आराधना: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ३: | पङ्क्ति ३: | ||
== पुरानो करारको बलिदान == | == पुरानो करारको बलिदान == | ||
<small>{{참고| | <small>{{참고|पुरानो करारको बलिदान|설명=}}</small> | ||
[[file:High Priest Offering Sacrifice of a Goat.jpg |thumb | 300px |प्रधान पूजाहारीले पशु बलिद्वारा चढाएको बलिदान]] | [[file:High Priest Offering Sacrifice of a Goat.jpg |thumb | 300px |प्रधान पूजाहारीले पशु बलिद्वारा चढाएको बलिदान]] | ||
पुरानो करारको समयमा, बलि चढाएर परमेश्वरलाई आराधना गर्ने गरिन्थ्यो । बलिदानको सुरुवातचाहिँ मानव-जातिका पुर्खा [[आदम]]को समयदेखि भएको थियो । आदमका दुई छोराहरू [[कयिन र हाबिल]]ले आ-आफ्नै तरिकाले परमेश्वरलाई भेटी चढाए । थुमा बलिद्वारा चढाइएको हाबिलको बलिदानलाई परमेश्वरले ग्रहण गर्नुभयो, तर भूमिको उब्जनीबाट चढाइएको कयिनको बलिदानलाई चाहिँ उहाँले ग्रहण गर्नुभएन । परमेश्वरले चाहनुहुने बलिदानचाहिँ पशुबलि हो भन्ने कुरा यसबाट बुझ्न सकिन्छ ।<ref>{{Cite web |title=उत्पत्ति ४:१-५ |url=https://www.bible.com/bible/1483/GEN.4.NNRV |publisher= |quote=}}</ref> त्यस बेलादेखि, धेरै विश्वासका पुर्खाहरूले हाबिलको उदाहरणलाई पछ्याउँदै पशुबलि चढाए ।<ref>{{Cite web |title=उत्पत्ति ८:२०-२१ |url=https://www.bible.com/bible/1483/GEN.8.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=उत्पत्ति १२:७ |url=https://www.bible.com/bible/1483/GEN.12.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=उत्पत्ति १५:९ |url=https://www.bible.com/bible/1483/GEN.15.NNRV |publisher= |quote=}}</ref> पशुको रगत बगाएर चढाइने यो बलिदान, मोशाको पालामा आएर संहिताबद्ध गरियो । पुरानो करारको समयमा, इस्राएलीहरूले व्यवस्थाअनुसार हरेक शबाथमा र ७ वटा वार्षिक चाडहरूमा बिहान र दिउँसो नित्य होमबलि चढाएर परमेश्वरसित बातचीत गर्थे । यसबाहेक पनि तिनीहरूले निरन्तर उद्देश्य र आवश्यकता अनुसारका थोक ल्याएर व्यक्तिगत रूपमा पनि बलिदान चढाउँथे ।<br> | पुरानो करारको समयमा, बलि चढाएर परमेश्वरलाई आराधना गर्ने गरिन्थ्यो । बलिदानको सुरुवातचाहिँ मानव-जातिका पुर्खा [[आदम]]को समयदेखि भएको थियो । आदमका दुई छोराहरू [[कयिन र हाबिल]]ले आ-आफ्नै तरिकाले परमेश्वरलाई भेटी चढाए । थुमा बलिद्वारा चढाइएको हाबिलको बलिदानलाई परमेश्वरले ग्रहण गर्नुभयो, तर भूमिको उब्जनीबाट चढाइएको कयिनको बलिदानलाई चाहिँ उहाँले ग्रहण गर्नुभएन । परमेश्वरले चाहनुहुने बलिदानचाहिँ पशुबलि हो भन्ने कुरा यसबाट बुझ्न सकिन्छ ।<ref>{{Cite web |title=उत्पत्ति ४:१-५ |url=https://www.bible.com/bible/1483/GEN.4.NNRV |publisher= |quote=}}</ref> त्यस बेलादेखि, धेरै विश्वासका पुर्खाहरूले हाबिलको उदाहरणलाई पछ्याउँदै पशुबलि चढाए ।<ref>{{Cite web |title=उत्पत्ति ८:२०-२१ |url=https://www.bible.com/bible/1483/GEN.8.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=उत्पत्ति १२:७ |url=https://www.bible.com/bible/1483/GEN.12.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=उत्पत्ति १५:९ |url=https://www.bible.com/bible/1483/GEN.15.NNRV |publisher= |quote=}}</ref> पशुको रगत बगाएर चढाइने यो बलिदान, मोशाको पालामा आएर संहिताबद्ध गरियो । पुरानो करारको समयमा, इस्राएलीहरूले व्यवस्थाअनुसार हरेक शबाथमा र ७ वटा वार्षिक चाडहरूमा बिहान र दिउँसो नित्य होमबलि चढाएर परमेश्वरसित बातचीत गर्थे । यसबाहेक पनि तिनीहरूले निरन्तर उद्देश्य र आवश्यकता अनुसारका थोक ल्याएर व्यक्तिगत रूपमा पनि बलिदान चढाउँथे ।<br> |
०७:४१, १० अक्टोबर २०२४ जस्तै गरी पुनरावलोकन
शाब्दिक रूपमा आराधना भनेको ‘ईश्वरप्रतिको आदर, श्रद्धा’ हो । विस्तृत रूपमा भन्नुपर्दा, पुरानो करारको समयमा बलिदान चढाइएजस्तै, आफू होचिएर परमेश्वरलाई श्रद्धा गर्नको लागि गरिने कार्यलाई नै आराधना भन्न सकिन्छ । तर सामान्यतया यसलाई, प्रार्थना अथवा स्तुतिद्वारा परमेश्वरलाई गरिने उपासनाको रूपमा प्रयोग गर्ने गरिएको पाइन्छ ।
पुरानो करारको बलिदान

पुरानो करारको समयमा, बलि चढाएर परमेश्वरलाई आराधना गर्ने गरिन्थ्यो । बलिदानको सुरुवातचाहिँ मानव-जातिका पुर्खा आदमको समयदेखि भएको थियो । आदमका दुई छोराहरू कयिन र हाबिलले आ-आफ्नै तरिकाले परमेश्वरलाई भेटी चढाए । थुमा बलिद्वारा चढाइएको हाबिलको बलिदानलाई परमेश्वरले ग्रहण गर्नुभयो, तर भूमिको उब्जनीबाट चढाइएको कयिनको बलिदानलाई चाहिँ उहाँले ग्रहण गर्नुभएन । परमेश्वरले चाहनुहुने बलिदानचाहिँ पशुबलि हो भन्ने कुरा यसबाट बुझ्न सकिन्छ ।[१] त्यस बेलादेखि, धेरै विश्वासका पुर्खाहरूले हाबिलको उदाहरणलाई पछ्याउँदै पशुबलि चढाए ।[२][३][४] पशुको रगत बगाएर चढाइने यो बलिदान, मोशाको पालामा आएर संहिताबद्ध गरियो । पुरानो करारको समयमा, इस्राएलीहरूले व्यवस्थाअनुसार हरेक शबाथमा र ७ वटा वार्षिक चाडहरूमा बिहान र दिउँसो नित्य होमबलि चढाएर परमेश्वरसित बातचीत गर्थे । यसबाहेक पनि तिनीहरूले निरन्तर उद्देश्य र आवश्यकता अनुसारका थोक ल्याएर व्यक्तिगत रूपमा पनि बलिदान चढाउँथे ।
पुरानो करारमा बलिदानको प्रकार
पुरानो करारको समयमा पवित्रस्थानमा चढाइने बलिदानको प्रकार, विधि र नाम मिल्दोजुल्दो हुने र दोहोरिने भएकोले ती बलिदानहरूलाई ठीकसँग छुट्ट्याउन सजिलो थिएन । यद्यपि बलिदानको उद्देश्य, बलिको वस्तु र विधिअनुसार यसलाई निम्नानुसार वर्गीकरण गर्न सकिन्छ ।
- उद्देश्यअनुसार वर्गीकरण
- यो मुख्य गरी पापबलि, दोषबलि र मेलबलिमा वर्गीकृत छ । पापबलि र दोषबलि दुवैमा, पापबाट छुटकारा भन्ने अर्थ समावेश छ । परमेश्वरको विरुद्धमा पाप गर्दा मानिसहरूले प्रायः पापबलि चढाउँथे, अनि मानिस-मानिसबीचको सामाजिक नियम तोड्दा तिनीहरूले दोषबलि चढाउँथे । मेलबलिचाहिँ पाप-क्षमा दिनुभएका परमेश्वरको अनुग्रहप्रति धन्यवाद दिँदा अथवा परमेश्वरलाई कुनै कुराको बिन्ती गर्दा चढाइने बलि थियो । यसमा चाहिँ, बलिदान चढाउने व्यक्तिले पनि पूजाहारीसँगै उक्त बलिदानबाट खान सक्थ्यो ।
- बलिको वस्तुअनुसार वर्गीकरण
- यसलाई होमबलि, अन्नबलि र अर्घबलिको रूपमा वर्गीकरण गर्न सकिन्छ । होमबलिचाहिँ सबैभन्दा आधारभूत र साधारण बलिदान थियो, र यसमा पशुलाई आगोमा जलाएर बलिदान गरिन्थ्यो । शाब्दिक रूपमा अन्नबलि भनेको अन्न चढाइने बलि हो, र यसमा पीठो, तेल र धूप बालेर अनि रोटी पोलेर चढाइन्थ्यो । त्यसै गरी अर्घबलि गर्दा दाखमद्य खन्याएर बलिदान चढाइन्थ्यो । होमबलिचाहिँ अन्नबलि वा अर्घबलि सँगसँगै चढाइन्थ्यो ।[५][६]
- विधिअनुसार वर्गीकरण
- आगोद्वारा चढाइने बलि, माथि उठाइने बलि र डोलाइने बलि गरेर यसमा ३ वटा विधि पर्दछ । होमबलि र केही अन्नबलिचाहिँ आगोद्वारा चढाइन्थ्यो । माथि उठाइने बलिलाई, परमेश्वर सामु माथि उठाएर चढाइन्थ्यो र डोलाइने बलिलाई चाहिँ डोलाएर चढाइन्थ्यो । अगौटे फलको चाडमा, परमेश्वरलाई बालीको पहिलो उब्जनीको एक बिटा डोलाएर चढाइन्थ्यो ।
नयाँ करारमा आराधना
बलिदानदेखि आराधनासम्म
पुरानो करारको व्यवस्थाचाहिँ नयाँ करारमा हुन आउने उत्तम कुराहरूको छाया हो ।[७] मोशाको व्यवस्थाअनुसार पूजाहारीहरूले पशुबलि गरेर रगतको बलिदान चढाउँथे । पशुलाई बलि गरेर पाप-क्षमा पाइने पुरानो करारको बलिदानचाहिँ, भविष्यमा मानव-जातिको पापको सट्टामा ख्रीष्ट बलिदान हुनुहुने कुरालाई दर्शाउने अगमवाणी हो । पुरानो करारको बलिदानको रगतले, येशूज्यूले क्रूसमा बगाउनुभएको अनमोल रगतलाई सङ्केत गर्दछ ।[८] अनि येशूज्यू स्वयम् अनन्त पापबलिको रूपमा बलिदान हुनुभएकोले त्यस उप्रान्त पुरानो करारको बलिदान आवश्यक परेन ।[९][१०] साथै नयाँ करारको समयमा, हामीले आत्मा र सत्यतामा आराधना गऱ्यौं भने येशूज्यूको बलिदानद्वारा हामीले पाप-क्षमा र सम्पूर्ण आशिष् प्राप्त गर्छौं ।

येशूज्यूको शिक्षा
येशूले तिनलाई भन्नुभयो, “ए नारी, मलाई विश्वास गर, त्यो बेला आउँदैछ, जब तिमीहरू न त यस डाँडामा, न यरूशलेममा पिताको आराधना गर्नेछौ । . . . तर बेला आइरहेछ, र त्यो बेला अहिल्यै हो, जब सच्चा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन् । किनकि आराधना गर्ने यस्तै आराधकहरूलाई नै पिताले खोज्नुहुन्छ ।”
येशूज्यूको समयमा, यरूशलेममा पुरानो करारको व्यवस्थाअनुसार हरेक दिन पशुहरू बलि गरिन्थ्यो । तर येशूज्यूले अब उप्रान्त पुरानो करारको विधिअनुसार पशुबलि गर्न जरुरी छैन भन्ने अर्थमा ‘न यरूशलेममा’ भन्नुभयो । नयाँ करारको समयमा, येशूज्यूले देखाउनुभएको उदाहरणलाई पछ्याउँदै प्रेरितहरूले आत्मा र सत्यतामा आराधना गरे ।
आराधनाको उद्देश्य
पाप-क्षमा पाएर परमेश्वरसँग मेलमिलाप गर्नको निम्ति
आराधना गर्नुको सबैभन्दा ठूलो उद्देश्यमध्येको एक नै पाप-क्षमा पाउनु हो । पापले गर्दा परमेश्वरबाट टाढिएका मानव-जातिले पाप-क्षमा पाएर परमेश्वरको समीप जाने एकमात्र धर्मविधि भनेकै आराधना हो ।[११][१२][१३] पुरानो करारको समयमा इस्राएलीहरूले, आफ्नो पाप क्षमा पाउनको निम्ति पशुबलि गर्थे, र त्यो बलिको रगतद्वारा आराधना गर्थे । तर नयाँ करारको समयमा, थुमाको रूपमा सङ्केत गरिनुभएका ख्रीष्ट स्वयम् मानव-जातिको पाप-क्षमाको निम्ति बलिदान हुनुभयो ।[१४] योद्वारा धेरै मानिसहरू पापको साङ्लोबाट मुक्त भए, र पापले गर्दा टाढिनुभएका परमेश्वरसँग मेलमिलाप गर्न सक्ने बाटो खुल्यो ।[१५] त्यसैले पापी मानव-जातिका निम्ति बलिदान हुनुभएका ख्रीष्टको प्रेमलाई सम्झना गर्नको निम्ति मानव-जातिले परमेश्वरलाई आराधना गर्न आवश्यक छ ।
परमेश्वरसँगको हाम्रो सम्बन्ध निश्चित गर्नको निम्ति
परमेश्वर र उहाँका प्रजाले आराधनाद्वारा आत्मिक रूपमा भेटघाट र बातचीत गर्न सक्छन् । परमेश्वरले बलिदान अर्थात् आराधनाद्वारा आफ्ना प्रजासँग करार बाँध्नेछु भन्नुभएको छ ।[१६] आराधनाचाहिँ मानिसहरूले सृष्टिकर्ता परमेश्वरसँग बाँधेका करारलाई दह्रिलो पार्न र दृढताका साथ परमेश्वरको सेवा गर्न सकून् भनेर बनाइएको हो । आराधनाद्वारा सन्तहरूले परमेश्वर र आफूबीच बुबा-आमा र सन्तान, राजा र प्रजा, सृष्टिकर्ता र सृष्टिका थोकको सम्बन्ध गाँसिन्छ भनी सोच्दछन् । संसारमा धेरै देवताहरू र प्रभुहरू छन् ।[१७] तर यदि मानिसहरूले परमेश्वरलाई पूर्ण रूपमा सेवा गरेनन् भने तिनीहरू विनाशमा पर्नेछन् ।[१८] सन्तहरूले आराधनाद्वारा साँचो परमेश्वरको सेवा गर्न सक्ने भएकाले तिनीहरू परमेश्वरसित अविभाज्य प्रेमको सम्बन्धमा बाँधिन्छन् ।[१९][२०]
परमेश्वरलाई धन्यवाद र महिमा दिनको निम्ति
परमेश्वर यावत् थोक सृजनुहुने सृष्टिकर्ता हुनुहुन्छ । उहाँले नै मानव-जातिलाई जीवनको सास दिनुभयो, पापी मानव-जातिलाई बचाउनुभयो, र सत्यताको वचनद्वारा स्वर्गको प्रतिज्ञा गर्नुभयो । परमेश्वरले मुक्तिको प्रबन्ध खडा गर्नुभयो र त्यसैअनुसार पूरा गर्नुभयो, जुन कुरा मानिसहरूले बुझेका छैनन् ।
“हे हाम्रा प्रभु र परमेश्वर, तपाईं महिमा, आदर, र शक्ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईंले नै सृष्टि गर्नुभएको हो, र तपाईंकै इच्छाबमोजिम ती अस्तित्वमा आए, र तिनको सृष्टि भयो ।”
सन्तहरू हरेक दिन परमेश्वरको प्रेम र हेरचाह प्राप्त गर्दै उहाँको अनुग्रहभित्र जिउँछन् । महिमा, आदर र धन्यवाद ग्रहण गर्न योग्यका परमेश्वरलाई आराधना गर्नुचाहिँ मुक्ति पाउने सन्तहरूले गर्नैपर्ने कार्य हो ।
आराधनाको आशिष्
परमेश्वरको सेवा गर्नेहरूलाई स्वर्गीय प्रजाको योग्यता र परमेश्वरका सन्तानको अधिकार, अनि अन्त्यमा आशिष् दिन चाहनुहुने परमेश्वरको इच्छा आराधनामा समावेश छ । सन्तहरूले परमेश्वरलाई आत्मा र सत्यतामा धन्यवाद र महिमा दिँदा परमेश्वरले तिनीहरूलाई प्रशस्त आशिष् दिनुहुनेछ । पुरानो करारको बलिदानमा समाविष्ट परमेश्वरका प्रतिज्ञाहरूद्वारा
आराधनाको आशिष्बारे जान्न सकिन्छ ।
- पुरानो करारको बलिदानचाहिँ, पापले गर्दा परमेश्वरबाट टाढिएका पापीहरूले[२१] पाप-क्षमा पाएर परमेश्वरकहाँ जान सक्ने एकमात्र तरिका थियो ।[२२][२३] हुन त मुक्तिको चाह गर्ने सन्तहरूले आराधना गर्नुको उद्देश्य पाप-क्षमा पाउनु हो, तर यसमा परमेश्वरको ठूलो आशिष् पनि छ ।
- यदि कसैले बलिदान(आराधना) चढायो भने ऊ शारीरिक र आत्मिक दुवै रूपमा समृद्ध हुन सक्छ । सोलोमनले एक हजार होमबलि चढाएर परमेश्वरबाट बुद्धि प्राप्त गरे, र त्यो समयको सबैभन्दा बुद्धिमान् राजा बने ।[२४] परमेश्वरको आशिष्मुनि तिनको राज्य निकै समृद्ध भएको थियो । ओबेद-एदोमको घरमा करारको सन्दूक राखिँदा परमेश्वरले त्यो घरानालाई ठूलो आशिष् दिनुभयो । यो कुराले, मन्दिरमा परमेश्वरको आराधना गर्नेहरूले आशिष् पाउनेछन् भन्ने कुरा देखाउँछ ।[२५]
- जब हामीले परमेश्वरको आज्ञाअनुसार आराधना गर्छौं, तब हामीले आत्मिक बुद्धि र समझको आशिष् पाउनेछौं । तर मानिसको नियम पालन गर्नेहरूको चाहिँ बुद्धि र समझ लोप हुनेछ भनेर यशैया अगमवक्ताले अगमवाणी गरे ।[२६] मानिसको नियम भन्नाले बाइबलमा नभएको आइतबारको सेवा र क्रिसमसजस्ता झूटा आराधनाहरू हुन् । बाइबलमा नभएको मानिसको नियम अर्थात् झूटो आराधना गर्नेहरू कदापि स्वर्गको राज्यमा प्रवेश गर्न सक्नेछैनन् । परमेश्वरले आज्ञा गर्नुभएको आराधना र चाडहरू मानेमा मात्र ख्रीष्टको रगतद्वारा बुद्धि र समझ प्राप्त गरी परमेश्वरको रहस्य र मुक्तिको प्रबन्धलाई पूर्ण रूपमा बुझ्न सकिन्छ ।[२७]
- चाडको आराधनामा समाविष्ट अर्थ र आशिष् अझ विशेष छ । परमेश्वरका ३ चरणका ७ वटा चाडहरू प्रत्येकमा फरक-फरक आशिष्को प्रतिज्ञा गरिएकोले ती चाडको आराधना गरेमा परमेश्वरबाट आशिष् प्राप्त गर्न सकिन्छ । चाडको आराधना भनेको एउटा यस्तो बाटो हो, जसबाट भएर गएमा पाप-क्षमा, अनन्त जीवन, विपत्तिबाट सुरक्षा, पुनरुत्थानको जीवित आशा, स्वर्ग उचालिने प्रतिज्ञा र पवित्र आत्माका वरदान जस्ता थुप्रै आशिष्हरू पाउन सकिन्छ । साप्ताहिक चाड रहेको शबाथको आराधना गरेमा, परमेश्वरको प्रजाको रूपमा स्वीकार पाई अनन्त विश्राममा प्रवेश गर्ने आशिष्को प्रतिज्ञा पाउन सकिन्छ ।
आराधनाको दिन
परमेश्वरका प्रजाले चाडको विधिअनुसार साप्ताहिक र वार्षिक चाडहरू मान्दछन् ।[२८]
साप्ताहिक चाड
- शबाथ-दिन: शबाथ-दिनचाहिँ सृष्टिकर्ताको शक्तिलाई सम्झना गर्ने साप्ताहिक चाड हो । बाइबलमा शबाथ-दिनचाहिँ सातौँ दिन, शनिबार हो ।
- तेस्रो दिनको आराधना : शुद्धीकरणको आशिष् दिलाउने तेस्रो दिनको आराधनाचाहिँ मंगलबार साँझमा गरिन्छ ।[२९]
वार्षिक चाड
वार्षिक चाडहरूमा निस्तार-चाड, अखमिरी रोटीको चाड, पुनरुत्थानको दिन (अगौटे फलको चाड), पेन्तिकोसको दिन (साताहरूको चाड), तुरहीको चाड, प्रायश्चितको दिन, र छाप्रो-वासको चाड पर्दछ । ३ चरणका ७ वटा चाडहरू प्रत्येकको आ-आफ्नै अगमवाणीगत अर्थ र आशिष् छ ।
विशेष आराधना
विशेष उद्देश्य हुँदा गरिने विशेष आराधना हुन्छ । साथै मण्डलीमा सम्झनात्मक आराधना, पारिवारिक आराधना जस्ता विशेष अवसरका आराधनाहरू पनि गर्न सकिन्छ ।
आराधनाका ढाँचा
बाइबलमा आराधनाको आधारभूत ढाँचा यही नै हो भनेर लेखिएको त छैन तर येशूज्यू र प्रेरितहरूको कार्यलाई हेरेमा सुरुको मण्डलीको आराधनाको ढाँचा देख्न सकिन्छ । सुरुको मण्डलीको समयमा विभिन्न ठाउँहरूमा आराधना गरिन्थ्यो, जस्तै सन्तहरूको घरमा, बाहिरी
ठाउँहरूमा, र यहूदीहरू भेला हुने सभाघरहरूमा आदि ।
- प्रवचन : येशूज्यूले शबाथ-दिनमा सभाघरमा गएर प्रवचन दिनुहुँदै उदाहरण देखाउनुभयो ।[३०][३१] प्रेरितहरूले पनि सभाघरमा आराधना गर्दै प्रवचन दिए ।[३२]
- प्रार्थना : आराधनालाई प्रार्थना समय पनि भन्न सकिन्छ । पावल र सिलासले शबाथ-दिनमा आराधना गर्ने ठाउँ खोजेका कुरालाई बाइबलमा, तिनीहरूले ‘प्रार्थना गर्ने ठाउँ’ खोजेका थिए भनेर लेखिएको पाइन्छ ।[३३]
- प्रशंसा : आराधना समयमा प्रशंसा पनि सँगै गरिन्छ । सन्तहरू एकसाथ भेला हुँदा भजन गाउनुपर्छ, वचन अध्ययन गर्नुपर्छ भनेर प्रेरित पावलले बताएका छन् ।[३४]
- चाडको धर्मविधि: चाडको आराधनाको अर्थअनुसार केही चाडहरूमा विशेष धर्मविधि गरिन्छ । बाइबलमा हेर्दा, निस्तार-चाडमा पवित्र भोज र पुनरुत्थानको दिनमा रोटी भाँचेर खाएको कुरा लेखिएको छ ।[३५][३६]
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्री
- ↑ "उत्पत्ति ४:१-५"।
- ↑ "उत्पत्ति ८:२०-२१"।
- ↑ "उत्पत्ति १२:७"।
- ↑ "उत्पत्ति १५:९"।
- ↑ "प्रस्थान २९:४१-४२"।
- ↑ "गन्ती १५:५-६"।
- ↑ "हिब्रू १०:१"।
- ↑ "हिब्रू ७:२७"।
- ↑ "रोमी ५:६-११"।
- ↑ "हिब्रू १०:८-१८"।
- ↑ "यशैया ५९:१-२"।
- ↑ "लेवी ४:१३-२०"।
- ↑ "लेवी ५:१८-१९"।
- ↑ "१ कोरिन्थी ५:७"।
- ↑ "एफिसी २:१२-१९"।
- ↑ "भजनसंग्रह ५०:४-५"।
- ↑ "१ कोरिन्थी ८:५"।
- ↑ "यर्मिया १०:११"।
- ↑ "लेवी २६:१२"।
- ↑ "यूहन्ना ४:२३"।
- ↑ "यशैया ५९:१-२"।
- ↑ "लेवी ४:१३-२०"।
- ↑ "लेवी ५:१८-१९"।
- ↑ "१ राजा ३:४-१४"।
- ↑ "२ शमूएल ६:९-११"।
- ↑ "यशैया २९:१३-१४"।
- ↑ "एफिसी १:७-९"।
- ↑ "लेवी २३:१-४४"।
- ↑ "गन्ती १९:१-२२"।
- ↑ "मर्कूस १:२१"।
- ↑ "लूका ४:१६"।
- ↑ "प्रेरित १३:१३-४४"।
- ↑ "प्रेरित १६:१३"।
- ↑ "१ कोरन्थी १४:२६-४०"।
- ↑ "१ कोरिन्थी ११:२३-२६"।
- ↑ "प्रेरित २०:७"।