दक्षिण अमेरिकामा परमेश्वरको मण्डली
दक्षिण अमेरिकामा सुसमाचार फैलाउने परमेश्वरको मण्डलीको मिसन सन् १९९०को दशकको अन्त्यतिर पेरुबाट सुरु भएको थियो । त्यस बेलादेखि सुसमाचारचाहिँ महादेशभित्रका अन्य छिमेकी देशहरूमा पनि तीव्रताका साथ फैलियो । हाल ब्राजिल, अर्जेन्टिना, बोलिभिया, चिली, उरुग्वे, कोलम्बिया, पाराग्वे लगायत दक्षिण अमेरिकी देशहरूमा मण्डली र आराधनालयहरू स्थापना भएका छन् । अमेजोन वर्षावन र एन्डिज पर्वतका गाउँहरूमा समेत मण्डली स्थापना भएका छन् । मेक्सिको, ग्वाटेमाला, एल साल्भाडोर, पानामा, कोस्टा रिका लगायत मध्य अमेरिकामा पनि थुप्रै मण्डलीहरू स्थापना भएका छन् । दक्षिण अमेरिकाको परमेश्वरको मण्डलीका सन्तहरूले जोशका साथ सुसमाचार प्रचार गर्दै, स्वयंसेवा गतिविधिद्वारा परमेश्वरको प्रेमलाई विभिन्न क्षेत्रहरूमा फैलाइरहेका छन् । ब्राजिलमा परमेश्वरको मण्डली क्याम्पस विद्यार्थी स्वयंसेवा सङ्गठन, ASEZका सदस्यहरूलाई राष्ट्रिय स्वयंसेवा दिवस मनाउन राष्ट्रपति भवनमा आमन्त्रण गरियो ।
दक्षिण अमेरिकामा भएको परमेश्वरको मण्डलीको अवलोकन
दक्षिण अमेरिकामा पहिलो विदेश मिसनचाहिँ पेरुबाट सुरु भएको थियो र पहिलो मण्डली सन् १९९८मा स्थापना भएको थियो । प्रारम्भिक दिनहरूमा भाषा समस्याले गर्दा कोरियाली मिसनरीहरूलाई मानिसहरूसँग कुराकानी गर्न गाह्रो परेको थियो । उनीहरूचाहिँ केवल सन्तहरूलाई स्पेनी भाषामा “दिओस् लो बेन्दिगा मुचो (धेरै आशिष् पाउनुहोस्)” भन्दै अभिवादन मात्र गर्न सक्थे । मौसम, फैलँदो रोगहरू, भाषा समस्या जस्ता विभिन्न कठिनाइहरूको बाबजुद मिसनरीहरूले “तिमीहरू सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ” भन्ने बाइबलको वचनमा भरोसा गरी बीजारोपण गरीकन मण्डली स्थापना गरे ।[१][२][३]
दक्षिण अमेरिकामा पेरु, ब्राजिल, चिली, कोलम्बिया र इक्वेडरसहित कुल १२ वटा देशहरू छन् । उत्तर र दक्षिण अमेरिकालाई जोड्ने मध्य अमेरिकासहित कुल ३३ वटा ल्याटिन अमेरिकी देशहरू छन् ।[४] यूरोपेली प्रभावका कारण अर्थव्यवस्था, राजनीति र संस्कृति जस्ता सामाजिक क्षेत्रहरूमा क्याथोलिकवादले गहिरो गरी जरा गाडेको छ । यसको बाबजुद माता परमेश्वरको प्रेम र नयाँ करार निस्तार-चाडको सत्यता सन्तहरूको हृदयमा ठूलो आवाजसाथ गुञ्जिरहेको छ । परमेश्वरको मण्डलीमा आफ्नो विश्वासको जग बसालेका सन्तहरूले राष्ट्रिय सीमानालाई पार गरेर बोलिभिया, अर्जेन्टिना लगायतका देशहरूमा नयाँ करारको सुसमाचार फैलाए ।[५] परिणामस्वरूप प्रत्येक देशका मुख्य सहरहरूमा लगायत अन्टार्कटिका नजिकै अर्जेन्टिनाको दक्षिणी सहर उसुवाइयामा, त्यसै गरी इक्वेडरको गालापागोस टापूमा र ब्राजिलको अमेजन वर्षावनमा अवस्थित तारुमा जस्ता अन्य विभिन्न क्षेत्रहरूमा पनि परमेश्वरको मण्डली स्थापना भएको छ । अमेजन वर्षावनमा एक जना आदिवासी मुखियाले “यहाँ परमेश्वरको वचन सुनाउन कोही पनि आएका छैनन् । परमेश्वरको मण्डली नै पहिलो हो” भन्दै आफ्नो भावना व्यक्त गरे ।
वर्तमान अवस्था
माया, एज्टेक, इन्का, र एन्डियन सभ्यताहरूको उद्गम स्थल रहेको मध्य र दक्षिण अमेरिकामा अहिले पनि विभिन्न संस्कृति र परम्पराहरू विद्यमान् छन् । स्थानीय परमेश्वरको मण्डलीका सन्तहरूले वर्ग, जाति, भाषा, वा संस्कृतिको पर्वाह नगरी परिवारसरह परमेश्वरको प्रेमद्वारा आपसमा स्नेह बाँड्दछन् र एक-अर्कालाई आदर गर्छन् । सन्तहरूमा भएको निःस्वार्थ भावचाहिँ नम्रता र विचारशीलता जस्ता येशू ख्रीष्टका उदाहरणलाई अनुसरण गर्ने विश्वास, र माताको शिक्षाबाट आउँदछ । ७४औँ विदेशी सन्त भ्रमण टोलीको सदस्यको रूपमा कोरिया भ्रमण गरेकी न्यान्सी एस्पिटिया(बोगोटा, कोलम्बिया)ले “दिने प्रेम र सुन्दर मन जस्ता माताको शिक्षालाई पछ्याएर म हाँसो र सुकर्मद्वारा परमेश्वरको प्रेमलाई व्यवहारमा लागू गर्न कोसिस गर्दैछु” भनिन् ।[६] पादरी कर्मचारी र सन्तहरू एकै मनका भएर एक-अर्कालाई सेवा गरिरहेकाले, र जोशका साथ एकतामा रहेर कार्य गरिरहेकाले (जसका लागि दक्षिण अमेरिका परिचित छ), सुसमाचार तीव्र गतिमा फैलिरहेको छ ।
स्वयंसेवा गतिविधिहरू
दक्षिण अमेरिकी मण्डलीका सन्तहरूचाहिँ ख्रीष्टले अनुरोध गर्नुभएजस्तै आफ्ना छिमेकीहरूको आफैलाई झैँ हेरचाह गर्दै खाँचोमा परेकाहरूलाई सहयोग गर्नमा समर्पित छन् । उनीहरू सहयोगको आवश्यक परेको सामुदायिक क्षेत्रहरू पत्ता लगाउँछन्, प्रधान कार्यालयसित छलफल गर्छन्, र छिटो र व्यवस्थित तवरले स्वयंसेवालाई अगि बढाउँछन् । कोही पनि नछुटून् तर सबैले खुशी जीवन जिउन सकून् भनेर सन्तहरू स्वेच्छाले कल्याण प्रवर्धन कार्यमा अग्रसर हुन्छन् । उनीहरूले बाल कल्याण सुविधा स्थलहरूलाई समर्थन, अनि वृद्धाश्रम र सरकारी कार्यालयहरूको भ्रमण गरेर यो कार्यलाई प्रवर्धन गर्छन् । साथै सन्तहरूले रक्तदान अभियान गरेर समुदायमा सकारात्मक प्रभाव छोडेका छन्, जसप्रति स्थानीयबासीहरू बिलकुल अजान थिए । सन्तहरूले रक्तदानको महत्त्वलाई दक्षिण अमेरिकाका विभिन्न देशहरूमा फैलाएका छन् ।[७]
भूकम्प, ज्वालामुखी विस्फोटन, डढेलो र बाढीजस्ता प्रकोपहरूले एकैछिनमा मानिसको जीवनको जगलाई नै हल्लाइदिन सक्छ । मण्डलीका सन्तहरूले माताको प्रेम बाँड्ने गहिरो चाहना बोकेर पीडितहरूलाई दैनिक जीवनमा फर्कन मद्दत गर्नलाई भोजन र स्वास्थ्य सेवा प्रदान गर्ने जस्ता राहत सेवाकार्य गर्छन् ।[८][९][१०] सन् २०१७मा मेक्सिकोमा ८.१ रेक्टर स्केलको भूकम्प जाँदा, सन्तहरूले पीडितहरूलाई सुविधाका सामानहरू र सेवाहरू प्रदान गरे ।[११] एल् निन्यो बाढीले पेरुको पूरै देशलाई असर गर्दा, सन्तहरूले क्षतिग्रस्त ठाउँहरूमा गएर पुनर्स्थापना र राहत कार्यहरू गरे । बाढी पीडितहरूलाई सहयोग गर्ने हेतुले रक्तदान अभियान र कन्सर्ट आयोजना जस्ता विभिन्न प्रयासहरू गरिए ।[१२] पेरुको लिमा, भिल्ला एल् साल्भाडोर परमेश्वरको मण्डलीले आगलागी पीडितहरूका लागि निःशुल्क भोजन सेवाको प्रबन्ध मिलाउँदा एक जना पीडितले सन्तहरूलाई यसो भने, “तपाईंहरूले हाम्रो एकलोपनालाई हटाइदिनुभएको छ । तपाईंहरूबाट यस्तो अनपेक्षित सहयोग पाउँदा, साँच्चै नै संसारमा एक-अर्कालाई गरिने सहयोग हराएको रहेनछ भन्ने कुरा महसुस भयो । हामीलाई बेवास्ता नगरिदिनुभएकोमा धन्यवाद ।”[१३] दक्षिण अमेरिकाका ASEZ र ASEZ WAO सदस्यहरूले नियमित रूपमा वातावरण संरक्षण गतिविधिहरू गर्दछन् ।[१४][१५][१६][१७][१८] उनीहरूले विभिन्न क्षेत्रका विज्ञहरू र प्रभावशाली व्यक्तित्वहरूसँग, जलवायु परिवर्तन सङ्कटलाई समाधान गर्नलाई मद्दत गर्ने व्यावहारिक तरिकाहरूबारे छलफल गर्न र स्थानीय बासिन्दाहरूमाझ जनचेतना जगाउन विश्वव्यापी फोरम[१९][२०] र सम्मेलनहरूको[२१][२२][२३][२४][२५] आयोजना गर्दछन् । कोभिड-१९को महामारी सुरु भएदेखि, प्रत्येक मण्डलीहरू सरकारको निर्देशिकालाई पालना गर्दै व्यक्तिगत सुरक्षा उपकरण (PPE) उपलब्ध गराई भाइरस सङ्क्रमणलाई रोक्न प्रयत्नरत छन् ।[२६][२७][२८] भेनेजुयलाको काराकासमा महामारीका कारण त्यहाँका बासिन्दाहरूले २ महिनासम्म पानीको अभावले गर्दा सास्ती भोगेका थिए । तब मण्डलीका सन्तहरू ५ किलोमिटर पैदल गई खाँचो परेका मानिसहरूलाई पानी पुऱ्याइदिए ।[२९]
विभिन्न देशका संस्था तथा सञ्चार माध्यमका प्रतिक्रियाहरू
परमेश्वरको मण्डलीद्वारा आयोजित विविध कार्यक्रमहरूमा सहभागी भएका विभिन्न देशका सरकारी अधिकारीहरूले, मानव-जातिलाई साहस र आशा प्रदान गर्ने सन्तहरूको प्रयासलाई समर्थन गरे ।[३०][१९] पेरुको सर्वोच्च अदालतका पूर्वाध्यक्ष डुबेर्ली रोड्रिगेज टिनियोले मण्डलीलाई प्रोत्साहनको सन्देश पठाए । त्यहाँ यस्तो लेखिएको थियो, “पृथ्वीलाई Aदेखि Zसम्म बचाउन क्याम्पस युवाहरूले गरिरहेका यो कार्य एकदम महत्त्वपूर्ण कार्य हो । पृथ्वी नामको हाम्रो यो ग्रहलाई बचाउन विभिन्न ठाउँहरूमा स्वयंसेवा कार्य गरिरहेका क्याम्पस विद्यार्थीहरूलाई म हार्दिक बधाई दिन चाहन्छु ।”[३१] ब्राजिलमा राष्ट्रपतिले राष्ट्रिय स्वयंसेवा दिवसको लागि ASEZका सदस्यहरूलाई राष्ट्रपति भवनमा आमन्त्रण गर्नुभएर उनीहरूको स्वयंसेवा गतिविधिप्रति प्रशंसा र कृतज्ञता व्यक्त गर्नुभयो ।[३२][३३]
स्थानीय सञ्चार माध्यमले पनि परमेश्वरको मण्डलीका गतिविधिहरूको बारेमा चासो देखाउँदै रिपोर्टहरू प्रस्तुत गरे ।[३४] पेरुको सार्वजनिक प्रसारण केन्द्र ATVले कोरियाको भ्रमण गरेर परमेश्वरको मण्डलीसँगको अन्तर्वार्तापछि यस्तो समाचार प्रसारण गऱ्यो, “सन्तहरूको आस्थालाई हेर्दा, उनीहरूमा लिने प्रेमभन्दा दिने प्रेम अझ बढी छ जस्तो देखिन्छ । छिमेकीलाई सहयोग, र वचन प्रचार जस्ता यी सबै सामाजिक गतिविधिलाई सम्भव तुल्याएको आधार नै प्रेम, अनि सबैभन्दा उच्चमा परमेश्वर हुनुहुन्छ ।” पेरु र चिलीमा, माताको प्रेमको मूल्यलाई उजागर गर्न र अरूलाई प्रेरणा दिनको निम्ति ‘हाम्री आमा’ लेख तथा तस्वीर प्रदर्शनी आयोजना गरियो ।[३५] प्रदर्शनीको भ्रमण गर्नुभएका चिलीको सरकारी मामिला ब्यूरो प्रमुखले “आमाको अस्तित्व र भूमिकाबारे गहिरिएर सोच्ने गराउने यो प्रदर्शनी एकदमै मूल्यवान् प्रदर्शनी हो” भन्नुभयो ।[३६] ‘हाम्री आमा’ लेख तथा तस्वीर प्रदर्शनीचाहिँ पहिलो पटक कोरियाको सउल, गाङनाम परमेश्वरको मण्डलीमा ७,५०,००० जनाभन्दा बढी आगन्तुकहरूको सहभागितामा सन् २०१३मा आयोजना गरिएको थियो । त्यसपछि यो प्रदर्शनी विश्वका धेरै देशहरूमा विस्तार हुन थाल्यो । स्वयंसेवाद्वारा विभिन्न क्षेत्र र देशहरूलाई सहयोग पुऱ्याएबापत् दक्षिण अमेरिकाका परमेश्वरको मण्डलीहरूलाई राष्ट्रिय संसद भवनबाट, अनि स्थानीय सरकार र सार्वजनिक संस्थाहरूबाट ५०० वटाभन्दा बढी अवार्डहरूले सम्मान गरियो । जसअन्तर्गत ब्राजिलबाट ‘विधायिकी पदक’,[३७] चिलीको सभामुखबाट प्रशंसा-पत्र, पेरुको पिउरा प्रदेशबाट पदक,[३८] पेरुको हुआराजका मेयरबाट प्रशंसा-पत्र,[३९] इक्वेडोरको एस्मेराल्डासका मेयरबाट सङ्कल्प-पत्र,[४०] र अर्जेन्टिनाको पिलारका मेयरबाट प्रशंसा-पत्र पर्दछ ।[४१]
बाह्य कडीहरू
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्रीहरू
- ↑ "World Mission Society Church of God Opens the Age of 3 Million Saints on 55th Anniversary"। ShinDongA। जुन ७, २०१९।
- ↑ "Children Who Are Faithful in a Very Little Thing"। English WATV। जुन १, २००६।
- ↑ "The Latter Rain of the Holy Spirit Wets a Barren Land"। English WATV। नोभेम्बर १, २००३।
- ↑ "Latin America and the Caribbean"। Ministry of Foreign Affairs।
- ↑ "We Are Going to Heaven (Vamos al Cielo)"। English WATV। जनवरी १, २००४।
- ↑ "74th Overseas Visiting Group Visit Korea"। Sisa News। मे २८, २०१९।
- ↑ "The World Takes Note of God the Mother"। MEDIA CAST। मे १६, २०१९।
- ↑ "Free food service to help the victims by the fire in Villa El Salvador"। MEDIA CAST। मार्च २०, २०१७।
- ↑ "For the One Who Need Mother's Love"। WATV News। डिसेम्बर ३०, २०१२।
- ↑ "We wish to help the victims by embracing with warm Mother's love"। WATV News। डिसेम्बर १३, २०१२।
- ↑ "Earthquake Relief Activity in Mexico"। WATV News। सेप्टेम्बर १३, २०१७।
- ↑ "Setting an Example for the World with Humanitarian Work"। Weekly DongA। मार्च १३, २०१८।
- ↑ "Church of God, Peru, Disaster Recovery Volunteer Efforts"। MEDIA CAST। मे ३१, २०१९।
- ↑ "[Peru Beach Cleansing Activity] Let's Overcome El Niño Climate Change Crisis with Environmental Cleanup"। MEDIA CAST। अगस्ट १, २०१७।
- ↑ "Jornada de concientización y limpieza en la ribera del río Luján"। Lujan Hoy। जनवरी २१, २०२०।
- ↑ "Jóvenes fomentan limpieza de calles con campaña ambiental"। LA NACION। अप्रिल ८, २०१९।
- ↑ "Universitarios coreanos participaron en minga de limpieza en Atacames"। La Hora। जनवरी २२, २०१९।
- ↑ "Realizan trabajo de de limpieza y acondicionamiento del área verde"। Hoy। फेब्रुअरी ४, २०१८।
- ↑ १९.० १९.१ "Let's Make the World Beautiful ASEZ Global Forum in Peru"। MEDIA CAST। जुलाई १६, २०१९।
- ↑ "2018 ASEZ Global Forum on the Implementation of UN SDGs"। ASEZ.org। अक्टोबर १७, २०१८।
- ↑ "JÓVENES VOLUNTARIOS REALIZARÁN CAMPAÑA AMBIENTAL CON LA MUNICIPALIDAD PROVINCIAL DE HUAURA"। Municipalidad Provincial de Huaura। जनवरी २१, २०२०।
- ↑ "Talk with the Minister of the Interior of Uruguay for Creating an Environment Conducive to Sustainable City"। ASEZ.org। अगस्ट २, २०१९।
- ↑ "Multilateral Partnership for Sustainable Argentina"। ASEZ.org। जनवरी ३१, २०१९।
- ↑ "ASEZ Holds a Conference to Build a Partnership with Minister of Justice and Human Rights and Vice Minister of Justice and Human Rights"। ASEZ.org। जनवरी २८, २०१९।
- ↑ "Novo Airao City signed an MOU with ASEZ for constant cooperation"। ASEZ.org। जनवरी २८, २०१९।
- ↑ "Donation and Service Relays to Combat COVID-19"। WATV.org। जुलाई ८, २०२०।
- ↑ "San Isidro: Campaña "De corazón a Corazón" de ASEZ WAO Entrega de kits de apoyo al personal médico que lucha contra la COVID-19"। NorteOnline। डिसेम्बर १८, २०२०।
- ↑ "Iglesia de Dios Sociedad Misionera Mundial entrega apoyo al Regimiento N°21 Coquimbo"। La Voz del Norte। सेप्टेम्बर २, २०२०।
- ↑ "Church of God Help All Countries of the World"। Ilgan। जुलाई २, २०२०।
- ↑ "Blood Donation Campaign with Peru's First Lady"। MEDIA CAST। जुलाई ४, २०१७।
- ↑ "World Citizen's Messages to ASEZ"। MEDIA CAST। फेब्रुअरी १७, २०२०।
- ↑ "Brazil's President Invites Church of God University Student Volunteer Group ASEZ to Presidential Palace"। Aju News। सेप्टेम्बर ३, २०१८।
- ↑ "ASEZ, the World Mission Society Church of God University Student Volunteer Group, Was Invited to the Presidential Palace of Brazil"। ASEZ.org। अगस्ट २८, २०१८।
- ↑ "South America"। WATVPRESS।
- ↑ "'Hometown of Heart' A Touching Exhibition Full of Mother's Love"। Weekly DongA। सेप्टेम्बर १८, २०१८।
- ↑ "[Special Feature ● Luther's 500 Years of Religious Reformation - Church of God and Truth in the Bible] 2.7 Million World Mission Society Church of God Saints' 'Grand Chorus'"। Monthly JoongAng। नोभेम्बर १७, २०१७।
- ↑ "[WATV NEWS] The World Mission Society Church of God Wins The Legislative Merit Medal of Brazil"। World Mission Society Church of God Official Youtube Channel। जनवरी १३, २०२३।
- ↑ "María Cecilia Torres Carrión, CEO of the Piura Regional Government"। WATV Award। अक्टोबर ५, २०१७।
- ↑ "Vladimir Antonio Meza Villarreal, Mayor of the Provincial Municipality of Huaraz"। WATV Award। जनवरी १८, २०१४।
- ↑ "Lenin Lara Rivadeneira, Mayor of Esmeraldas"। WATV Award। मार्च १५, २०१९।
- ↑ "Nicolás Ducoté, Municipal Mayor of Pilar"। WATV Award। अगस्ट १०, २०१८।