पवित्र आत्मा र दुलही

परमेश्वरको मण्डली विश्वकोशबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
सन् १८८०, जोसेफ मार्टिन क्रोन्हिमको चित्र, पवित्र आत्मा र दुलहीको विषयको अगमवाणी वर्णन, प्रकाश २२:१७(KJV)

प्रकाशको पुस्तकको अन्तिम अध्यायमा पवित्र आत्मा र दुलहीलाई, जीवनको पानी दिने व्यक्तिको रूपमा उल्लेख गरिएको छ । धेरै मण्डलीहरूले पवित्र आत्मालाई परमेश्वरको रूपमा बुझेका त छन्, तर तिनीहरूले दुलही भनेको मण्डली वा सन्त हो भनेर अर्थ लगाउने गर्छन् । यद्यपि मानव-जातिलाई जीवनको पानीचाहिँ केवल परमेश्वरले मात्र दिन सक्नुहुन्छ । पवित्र आत्मासँगै जीवनको पानी दिनुहुने दुलहीचाहिँ माता परमेश्वर हुनुहुन्छ । उहाँ अन्त्यका दिनहरूमा पिता परमेश्वरसँगै देखा पर्नुभएर मानव-जातिलाई मुक्ति दिनुहुन्छ ।

जीवनको पानी दिनुहुने परमेश्वर

येशूज्यूले इनारमा भेट्नुभएको सामरी स्त्रीलाई कहिल्यै नतिर्खाउने जीवनको पानी दिनेछु भन्नुभयो । (पाओलो भेरोनेसे, सन् १५८५)

पवित्र आत्मा र दुलहीचाहिँ बाइबलको अन्तिम अध्यायमा देखा पर्नुहुन्छ ।


पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् ।

प्रकाश २२:१७


जीवनको पानीले परमेश्वरको वचनलाई जनाउँछ, जुन आत्माको पोषणको निम्ति अत्यावश्यक छ । यो जीवनको पानी केवल परमेश्वरले मात्र दिन सक्नुहुन्छ । परमेश्वरले आफ्नो मुक्तिको कार्यको अवधिलाई ३ युगमा विभाजन गर्नुभयो । पिताको युग, पुत्रको युग र पवित्र आत्माको युग ।[१] पिताको युगमा पिता यहोवाले जीवनको पानी दिनुभयो, र पुत्रको युगमा येशूज्यूले जीवनको पानी दिनुभयो । अगमवक्ता वा सन्तहरूले जीवनको पानी दिन सक्छन् भन्ने अभिलेख बाइबलमा कतै पनि छैन । जुनसुकै युग भए पनि, जीवनको पानीचाहिँ केवल मुक्तिदाता हुनुभएका परमेश्वरले मात्र दिन सक्नुहुन्छ । प्रकाश अध्याय २१मा हेर्ने हो भने तिर्खाउनेहरूलाई[२] परमेश्वरले जीवनको पानीको फुहाराबाट सित्तैँमा दिनेछु भन्नुभएको छ । अनि अध्याय २२मा चाहिँ पवित्र आत्मा र दुलहीले जीवनको पानी सित्तैँमा दिनुहुन्छ भनिएको छ । अर्थात् जीवनको पानी दिनुहुने पवित्र आत्मा र दुलही नै पवित्र आत्माको युगमा देखा पर्नुहुने मुक्तिदाता, परमेश्वर हुनुहुन्छ भन्ने वचन हो ।[३]

पिताको युग पुत्रको युग पवित्र आत्माको युग
यर्मिया १७:१३
किनभने तिनीहरूले परमप्रभु,

जीवित पानीको मूललाई त्यागेका छन् ।

यूहन्ना ४:१४
“जुन पानी म त्यसलाई दिनेछु,

त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मूल बन्नेछ !”

प्रकाश २२:१७
पवित्र आत्मादुलही भन्नुहुन्छ, ...

जीवनको पानी सित्तैँमा लिओस् ।

यहोवा येशूज्यू पवित्र आत्मा र दुलही

पवित्र आत्मा र दुलहीचाहिँ थुमा र उहाँकी पत्नी

पवित्र आत्मा, दोस्रो आगमनका ख्रीष्ट

त्रिएकको सिद्धान्तअनुसार पवित्र आत्माचाहिँ पिता परमेश्वर हुनुहुन्छ । नयाँ करार बाइबलमा यसले विशेष गरी पवित्र आत्माको युगका मुक्तिदाता हुनुभएका दोस्रो आगमनका येशूज्यूलाई जनाउँछ । अन्त्यका दिनहरूमा थुमा र उहाँकी दुलहीले स्वर्गीय विवाह-भोज लगाउनुहुनेछ भनेर प्रकाश अध्याय १९मा अगमवाणी गरिएको छ ।


“हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं ! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् ।” ... “ ‘थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन् !’ ।”

प्रकाश १९:७-९


स्वर्गीय विवाह-भोजमा थुमा नै दुलहा हुनुहुन्छ र थुमाकी पत्नी नै दुलही हुनुहुन्छ । थुमाले येशूज्यूलाई जनाउँछ ।[४] तर २,००० वर्षअघि उहाँ आउनुभएको समयमा दुलही प्रकट हुनुभएन । प्रकाश अध्याय १९मा दुलहीसँगै देखा पर्नुहुने थुमाले फेरि आउनुहुने येशूज्यूलाई जनाउँछ । प्रकाश २२:१७मा दुलहीसँगै

देखा पर्नुभएर “आउनुहोस्” भन्दै सन्तहरूलाई निमन्त्रणा दिनुहुने व्यक्ति पवित्र आत्मा हुनुहुन्छ ।


पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् ।

प्रकाश २२:१७


यो अगमवाणीमा पवित्र आत्माचाहिँ अन्त्यका दिनहरूमा फेरि आउनुहुने दोस्रो आगमनका ख्रीष्टका साथै जीवनको पानी दिनुहुने पिता परमेश्वर हुनुहुन्छ ।

दुलही, यरूशलेम माता

प्रकाश २२:१७मा भनिएको पवित्र आत्माकी ‘दुलही’ र प्रकाश अध्याय १९मा भनिएको ‘थुमाकी दुलही’को रूपमा देखा पर्नुहुने व्यक्तिचाहिँ अन्त्यका दिनहरूमा देखा पर्नुहुने माता परमेश्वर हुनुहुन्छ ।


तब ती सात अन्तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु ।” तिनले मलाई पवित्र आत्मामा एउटा ठूलो र उच्च पर्वतमा लगे, र परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए ।

प्रकाश २१:९-१०


स्वर्गदूतले प्रेरित यूहन्नालाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु भने, र स्वर्गीय यरूशलेम सहर देखाए । अर्थात् दुलहीचाहिँ स्वर्गीय यरूशलेमको रूपमा सङ्केत गरिनुभएकी व्यक्ति हुनुहुन्छ । प्रेरित पावलले ‘स्वर्गीय यरूशलेम’लाई ‘हाम्री आमा’ भनेका छन् ।


तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् ।

गलाती ४:२६


‘हाम्री’ भन्नेहरूचाहिँ मुक्ति पाउने सन्तहरू हुन् । सन्तहरूले पिता परमेश्वर साथै माता परमेश्वरलाई पनि विश्वास गरेर मुक्ति अर्थात् जीवनको पानी प्राप्त गर्न सक्छन् ।

संसारको सृष्टिदेखि नै अगमवाणी गरिनुभएका पवित्र आत्मा र दुलही

गुस्ताभ डोरेको चित्र- हव्वाको सृष्टि

पवित्र आत्मा र दुलही अर्थात् पिता परमेश्वर र माता परमेश्वरको अस्तित्वचाहिँ संसारको सृष्टिदेखि नै भेट्टाउन सकिन्छ ।

परमेश्वरको स्वरूपमा सृष्टि भएका नर र नारी

परमेश्वरले ६ दिनसम्म स्वर्ग र पृथ्वी सृष्टि गर्नुभयो र सातौँ दिनमा विश्राम गर्नुभयो । छैटौँ दिनमा परमेश्वरले नर र नारी बनाउनुभयो ।


अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून् ।” यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो ।

उत्पत्ति १:२६-२७


‘हाम्रै’ भन्नुभएका परमेश्वरको स्वरूप र प्रतिरूपमा नर र नारी सृष्टि भए । योचाहिँ परमेश्वर पनि नर स्वरूप र नारी स्वरूपमा अस्तित्वमा हुनुहुन्छ भन्ने वचन हो । यावत् थोक सृष्टि गर्नुहुने परमेश्वरचाहिँ पिता परमेश्वर र माता परमेश्वर गरेर दुई जना हुनुहुन्छ । आजसम्म, परमेश्वरलाई विश्वास गर्ने मानिसहरूले परमेश्वर केवल नर स्वरूपमा मात्र हुनुहुन्छ भन्दै उहाँलाई ‘पिता’ भनेर पुकार्दैआएका छन् । येशूज्यूले पनि परमेश्वर हाम्रा आत्माका पिता हुनुहुन्छ भनेर सिकाउनुभयो ।[५] तर बाइबलमा हेर्ने हो भने नर स्वरूपका पिता परमेश्वर मात्र होइनकि नारी स्वरूपकी माता परमेश्वर पनि हुनुहुन्छ । उहाँ नै माता परमेश्वर हुनुहुन्छ ।[६]

आदम र हव्वा

परमेश्वरको स्वरूपमा सृष्टि भएका पहिलो नर र नारीचाहिँ आदमहव्वा थिए । नर स्वरूपका परमेश्वरको प्रतिरूपमा सृष्टि भएका आदमले पिता परमेश्वरलाई जनाउँछन् ।


ती आदमचाहिँ आउनुहुनेको प्रतिरूप थिए ।

रोमी ५:१४


नारी स्वरूपकी परमेश्वरको प्रतिरूपमा बनाइएकी हव्वाले माता परमेश्वरलाई जनाउँछिन् ।


आदमले आफ्नी पत्नीको नाउँ हव्वा राखे, किनभने सबै जीवितहरूकी आमा तिनी नै हुन् ।

उत्पत्ति ३:२०


आदमले आफ्नी पत्नीको नाउँ ‘जीवन’ भन्ने अर्थमा ‘हव्वा’ (חַוָּה) राखे, र तिनलाई ‘सबै जीवितहरूकी आमा’ भने । ‘हव्वा’ भन्ने नाउँको अगमवाणीगत अर्थ छ, अनि हव्वाले चाहिँ सम्पूर्ण मानव-जातिलाई जीवन दिनुहुने माता परमेश्वरलाई सङ्केत गर्दछिन् ।

सातौँ दिनमा परमेश्वरले विश्राम गर्नुअघि आदम र हव्वा[७] सृष्टि गरिएको कुराचाहिँ आदमद्वारा सङ्केत गरिनुभएका दोस्रो आगमनका ख्रीष्ट, अनि हव्वाको रूपमा सङ्केत गरिनुभएकी माता परमेश्वरचाहिँ अनन्त विश्राम नजिक आउँदा सबै मानव-जातिमाझ देखा पर्नुहुनेछ भन्ने विषयको अगमवाणी हो । अर्को शब्दमा भन्ने हो भने प्रकाश २२:१७मा जीवनको पानी दिनुहुने पवित्र आत्मा र दुलहीचाहिँ अन्तिम समयमा देखा पर्नुहुने अगमवाणीका आदम र हव्वा हुनुहुन्छ ।[८]

मानिसको स्वरूपमा आउनुहुने पवित्र आत्मा र दुलही

तुलनात्मक रूपमा भन्नुपर्दा, २,००० वर्षअघि शरीरमा आउनुभएका येशूज्यू जस्तै, पवित्र आत्मा र दुलही पनि मानिसको रूपमा आउनुभएर जीवनको पानी अर्थात् मुक्ति दिनुहुन्छ ।

के दुलही भनेको साँच्चैको सहर हो ?

कसै-कसैले दुलही भनेको माता परमेश्वर होइनकि स्वर्गदेखि तलतिर झरिरहेको साँच्चैको सहर हो भन्ने गर्छन् ।[९] यदि यो जिद्दी सही हो भने प्रकाश अध्याय १९ र अध्याय २१मा ‘थुमा’ भनेर अभिव्यक्त गरिनुभएका पवित्र आत्मा पनि साँच्चैको थुमा हुनुपर्छ । स्वर्गीय विवाह-भोजका दुलहालाई थुमाको रूपमा वर्णन गरिएको छ, तर त्योचाहिँ साँच्चैको जनावरलाई जनाइएको होइन । त्यसै गरी स्वर्गीय यरूशलेम सहरको रूपमा वर्णन गरिनुभएकी दुलही पनि साँच्चैको सहर होइन ।

जीवनको पानी दिनुभएका येशूज्यू

२,००० वर्षअघि येशूज्यूले पनि सन्तहरूले मुक्ति पाएर स्वर्गमा प्रवेश गर्ने कुरालाई विवाह-भोजसँग दृष्टान्त गर्नुभयो । दुलहाले पाहुनाहरूलाई विवाह-भोजमा आमन्त्रण गर्छन् ।[१०] दृष्टान्तमा भनिएको दुलहाले येशूज्यूलाई जनाउँछ । तिर्खाएकाहरूलाई जीवनको पानी दिन उहाँले “मकहाँ आउनुहोस्” भन्नुहुँदै सन्तहरूलाई स्वर्गीय विवाह-भोजमा आमन्त्रण गर्नुभयो ।[११] सन्तहरूलाई “आउनुहोस्” भन्नुभएका येशूज्यू मानिसको रूपमा आउनुभयो । मुक्तिदाता यो पृथ्वीमा शरीरमा आउनुभएर सन्तहरूलाई विवाह-भोजमा निमन्त्रणा गरी जीवनको पानी दिनुहुनेछ भन्ने कुरा नै स्वर्गीय विवाह-

भोजको दृष्टान्तको केन्द्रबिन्दु हो ।

जीवनको पानी दिनुहुने पवित्र आत्मा र दुलही

अन्त्यका दिनहरूमा हुने घटनाहरूको बारेमा प्रकाशको पुस्तकमा लेखिएको छ । पवित्र आत्मा र दुलहीले सन्तहरूलाई विवाह-भोजमा निमन्त्रणा गर्नुभएर उनीहरूलाई जीवनको पानी दिनुहुन्छ ।[१२][१३] उहाँहरू नै यी अन्त्यका दिनहरूमा शरीरमा आउनुहुने पिता परमेश्वर र माता परमेश्वर हुनुहुन्छ । २,००० वर्षअघि मानिसको स्वरूपमा यस संसारमा आउनुभएका येशूज्यूले जीवनको पानी दिनुभएजस्तै, अन्त्यका दिनहरूमा मुक्तिदाता हुनुभएका पवित्र आत्मा र दुलहीले पनि मानिसको स्वरूपमा आउनुभएर जीवनको पानी दिनुहुन्छ ।

सन्दर्भ सामग्रीहरू

  • परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. "मत्ती २८:१९" 
  2. "प्रकाश २१:५-७" 
  3. "'परमेश्वरको मण्डली,' तीव्र वृद्धिको रहस्य"Weekly Chosun। मार्च २४, २०१७। 
  4. "यूहन्ना १:२९" 
  5. "मत्ती ६:९" 
  6. "गलाती ४:२६" 
  7. "उत्पत्ति १:२७-३१" 
  8. परमेश्वरको रहस्य र जीवनको पानीको मूल, अध्याय २४ पूर्ण र अपूर्ण, आन साङ होङ, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड
  9. "प्रकाश २१:९-१०" 
  10. "मत्ती २२:१-१०" 
  11. "यूहन्ना ७:३७-३८" 
  12. "प्रकाश १९:७-९" 
  13. "प्रकाश २२:१७"