ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवक सङ्गठन)

ASEZ WAOचाहिँ विश्वका १७५ वटा देशहरूमा भएका ७,५०० वटा परमेश्वरको मण्डलीका जागिरे युवा सन्तहरूद्वारा गठित एक अन्तर्राष्ट्रिय स्वयंसेवक सङ्गठन हो । यसको आधिकारिक नाम ASEZ WAO, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, जागिरे युवा स्वयंसेवक सङ्गठन हो । ज्ञान, जोश, सकारात्मक ऊर्जा र व्यावहारिक सीप भएका युवाहरूले आफ्ना छिमेकी र समाजको हेरचाह गर्न, वातावरण संरक्षणमा नेतृत्व लिन र मानवता र पृथ्वीको दिगो विकासमा योगदान पुऱ्याउन यो क्याम्पेन सुरु गरेका हुन् । ‘Campaigns for Us’(मानवीय क्याम्पेन) र ‘Campaigns for Earth’(वातावरण क्याम्पेन) भन्ने मूल नाराका साथ उनीहरूले विपत्ति राहत, कल्याण प्रवर्द्धन, जलवायु परिवर्तन प्रतिक्रिया तथा प्लास्टिक प्रयोग न्यूनीकरण जस्ता विभिन्न गतिविधिहरू गर्छन् ।

ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवक सङ्गठन)
सङ्गठनको लोगो
सङ्गठनको लोगो
स्थापना (वर्ष)सन् २०१७ जुलाई ३०
वर्गीकरणअन्तर्राष्ट्रिय स्वयंसेवा संस्था
आबद्धपरमेश्वरको मण्डली विश्व सुसमाचार समाज
वेबसाइटASEZWAO.ORG
ASEZ WAO आधिकारिक युट्युब

ASEZ WAOको परिचय

नामको अर्थ

ASEZचाहिँ ‘Save the Earth from A to Z’को संक्षिप्त रूप हो, जसको अर्थ ‘सुरुदेखि अन्त्यसम्म पृथ्वीलाई बचाऔं’ हो । अनि WAOको अर्थचाहिँ ‘We Are One family(हामी एउटै परिवार हौं)’ हो । यी दुई शब्दावलीलाई एकसाथ जोडेर लेख्दा ‘ASEZ WAO’ हुन्छ, जसको अर्थ हो, “हामी एउटै परिवार भएर सुरुदेखि अन्त्यसम्म पृथ्वीलाई बचाऔं ।”[१]

 
ASEZ WAOको अर्थ
 
ASEZ WAOद्वारा, कोरियाको इन्छनको सोङदो अन्तर्राष्ट्रिय नगरको सेन्ट्रल पार्कमा सरसफाइ





स्थापना र भिजन

ASEZ WAOचाहिँ परमेश्वरले सृष्टि गर्नुभएको वातावरण संरक्षण गर्न र मानव-जातिमाझ शान्ति र खुशी प्रवर्द्धन गर्नका लागि वर्तमान र भविष्यका कर्णाधार रहेका युवाहरूको जोशद्वारा सुरु गरिएको सङ्गठन हो । परमेश्वरको मण्डलीका जागिरे युवा सन्तहरूले IWBA(अन्तर्राष्ट्रिय जागिरे युवा बाइबल एकेडेमी)बाट सिकेका परमेश्वरको शिक्षा अनि आफ्नो सम्बन्धित विधाबाट आर्जन गरेका पेशागत ज्ञानको आधारमा, यो संसारलाई अझ उत्तम र स्वच्छ बनाउन प्रयत्न गरिरहेका छन् । ASEZ WAOको मिसन यसप्रकार छ :

  • ‘आफ्नो छिमेकीलाई प्रेम गर’ भन्ने ख्रीष्टको शिक्षाअनुसार सबै मानिसहरूमाझ प्रेम बाँड्नु ।
  • ‘मानव-जाति एक हो’ भन्ने विश्वासद्वारा, सबै समस्याहरू समाधान गर्न निःस्वार्थ स्वयंसेवा गर्नु ।
  • जीवन र प्रेमको जग हुनुभएकी ‘आमाको मन’द्वारा मानव-जाति र पृथ्वीलाई प्रेम गर्नु, अनि एक जनालाई पनि नछुटाई सबै जना खुशी हुने संसार बनाउनु ।

ASEZ WAOको भिजनचाहिँ एउटा यस्तो हर्षपूर्ण संसार बनाउनु हो, जहाँ विश्वभरिका युवाहरू एकै मनद्वारा एकताबद्ध हुन्छन्, र जहाँ विश्वव्यापी गाउँका मानिसहरू आमाको प्रेममा एक हुन्छन् । यो भिजनलाई कार्यान्वयन गर्न ASEZ WAOले ३ चरणको रोडम्याप तयार गरेको छ । यसको उद्देश्यचाहिँ ① जनचेतना जगाउनु, ② अर्थपूर्ण गतिविधिहरू गर्नु, ③ मानव-जाति र पृथ्वीको दिगो विकासका लागि अन्तर्राष्ट्रिय समुदायसँग साझेदारी र सहकारिता गर्नु हो ।[२]

 
रोडम्याप

मुख्य गतिविधि

ASEZ WAOले दुई वटा मुख्य नाराका साथ ८ वटा क्षेत्रहरूमा विभिन्न गतिविधिहरू गर्ने गर्दछ : Campaigns for Us (मानवीय क्याम्पेन) र Campaigns for Earth (वातावरण क्याम्पेन) । यसको अतिरिक्त ▶ यसले जनचेतना जगाउन फोरम र गोष्ठीको आयोजना गर्दछ, ▶ अनि राष्ट्रियता, संस्कृति र धर्मको परवाह नगरी विभिन्न देशका युवाहरूसँग, र विभिन्न क्षेत्रका विज्ञहरूसँग साझेदारी सम्झौताद्वारा सम्मेलनहरू आयोजना गर्दछ । ▶ साथै यसले अन्तर्राष्ट्रिय समुदायको साझा लक्ष्य रहेको दिगो विकास लक्ष्य[SDGs] कार्यान्वयनका लागि काम गर्दै अन्य धेरै देशहरूलाई पनि सहभागी गराउँछ । यसरी, आफ्नो समुदायसँग मिलेर उज्ज्वल र आशामय भविष्य निर्माण गर्न प्रयासरत युवाहरूको प्रगतिशील गतिविधिहरूले जीवनका सबै क्षेत्रहरूबाट समर्थन र प्रोत्साहन पाइरहेको छ ।

Campaigns for Us(मानवीय क्याम्पेन) Campaigns for Earth(वातावरण क्याम्पेन)
शैक्षिक सहयोग जलवायु परिवर्तन प्रतिक्रिया
कल्याण प्रवर्द्धन प्लास्टिकको प्रयोग न्यूनीकरण
आपतकालीन राहत स्थलगत पारिस्थितिक प्रणाली संरक्षण
संस्कृति आदानप्रदान समुद्री पारिस्थितिक प्रणाली संरक्षण

ASEZ WAO क्याम्पेन

यसमा ६ वटा मुख्य क्याम्पेनहरू छन् ।[१]

Green Workplace Mother's Forest No More GPGP Green Earth Blue Ocean Heart to Heart
कार्यक्षेत्रमा वातावरण मैत्री गतिविधि वृक्षारोपण प्लास्टिकको प्रयोग न्यूनीकरण सहर तथा वन सरसफाइ समुद्र तथा खोला सरसफाइ प्रोत्साहन गतिविधि

ASEZ WAOका सदस्यहरूले प्राय: आफ्नो कार्यक्षेत्रमै व्यक्तिगत रूपमा गतिविधिहरू गर्छन्, र फुर्सदको समय अथवा बिदाको बेलामा चाहिँ एकसाथ जम्मा भएर सामूहिक रूपमा गतिविधिहरू गर्छन् । उनीहरू Green Workplace क्याम्पेन अन्तर्गत पानी र बिजुली बचत गर्ने कार्यमा अग्रसर हुँदै न्यूनतम जीवनशैलीमा जिउन प्रयत्न गर्छन् । यो क्याम्पेनको मुख्य उद्देश्य नै आफ्नो कार्यक्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनु, र आफ्ना सहकर्मीहरूलाई पनि वातावरण संरक्षणबारे सन्देश दिनु हो । जलवायु परिवर्तन र मरुभूमिकरणलाई रोक्न उनीहरू Mother’s Forest क्याम्पेनद्वारा विश्वभरि वृक्षारोपण कार्यमा सक्रियतापूर्वक सहभागी हुने गर्छन् । अनि वातावरण प्रदूषणको प्रमुख कारक रहेको प्लास्टिकजन्य फोहोर र यसको प्रयोगलाई न्यूनीकरण गर्न No More GPGP क्याम्पेन सञ्चालन गर्छन् । यसको अतिरिक्त उनीहरूले Green Earth क्याम्पेनद्वारा, वन लगायत मानिसहरू बसोबास गर्ने सहर सरसफाइ गर्छन्, अनि Blue Ocean क्याम्पेनद्वारा, पानीको गुणस्तरलाई सुधार्न र समुद्री पारिस्थितिक प्रणाली पुनर्स्थापन गर्न प्रयत्न गर्छन् । साथै कोभिड-१९ महामारीको बीचमा पनि उनीहरूले नागरिकहरूको स्वास्थ्य र सुरक्षाप्रति समर्पित रहेका चिकित्साकर्मी लगायत अधिकारीहरूका निम्ति ‘Heart-to Heart’ क्याम्पेन सञ्चालन गरेका  थिए । यो क्याम्पेनद्वारा, उनीहरूले हस्तलिखित पत्र र खाजाको प्याकेट दिएर त्यहाँका कर्मचारीहरूलाई प्रोत्साहन दिएका थिए ।

 
Green Workplace (न्यू विन्डसर, न्यूयोर्क, संयुक्त राज्य अमेरिका)
 
Mother’s Forest (लन्डन, संयुक्त अधिराज्य)
 
No More GPGP (सउल, कोरिया)
 
Heart-to-Heart (लिमा, पेरु)




ASEZ WAO एकेडेमी

 
संयुक्त राष्ट्र संघको मुख्यालयमा भेला

ASEZ WAO एकेडेमीचाहिँ प्रतिभावान् जागिरे युवाहरूलाई अन्तर्राष्ट्रिय मामिलाहरू बुझ्न र समाधान गर्न मद्दत गर्ने एउटा शैक्षिक कार्यक्रम हो । यसको लक्ष्यचाहिँ कर्मचारी र संस्थाको क्षमतालाई बलियो पार्नुका साथै विज्ञ तथा अनलाइन शिक्षणको विशेष व्याख्यानद्वारा विश्वव्यापी पेशेवर सदस्यहरू उत्पादन गर्नु हो । यस पाठ्यक्रममा ३ चरणका १२ वटा व्याख्यानहरू समाविष्ट छन् । शिक्षण पूरा गरेका पेशेवर युवाहरूले आ-आफ्नो कार्यक्षेत्रमा ASEZ WAOका आधिकारिक स्वयंसेवा गतिविधिहरूलाई समर्थन गर्ने, आफ्नो कार्यक्षेत्रमा ASEZ WAO क्याम्पेन तथा गोष्ठीलाई नेतृत्व गर्ने, अनि सम्मेलन, MOU विकास जस्ता विभिन्न क्षेत्रहरूमा आफ्नो प्रतिभा देखाउने र स्वयंसेवा सामग्री सृजना गर्ने गर्छन् । सन् २०२१को अक्टोबर सम्ममा कुल १,९२२ जना स्वयंसेवकहरूले शिक्षण पूरा गरे ।[३]

मिडिया क्याम्पेन

ASEZ WAOले विभिन्न देश र सहरमा बस्ने दर्शकवृन्दको ध्यान खिँच्न आफ्नै युट्युब  च्यानलमार्फत विभिन्न अनलाइन क्याम्पेनहरू सञ्चालन गर्दछ । प्राकृतिक स्रोतहरूको अनावश्यक प्रयोगलाई रोक्न र प्लास्टिक प्रयोगलाई न्यूनीकरण गर्न ASEZ WAOले कागजको पुनर्प्रयोग, निजी कपको प्रयोग, र रुमाल बनाउने जस्ता भिडियोहरू उत्पादन गर्दछ । आधिकारिक च्यानलहरू अङ्ग्रेजी, स्पेनी, जापानी, हिन्दी, कम्बोडियाली र कोरियाली जस्ता विभिन्न भाषाहरूमा पनि उपलब्ध छ ।

कोभिड-१९ प्रतिक्रिया गतिविधिहरू

 
संयुक्त राज्य अमेरिकाको सान फ्रान्सिस्कोको अग्नि नियन्त्रण स्टेसनमा ASEZ WAOद्वारा प्रोत्साहनको उपहार वितरण

सारा विश्व कोभिड-१९ महामारीबाट आक्रान्त भइरहेको बेला ASEZ WAOका गतिविधिहरू अझ धेरै आवश्यक छन् । विशेष गरी ‘Heart-to Heart’ क्याम्पेनले, महामारीको बीचमा पनि अग्रपङ्क्तिमा रहेर कार्य गर्ने चिकित्साकर्मी र अधिकारीहरूलाई धेरै प्रभावित तुल्यायो । सन् २०२०को अन्त्यमा संयुक्त राज्य अमेरिका, भारत, जापान, फिलिपिन्स, मेक्सिको र अर्जेन्टिनासहित १३ वटा देशहरूमा ASEZ WAOका सदस्यहरूले हस्तलिखित पत्रहरू र खाजा समाविष्ट प्रोत्साहनका उपहारहरू तयार गरी कोभिड-१९ रोकथाम एजेन्सीहरूलाई हस्तान्तरण गरे ।[४] सन् २०२१ जूनमा, उनीहरूले विश्वभरिका कोभिड-१९ रोकथाम एजेन्सीहरूलाई धन्यवाद र समर्थन व्यक्त गर्न एक विश्वव्यापी क्याम्पेनको आयोजना गरे ।[५] अनलाइन सम्मेलनमार्फत क्याम्पेनको योजना बनाएपछि उनीहरूले मास्कको प्रयोग र शरीरको तापक्रम जाँच जस्ता महामारीको सुरक्षा नीति पालन गरेर प्रोत्साहनपूर्ण उपहारहरू प्याकिङ र वितरण गरे । दक्षिण अफ्रिकाको केप टाउनको टाइगरबर्ग अस्पतालका एक जना अधिकारीले “सङ्क्रमण पुष्टि भएका बिरामीहरूको संख्या फेरि बढेकोले चिकित्साकर्मीहरूले बल गर्नुपर्छ । यहाँहरूले उनीहरूले ठीक समयमा प्रोत्साहन दिनुभयो” भन्दै  ASEZ WAOलाई कृतज्ञता व्यक्त गरे ।[६] अर्जेन्टिनाको बुयेनोस आइरेसमा अवस्थित अस्पतालका निर्देशक मानुएल बेल्ग्रानोले ASEZ WAOलाई प्रशंसा-पत्र हस्तान्तरण गर्दै यसो भने, “एकदमै कठिन भएको वर्षमा धेरै परिश्रम गर्नुभएका हाम्रा चिकित्साकर्मीहरूलाई प्रोत्साहनको पत्र पठाइदिनुभएकोमा धन्यवाद । यो क्याम्पेन लामो समयसम्म हामीमा एउटा सुन्दर स्मृति बन्नेछ ।”[७]

अन्तर्राष्ट्रिय ऐक्यबद्धता गतिविधि

 
सिम रिपको वातावरण विभागले कम्बोडियाली र कोरियाली सन्तहरूको निःस्वार्थ ऐक्यबद्ध गतिविधिहरूका लागि समर्थन-पत्रमा हस्ताक्षर गऱ्यो ।

राष्ट्रियता, भाषा र संस्कृति फरक भए तापनि विश्वभरिका ASEZ WAOका सदस्यहरू मानव-जाति र वातावरण गतिविधिहरूमा सहभागी हुन्छन् । सदस्यहरूले आफ्नै देशमा No More GPGP क्याम्पेन र Heart-to-Heart क्याम्पेनहरू सक्रियतापूर्वक सञ्चालन गरिरहेका छन् ।[८][९]

बिदाको बेलामा कोरियाली सदस्यहरूचाहिँ विदेशी संस्कृति अनुभव टोली कार्यक्रममा सहभागी हुन्छन् । यस कार्यक्रमअन्तर्गत, उनीहरू विविध संस्कृतिहरू अनुभव गर्न विभिन्न महादेशहरूको उडान भर्छन् र प्रत्येक देशका युवाहरूसँग एकतामा कार्य गर्दै स्थानीय समुदायको आवश्यकताअनुसार गतिविधिहरू गर्ने गर्छन् । उनीहरूले अन्तर्राष्ट्रिय समुदायको चासो र ASEZ WAOका गतिविधिहरूको परिचय दिने क्याम्पेन, गोष्ठी, र फोरमको आयोजना पनि गर्छन् । साथै अर्थपूर्ण गतिविधिहरूमा नेतृत्व र सहभागी हुने तरिकाबारे कुरा साझा गर्दै उनीहरूले दिगो विकासको लागि स्थानीय एजेन्सी र सङ्गठनहरूसँग MOU हस्ताक्षर पनि गर्छन् ।[१०] सन् २०१९को ग्रीष्ममा ५४० जनाभन्दा बढी सदस्यहरूले संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, न्यूजिल्यान्ड, भारत, जापान, फिलिपिन्स, सिङ्गापुर, थाइल्यान्ड गरेर ८४ वटा सहरहरूको भ्रमण गरी प्लास्टिकजन्य फोहोर न्यूनीकरण क्याम्पेन गरे । मेक्सिको र अर्जेन्टिनामा ASEZ WAOले सभागृह, र वातावरण मन्त्रालयका अधिकारीहरूको उपस्थितिमा जलवायु परिवर्तनविरुद्धको कार्यसम्बन्धी गोष्ठी राखे ।[११][१२] मलेसिया र मेक्सिकोमा चाहिँ, विशेष गरी व्यावसायिक पेशाहरूमा आबद्ध रहेका सदस्यहरूले प्राथमिक विद्यालयहरूको भ्रमण गर्दै बालबालिकाको स्वास्थ्य तथा कल्याणका लागि स्वस्थ दन्त शिक्षा प्रदान गरे ।[१३] सन् २०२०को सुरुमा कोभिड-१९ फैलनुअघि सदस्यहरूले मङ्गोलियामा ‘No More GPGP गोष्ठी’ आयोजना गरे, जहाँ फोहोर छुट्ट्याउनु सामान्य कुरा थिएन । उनीहरूले फोहोर छुट्‌ट्याउँदाको सकारात्मक प्रभावबारे थाहा दिँदै प्लास्टिकको प्रयोग कम गर्ने तरिका बताइदिए ।[१४] साथै न्यूयोर्क राज्यको प्रतिनिधि सभाका एक सदस्यले फोरममा प्रस्तोताको रूपमा सहभागी भएर प्लास्टिक न्यूनीकरण कानूनको विषयमा कुरा गरे । यस क्षेत्रमा आबद्ध ASEZ WAOका सदस्यहरूले UN मुख्यालयमा No More GPGP क्याम्पेनबारे जानकारी दिए ।[१५][१६]

ASEZ WAOले विश्वभरिका मानिसहरूको उज्ज्वल भविष्य निर्माणका लागि, सिर्जनशील तरिका र व्यवस्थित अभ्यास पत्ता लगाउन सरकार, सार्वजनिक संस्थाहरू र सबै वर्गका मानिसहरूसँग साझेदारी स्थापना गर्दछ । ASEZ WAOले संयुक्त राज्य अमेरिकाको लस एन्जलस सभागृह, मेक्सिकोको टोलुका वातावरण तथा प्राकृतिक स्रोत विभाग, ताइवानको ताइपे वातावरण संरक्षण विभाग र कोलम्बियाको ECCI विश्वविद्यालय गरेर १२ वटा देशका १५ वटा संस्थाहरूसँग MOU हस्ताक्षर गऱ्यो ।[१७][१८] साथै गतिविधिको दिशाबारे छलफल गर्न उनीहरूले प्रत्येक देशका सार्वजनिक संस्थाहरू, विज्ञहरू, यूएन राजनीतिक तथा शान्ति निर्माण मामिला विभाग(DPPA, Department of Political and Peacebuilding Affairs)का अधिकृत लगायत फिनिक्स, एरिजोना, संयुक्त राज्य अमेरिकाका ग्लेन्डेल नगर परिषद, मेक्सिकोका गुस्ताभो ए. मादेरोका वातावरण मन्त्री, फिलिपिन्सको मनिला वातावरण तथा प्राकृतिक श्रोत विभागका उप-सचिव, थाइल्यान्डको बैङ्कक अवस्थित एसिया प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोग [United Nations Economic and Social Commission for Asia and the Pacific UNESCAP] जस्ता अन्तर्राष्ट्रिय सङ्गठनहरूसँग सम्मेलन आयोजना गरे । विश्वभरि सकारात्मक ऊर्जा प्रवाह गर्ने ASEZ WAOबारे The Chicago Defender नामक अमेरिकी पत्रिकाले समेत यस्तो टिप्पणी गरेको थियो । “तिनीहरूको सकारात्मक ऊर्जाले हाम्रा छिमेक र समुदायलाई खुशी तुल्याउनुका साथै वातावरणीय जोखिमबाट पृथ्वी र मानव-जातिलाई बचाउन योगदान पुऱ्याउँछ ।”[१९]

प्राप्त अवार्डहरू

 
अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड (स्वर्ण)

ASEZ WAOलाई सन् २०२० मार्च ११मा अमेरिकी राष्ट्रपतीय स्वयंसेवा अवार्ड, स्वर्ण र काँस्य पदकले एकसाथ पुरस्कृत गरियो । छिमेक तथा समाजको सेवा गर्ने व्यक्ति वा समूहलाई दिइने यो अवार्ड सबैभन्दा प्रतिष्ठित अवार्डको रूपमा चिनिन्छ ।[२०] फिलिपिन्समा सन् २०१९ जनवरी २७मा, वातावरण तथा राष्ट्रिय स्रोत विभागबाट प्रशंसा-पत्र र सन् २०२० जनवरी १२मा चाहिँ, वातावरण संरक्षणका लागि युवाहरूले गरेको उत्साहजनक कार्यको कदरस्वरूप ASEZ WAOले मनिला बे-आनी अवार्ड प्राप्त गऱ्यो ।[२१][२२] साथै संयुक्त राज्य अमेरिकाको सल्ट लेक सिटी, पेरुको हुआन्कायो र अर्जेन्टिनाको बुएनोस आइरेसका मेयरले उनीहरूलाई प्रशंसा-पत्र र प्रशंसा पदक प्रदान गरे ।[२३][२४] सन् २०२२ जनवरीसम्ममा ASEZ WAOले १६ वटा देशहरूबाट ९२ वटा अवार्डहरू प्राप्त गरिसकेको छ । थप जानकारीका लागि ASEZ WAOको वेबसाइटमा हेर्नुहोला ।

सन्दर्भ सामग्री

  1. १.० १.१ "परिचय"ASEZ WAOको आधिकारिक वेबसाइट 
  2. "SDGs प्राप्तिका लागि ASEZ WAOको समर्थन हस्ताक्षर"ASEZ WAO आधिकारिक वेबसाइट 
  3. "परिचय"ASEZ WAOको आधिकारिक वेबसाइट 
  4. "ASEZ WAOद्वारा नियमित रूपमा स्वयंसेवा गरिँदै"WATV.org। डिसेम्बर १८, २०२०। 
  5. "सन् २०२१को पूर्वार्धमा जागिरे युवा स्वयंसेवक सङ्गठन [ASEZ WAO]द्वारा स्वयंसेवा गरिँदै"WATV.org 
  6. "परमेश्वरको मण्डलीले अफ्रिकामा 'विश्वव्यापी परिवार'को लागि समर्थन र आशा प्रदान गर्दै"Monthly Chosun। अप्रिल १४, २०२१। 
  7. "ASEZ WAOद्वारा आयोजित विश्वव्यापी "Heart to Heart" क्याम्पेन"The Shina Ilbo। डिसेम्बर २०, २०२०। 
  8. "कोभिड १९लाई जित्न न्यानो समर्थन, विश्वव्यापी समुदायमा उज्ज्वल भविष्य बनाउँदै"Woman DongA। फेब्रुअरी १, २०२१। 
  9. "विश्वव्यापी ASEZ WAO सदस्यहरूद्वारा आयोजित वातावरण सरसफाइ, वृक्षारोपण र स्वास्थ्यकर्मी समर्थन"The Incheon Ilbo। जुन १४, २०२१। 
  10. "सन् २०१९ASEZ र ASEZ WAO ग्रीष्म अन्तर्राष्ट्रिय स्वयंसेवा र संस्कृति"WATV.org। जुलाई ३१, २०१९। 
  11. "प्लास्टिकको प्रयोग न्यूनीकरणमा अग्रता लिँदै परमेश्वरको मण्डली ASEZ WAOका सदस्यहरू"The Shina Ilbo। अगस्ट ५, २०१९। 
  12. "ASEZ WAO जलवायु परिवर्तन प्रतिक्रिया गोष्ठी : मेक्सिको, अर्जेन्टिना"दक्षिण अमेरिका, ASEZ WAO आधिकारिक वेबसाइट। जुलाई ११, २०१९। 
  13. "संयुक्त विश्वव्यापी चुनौतीलाई समाधान गर्न अन्तर्राष्ट्रिय सहकारितामा अग्रता लिँदै"The DongA Ilbo। अगस्ट २८, २०१९। 
  14. "मङ्गोलियाको ASEZ WAOले बायान्जुर्खमा वातावरण गोष्ठी र सडक सरसफाइ गर्दै"ASEZ WAO आधिकारिक वेबसाइट। जनवरी १२, २०२०। 
  15. ASEZ WAO सिराक्युजले वातावरण फोरममा प्लास्टिकलाई बिदाइ भन्यो, LOCALSYR.com, सन् २०२० जनवरी १२
  16. "न्यूयोर्कको ASEZ WAOले "No More GPGP" यूएनसँग फोरम र सम्मेलन गऱ्यो"उत्तर अमेरिका, ASEZ WAO आधिकारिक वेबसाइट। जनवरी १९, २०२०। 
  17. "MOUs"गतिविधि परिणाम, ASEZ WAO आधिकारिक वेबसाइट 
  18. "Conferences"Activity Results, ASEZ WAO आधिकारिक वेबसाइट 
  19. सन् २०१९ ASEZ WAO A देखि Zसम्म पृथ्वीलाई बचाऔं, विश्वव्यापी वातावरण सरसफाइ अभियान, Community, CHICAGO DEFENDER, सन् २०१९ अगस्ट ७
  20. "संयुक्त राज्य अमेरिकाका राष्ट्रपति, डोनाल्ड ट्रम्प, संयुक्त राज्य अमेरिका"अवार्ड, ASEZ WAO आधिकारिक वेबसाइट। मार्च ११, २०२०। 
  21. "वातावरण तथा प्राकृतिक स्रोत विभागका उपसचिव, बेन्नी डि. एन्टिपोर्डा [DENR]"फिलिपिन्स, अवार्ड, ASEZ WAO आधिकारिक वेबसाइट। जनवरी २७, २०१९। 
  22. ASEZ WAOले मनिला बे-एनी अवार्ड पायो, NGO, ASIA TODAY, सन् २०२० सेप्टेम्बर २२
  23. "हुआन्कायोका मेयर, हेनरी फर्नान्डो लोपेज क्यान्टोरिन"पेरु, ASEZ WAO आधिकारिक वेबसाइट। जनवरी २८, २०१९। 
  24. "अर्जेन्टिनाको बुएनोस आइरेस, पिलारका मेयर निकोलस डुकोटे"ASEZ WAO आधिकारिक वेबसाइट। जनवरी ३१, २०१९।