि नै प्राचीन देशहरूमा लामो समयदेखि चलिआएको धार्मिक चलन थियो ।
मृत्युदण्डको साधन
क्रूसचाहिँ ई.पू. छैटौँ शताब्दीदेखि ई.सं. चौथो शताब्दीसम्म प्राचीन पश्चिममा अपराधीहरूलाई क्रूसमा टाँगेर मृत्युदण्ड दिन प्रयोग गरिएको फ्रेम थियो ।[६][७] भनिन्छ, क्रूसीकरणलाई आविष्कार गरेका मानिसहरूचाहिँ कार्थेजका फोनिसियालीहरू अथवा फारसीहरू थिए । यसले प्राचीन बेबिलोन (बेबिलोनिया), मिश्र, र अश्शूरका मानिसहरूमा पनि प्रभाव पारेको थियो । फारसमा क्रूसीकरणको बारेमा सिकेका अलेक्जेण्डर महान्ले ग्रीसमा समेत यो प्रथा फैलाए । अनि जब रोमीहरूले चाहिँ दोस्रो प्यूनिक युद्ध जिते तब तिनीहरूले कार्थेजको फोनिसियालीहरूबाट यसबारे सिके, र रोमी साम्राज्यमा प्रयोग गरे । पछि रोमी साम्राज्यले, अपराधीहरूलाई सबैभन्दा क्रूर र कठोर तरिकाले मृत्यु दण्ड दिन क्रूसीकरणलाई प्रयोग गऱ्यो । क्रूसीकरणचाहिँ प्रायः दोषी व्यक्तिलाई क्रूसमा बाँधेर वा झुण्ड्याएर दिइने मृत्युदण्ड थियो । रोमले यसलाई मुख्यतया जघन्य अपराध गरेका अपराधीहरू, देशद्रोहीहरू, र दासहरूलाई सजाय दिनलाई प्रयोग गऱ्यो । क्रूसीकरणचाहिँ सबैभन्दा क्रूर र अपमानजनक दण्ड थियो । रोमी वकील जुलियस पउलसद्वारा सङ्कलन गरिएको फौजदारी संहिताका अनुसार रोमको पालामा ३ किसिमका सजायलाई सबैभन्दा क्रूर सजाय मानिन्थ्यो, जसमध्येको पहिलोचाहिँ क्रूसीकरण थियो । रोमी राजनीतिज्ञ सिसेरोले क्रूसीकरणलाई “सबैभन्दा क्रूर र घृणित दण्ड” भनेर व्यक्त गरे, अनि यहूदी इतिहासकार जोसेफसले चाहिँ यसलाई “सबैभन्दा कठोर मृत्यु” भनेर व्यक्त गरे ।[८]
त्यो समयमा क्रूसीकरणका विभिन्न तरिकाहरू थिए । सामान्यतया दोषी मानिसलाई कोर्रा लगाइन्थ्यो, र त्यसलाई क्रूसको तेर्सो काठलाई सजाय स्थलसम्म घिसार्न लगाइन्थ्यो, जहाँ क्रूसको ठाडो भागचाहिँ जमिनमा पहिल्यै तय भइसकेको हुन्थ्यो । दोषीका दुवै हातलाई तन्काएर त्यसका दुवै नाडीमा बेसरी कीला ठोकी चरम पीडा दिइन्थ्यो । त्यसपछि क्रूसको तेर्सो काठलाई ठाडो काठसम्म माथि उठाइन्छ, जुनचाहिँ जमिनबाट लगभग ९ देखि १२ फिट (करीब ३ मिटर) जति हुन्छ । त्यसपछि दोषीको गोडालाई बेसरी बाँधेर ठाडो काठमा कीलाले ठोकिन्थ्यो । विज्ञहरूका अनुसार क्रूसीकरणले शारीरिक रूपमा चरम र घातक पीडा निम्त्याउँछ । दोषीलाई ठाडो गरी झुण्डाउँदा त्यसका मांसपेशीहरूमा असर पर्छ, डायफ्रामले राम्ररी काम गर्न सक्दैन, जसले गर्दा रक्त सञ्चारमा समस्या, अङ्ग निष्क्रियता, श्वास-प्रश्वासमा अवरोध, झटका र अन्तिममा मृत्यु निम्त्याउन सक्छ ।[९][१०]
क्रूसका प्रकार
युग र क्षेत्रका आधारमा विभिन्न आकारमा क्रूसहरू बनाइन्थ्यो । उदाहरणको लागि प्राचीन मिश्रमा प्रयोग गरिने अँख क्रूस, सेल्ट जातिको सूर्य देवता पुज्ने विधिबाट व्युत्पन्न भएको सेल्टिक क्रूस, पश्चिमी मण्डलीहरूमा प्रयोग गरिने ल्याटिन क्रूस, र दोस्रो विश्व युद्धको समयमा नाजीको चिन्हको रूपमा प्रयोग गरिएको स्वस्तिक क्रूस । क्याथोलिक मण्डलीमा विभिन्न प्रकारका क्रूसहरू छन् । क्याथोलिक विश्वकोशको कुनै एउटा पेजमा ४० वटा विभिन्न किसिमका क्रूसहरू देख्न सकिन्छ । गैर-ख्रीष्टियान धर्मको प्रभावविना यदि येशूज्यूको बलिदानलाई मात्र दर्शाउने हो भने पनि सबै मण्डलीहरूमा एकै किसिमको क्रूस हुनुपर्छ । मण्डलीभित्र धेरै किसिमका क्रूसहरू छन् भन्ने यथार्थताद्वारा क्रूसचाहिँ विभिन्न गैर-ख्रीष्टियान धर्महरूको प्रभावमा परेर बनाइएको चीज हो भन्ने कुरा जान्न सकिन्छ ।
ख्रीष्टियान धर्ममा क्रूस भित्रियो
इतिहास
Christian churches began to use the cross as a symbol of Christianity from the time of Constantine I of the Roman Empire (reigned A.D. 306–337). This proves that the church had not set up the cross for almost 300 years after Jesus until the time of Constantine. Among the Romans, there was a general feeling of disgust that crucifixion was an instrument of execution only for the most notorious criminals. There was no danger of beautifying the cross by sentiment for the early Christians, surrounded by crucifixion as a grim fact of common experience. This is because the cross was one of the instruments used by the Roman Empire to execute Christians while persecuting the early Church. It is said that Apostle Peter was also martyred, hanging upside down from the cross. It was in the time of Constantine that crucifixion was abolished.
रोमी साम्राज्यका कन्स्टेन्टाइन पहिलोको पालादेखि ख्रीष्टियान मण्डलीहरूमा क्रूसलाई ख्रीष्टियान धर्मको प्रतीकको रूपमा प्रयोग गर्न थालिएको हो (ई.सं. ३०६-३३७सम्म) ।[१२] यसले, येशूज्यूपछि करीब ३०० वर्ष अर्थात् कन्स्टेन्टाइनको पालासम्म पनि मण्डलीमा क्रूस राखिएको थिएन भन्ने कुरालाई प्रमाणित गर्दछ । रोमीहरूले क्रूसीकरणचाहिँ सबैभन्दा जघन्य अपराधीहरूलाई मात्र मृत्युदण्ड दिइने साधन हो भन्ने खालको घृणाको भाव लिएका थिए । सुरु-सुरुका ख्रीष्टियानहरूका लागि, क्रूसचाहिँ नाम मात्र लिँदा पनि डरले काँप्ने साधन थियो । त्यसैले यसलाई सौन्दर्यीकरण गर्नु जोखिमको विषय थिएन ।[१२] कारण क्रूसचाहिँ रोमी साम्राज्यले सुरुको मण्डलीका सन्तहरूलाई सताउने क्रममा ख्रीष्टियानहरूलाई मृत्युदण्ड दिनलाई प्रयोग गरेको साधन थियो । भनिन्छ, कि प्रेरित पत्रुस पनि क्रूसमा उँधोमुन्टो झुण्डाइएर शहीद भएका थिए ।[१३][१४] अन्ततः कन्स्टेन्टाइनको पालामा आएपछि बल्ल क्रूसीकरण प्रथा रद्द गरियो ।
“ तिनले(कन्स्टेन्टाइनले) क्रूसलाई विशेष श्रद्धाको दृष्टिले हेरे । . . . तिनले अदालतको सहयोगद्वारा रोमीहरूको बीचबाट क्रूसीकरणको प्रथालाई हटाए । “ — Nicene and Post-Nicene Fathers: दोस्रो शृङ्खला खण्ड २ सुकरात, सोजोमेनस : Church Histories, कोसिमो क्लासिक्स, सन् २००७, पेज २४५
The persecution of Christianity by the Roman Empire ended when Constantine I promulgated the Edict of Milan in 313 and recognized Christianity. Constantine I had a preferential policy for Christianity and issued more than 30 kinds of coinage symbolizing Christianity, and these coins were engraved with a cross. With the support of the emperor, the Roman Church (now the Roman Catholic Church) expanded and adopted the religious customs of pagans who converted to Christianity. One of them was the worship of the cross. In the Roman Catholic Church, the mother of Constantine I, Helena, who was called a "saint," claimed that she discovered the True Cross. Moreover, between 320 and 345, the Roman Catholic Church built the Monastery of the Cross and the Church of the Resurrection of Christ in Jerusalem on the pretext that they needed a church to place the cross where Jesus died. After that, they established a feast for the dedication of the church and began to recognize the cross as an object of honor. It was not until the year 431 that the crosses began to be hung inside the church. Around 568, a cross was installed on a church steeple. In 692, through the Church Council in Trullo, worshiping the cross was strengthened. After the Second Council of Nicaea officially adopted the cross worship in 787, most of churches in the world have been making various kinds of crosses and worshiping them until today.
ई.सं. ३१३मा कन्स्टेन्टाइन पहिलोले मिलानो आदेश जारी गरेर ख्रीष्टियान धर्मलाई मान्यता दिएपछि ख्रीष्टियान धर्मप्रतिको रोमी साम्राज्यको सतावट रोकियो । कन्स्टेन्टाइन पहिलोले ख्रीष्टियानहरूलाई प्राथमिकता दिने नीति लागू गर्दै ख्रीष्टियान धर्मलाई सङ्केत गर्ने ३० किसिमका सिक्काहरू जारी गरे, जसमा क्रूस कुँदिएको थियो ।[१५] अनि सम्राटको समर्थनद्वारा रोमी मण्डली(हाल रोमन क्याथोलिक मण्डली) विस्तार हुँदैगयो, र त्यसले ख्रीष्टियानमा धर्ममा लागेका अन्यजातिहरूको धार्मिक रीतिलाई अपनायो ।[१६] तीमध्येको एक नै क्रूसपूजा थियो । रोमन क्याथोलिक मण्डलीमा कन्स्टेन्टाइन पहिलोकी आमा हेलेना, जो एक ‘सन्त’ थिइन्, तिनले आफूले साँचो क्रूस पत्ता लगाएको कुरा दाबी गरिन् । यसबाहेक ई.सं. ३२०देखि ३४५को बीचमा रोमन क्याथोलिक मण्डलीले, येशूज्यूले मृत्यु भोग्नुभएको ठाउँमा क्रूस खडा गरिनका लागि त्यहाँ एउटा मण्डली हुनुपर्छ भन्ने बहानामा, क्रूसको मठ लगायत यरूशलेममा ख्रीष्टको पुनरुत्थान मण्डली निर्माण गऱ्यो । त्यसपछि तिनीहरूले मण्डली समर्पणको लागि चाड स्थापना गरेर क्रूसलाई आदरको वस्तु मान्न थाले ।[१७] मण्डलीभित्र क्रूस राख्न थालिएको चाहिँ ई.सं. ४३१पछि देखि हो । ई.सं. ५६८तिर क्रूसलाई मण्डलीको धुरीमा ठड्याइयो ।[१८] अनि ई.सं ६९२मा, ट्रुलो मण्डली परिषदद्वारा क्रूसको श्रद्धालाई बढावा दिन थालियो । ई.सं. ७८७मा निकेया दोस्रो धार्मिक सम्मेलनले क्रूसपूजालाई आधिकारिक रूपमा मान्यता दिएसँगै, संसारका अधिकांश मण्डलीहरूमा विभिन्न किसिमका क्रूसहरू बनाउन थालियो, जसलाई आजसम्म पनि पुज्ने गरिन्छ ।[१७]
“ “ई.सं. ४३१तिर मण्डलीमा र कक्षहरूमा क्रूस भित्रिन थाल्यो, र ई.सं. ५६८तिर धुरीहरूमा क्रूस राख्न थालियो ।” “ — Haydn's Dictionary of Dates, Joseph Haydn et al., E. Moxon and Co., सन् १८६६, पेज २२०
विवाद
Most churches in the world have crosses attached to their pulpits or steeples. However, it is not well-known to lay members that there were controversies for and against the installation of the cross in the Christian world. Reformers in the 16th century severely criticized the worship of the cross and urged a restoration of faith based on the teachings of the Bible. Jean Calvin, a French religious reformer in the 16th century, forbade the worship of the cross idol in his book, Institutes of the Christian Religion, by saying that as soon as we made God into a visible image, we cannot help but worship it.
संसारका अधिकांश मण्डलीका धुरीहरूमा र प्रवचन टेबिलमा क्रूस राखिएको हुन्छ । तर ख्रीष्टियान संसारमा क्रूस स्थापना गर्न हुने/नहुने विषयमा विवादहरू उठेका थिए भन्ने कुरा सन्तहरूलाई थाहा छैन । १६औँ शताब्दीमा धर्म-सुधारकहरूले क्रूसपूजाको चर्को आलोचना गर्दै, बाइबलका शिक्षाहरूमा आधारित विश्वास पुनर्स्थापनको लागि आग्रह गरे । १६औँ शताब्दीमा फ्रान्सेली धर्म-सुधारक जिन केल्विनले आफ्नो पुस्तक ‘Institutes of the Christian Religion’मा क्रूस पूजालाई निषेध गर्दै यसो भने, “परमेश्वरको मूर्ति बनाएको त, उहाँलाई पुज्नका लागि पो हो त ।”
“ ७. साँचो सुसमाचार प्रचारद्वारा ख्रीष्ट हाम्रो आँखाअगि देखिनुहुन्छ र क्रूसमा टाँगिनु पनि हुन्छ (गला ३:१) । यदि यो सिद्धान्तलाई विश्वास र इमान्दारिताका साथ प्रचार गरिएका भए काठ, ढुङ्गा, सुन र चाँदीका यत्तिका धेरै क्रूसहरूलाई मण्डलीमा खडा गरिन के जरुरत् पर्थ्यो र ? हामीलाई हाम्रा सरापबाट छुटाउन ख्रीष्ट स्वयम् काठमा झुण्डिनुभयो (गला ३:१३), अनि हाम्रा पापको लेखि उहाँले क्रूसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो (१ पत्र २:२४), उहाँले आफ्नो रगतद्वारा हाम्रा पापहरू पखालिदिनुभयो अर्थात् पिता परमेश्वरसँग हामीलाई मिलन गराउनुभयो । मानिसहरूले काठ र ढुङ्गाका हजारौँ क्रूसहरूबाट भन्दा, यो एउटा सिद्धान्तबाट धेरै कुरा सिक्न सक्छन् । “
“ ९. परमेश्वरलाई दृश्य रूपमा बनाउने बित्तिकै, उहाँको शक्ति तुरुन्तै त्यसमा पनि प्रवाह हुन्छ भनी मानिसहरू सोच्दछन् । मानिसहरू यति मूर्ख छन्, कि तिनीहरूले परमेश्वरलाई जहाँ पायो त्यहीँ बनाइहाल्छन्, र आत्मसन्तुष्टिका लागि त्यसैको पूजा गर्न थाल्छन् । तसर्थ मूर्तिलाई पुज्नु र परमेश्वरको मूर्तिलाई पुज्नुमा केही भिन्नता छैन । “ — Institute of the Christian Religion, Vol 1, जीन केल्विन, ख्रीष्टियान क्लासिक्स इथेरियल पुस्तकालय, ग्रान्ड ऱ्यापिड्स, MI, सन् १८४५, पेज १०१-१०२
Many reformers such as Huldrych Zwingli and John Knox refused to worship the cross as well as pictures or images of sacred figures and sculptures because those images lead to idolatry. Thus, they banned churches from installing any decorations or images in the church.[१९][२०] Today, the World Mission Society Church of God, too, reject the cross, which is a form of idol, and do not set it up according to the teachings of the Bible.
हल्डरिस ज्विङ्ली र जोन नक्सजस्ता धर्म सुधारकहरूले क्रूस लगायत पवित्र सन्तहरूको प्रतिमा र मूर्तिलाई पुज्न इन्कार गरे । कारण ती प्रतिमाहरूले मूर्तिपूजातर्फ डोऱ्याउँछ । त्यसैले तिनीहरूले मण्डलीमा कुनै पनि प्रतिमा अथवा सजावटका वस्तुहरू राख्न प्रतिबन्ध गरे । वर्तमान समयमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले पनि मूर्ति रहेको क्रूसलाई इन्कार गर्छ, र बाइबलको शिक्षाअनुसार यसलाई राख्दैन ।
क्रूसको श्रद्धा मूर्तिपूजा हो
बाइबलको शिक्षा
The second of the Ten Commandments warns us not to make idols or worship them in any image. There is no record in the Bible that it is okay to make an exception to the image of a cross. Regardless of how much you worship a cross or depend on the image of the cross, making it to serve God itself is an act of rebelling against the commandment. God told us not to compare Him to any images. When it comes to worshiping God, we must never make anything with materials nor honor it.
दश आज्ञामध्येको दोस्रो आज्ञामा कुनै पनि किसिमको मूर्ति नबनाउन र तिनीहरूको पूजा नगर्न स्पष्ट रूपमा भनिएको छ ।[२१] बाइबलमा कतै पनि क्रूसको आकारको मूर्तिचाहिँ बनाउँदा हुन्छ भन्ने वचन छैन । त्यसैले परमेश्वरको सेवा गर्नको लागि क्रूसको प्रतिमालाई जतिसुकै पूजा गर्दै विश्वास गरे पनि मूर्ति बनाउने कुरा आफैमा परमेश्वरको आज्ञा उल्लङ्घन गर्ने कार्य हो । यसकारण परमेश्वरले उहाँलाई कुनै मूर्तिसँग तुलना नगर्नू भन्नुभयो । परमेश्वरको आराधना गर्ने सन्दर्भमा, हामीले कदापि धातुद्वारा कुनै वस्तु बनाएर त्यसको पूजा गर्नुहुँदैन ।
मसँगसँगै तिमीहरूले अरू देवताहरू नबनाउनू । तिमीहरूले चाँदीका देवताहरू, सुनका देवताहरू आफ्ना निम्ति नबनाउनू ।
आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू । तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू ।”
The Bible forbids relying on or worshiping idols made of gold, silver, wood, or stone. The cross made of wood or other materials is also an idol mentioned in the Bible. The Bible teaches that idols made of these materials have no power to curse or bless people, and warns that those who make and worship idols will be cursed.
बाइबलमा सुन, चाँदी, काठ वा ढुङ्गाले बनेका मूर्तिहरूमा भरोसा गर्न वा पुज्न निषेध गरिएको छ ।[२२] बाइबलमा काठ वा अन्य धातुद्वारा बनाइएको क्रूसलाई पनि मूर्ति भनिएको छ । यस्ता धातुद्वारा बनाइएका मूर्तिहरूमा मानिसहरूलाई श्राप वा आशिष् दिने शक्ति हुँदैन[२३] र यस्ता मूर्ति स्थापना गर्ने वा पूजा पर्ने मानिस श्रापित हुनेछ भनेर बाइबलमा शिक्षा दिइएको छ ।[२४]
क्रूसपूजाको अगमवाणी
The history of the Israelites written in the Bible prophesied that the church would worship the cross. The Israelites left Egypt by the power of God 3,500 years ago, and headed toward Canaan. As they were told to take a farther route, they grumbled and complained against God and Moses. Then, God’s wrath came upon them, and many of them were bitten by venomous snakes in the desert and died. Moses prayed to God for the people, and God asked Moses to make a bronze snake and put it on a pole. Then, He said, “Anyone who is bitten can look at it and live.” When Moses did what God said, the Israelites lived by looking up at the bronze snake on the pole. It was God’s word and power that made them live. The bronze snake itself was just a material and tool, and it had no power to save people. However, because of their wrong belief, the Israelites worshiped the bronze snake until the time of King Hezekiah for approximately 800 years. King Hezekiah, who was called a religious reformer of South Judah, broke the bronze snake that had occupied the hearts of the people and called it Nehushtan (a piece of bronze). The case of the bronze snake in the Old Testament was a prophecy about the crucifixion of Jesus in the New Testament.
बाइबलमा लेखिएको इस्राएलीहरूको इतिहासमा, वर्तमान मण्डलीहरूले क्रूसपूजा गर्नेछन् भन्ने कुरा अगमवाणी गरिएको थियो । ३,५०० वर्षअघि परमेश्वरको शक्तिद्वारा इस्राएलीहरू मिश्रबाट निस्केर कनानतिर लागे । लामो बाटो हिँड्नुपर्दा, तिनीहरूले परमेश्वर र मोशाको विरुद्धमा गनगन र गुनासो गरे ।[२५] तब परमेश्वरको क्रोध तिनीहरूमाथि खनियो र उजाड-स्थानमा विषालु सर्पको टोकाइमा परेर तिनीहरूमध्ये धेरै जना मरे ।[२६] त्यसपछि मोशाले मानिसहरूका निम्ति परमेश्वरलाई बिन्ती गरे[२७] र उहाँले मोशालाई काँसाको सर्प बनाएर खामामा झुण्ड्याउन भन्नुभयो । परमेश्वरले भन्नुभयो, “सर्पले डसेकाहरूले त्यसलाई हेरेपछि तिनीहरू बाँच्नेछन् ।”[२८] मोशाले परमेश्वरको वचनअनुसार गर्दा, खामामा झुण्ड्याइएको काँसाको सर्पलाई हेरेपछि इस्राएलीहरू बाँचे । वास्तवमा तिनीहरूलाई बचाएको चाहिँ “काँसाको सर्पलाई हेरेपछि बाँच्नेछन्” भन्ने परमेश्वरको वचनको शक्तिले थियो । काँसाको सर्प आफैमा एउटा भौतिक चीज मात्र थियो । त्यसमा मानिसहरूलाई बचाउने शक्ति थिएन । तर आफूले गलत आस्था लिन पुगेकाले तिनीहरूले हिजकिया राजाको समय अर्थात् करीब ८०० वर्षसम्म काँसाको सर्पलाई पुजे । दक्षिण यहूदाका धर्म सुधारक कहलिएका हिजकिया राजाले, मानिसहरूको मन-मस्तिष्कमा डेरा जमाएको काँसाको सर्पलाई टुक्रा-टुक्रा पारिदिए र त्यसलाई ‘नहूश्तान’(काँसाको टुक्रा) भने ।[२९] पुरानो करारमा घटेको काँसाको सर्पको घटनाचाहिँ नयाँ करारको समयमा येशूज्यूको क्रूसीकरण सम्बन्धी अगमवाणी हो ।
“जसरी मोशाले उजाड-स्थानमा सर्पलाई उचाले, त्यसरी नै मानिसको पुत्र उचालिनुपर्छ, र जस-जसले उहाँमाथि विश्वास गर्छ, त्यसले अनन्त जीवन पाउँछ ।”
In the Old Testament times, the Israelites were saved by the power of God’s word, “Anyone who is bitten can look at it [the bronze snake] and live.” It shows that the saints in the New Testament will be saved through the sacrifice and power of Jesus on the cross. However, in the Old Testament times, the Israelites worshiped the visible bronze snake, forgetting the power of God’s word. Likewise, in the New Testament times, many Christians forget the sacrifice of Jesus shedding precious blood on the cross, but they honor a visible image of cross itself. Many times, the apostles of the early Church mentioned that the cross is merely an execution tool and a piece of wood, just as a bronze snake is merely a piece of bronze.
पुरानो करारको समयमा “सर्पले डसेकाहरूले त्यसलाई(काँसाको सर्पलाई) हेरेपछि तिनीहरू बाँच्नेछन्” भन्ने परमेश्वरको शक्तिशाली वचनद्वारा इस्राएलीहरू बाँचेका थिए । त्यो इतिहासले, येशूज्यूको क्रूसको बलिदान र शक्तिद्वारा नयाँ करारका सन्तहरू बचाइनेछन् भन्ने कुरा देखाउँछ । तर पुरानो करारको समयमा, इस्राएलीहरूले परमेश्वरको वचनको शक्तिलाई बिर्सेर आँखाअगिको त्यो काँसाको सर्पलाई पुजे । त्योजस्तै नयाँ करारको समयमा पनि धेरै ख्रीष्टियानहरूले क्रूसमा अनमोल रगत बगाउनुभएका येशूज्यूको बलिदानलाई बिर्सेर, क्रूसको दृश्य स्वरूपलाई मात्र आदर गरिरहेका छन् । जसरी काँसाको सर्पचाहिँ काँसाको टुक्रा मात्र हो, त्यसरी नै क्रूस पनि काठको टुक्रा र मृत्युदण्डको साधन मात्र हो भनेर सुरुको मण्डलीका प्रेरितहरूले धेरै पटक उल्लेख गरेका छन् ।[३०][३१]
क्रूसको महत्त्व
The Bible shows that the salvation of mankind was not accomplished through the image of a cross, but through Jesus’ precious blood of sacrifice. The essence of the New Covenant that Jesus established with His precious blood is the Passover. So Apostle Paul, who said that he had nothing to boast about except the cross of Christ, celebrated the sacrifice of Christ through the Passover of the new covenant, and preached it. If we want to boast about Jesus’ sacrifice on the cross, we shall keep and preach the Passover of the new covenant not the image of the cross.
मानव-जातिको मुक्तिचाहिँ क्रूसको प्रतिमाद्वारा होइन तर येशूज्यूको बलिदानको अनमोल रगतद्वारा पूरा भएको हो भनेर बाइबलले बताएको छ ।[३२][३३] येशूज्यूले आफ्नो अनमोल रगतद्वारा स्थापना गर्नुभएको नयाँ करारको केन्द्रबिन्दु नै निस्तार-चाड हो । त्यसैले पावलले, ख्रीष्टको क्रूस बाहेक मसित घमण्ड(गर्व) गर्ने कुरा अरू केही छैन भन्दै, नयाँ करार निस्तार-चाडद्वारा ख्रीष्टको बलिदानमा सहभागी भए र त्यसको प्रचार गरे । यदि हामी पनि येशूज्यूको क्रूसको बलिदानमा गर्व गर्न चाहन्छौं भने हामीले पनि क्रूसको प्रतिमा ठड्याएर होइन, तर नयाँ करार निस्तार-चाड मानेर यसको प्रचार गर्नुपर्छ ।
किनकि प्रभुबाट मैले जे पाएँ, सो तिमीहरूलाई सुम्पी पनि दिएँ, अर्थात् जुन रात उहाँ पक्राउ पर्नुभयो, त्यो रात प्रभु येशूले रोटी लिनुभयो, . . . “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो । जहिले-जहिले तिमीहरू यो पिउँछौ, मेरो सम्झनामा यो अक्सर गर ।” किनभने जहिले-जहिले तिमीहरू यो रोटी खान्छौ र यस कचौराबाट पिउँछौ, उहाँ नआउञ्जेल तिमीहरू प्रभुका मृत्युको घोषणा गर्दछौ ।
यो पनि हेर्नुहोस्
References
- ↑ "Cross", Britannica
- ↑ Looking out from Ramses V_VI tomb in Valley of Kings on West Bank of Luxor Egypt, Wikimedia
- ↑ KV17, the tomb of Pharaoh Seti I of the Nineteenth Dynasty, Valley of the Kings, Egypt, Wikimedia
- ↑ Coin, The British Museum
- ↑ Stela, The British Museum
- ↑ "Crucifixion", WORLD HISTORY ENCYCLOPEDIA
- ↑ "Cross"। Bible Study Tools।
- ↑ "The history and pathology of crucifixion"। National Library of MedicinePub Med। डिसेम्बर २००३।
- ↑ "Crucifixion"। Britannica।
- ↑ The Medical Evidence, PART 3 Researching the Resurrection, THE CAUSE OF DEATH, The Case for Christ Zondervan Publishing House, 1998, Lee Strobel, 181–182
- ↑ The Catholic Encyclopedia, Vol. 4, The Encyclopedia Press, Inc., 1913, p. 538
- ↑ १२.० १२.१ Cross, Baker's Dictionary of Theology, Everett F. Harrison, Baker Book House, 1960 pg. 152
- ↑ "John 21:18–19"।
- ↑ Peter Is Crucified Upside Down, 1001 Days That Shaped the World, Michael Wood, Quintessence, October 13, pg. 89
- ↑ A Study on the First Christian Coins of the Emperor Constantine, Korea Citation Index, 2018
- ↑ Constantine, Christianity and pagan customs, A Lion Handbook, The History of Christianity, Tim Dowley, Lion Publishing 1977, pg. 141
- ↑ १७.० १७.१ The Cross, In Tradition, History, And, Art, Rev. William Wood Seymour, The Knickerbocker Press, 1898, pg. 185, pg. 399
- ↑ [Special Feature ● Luther's 500 Years of Religious Reformation – Church of God and Truth in the Bible] What are they believing and practicing?, Monthly JoongAng, November 17, 2017
- ↑ Precise Guidelines Needed for 'Cross in the Chapel', The Christian Newspaper, April 11, 2016
- ↑ Church of God General Pastor Interview, Woman DongA, February 4, 2021
- ↑ "Exodus 20:4–6"।
- ↑ "Leviticus 26:1"।
- ↑ "Jeremiah 10:1–5"।
- ↑ "Deuteronomy 27:15"।
- ↑ "Numbers 21:4–5"।
- ↑ "Numbers 21:6"।
- ↑ "Numbers 21:7"।
- ↑ "Numbers 21:8–9"।
- ↑ "2 Kings 18:3–4"।
- ↑ "Galatians 3:13"।
- ↑ "1 Peter 2:24"।
- ↑ "Ephesians 1:7"।
- ↑ "1 Peter 1:18-19"।