शबाथ-दिन

The Sabbath day is God’s commandment which originated from God’s rest on the seventh day after His six-day creation work. God said, “Remember the Sabbath day by keeping it holy,” as the fourth of the Ten Commandments.
Jesus set an example of keeping the Sabbath of the new covenant. Following Jesus’ example, the apostles and the saints of the early Church, too, kept the Sabbath of the new covenant. The Bible tells us that we must keep the Sabbath until the end of the age. The Sabbath is a sign between God and His people, and a symbol of the eternal rest; only those who keep the Sabbath of the new covenant can enter the kingdom of heaven.
शबाथ-दिनचाहिँ परमेश्वरले ६ दिनको सृष्टि कार्यपछि सातौँ दिनमा विश्राम गर्नुभएको कुराबाट उत्पन्न भएको परमेश्वरको आज्ञा हो । परमेश्वरले दश आज्ञामध्ये चौथो आज्ञाको रूपमा “शबाथ-दिन पवित्र मान्नुपर्छ भनी याद राख्नू” भन्नुभयो ।
येशूज्यूले नयाँ करारको शबाथ-दिन मानेर उदाहरण देखाउनुभयो । त्यो उदाहरणलाई पछ्याउँदै सुरुको मण्डलीका प्रेरितहरू र सन्तहरूले पनि नयाँ करारको शबाथ-दिन माने । हामीले युगको अन्त्यसम्मै शबाथ-दिन मान्नुपर्छ भनेर बाइबलमा लेखिएको छ । शबाथ-दिनचाहिँ परमेश्वर र उहाँका प्रजाबीचको चिन्ह र अनन्त विश्रामको प्रतीक हो । यसकारण नयाँ करारको शबाथ-दिन मान्नेहरू मात्र स्वर्गको राज्यमा प्रवेश गर्न सक्नेछन् ।
व्युत्पत्ति
The Sabbath day is a day of rest. The Sabbath in Hebrew is Shabbath (שַׁבָּת[१]), which derives from Shabath (.שָׁבַת[२]), meaning “ceasing (from work), rest.”[३] In Greek, the Hebrew word is transliterated into Sabbaton (σαββάτων).
शबाथ-दिनको अर्थ विश्राम गर्ने दिन हो । हिब्रू भाषामा शबाथलाई ‘शाबात्’(שַׁבָּת) भनिन्छ, जुन ‘शावात्’(שָׁבַת) भन्ने शब्दबाट व्युत्पन्न भएको हो, जसको अर्थ ‘कामबाट आराम, विश्राम’ हो । ग्रीकमा यसलाई ‘शाबातोन’(σαββάτων) भनिन्छ ।
शबाथको उत्पत्ति

The Sabbath originated from the fact that in the beginning God created the heavens and the earth for six days and rested on the seventh day. God blessed the seventh day and made it holy.[४] This means that those who keep the seventh-day Sabbath can be blessed[५] and sanctified. In the time of Moses, God appointed the Sabbath as the fourth of the Ten Commandments, and made it the day to commemorate the power of the Creator.
परमेश्वरले ६ दिनसम्म आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभएर सातौँ दिनमा विश्राम गर्नुभएको यथार्थताबाट शबाथको उत्पत्ति भयो । उहाँले सातौँ दिनलाई आशिष् दिनुभएर त्यसलाई पवित्र तुल्याउनुभयो । अर्थात् सातौँ दिन शबाथ-दिन मान्नेहरूले आशिष् पाउनेछन् र पवित्र तुल्याइनेछन् भन्ने अर्थ हो । मोशाको समयमा, परमेश्वरले शबाथलाई दश आज्ञामध्ये चौथो आज्ञाको रूपमा तोक्नुभयो र यो दिनलाई सृष्टिकर्ताको शक्ति सम्झना गर्ने दिन भन्नुभयो ।
“शबाथ-दिन पवित्र मान्नुपर्छ भनी याद राख्नू । छ दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नू, तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति शबाथ-दिन हो ... किनकि छ दिनमा परमप्रभुले आकाश, पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नुभयो । त्यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष् दिनुभयो, र त्यसलाई पवित्र गर्नुभयो ।
Whenever God commanded His people to keep the Sabbath, He mentioned His work of creation of the heavens and the earth.[६] So whenever we keep the Sabbath, God lets us remember His power as the Creator. Keeping the Sabbath day holy is the correct way to worship God the Creator.
परमेश्वरले आफ्ना प्रजालाई शबाथ-दिन मान्नू भन्ने आज्ञा दिनुहुँदैपिच्छे, आकाश र पृथ्वी सृष्टि गर्नुभएको कुरा उल्लेख गरिएको छ । यसरी शबाथ मान्दैपिच्छे परमेश्वरले हामीलाई उहाँको अर्थात् सृष्टिकर्ताको शक्तिलाई सम्झने गर्ने गराउनुहुन्छ । सृष्टिकर्ता परमेश्वरलाई पुज्ने सही तरिका भनेकै शबाथ-दिन पवित्र रूपले मान्नु हो ।
पुरानो करारको शबाथ-दिन
In the Old Testament times, the priests slaughtered lambs on the Sabbath and offered them as burnt offerings with blood, and they offered grain offerings and drink offerings with a certain amount of fine flour mixed with oil.[७] They also baked twelve loaves of bread and set them on the table of pure gold before the LORD.[८] The common people kept the Sabbath by doing nothing.[९] Not only people but also livestock did not work, and they did not even light a fire.[१०]
पुरानो करारको समयमा पूजाहारीहरूले शबाथमा थुमा काटेर त्यसलाई रगतसहित होमबलि, अन्न-बलि र तेलले मुछेको मसिनो पीठोको अर्घ-बलि चढाउने गर्थे । साथै तिनीहरूले १२ वटा रोटी बनाएर त्यसलाई निखुर सुनको टेबिलमा परमेश्वरको सामु टक्र्याउँथे । आम मानिसहरूले चाहिँ कुनै काम नगरीकन शबाथ-दिन मान्ने गर्थे । मानिसले मात्र काम नगर्ने होइनकि सो दिन गाईबस्तुलाई पनि काममा लगाउँदैनथे, यहाँसम्म कि चुल्होमा आगोसमेत बाल्दैनथे ।
नयाँ करारको शबाथ-दिन
- शबाथ-दिन मान्नुभएका येशूज्यू

The Sabbath of the Old Testament law was a shadow of what would happen in the New Testament times.[११][१२] The blood sacrifice of lambs on the Sabbath day was a pattern showing that Jesus Himself would shed blood for the salvation of mankind as the reality of the Old Testament sacrifice.[१३] Therefore, in the New Testament times when the reality has appeared, animals do not need to be offered any longer on the Sabbath day. Jesus taught that there is no need to sacrifice lambs on the Sabbath day as it was done in the temple of Jerusalem, and that we should worship God in spirit and truth,[१४] setting us an example of keeping the Sabbath with the Bible.
पुरानो करारको व्यवस्थाको शबाथचाहिँ नयाँ करारको समयमा पूरा हुने कार्यको छाया हो । शबाथ-दिनमा थुमाको बलिको रगतचाहिँ पुरानो करारको बलिको वास्तविकताको रूपमा येशूज्यूले मानव-जातिको मुक्तिको निम्ति रगत बगाउनुहुने कुरालाई दर्शाउने नमूना थियो । त्यसैले वास्तविकता प्रकट भएको नयाँ करारको समयमा त्यसउप्रान्त शबाथ-दिनमा पशु बलि गर्न आवश्यक छैन । त्यतिका समयसम्म हरेक शबाथमा यरूशलेम मन्दिरमा गरिँदैआएको थुमा बलि, अब भने गर्न आवश्यक छैन तर हामीले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ भनेर येशूज्यूले सिकाउनुभयो । अनि हरेक शबाथमा बाइबल बोकेर आराधना गर्नुपर्ने कुराको उदाहरण देखाउनुभयो ।
उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो । उहाँ आफ्नो आदतअनुसार शबाथ-दिनमा सभाघरमा जानुभयो, र पढ्नलाई खडा हुनुभयो ।
Although Jesus was the spiritual High Priest,[१५] He did not keep the Sabbath by slaughtering lambs like the priests did in the Old Testament, but He reasoned with people with the Bible in the synagogue. When we look at the expression, “as was his custom,” we can understand that Jesus kept every Sabbath that way, not just once or twice.[१६][१७]
The law forbidding working on the Sabbath day was also changed by Jesus. The Jews, who adhered to the Old Testament law, accused Jesus of violating the Sabbath when they saw Jesus’ disciples picking some heads of grain and when they saw Jesus healing the sick. However, Jesus, the Lord of the Sabbath, defended His disciples and healed the sick.[१८] As the way to worship God on the Sabbath was completely changed by Jesus, the disciples in the New Testament times kept the Sabbath in spirit and truth, following the example of Jesus.[१९]
येशूज्यू आत्मिक प्रधान पूजाहारी हुनुभए तापनि उहाँले पुरानो करारको समयका पूजाहारीहरूले झैँ थुमा बलि गरेर शबाथ मान्नुभएन, तर सभाघरमा जानुभएर बाइबलद्वारा मानिसहरूसित तर्क गर्नुभयो । ‘आफ्नो आदतअनुसार’ भन्ने अभिव्यक्तिलाई हेर्दा, येशूज्यूले एक-दुई चोटि मात्र होइन तर हरेक चोटि शबाथ मान्नुभयो भन्ने यथार्थता जान्न सकिन्छ ।
साथै शबाथ-दिनमा अन्य कामकाज गर्न निषेध गर्ने व्यवस्थालाई पनि येशूज्यूले परिवर्तन गरिदिनुभयो । येशूज्यूका चेलाहरूले शबाथमा अन्नका बाला टिपेर खाए, र येशूज्यूले शबाथमा बिरामीहरूलाई निको पार्नुभयो । यो देखेर, पुरानो करारको व्यवस्थालाई जोड दिने ती यहूदीहरूले येशूज्यूलाई, शबाथको नियम उल्लङ्घन गरेको आरोप लगाए । तर शबाथका प्रभु हुनुभएका येशूज्यूले आफ्ना चेलाहरूको पक्षमा रहेर प्रतिकार गर्नुभयो, र बिरामीहरूलाई निको पार्ने काम गर्नुभयो । शबाथमा परमेश्वरलाई आराधना गर्ने धर्मविधि येशूज्यूद्वारा पूर्ण रूपमा परिवर्तन भएकोले नयाँ करारको समयका सन्तहरूले येशूज्यूको उदाहरणलाई पछ्याउँदै हरेक शबाथमा आत्मा र सत्यतामा आराधना गरे ।
- शबाथ-दिन मानेका प्रेरितहरू
Even after Jesus’ ascension, the apostles and the saints of the early Church kept the New Testament Sabbath. Apostle Paul who believed in Christ and became an apostle after Jesus’ ascension, too, kept the Sabbath every week, following the example of Jesus.[२०]
येशूज्यूको स्वर्गारोहणपछि पनि, प्रेरितहरू र सुरुको मण्डलीका सन्तहरूले नयाँ करारको शबाथ-दिन माने । येशूज्यूको स्वर्गारोहणपछि ख्रीष्टलाई विश्वास गरेर प्रेरित बनेका पावलले येशूज्यूको उदाहरणलाई पछ्याउँदै आफ्नो आदतअनुसार हरेक हप्ता शबाथ-दिन माने ।
पावल आफ्नो आदतअनुसार तिनीहरूकहाँ भित्र गए, र तीन सातासम्म धर्मशास्त्रबाट तिनीहरूसँग बहस गर्दैरहे । “ख्रीष्टलाई अवश्य दुःख भोग्नु र मृतकबाट जीवित हुनुपर्थ्यो, र यी नै येशू, जसको सुसमाचार म तपाईंहरूलाई सुनाउँछु, उहाँ नै ख्रीष्ट हुनुहुन्छ” भन्ने कुराको अर्थ खोलिकन तिनले प्रमाणित गरिदिए ।
Apostle Paul told us to follow his example as he followed the example of Christ.[२१] The saints in the New Testament times should keep the Sabbath holy, following the example of the apostles who obeyed the teachings of Jesus.
प्रेरित पावलले “मेरो अनुसरण गर्ने होओ, जसरी म ख्रीष्टको अनुसरण गर्दछु” भनेका छन् । येशूज्यूको शिक्षामा आज्ञाकारी भएका प्रेरितहरूको उदाहरणलाई पछ्याउँदै नयाँ करारको समयका सन्तहरूले पनि शबाथ-दिन पवित्र रूपमा मान्नुपर्छ ।
- हामीले युगको अन्त्यसम्म मान्नुपर्ने शबाथ-दिन
हामीले युगको अन्त्यसम्म शबाथ-दिन मान्नुपर्छ भनेर येशूज्यूले सिकाउनुभयो ।
येशू जैतून डाँडामा बस्नुहुँदा चेलाहरू एकान्तमा उहाँकहाँ आएर सोधे, “हामीलाई भन्नुहोस्, यी कुरा कहिले हुनेछन्, र तपाईंको आगमन र यस युगका अन्त्यको चिन्ह के हुनेछ ?” ... “हिउँदमा वा शबाथमा तिमीहरू भाग्न नपरोस् भनी प्रार्थना गर । किनकि त्यस बेला यस्तो महासङ्कष्ट हुनेछ, जो जगत्को सुरुदेखि अहिलेसम्म भएको छैन, न त फेरि कहिल्यै हुनेछ ।”
When the disciples asked Jesus about the end of the age, He told them to pray that their flight in times of great distress, unequaled from the beginning of the world, would not take place in winter or on the Sabbath. The reason was that if the great distress occurred in winter, the cold weather would intensify the suffering of the saints in winter; and if their flight took place on the Sabbath, God’s people would be unable to fully keep the Sabbath. This clearly proves that God’s people must keep the Sabbath until the last day when the last disaster occurs.
Jesus is God who foresees the end from the beginning.[२२] If God’s people did not need to keep the Sabbath until the end of the age, Jesus would not have said, “Pray that your flight will not take place in winter or on the Sabbath.”
That is why it is against the teachings of Jesus to insist that there is no need to keep the Sabbath in the New Testament times. In the Bible, there is no evidence that the Sabbath was abolished in the New Testament times or after the crucifixion of Jesus. God’s people should remember the teachings of Jesus and keep the Sabbath holy until the end of the age.
चेलाहरूले युगको अन्त्यबारे येशूज्यूलाई सोध्दा उहाँले “जगत् सुरु भएदेखि अहिलेसम्म नभएको महासङ्कष्ट हुनेछ, र त्यस बेला हिउँदमा वा शबाथमा भाग्न नपरोस् भनी प्रार्थना गर” भन्नुभयो । हिउँदमा अत्यधिक जाडोले गर्दा सन्तहरूलाई भागदौड गर्न निकै कष्ट हुने, अनि शबाथ-दिनमा चाहिँ सन्तहरूले शबाथको आराधना पवित्र रूपले गर्नुपर्ने भएकोले येशूज्यूले यस्तो वचन दिनुभएको हो । यो कुराद्वारा, परमेश्वरका प्रजाले अन्तिम महासङ्कष्ट आउने अन्त्यको दिनसम्मै शबाथ मान्नुपर्छ भन्ने कुरा प्रमाणित हुन्छ ।
येशूज्यूचाहिँ आदिदेखि अन्त्यसम्म सबै कुरा देख्नुहुने परमेश्वर हुनुहुन्छ । परमेश्वरका प्रजाले युगको अन्त्यसम्म शबाथ-दिन मान्न आवश्यक नपर्ने भए येशूज्यूले “हिउँदमा वा शबाथमा तिमीहरू भाग्न नपरोस् भनी प्रार्थना गर” भनेर भन्नुहुने नै थिएन ।
यसकारण नयाँ करारको समयमा शबाथ-दिन मान्न आवश्यक छैन भन्नु भनेको येशूज्यूको शिक्षाविपरीतको जिद्दी मात्र हो । नयाँ करारको समयमा अर्थात् येशूज्यूको क्रूसीकरणपछि शबाथ-दिन रद्द भनेर बाइबलमा कतै पनि लेखिएको छैन । परमेश्वरका प्रजाले येशूज्यूको शिक्षालाई याद गर्दै युगको अन्त्यसम्म शबाथ-दिन मान्नुपर्छ ।
शबाथको आशिष्
परमेश्वरका प्रजाको चिन्ह
The Sabbath is a clear sign of God’s people. The saints come to know God who makes them holy through the Sabbath day, and God acknowledges those who keep the Sabbath day as His people.[२३]
परमेश्वरका प्रजालाई चिनाउने स्पष्ट चिन्ह नै शबाथ हो । सन्तहरूले शबाथ-दिनद्वारा, उनीहरूलाई पवित्र तुल्याउनुहुने परमेश्वरलाई चिन्दछन् । त्यसै गरी परमेश्वरले पनि शबाथ मान्नेहरूलाई आफ्ना प्रजाको रूपमा स्वीकार्नुहुन्छ ।
“तैंले इस्राएलीहरूलाई यसो पनि भन्नू: तिमीहरूले निश्चय मेरा शबाथहरू मान्नू । तिमीहरू र मेरो बीचमा यो एउटा चिन्ह हुनेछ, कि म, परमप्रभु नै, तिमीहरूलाई पवित्र गर्दछु भनी तिमीहरूले थाहा पाओ । ‘तिमीहरूले शबाथ मान्नू, किनभने तिमीहरूका निम्ति त्यो पवित्र हो । त्यो अपवित्र गर्ने निश्चय नै मारिओस् । जस-जसले त्यस दिन केही कामकाज गर्ला त्यो आफ्ना मानिसहरूबाट बहिष्कृत हुनेछ । छ दिनसम्म कामकाज गरिओस्, तर सातौँ दिनचाहिँ विश्रामको शबाथ हो, जो परमप्रभुको निम्ति पवित्र हो । जस-जसले शबाथमा केही कामकाज गर्ला त्यो मारिनैपर्छ’ ।”
In the Old Testament times, God showed His firm will that anyone who did not keep the Sabbath had to be put to death.[२४] God wants to lead His people to salvation by making His people holy through the Sabbath.
पुरानो करारको समयमा, शबाथ नमान्नेहरू निश्चय नै मारिनुपर्ने त्यस्तो परमेश्वरको दृढ इच्छा थियो । यसमा, आफ्ना प्रजालाई शबाथद्वारा पवित्र तुल्याएर मुक्तितर्फ डोऱ्याउन चाहनुहुने परमेश्वरको इच्छा समावेश छ ।
हर्ष र खुशीको दिन
The prophet Isaiah listed the blessings that those who keep the Sabbath would come to receive in Isaiah 56.
शबाथ मान्नेहरूले पाउने आशिष्बारे यशैया अगमवक्ताले यशैया अध्याय ५६मा वर्णन गरेका छन् ।
“त्यो मानिस धन्यको हो जसले यो गर्दछ, त्यो मानिस, जो यस कुरामा स्थिर रहन्छ, जसले शबाथ-दिन बिटुलो नपारी मान्छ, र आफ्नो हात कुनै पनि खराब गर्नबाट अलग राख्छ ... मेरा शबाथहरू पालन गर्ने, मलाई इच्छा लागेको काम गर्ने, र मेरो करारलाई दृढतापूर्वक समात्ने नपुंसकहरूलाई म मेरो मन्दिर र त्यसका पर्खालहरूभित्र छोराछोरीहरूभन्दा पनि अझ असल स्मारक तुल्याउनेछु, र तिनीहरूलाई अझ असल नाउँ दिनेछु । म तिनीहरूलाई कहिल्यै नकाटिने अनन्तको नाउँ दिनेछु । र परमप्रभुको नाउँलाई प्रेम गर्न र ख्रीष्टलाई परमप्रभुसँग बाँधेर उहाँको सेवा गर्न सक्ने विदेशी र शबाथ-दिनलाई अपवित्र नगरी शबाथ-दिन पालन गर्छन् मेरो प्रार्थनाको घरमा तिनीहरूलाई खुशी देओ । परमप्रभुको सेवा गर्न, परमप्रभुको नाउँलाई प्रेम गर्न र उहाँको आराधना गर्न, शबाथ-दिन बिटुलो नपारी मान्न र मेरो करार पालन गर्न परमप्रभुमा बाँधिएका सबै विदेशीहरूलाई म मेरो पवित्र पर्वतमा ल्याएर मेरो प्रार्थनाको घरमा आनन्दित तुल्याउनेछु । तिनीहरूका होमबलि र बलिदानहरू मेरो वेदीमा ग्रहणयोग्य हुनेछन्, किनकि मेरो भवन सबै जातिहरूका निम्ति प्रार्थनाको घर भनिनेछ ।”
God said that He would joyfully lead those who kept the Sabbath day to the holy mountain of God and that He would willingly receive their sacrifices [worships]. In Isaiah 58, it is also written that those who keep the Sabbath holy will find joy in God.[२५]
शबाथ-दिन मान्नेहरूलाई परमेश्वरले खुशीसाथ परमेश्वरको पवित्र पर्वतमा ल्याउनुहुनेछ र तिनीहरूको बलिदान(आराधना)लाई खुशीसाथ ग्रहण गर्नुहुनेछ भनिएको छ । यशैया अध्याय ५८मा चाहिँ, शबाथ-दिन मान्नेहरूले परमेश्वरमा रमाहट पाउनेछन् भनेर लेखिएको छ ।
अनन्त विश्रामको चिन्ह
The Sabbath is a sign of eternal rest which the saints will have in the kingdom of heaven.[२६] The six-day Creation recorded in the book of Genesis is a prophecy that God will carry out the spiritual creation work for about 6,000 years.[२७] God’s taking rest on the seventh day after six-day Creation was a prophecy about the Sabbath of a thousand years which will take place after the completion of His work of redemption. Apostle John described the coming of the Sabbath of a thousand years as reigning for a thousand years after the work of redemption.[२८] God’s people who are saved will reign forever,[२९] but it was written that they will reign for a thousand years to teach us about 6,000 year-long work of redemption before the Sabbath of a thousand years. It is like working for six days before the Sabbath day, and farming for six years before the Sabbath year.[३०]
The Sabbath of a thousand years leads to the eternal rest. So in the book of Genesis, there is no mention of the end of the seventh day after the six-day Creation. With regard to the first six days, it is written, “There was evening, and there was morning,”[३१] but on the seventh day, there is no mention of “There was evening and there was morning—the seventh day.” This means that the Sabbath on the seventh day represents the eternal rest. Those who keep the Sabbath day holy every week, a sign of eternal rest, can enter the kingdom of heaven where they can enjoy the eternal rest.
सन्तहरूले स्वर्गको राज्यमा पाउने अनन्त विश्रामको चिन्ह नै शबाथ हो । उत्पत्तिको पुस्तकमा लिखित ६ दिनको सृष्टि कार्यचाहिँ परमेश्वरले ६,००० वर्षसम्म गर्नुहुने आत्मिक सृष्टि कार्यसम्बन्धी अगमवाणी हो । ६ दिनको सृष्टिको कार्यपछि सातौँ दिनमा परमेश्वरले विश्राम लिनुभएको कुराचाहिँ मुक्तिको कार्य समाप्त भएपछि पूरा हुने १,००० वर्षको विश्राम सम्बन्धी अगमवाणी हो । प्रेरित यूहन्नाले, मुक्तिको प्रबन्ध समाप्त भएपछि विश्राम हजार वर्ष आउने कुरालाई ‘एक हजार वर्षसम्म राज्य गर्नेछन्’ भनेर व्यक्त गरेका छन् । खासमा मुक्ति पाउने प्रजाले सदासर्वदा राज्य गर्नेछन् । तर यहाँचाहिँ एक हजार राज्य गर्नेछन् भनेर लेखिनुको कारणचाहिँ विश्राम हजार वर्ष आउनुअघि ६,००० वर्षको लामो मुक्तिको कार्य हुनेछ भन्ने कुरा बुझाउनको निम्ति हो । योचाहिँ शबाथ-दिनअघि ६ दिनसम्म काम गर्नु, अनि शबाथ वर्षअघि ६ वर्षसम्म खेती गर्नुजस्तै हो ।
विश्राम हजार वर्षचाहिँ अनन्त विश्राममा जोडिन्छ । त्यसैले उत्पत्तिको पुस्तकमा हेर्ने हो भने ६ दिनको सृष्टिपछिको सातौँ दिनको अन्त्यबारे कतै पनि उल्लेख गरिएको छैन । ६ दिनको विषयमा चाहिँ ‘साँझ पऱ्यो र बिहान भयो’ भनेर लेखिएको छ तर सातौँ दिनमा चाहिँ ‘साँझ पऱ्यो र बिहान भयो– सातौँ दिन’ भनेर लेखिएको छैन । यो नै सातौँ दिन, शबाथ-दिनले अनन्त विश्रामलाई जनाउँछ भन्ने अर्थ हो । अनन्त विश्रामको चिन्ह रहेको शबाथ-दिन नियमित र पवित्र रूपले मान्नेहरूले
स्वर्गको राज्यमा प्रवेश गरी अनन्त विश्राम उपभोग गर्नेछन् ।
बाइबलको शबाथ-दिन शनिबार हो
The blessed and holy Sabbath appointed by God in the beginning is the seventh day. Today, numerous churches keep worship service on Sunday, but according to various testimonies, such as the Bible and history, the correct biblical worship day is Saturday.
परमेश्वरले सुरुदेखि तोकिदिनुभएको आशिषित र पवित्र शबाथ-दिन नै सातौँ दिन हो । हिजोआज अधिकांश मण्डलीहरूले आइतबार आराधना गर्छन्, तर बाइबल र इतिहास लगायतका विभिन्न प्रमाणहरूलाई हेर्ने हो भने बाइबलको आराधनाको दिन रहेको शबाथ-दिनचाहिँ शनिबार हो ।

- प्रमाण १. बाइबल
The Sabbath day is Saturday in calendar, today. Through the scene of Jesus’ resurrection in the Bible, we can confirm this.
पात्रोमा हेर्ने हो भने सातौँ दिन रहेको शबाथ-दिनचाहिँ शनिबार हो । बाइबलमा लिखित येशूज्यूको पुनरुत्थानको दृश्यद्वारा पनि यो कुरालाई निश्चित गर्न सकिन्छ ।
शबाथ-दिन बितेपछि ... हप्ताको पहिलो दिनको बिहानै उहाँ जीवित भई उठ्नुभएपछि उहाँ पहिले मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो । तिनीबाट येशूले सात वटा भूतहरू निकाल्नुभएको थियो ।
It is recorded in the Bible that Jesus was resurrected on the first day of the week. Here, the first day of the week indicates the day after the Sabbath; because it is written that the first day of the week came after the Sabbath was over (Mk 16:1–2). Therefore, we can know that Jesus was resurrected the day after the Sabbath; and people know well Jesus was resurrected on Sunday. So in Today’s English Version, it is recorded in Mark 16:9, “After Jesus rose from death early on Sunday . . .” If the day after the Sabbath is Sunday, the Sabbath day is Saturday. Therefore, the biblical Sabbath is Saturday.
येशूज्यू हप्ताको पहिलो दिनमा पुनरुत्थान हुनुभयो भनेर बाइबलमा लेखिएको छ । यहाँ हप्ताको पहिलो दिनले शबाथ बितेपछि आउने दिनलाई जनाउँछ । किनभने ‘शबाथ-दिन बितेपछि हप्ताको पहिलो दिन’ भनेर लेखिएको छ (मर्क १६:१-२) । यसकारण येशूज्यू शबाथको भोलिपल्ट पुनरुत्थान हुनुभएको कुरा जान्न सकिन्छ । येशूज्यू आइतबार पुनरुत्थान हुनुभएको कुरा प्रायः सबैलाई राम्ररी थाहा छ । सरल नेपाली बाइबल, मर्कूस १६:९मा “येशू आइतबार बिहानै मरेकाबाट बिउँतनुभएपछि ...” भनेर लेखिएको छ । यदि शबाथ-दिन बितेपछि आइतबार आउँछ भने शबाथ-दिन निश्चय नै शनिबार हो । यसकारण बाइबलको शबाथ-दिन शनिबार हो ।
- प्रमाण २. क्याथोलिक सिद्धान्तको पुस्तक
The Roman Catholic Church, which keeps worship service on Sunday, admits that the biblical Sabbath is Saturday.
आइतबारको सेवा गर्ने रोमन क्याथोलिक मण्डलीले पनि बाइबलको शबाथ-दिन शनिबार हो भनी स्वीकार्दछ ।
“ अन्य उदाहरणहरूको कुरा गरिरहन आवश्यक छैन, के प्रत्येक ख्रीष्टियानहरू आइतबारलाई पवित्र मान्न र अनावश्यक कार्यबाट आफूलाई टाढा राख्न बाध्य छैनन् र ? हाम्रा सम्पूर्ण पवित्र कार्यहरूमा सबैभन्दा महत्त्वपूर्ण कुरा व्यवस्थामा यो विधि पालन गर्नु होइन र ? तर यहाँले बाइबलको उत्पत्तिदेखि प्रकाशसम्म पढ्नुभयो भने आइतबारलाई पवित्र मान्न स्वीकृति दिने एउटा पङ्क्ति पनि पाउनुहुनेछैन । धर्मशास्त्रले हामीलाई शनिबारलाई धार्मिक विधिको रूपमा पालन गर्न जोड दिएको छ, जुन दिन हामी कहिल्यै पवित्र रूपले पालन गर्दैनौं । “ — द फेथ अफ आवर फादर्स, जेम्स कार्डिनल गिब्बन्स, ट्यान बुक्स एन्ड पब्लिसर्स, सन् १९८०, पेज नं. ७२-७३
“ “मैले बाइबलको उत्पत्तिको पहिलो पददेखि प्रकाशको अन्तिम पदसम्म पढेको छु, तर आइतबारको दिनलाई पवित्र मान्नू भन्ने त्यस्तो कुनै पनि अभिलेख भेटेको छैनँ । बाइबलमा उल्लेख गरिएअनुसार, हप्ताको पहिलो दिन आइतबारलाई मान्नू भनिएको छैन तर हप्ताको अन्तिम दिन शनिबारलाई मान्नू भनिएको छ ।” “ — द फेथ अफ मिलियन्स, जोन ए. ओ’ब्रायन, आवर सन्डे भिजिटर, Inc., सन् १९७४, पेज १३७
Nowhere in the Bible do we find a verse telling us to worship on Sunday. The Sabbath in the Bible is obviously Saturday.
यसरी आइतबार आराधना गर्नेसम्बन्धी वचन बाइबलमा कहीँ पनि भेट्टाउन सकिँदैन । बाइबलको शबाथ-दिन निश्चय नै शनिबार हो ।
- प्रमाण ३. ऐतिहासिक अभिलेख
Comparing two historical books written about the conquest of Jerusalem by the Roman general Pompeius, better known as Pompey, in 63 B.C., we can understand that the Sabbath in the Bible is Saturday.
Josephus, the first-century Jewish historian, wrote that Pompey conquered Jerusalem by exploiting the fact that the Jews did not work on the seventh-day Sabbath. When Pompey led the army and surrounded the Jerusalem temple, he noticed that the Jews only defended their city, but did not initiate any attack on the seventh-day, Sabbath. Every Sabbath, the Romans filled the trenches and valleys surrounding the temple without any hindrance, and transported siege weapons. Eventually, the Jerusalem Temple fell within three months.[३२]
At the beginning of the third century, Cassius Dio, a Roman historian, wrote that the Romans had an opportunity to destroy the walls of Jerusalem because the Jews did not work on the “day of Saturn.”[३३]
This means that the seventh-day Sabbath, which the Jews kept, was the day of Saturn, that is, Saturday, to the Romans. Therefore, it is clear that the Sabbath, which Jesus and the apostles kept, was Saturday.
ई.पू. ६३मा पोम्पेको रूपमा परिचित रोमी सेनापति पोम्पिउसले यरूशलेमको विजयबारे लेखेका दुई ऐतिहासिक पुस्तकहरूलाई तुलना गर्ने हो भने बाइबलको शबाथ-दिन शनिबार रहेको कुरा जान्न सकिन्छ ।
यहूदीहरू सातौँ दिन शबाथमा काम गर्दैनन् भन्ने कुराको फाइदा उठाएर पोम्पीले यरूशलेममाथि विजय गरेको कुरा पहिलो शताब्दीका यहूदी इतिहासकार योसेफसले लेखे । जब पोम्पेले सेनालाई नेतृत्व गरी यरूशलेमलाई घेरा हाले, तब यहूदीहरूले आफ्नो सहरको प्रतिरक्षा मात्र गर्दै, सातौँ दिन शबाथमा कुनै आक्रमण नगरेका कुरा पनि तिनले बताए । हरेक शबाथमा रोमीहरू चूपचाप मन्दिर वरपरका बेँसी र उपत्यकातिर बसेर हातहतियारहरू ढुवानी गर्ने गर्थे । अन्ततः ३ महिनाभित्र यरूशलेम मन्दिर कब्जा गरियो ।
यहूदीहरूले ‘शनिको दिन’मा कुनै कामकाज नगर्ने भएकाले रोमीहरूका लागि यरूशलेमको पर्खाल भत्काउन धेरै नै सजिलो थियो भनेर रोमी इतिहासकार क्यासियस डियोले तेस्रो शताब्दीको सुरुतिर लेखेका थिए ।
यो नै, यहूदीहरूले शबाथको रूपमा मान्ने गरेको सातौँ दिनलाई रोमीहरूले शनिको दिनको रूपमा शनिबारमा मान्ने गर्थे भन्ने अर्थ हो । तसर्थ येशूज्यू र प्रेरितहरूले मान्नुभएको शबाथ-दिनचाहिँ शनिबार थियो भन्ने कुरा प्रष्ट हुन्छ ।
- प्रमाण ४. दैनिक जीवनको भाषा
Some languages bear a trace showing that the Sabbath is Saturday. In Spanish, Saturday is sábado, which means the Sabbath. The following is the example of the languages in which the Hebrew word for the Sabbath leaves traces in the word meaning Saturday.
शबाथ-दिन शनिबार हो भन्ने कुरा केही भाषाका शब्दार्थमा पनि देख्न सकिन्छ । स्पेनी भाषामा शनिबारलाई ‘साबादो(sábado) अर्थात् शबाथ भनिन्छ । निम्न तालिकाचाहिँ हिब्रू शब्द शबाथ’को अर्थ शनिबार हो भन्ने कुराका केही उदाहरणहरू हुन् ।
Language | Saturday Notation |
---|---|
स्पेनी | Sábado (स्याबादो) |
पोर्चुगिज | Sábado (स्याबादु) |
इटालेली | Sabato (साबातो) |
ग्रीक | Σάββατο(सावातो) |
पोलिश | Sobota (सोबोता) |
क्रोएसियाली | Subota (सुबोता) |
बुल्गेरियाली | Събота (सबोता) |
इन्डोनेसियाली | hari Sabtu(हारी साब्तु) |
शबाथप्रति हरेक सम्प्रदायको दृष्टिकोण
यहूदी धर्म
The Jewish Sabbath begins at sunset on Friday and ends at sunset on Saturday. According to the Old Testament law where no work had to be done on the Sabbath, government offices, restaurants, and markets close and public transportation such as buses and trains cease to operate in Israel on the Sabbath.[३४] At home, two candles are lit on Friday before the sun goes down, and at the beginning of their Sabbath, they have a dinner with Sabbath bread and wine called “Challah.” The orthodox Jews, who strictly observe the Sabbath, are even forbidden to turn the electric switch on or off, so many of their houses have devices to turn off their lamps automatically. Hotels and high-rise apartments have elevators that automatically stop at every floor so that they do not need to press a button on the Sabbath day.[३५]
El Al Israel Airlines does not run on the Sabbath day. Since airports too stop taking off and landing, airlines have to adjust their timetables before or after the Sabbath. In the regions where the orthodox Jews live, they block the entrance so that foreigners and people from other regions cannot drive in their region on the Sabbath day. If someone drives in, the Jews there will throw stones to destroy the car.[३६][३७]
यहूदी शबाथचाहिँ शुक्रबारको सूर्यास्तबाट सुरु भएर शनिबारको सूर्यास्तमा समाप्त हुन्छ । शबाथमा कुनै कामकाज गर्नुहुँदैन भन्ने पुरानो करारको व्यवस्थाअनुसार अहिले पनि इस्राएल देशमा सरकारी कार्यालय, रेस्टुरेन्ट र बजारहरू शनिबारमा बन्द हुन्छन् अनि बस, रेल लगायत अन्य सार्वजनिक यातायातहरू पनि ठप्प हुन्छन् । शुक्रबारको दिन घाम अस्ताउनुअघि प्रत्येक घरमा दुई वटा मैनबत्ती बालिन्छ, र शबाथ सुरु हुने बेलामा तिनीहरू शबाथको रोटी र दाखमद्यद्वारा रात्री भोजन गर्छन्, जसलाई ‘हाला’ भनिन्छ । शबाथलाई कडाइका साथ पालन गर्ने कट्टर यहूदीहरूलाई, बिजुलीको स्विच अन/अफ गर्न समेत निषेध छ । त्यसैले प्रायःजसो घरहरूमा बत्तीहरू स्वचालित रूपमा बन्द गर्ने उपकरणहरू राखिएका हुन्छन् । शबाथ-दिनमा बटन थिच्न नपरोस् भनेर होटल तथा ठूला भवनहरूका प्रत्येक तलाहरूमा स्वचालित रूपमा रोकिने लिफ्ट राखिएको हुन्छ ।
एल् अल् इस्राएल वायुसेवाले शबाथ-दिनमा उडानहरू भर्दैन । विमानस्थलहरूले पनि उडान र अवतरण बन्द गर्ने भएकाले वायुसेवा कम्पनीहरूले शबाथ-दिनभन्दा अघि वा पछि आफ्नो समयतालिका मिलाउनुपर्ने हुन्छ । अझ, कट्टर यहूदीहरू बसोबास गर्ने क्षेत्रमा त, विदेशी अथवा अन्य क्षेत्रका मानिसहरू शबाथ-दिनमा त्यो क्षेत्रमा प्रवेश नगरून् भनेर उक्त क्षेत्रको प्रवेशद्वारलाई नै बन्द गरिएको हुन्छ । तैपनि यदि त्यहाँ कुनै कार घुस्छ भने यहूदीहरूले त्यो कारलाई ढुङ्गा हानेर तोडफोड गरिदिन्छन् ।
क्याथोलिकवाद
The Bible says that the Sabbath is Saturday, but the Catholic Church established the doctrine of Lord’s Day (Sunday worship).
बाइबलमा शबाथ-दिन शनिबार हो भनिएको छ तर क्याथोलिक मण्डलीले प्रभुको दिन(आइतबार) आराधना गर्ने सिद्धान्त बनाएर लागू गऱ्यो ।
“ तर बाइबलमा चाहिँ आइतबार होइनकि शनिबार भनेर उल्लेख गरिएको छ । यसकारण आफ्नो मण्डलीचाहिँ अन्य मण्डलीजस्तो होइन तर बाइबलअनुसार छ भनेर दाबी गर्ने गैर-क्याथोलिकहरूले पनि शनिबारको सट्टा आइतबारकै दिनमा आराधना गर्नु चासोको विषय होइन र ? साँच्चै विरोधाभासपूर्ण छ । तर यस्तो परिवर्तनचाहिँ प्रोटेस्टेन्टवादको उदय हुनुभन्दा करीब १५औँ शताब्दीअघि लागू भएको थियो, अनि त्यस बेला यो प्रथा विश्वव्यापी रूपमा मान्ने गरिन्थ्यो । यो प्रथा बाइबलको अभिलेखमा नभएर क्याथोलिक मण्डलीको अधिकारमा केन्द्रित भए तापनि तिनीहरूले यो प्रथालाई निरन्तरता दिँदैआएका छन् । “ — द फेथ अफ मिलियन्स, जोन ओ’ब्रायन, आवर सन्डे भिजिटर, Inc., सन् १९७४, पेज नं. ४००-४०१
Sunday was a day for worshiping the sun, but the Catholic Church insists that the early Christians commemorated the resurrection of Christ and the descent of the Holy Spirit on Sunday, calling it "Lord’s Day."[३८]
The Catholic Church changed the fourth commandment about the Sabbath among the Ten Commandments, differently from the Bible. They changed the Ten Commandments in the 5th century, under the pretext of classifying them reasonably by substituting the commandment, “Remember the Sabbath day by keeping it holy,” with the words, “Remember to keep holy the LORD’s Day.”[३९]
वास्तवमा आइतबार सूर्य पूजा गर्ने दिन थियो, तर क्याथोलिक मण्डलीले चाहिँ सुरुका ख्रीष्टियानहरूले ख्रीष्टको पुनरुत्थान र पवित्र आत्मा आगमन भएको आइतबारको दिनलाई ‘प्रभुको दिन’को रूपमा सम्झना गर्थे भनेर जिद्दी गर्छ ।
दश आज्ञामध्ये चौथो आज्ञा रहेको शबाथ-दिनलाई, क्याथोलिक मण्डलीले जथाभावी परिवर्तन गरिदियो । यति मात्र होइन, यसले पाँचौँ शताब्दीतिर दश आज्ञालाई अलि यथोचित रूपले वर्गीकरण गर्नुपर्छ भन्ने बहानामा ‘शबाथ-दिन पवित्र मान्नुपर्छ भनी याद राख्नू’ भन्ने आज्ञालाई “परमप्रभुको दिन पवित्र मान्नुपर्छ भनी याद राख्नू” भन्ने आज्ञामा परिवर्तन गरिदियो ।
प्रोटेस्टेन्टवाद
According to chapter 21 of “The Westminster Confession of Faith,” which contains the Calvinist faith, the Protestants claims: “The Sabbath day had always been the last day of a week from the creation of the world up until Jesus’ resurrection, but after Jesus’ resurrection, it changed to the first day of the week [Sunday].”[४०] They insist that Acts 20:7[४१] and 1 Corinthians 16:2[४२] are the records about the early Church keeping worship service on Sunday, the first day of a week.[४३] However, Acts 20 is about commemorating the Resurrection Day, and 1 Corinthians 16 is just a recommendation on how to give special offerings to help Jerusalem, not a record of every Sunday worship.
केल्विनवादी आस्था समाविष्ट ‘द वेस्टमिन्स्टर कन्फेशन अफ् फेथ’को अध्याय २१का अनुसार, प्रोटेस्टेन्टहरूको दाबी यस प्रकार छ : “शबाथ-दिनचाहिँ संसारको सृष्टि भएदेखि येशूज्यूको पुनरुत्थानसम्म हप्ताको अन्तिम दिनको रूपमा रहँदैआएको थियो । तर येशूज्यूको पुनरुत्थानपछि यसलाई हप्ताको पहिलो दिन(आइतबार)मा परिवर्तन गरियो । तिनीहरूले प्रेरित २०:७ र १ कोरिन्थी १६:२को वचनलाई उल्लेख गर्दै, सुरुको मण्डलीले हप्ताको पहिलो दिन रहेको आइतबारमा आराधना गरेका थिए भनेर जिद्दी गर्छन् । तर प्रेरित अध्याय २०को वचनचाहिँ पुनरुत्थानको दिनलाई सम्झना गर्नेबारे हो भने १ कोरिन्थी अध्याय १६को वचनचाहिँ यरूशलेममा विशेष भेटी सहयोग गर्नेबारे हो, साप्ताहिक रूपमा आइतबार आराधना गर्नेबारे होइन ।
The Seventh-day Adventist Church
विश्राम मण्डली
The Seventh-day Adventist Church [SDA] considers that the day begins at sunset, and so they claim that the Sabbath begins from the sunset of Friday and ends at the sunset of Saturday. That is why they keep worship services in the evening of Friday, and morning and afternoon of Saturday. The SDA Church also claims that the Sabbath is God’s seal, quoting a verse from the Bible reading that the Sabbath is a sign between God and His people.[४४]
सेभेन्थ डे एड्भेन्टिस्ट चर्च(विश्राम मण्डली)ले, सूर्यास्तदेखि दिनको सुरुआत हुन्छ भनेर मान्ने यहूदी परम्परालाई पछ्याउँछ, र शबाथ-दिनचाहिँ शुक्रबारको सूर्यास्तदेखि सुरु भएर शनिबारको सूर्यास्तमा समाप्त हुन्छ भनी दाबी गर्दछ । त्यसैले तिनीहरू शुक्रबार साँझ, शनिबार बिहान र दिउँसो आराधना गर्ने गर्छन् । साथै विश्राम मण्डलीले शबाथचाहिँ परमेश्वर र उहाँका प्रजाबीचको चिन्ह हो भन्ने बाइबलको वचनलाई उद्धृत गर्दै शबाथ परमेश्वरको छाप हो भनेर पनि दाबी गर्दछ ।
शबाथ-दिन मान्ने परमेश्वरको मण्डली
The World Mission Society Church of God is the only church that keeps the Sabbath of the new covenant just as Jesus and His disciples did.[४५] According to the biblical time reckoning, the day begins when the sun rises; therefore the Church of God keeps worship services on Saturday in the morning, afternoon, and evening. The Church of God celebrates the power of God Elohim the Creator on the Sabbath, and believes that the Sabbath is a sign between God and His people and a symbol of the eternal rest.
येशूज्यू र उहाँका चेलाहरूले गर्नुभएजस्तै, नयाँ करारको शबाथ-दिन मान्ने एकमात्र मण्डली नै परमेश्वरको मण्डली विश्व सुसमाचार समाज हो । बाइबलको समय गणनाअनुसार, सूर्य उदाएपछि दिनको सुरुवात हुन्छ । त्यसैले परमेश्वरको मण्डलीले शनिबार बिहान, दिउँसो र साँझ आराधना गर्छ । यो मण्डलीले शबाथमा सृष्टिकर्ता एलोहिम परमेश्वरको शक्तिलाई सम्झना गर्छ, र शबाथचाहिँ परमेश्वर र उहाँका प्रजाबीचको चिन्ह, अनन्त विश्रामको चिन्ह हो भनी विश्वास गर्दछ ।
यो पनि हेर्नुहोस्
सम्बन्धित भिडियो
- प्रवचन : महासचिव पास्टर गिम जु छलको प्रवचन, ‘शबाथ र परमेश्वरको आशिष्’
- “तपाईं मण्डली कहिले जानुहुन्छ ?”
सन्दर्भ सामग्रीहरू
- ↑ 7676. shabbath, Bible Hub
- ↑ 7673. shabath, Bible Hub
- ↑ "Genesis 2:2"।
- ↑ "Genesis 2:1–3"।
- ↑ "Isaiah 56:2"।
- ↑ "Exodus 31:16–17"।
- ↑ "Numbers 28:9–10"।
- ↑ "Leviticus 24:5–8"।
- ↑ "Exodus 20:8–10"।
- ↑ "Exodus 35:3"।
- ↑ "Hebrews 10:1"।
- ↑ "Colossians 2:16–17"।
- ↑ "Hebrews 10:11–12"।
- ↑ "John 4:21–23"।
- ↑ "Hebrews 5:8–10"।
- ↑ "Mark 1:21"।
- ↑ "Luke 6:6"।
- ↑ "Matthew 12:1–14"।
- ↑ "John 13:15"।
- ↑ "Acts 18:4"।
- ↑ "1 Corinthians 11:1"।
- ↑ "Isaiah 46:10"।
- ↑ "Ezekiel 20:10–12"।
- ↑ "Numbers 15:32–36"।
- ↑ "Isaiah 58:13–14"।
- ↑ "Hebrews 4:4–6"।
- ↑ "2 Peter 3:8"।
- ↑ "Revelation 20:4"।
- ↑ "Revelation 22:5"।
- ↑ "Leviticus 25:3–5"।
- ↑ "Genesis 1:5"।
- ↑ Antiquities of the Jews, Flavius Josephus, Book 14, Chapter 4, pp. 390–391, 1544
- ↑ Roman History, Book 37, Chapter 16, Dio Cassius, Translated by Earnest Cary, Herbert B. Foster. Loeb Classical Library 53. Cambridge, MA: Harvard University Press, 1914.
- ↑ SHABBAT IN JERUSALEM, Tourist Israel
- ↑ Shabbat’s Work Prohibition, My Jewish Learning
- ↑ The Rough Guide to Jerusalem, Daniel Jacobs, pg. 26, Rough Guides; 2nd edition, October 19, 2009
- ↑ Settings of Silver: An Introduction to Judaism, Stephen M. Wylen, pg. 129, Paulist Press; Second Edition, July 1, 2000
- ↑ The Sabbath or the Lord's Day, Catholic News Agency.
- ↑ The Catholic Ten Commandments, Catholic Answers, March 1, 2004
- ↑ The Westminster Confession of Faith, Ligonier Ministries.
- ↑ "Acts 20:7"।
- ↑ "1 Corinthians 16:2"।
- ↑ Sunday, New Advent
- ↑ The Sealing, Seventh Day Adventist Reform Movement.
- ↑ World Mission Society Church of God General Pastor, “A World Where No One Feels Lonely,” is Made with God’s Love as the Basis”, Monthly Chosun, March 2020