स्त्रीको घुम्टोको नियम: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ९१: | पङ्क्ति ९१: | ||
== घुम्टोको नियम मान्ने परमेश्वरको मण्डली == | == घुम्टोको नियम मान्ने परमेश्वरको मण्डली == | ||
[[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज]]ले बाइबलको शिक्षाअनुसार आराधना गर्दा, पुरुषहरूले आफ्नो शिर ढाक्दैनन् र स्त्रीहरूले चाहिँ शिरमा घुम्टो हाल्छन् । २,००० वर्षअघि येशू ख्रीष्टले प्रचार गर्नुभएको र प्रेरितहरूले पालन गरेका नयाँ करारको सत्यता पुनर्स्थापना भएको परमेश्वरको मण्डलीले सुरुको मण्डलीको विधिस्वरूप घुम्टोको नियम पालन गर्दछ ।<ref>{{인용|url=http://jmagazine.joins.com/monthly/view/318953|title=[विशेष जानकारी ● लुथरको ५०० वर्षको धर्म सुधार _परमेश्वरको मण्डली र बाइबलको सत्यता] तिनीहरू के विश्वास गर्छन् र के पालन गर्छन् ?|website=Monthly JoongAng|publisher=|date=November 17, 2017|author=|quote=}}</ref> स्त्रीको घुम्टोको नियमचाहिँ मानिसद्वारा होइन तर स्वयम् परमेश्वरद्वारा स्थापित र घोषित नियम हो भनेर यो मण्डलीले जोड दिँदछ ।<ref>गिम जु छल, करार र आज्ञा, ''मल्कीसेदेक प्रकाशन कम्पनी प्रा.लि.''</ref> | [[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज]]ले बाइबलको शिक्षाअनुसार आराधना गर्दा, पुरुषहरूले आफ्नो शिर ढाक्दैनन् र स्त्रीहरूले चाहिँ शिरमा घुम्टो हाल्छन् । २,००० वर्षअघि येशू ख्रीष्टले प्रचार गर्नुभएको र प्रेरितहरूले पालन गरेका नयाँ करारको सत्यता पुनर्स्थापना भएको परमेश्वरको मण्डलीले सुरुको मण्डलीको विधिस्वरूप घुम्टोको नियम पालन गर्दछ ।<ref>{{인용|url=http://jmagazine.joins.com/monthly/view/318953|title=[विशेष जानकारी ● लुथरको ५०० वर्षको धर्म सुधार _परमेश्वरको मण्डली र बाइबलको सत्यता] तिनीहरू के विश्वास गर्छन् र के पालन गर्छन् ?|website=Monthly JoongAng|publisher=|date=November 17, 2017|author=|quote=}}</ref> स्त्रीको घुम्टोको नियमचाहिँ मानिसद्वारा होइन तर स्वयम् परमेश्वरद्वारा स्थापित र घोषित नियम हो भनेर यो मण्डलीले जोड दिँदछ ।<ref>गिम जु छल, करार र आज्ञा, ''मल्कीसेदेक प्रकाशन कम्पनी प्रा.लि.''</ref> | ||
{{quote|आफूले बाइबलको शिक्षा पालन गरेको कुरामा परमेश्वरको मण्डली विश्वस्त छ । तिनीहरू बाइबलको शिक्षाअनुसार पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्छन् र २,००० वर्षअघिको सुरुको परमेश्वरको मण्डलीले गरेजस्तै नयाँ करार निस्तार-चाड, शबाथ-दिन, घुम्टोको नियम लगायत ७ वटा चाडहरू सबै पालन गर्छन् ।| <big>''Monthly JoongAng''</big>, सन् २०१७ डिसेम्बर <ref>{{Cite web |url=https://jmagazine.joins.com/monthly/view/318952 |title= | {{quote|आफूले बाइबलको शिक्षा पालन गरेको कुरामा परमेश्वरको मण्डली विश्वस्त छ । तिनीहरू बाइबलको शिक्षाअनुसार पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्छन् र २,००० वर्षअघिको सुरुको परमेश्वरको मण्डलीले गरेजस्तै नयाँ करार निस्तार-चाड, शबाथ-दिन, घुम्टोको नियम लगायत ७ वटा चाडहरू सबै पालन गर्छन् ।| <big>''Monthly JoongAng''</big>, सन् २०१७ डिसेम्बर <ref>{{Cite web |url=https://jmagazine.joins.com/monthly/view/318952 |title= [विशेष लेख ● लुथरको ५०० वर्षको धर्म-सुधार - परमेश्वरको मण्डली र बाइबलको सत्यता] परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका २७ लाख जना सदस्यहरूको ‘भव्य गायन’ |website=Monthly JoongAng |publisher=|date=November 17, 2017}}</ref>}} | ||
{{quote|– आराधना समयमा स्त्रीहरूले शिर ढाक्ने कुरा पनि के बाइबलको शिक्षा हो ? “मैले अघि नै उल्लेख गरेजस्तै हाम्रो विश्वासचाहिँ बाइबलमा आधारित छ । आराधना समयमा पुरुषहरूले आफ्नो शिर ढाक्नुहुँदैन तर स्त्रीहरूले चाहिँ शिरमा घुम्टो हाल्नुपर्छ भनेर बाइबलले सिकाउँदछ । सुरुको मण्डलीले पनि त्यसै गरेका थिए । १ कोरिन्थी ११मा घुम्टोको नियमबारे विस्तृत रूपमा लेखिएको छ । दुर्भाग्यवश २,००० वर्ष बितेर वर्तमान समय र युगसम्म आइपुग्दा पनि धेरै मण्डलीहरू यो सानो कुरामा समेत बाइबलको शिक्षाविपरीत जाने गर्दछन् । आराधना गर्दा स्त्रीहरूले आफ्नो शिर ढाक्दैनन्, अनि पुरुष पूजाहारीले चाहिँ आराधना समयमा आफ्नो शिर ढाक्ने गर्छन् । यदि प्रेरित पत्रुस, यूहन्ना र पावल यस वर्तमान युगमा आएर यो अवस्थालाई देखे भने तिनीहरूले “हाम्रो मण्डलीसँग दुरुस्त मिल्ने एकमात्र मण्डली नै परमेश्वरको मण्डली हो” भनेर पक्कै पनि भन्नेथिए । | <big>''Monthly Chosun''</big>, सन् २०२० मार्च <ref>{{Cite web |url=http://monthly.chosun.com/client/news/viw.asp?ctcd=E&nNewsNumb=202003100052 |title= | {{quote|– आराधना समयमा स्त्रीहरूले शिर ढाक्ने कुरा पनि के बाइबलको शिक्षा हो ? “मैले अघि नै उल्लेख गरेजस्तै हाम्रो विश्वासचाहिँ बाइबलमा आधारित छ । आराधना समयमा पुरुषहरूले आफ्नो शिर ढाक्नुहुँदैन तर स्त्रीहरूले चाहिँ शिरमा घुम्टो हाल्नुपर्छ भनेर बाइबलले सिकाउँदछ । सुरुको मण्डलीले पनि त्यसै गरेका थिए । १ कोरिन्थी ११मा घुम्टोको नियमबारे विस्तृत रूपमा लेखिएको छ । दुर्भाग्यवश २,००० वर्ष बितेर वर्तमान समय र युगसम्म आइपुग्दा पनि धेरै मण्डलीहरू यो सानो कुरामा समेत बाइबलको शिक्षाविपरीत जाने गर्दछन् । आराधना गर्दा स्त्रीहरूले आफ्नो शिर ढाक्दैनन्, अनि पुरुष पूजाहारीले चाहिँ आराधना समयमा आफ्नो शिर ढाक्ने गर्छन् । यदि प्रेरित पत्रुस, यूहन्ना र पावल यस वर्तमान युगमा आएर यो अवस्थालाई देखे भने तिनीहरूले “हाम्रो मण्डलीसँग दुरुस्त मिल्ने एकमात्र मण्डली नै परमेश्वरको मण्डली हो” भनेर पक्कै पनि भन्नेथिए । | <big>''Monthly Chosun''</big>, सन् २०२० मार्च <ref>{{Cite web |url=http://monthly.chosun.com/client/news/viw.asp?ctcd=E&nNewsNumb=202003100052 |title=[धार्मिक भ्रमण अन्तर्वार्ता] परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका महासचिव पास्टर गिम जु छल |website=Monthly Chosun |publisher= |date=March 2020 }}</ref>}} | ||
विश्वभरिका परमेश्वरको मण्डलीका पुरुष सन्तहरूले आफ्नो शिरमा केही हाल्दैनन् र स्त्री सन्तहरूले चाहिँ शिरमा घुम्टो हाल्छन् । | विश्वभरिका परमेश्वरको मण्डलीका पुरुष सन्तहरूले आफ्नो शिरमा केही हाल्दैनन् र स्त्री सन्तहरूले चाहिँ शिरमा घुम्टो हाल्छन् । | ||
०७:३६, २५ सेप्टेम्बर २०२४ जस्तै गरी पुनरावलोकन
सन्तहरूले परमेश्वरलाई आराधना वा प्रार्थना गर्दा अनिवार्य रूपमा घुम्टोको नियम पालन गर्नुपर्छ, र यसबारे १ कोरिन्थी अध्याय ११मा उल्लेख गरिएको छ । विशेष गरी पुरुषले आफ्नो शिरलाई केहीले पनि ढाक्नुहुँदैन तर स्त्रीले चाहिँ आफ्नो शिरमा घुम्टो हाल्नुपर्छ । कोरिन्थको मण्डलीलाई पठाएका पत्रमा प्रेरित पावलले, ख्रीष्टको शिक्षामा आधारित घुम्टोको नियमबारे वर्णन गरेका छन् । तिनले परमेश्वरको सृष्टिको प्रबन्ध प्रबन्ध र प्रकृतिको नियमलाई उल्लेख गर्दै, सबै मण्डलीहरूले घुम्टोको नियम पालन गर्नुपर्ने कुरालाई जोड दिएका छन् ।
घुम्टोसम्बन्धी शिक्षा
कुनै देशका राजा अथवा राष्ट्रपतिलाई भेट्दाखेरि आगन्तुकहरूले पालन गर्नुपर्ने शिष्टाचार हुन्छ । त्यसै गरी पवित्र परमेश्वरलाई प्रार्थना वा आराधना गर्दा पनि पालना गर्नुपर्ने केही नियम र विधिहरू बाइबलमा छन् । घुम्टोको नियम तीमध्येको एक हो ।
पुरुष सन्त
तर तिमीहरूले यो बुझ भन्ने म चाहन्छु, कि हरेक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ, स्त्रीको शिर तिनको पति हो, अनि ख्रीष्टको शिर परमेश्वर हुनुहुन्छ । प्रार्थना गर्दा वा अगमवाणी बोल्दा आफ्नो शिर ढाक्ने मानिसले आफ्नो शिरको अपमान गर्दछ ।
मानिसको शिर ख्रीष्ट हुनुहुन्छ । यदि उसले आफ्नो शिर ढाकेर प्रार्थना गऱ्यो भने उसले आफ्नो शिरको अपमान गर्छ भनेर बाइबलमा भनिएको छ । फेरि भन्नुपर्दा, योचाहिँ ख्रीष्टलाई अपमान गर्ने कार्य हो । प्रार्थना वा आराधना गर्दा पुरुषले आफ्नो शिर ढाक्नुहुँदैन ।
स्त्री सन्त
तर शिर खुला राखेर प्रार्थना गर्ने, अथवा अगमवाणी बोल्ने स्त्रीले आफ्नो शिरको अपमान गर्दछे, किनकि यो तिनले आफ्नो केश खौरे जस्तो हो । किनकि कुनै स्त्रीले शिर ढाक्दिन भने बरु तिनले केश काटोस् । तर केश काट्नु कि खौरनु स्त्रीको निम्ति शर्मको कुरो हो भनेता तिनले शिरमा घुम्टो हालोस् ।
यदि कुनै स्त्रीले शिर नढाकी प्रार्थना गर्न चाहन्छिन् भने बरु उसले आफ्नो शिर खौरोस् भनेर बाइबलमा भनिएको छ । साँच्चिकै शिर खौरेर खुल्ला शिरले आराधना गर्दा हुन्छ भन्ने अर्थ होइनकि शिर ढाक्नुपर्छ भन्ने कुरालाई जोड दिने अभिव्यक्ति हो । आराधना वा प्रार्थना गर्दा स्त्रीले आफ्नो शिर ढाक्नुपर्छ ।
घुम्टोको नियमको आधार
प्रेरित पावलले कोरिन्थका सन्तहरूलाई लेखेका पहिलो पत्र(१ कोरिन्थीको पुस्तक)मा ख्रीष्टको उदाहरणअनुसार मण्डलीको क्रम र त्यससँग सम्बन्धित मामिलाहरूको विषयमा उल्लेख गरेका छन् । तिनले अध्याय ११मा घुम्टोको नियमबारे वर्णन गरेका छन् । त्यस बेला कोरिन्थ मण्डलीका केही स्त्रीहरूले लैङ्गिक समानतालाई जोड दिँदै आराधनाको समयमा आफ्नो शिरबाट घुम्टो हटाउन खोजेका थिए । तर प्रेरित पावलले घुम्टोको नियमसम्बन्धी येशूज्यूको शिक्षा र त्यसमा समाविष्ट अर्थबारे वर्णन गरिदिएर त्यसलाई सच्च्याउन खोजे ।
येशू ख्रीष्टको शिक्षा
मेरो अनुसरण गर्ने होओ, जसरी म ख्रीष्टको अनुसरण गर्दछु।
स्त्रीको घुम्टोको नियमबारे वर्णन गर्नुअघि, प्रेरित पावलले आफूले सिकाएका सबै कुराहरूचाहिँ येशू ख्रीष्टको उदाहरणबाट आएको हो भनेर जोड दिएका छन् । अर्थात् स्त्रीको घुम्टोको नियम पनि निश्चित रूपमा ख्रीष्टको शिक्षा हो ।
सृष्टिको थोकमा रहेको परमेश्वरको प्रबन्ध
पुरुषले आफ्नो शिर ढाक्नुहुँदैन, किनभने ऊ परमेश्वरको प्रतिरूप र गौरव हो, तर स्त्रीचाहिँ पुरुषको गौरव हो । किनभने पुरुष स्त्रीबाट आएको होइन, तर स्त्रीचाहिँ पुरुषबाट बनिएकी हो । स्त्रीको निम्ति पुरुष सृष्टि भएको होइन, तर स्त्री पुरुषको निम्ति हो । यसैकारण र स्वर्गदूतहरूका खातिर पनि स्त्रीले आफ्नो शिर घुम्टोले ढाकेको हुनुपर्छ।
परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा, माटोबाट पहिला आदम बनाउनुभयो,[१] र तिनको एउटा करङ निकाल्नुभएर तिनकी सहयोगीको रूपमा हव्वा बनाउनुभयो ।[२] यसमा, सृष्टिकर्ता परमेश्वरले स्थापना गर्नुभएको क्रम देख्न सकिन्छ । निश्चय नै परमेश्वरभित्र नर र नारी दुवै समान छन्,[३] तर परमेश्वरको सृष्टिको प्रबन्धमा हेर्ने हो भने स्त्रीले आफ्नो शिर घुम्टोले ढाक्नुपर्छ भनेर प्रेरित पावलले बताएका छन् ।
प्रकृतिको शिक्षा
तिमीहरू आफै विचार गर : शिर नढाकी परमेश्वरलाई प्रार्थना गर्न स्त्रीलाई सुहाउँछ र ? पुरुषले लामो केश पाल्यो भने त्यो त्यसको निम्ति शर्मको कुरा हो भनी के प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र ? तर यदि स्त्रीको लामो केश छ भनेता त्यो तिनको निम्ति गौरव हो । किनकि स्त्रीको केश तिनलाई ढाक्नलाई दिइएको हो ।
स्त्रीको केश लामो हुँदा प्राकृतिक र सुन्दर देखिने भएकोले स्त्रीहरूले शिरमा घुम्टो हाल्नुपर्छ भनेर प्रेरित पावलले पुनः जोड दिएका छन् । यसरी स्त्रीहरूले लामो केशजस्तो घुम्टोले आफ्नो शिर ढाके भने परमेश्वरको सामु त्यो सुन्दर देखिन्छ भन्ने कुरा मानव-प्रकृतिले दर्शाएको छ । “किनकि स्त्रीको केश तिनलाई ढाक्नलाई दिइएको हो” भन्ने वचनले पनि, स्त्रीको लामो केशचाहिँ तिनलाई आराधना समयमा शिरमा घुम्टो हाल्न लगाउने चीज हो भन्ने अर्थ बोकेको छ । कसै-कसैले यसो भन्छन् : “लामो केश छ भने शिरमा घुम्टो हाल्न आवश्यक छैन ।” तर योचाहिँ स्त्रीले शिरमा घुम्टो हाल्नुपर्छ भन्ने ख्रीष्टको शिक्षाविपरीतको कुरा हो । साथै यदि घुम्टोको प्रयोगचाहिँ स्त्रीको केशको लम्बाइमा निर्भर हुँदो हो त प्रेरित पावलले पनि केशको लम्बाइबारे कुनै निश्चित मापदण्ड तोकेको हुनुपर्छ ।
तिमीहरू आफै विचार गर : शिर नढाकी परमेश्वरलाई प्रार्थना गर्न स्त्रीलाई सुहाउँछ र ? . . . तर कसैले यस विषयमा वाद-विवाद उठाउन चाहन्छ भने, हाम्रो कुनै यस्तो रीति छैन, न त परमेश्वरका मण्डलीहरूको नै छ ।
यसको बारेमा कोही तर्क गर्न चाहन्छ भने म भन्दछु, योबाहेक हाम्रो अरू कुनै चलन छैन र परमेश्वरको मण्डलीको अरू कुनै रीतिथिति छैन ।
१ कोरिन्थी ११:१६, SNB
प्रेरित पावलले, स्त्रीहरूले शिर नढाकी प्रार्थना गर्ने त्यस्तो रीति वा नियम परमेश्वरको मण्डलीमा चाहिँ नभएको कुरा पुष्टि गरे । यो नियम कोरिन्थको मण्डलीमा मात्र नभएर परमेश्वरका सबै मण्डलीहरूमा लागू हुन्छ भनेर तिनले जोड दिए ।
१ कोरिन्थी अध्याय ११को उप-शीर्षक र रूपरेखा
बाइबल अनुवादका उप-शीर्षकहरू
बाइबलको विषयवस्तुहरू सजिलै बुझ्न सकियोस् भनेर त्यसलाई अनुच्छेदमा विभाजन गरिएको छ, र ती प्रत्येक विषयवस्तुसँग मिल्ने उप-शीर्षक लेखिएका बाइबलका अनुवादहरू देख्न सकिन्छ ।
केही बाइबल अनुवादहरूमा चाहिँ, पाठकवृन्दले बाइबलका विषयवस्तु सजिलै बुझून् भनेर अनुच्छेद विभाजन गरिएर प्रत्येक विषयवस्तुका लागि उप-शीर्षकहरू समेत राखिएका छन् । ती बाइबलका अनुवादहरूमा, १ कोरिन्थी अध्याय ११को उप-शीर्षकचाहिँ ‘स्त्रीले आफ्नो शिर ढाक्ने कुरा’ भनेर राखिएको छ । १ कोरिन्थी अध्याय ११मा, प्रार्थना वा आराधना समयमा स्त्रीले शिर ढाक्ने विषयमा केन्द्रित मामिलाबारे जानकारी दिइएको छ । १ कोरिन्थी अध्याय ११का उप-शीर्षकहरूलाई कोरियाली बाइबल अनुवादमा निम्नानुसार लेखिएको छ ।
अङ्ग्रेजी अनुवाद | प्रकाशक | उप-शीर्षकहरू |
---|---|---|
New International Version | Zondervan | आराधना गर्दा शिर ढाक्ने विषयमा |
New Living Translation | Tyndale House Foundation | आराधनासम्बन्धी निर्देशन |
Good News Translation | American Bible Society | आराधनामा शिर ढाक्ने कुरा |
Christian Standard Bible | B&H Publishing Group | शिर ढाक्ने सम्बन्धी निर्देशन |
International Standard Version | The ISV Foundation | घुम्टोसम्बन्धी सुझाव |
सम्प्रदायअनुसार स्त्रीको घुम्टोको नियम
क्याथोलिक मण्डली
रोमन क्याथोलिक मण्डलीका स्त्री सन्तहरूले शिरमा म्यान्टिला नामक घुम्टो हाल्ने गर्छन्, तर तिनीहरू यसलाई कडाइका साथ पालन गर्दैनन् ।[४][५] अनि पुरुष सन्त(पोप, कार्डिनल, आर्कबिशप, बिशप)हरूले चाहिँ थरी-थरीका टोपीहरू लगाउने गर्छन् । जस्तै पपल टियारा, माइटर, जुकेटो, बिरेटा, गालेरो आदि ।
-
पपल टियारा
-
माइटर
-
जुकेटो
-
बिरेटा
-
गालेरो
पपल टायराचाहिँ राज्याभिषेक समारोहतिर पोपले प्रयोग गर्ने गर्थे । तर सन् १९६३मा पोप पल छैटौँको राज्याभिषेकपछि यो प्रयोग गरिएको छैन ।[६] माइटरचाहिँ शिरमा लगाइने उच्च र चुच्चो पहिरन हो । अमेरिकामा यसलाई माइटर र बेलायतमा चाहिँ माइट्रे भनिन्छ ।[७] त्यसै गरी ल्याटिनमा यसलाई मित्रा भनिन्छ ।[८] यो प्रचीन फारसको मिथ्रा संस्कृतिबाट उत्पन्न भएको हो । जुकेटोचाहिँ गोलार्ध आकारको स्कलक्याप(skullcap) हो, जसलाई पिलियोलस भनिन्छ ।[९] बिरेटाचाहिँ रोमन क्याथोलिकका पादरीहरूले लगाउने ३ वा ४ वटा चुच्चो भएको वर्गाकार टोपी हो, जसलाई कहिलेकहीँ धागो वा प्वाँखका गुच्छाले सजाइन्छ ।[१०] वास्तवमा बिरेटाको चुच्चोमा ३ वा ४ वटा प्वाँखहरू हुन सक्छन् । साथै बिरेटाको रङचाहिँ पदअनुसार फरक हुन्छ ।[११] गालेरोचाहिँ रोमन क्याथोलिक कार्डिनलहरूले प्रयोग गर्ने रातो र फराकिलो बुट्टेदार तार भएको टोपी हो ।[१२]
पूर्वी अर्थोडक्स मण्डलीका कतिपय थोकहरू रोमन क्याथोलिक मण्डलीसँग मिल्दोजुल्दो देखिन्छ । आराधना समयमा स्त्री सन्तहरूले शिरमा घुम्टो हाल्ने गर्छन्, र बिशपले चाहिँ क्रूस र चिन्ह(पवित्रजनको चित्र)ले सिङ्गारिएको माइटर लगाउँछन् ।[१३][१४][१५][१६]
प्रोटेस्टेन्ट मण्डलीहरू
घुम्टोको नियमलाई स्वीकार गरेर पालन गर्ने प्रोटेस्टेन्ट सम्प्रदायहरू त्यति धेरै छैनन् । इङ्ल्यान्डको प्लाइमाउथमा मुख्यालय रहेको प्लाइमाउथ ब्रेथ्रेनचाहिँ स्त्रीको घुम्टोलाई मान्यता दिने सम्प्रदायको रूपमा परिचित छ ।[१७] संयुक्त राज्य अमेरिकामा रहेको एनाब्याप्टिस्टहरूमध्ये, मेनोनाइट जातिले १ कोरिन्थी अध्याय ११को वचनमा लेखिएअनुसार, स्त्री सन्तहरूलाई बिर्को आकारको टोपी वा घुम्टो लगाउन त भन्छन्, तर लाउने/नलाउनेचाहिँ व्यक्तिगत इच्छामा छोडिदिन्छन् ।[१८] मेनोनाइट जातिमा पर्ने आमिस सम्प्रदायमा चाहिँ स्त्रीहरूले लामो केश पाल्छन् र आफ्नो शिरमा सधैँ हुड(सानो टोपी) लगाउने गर्छन् ।[१९]
घुम्टोको नियम मान्ने परमेश्वरको मण्डली
परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले बाइबलको शिक्षाअनुसार आराधना गर्दा, पुरुषहरूले आफ्नो शिर ढाक्दैनन् र स्त्रीहरूले चाहिँ शिरमा घुम्टो हाल्छन् । २,००० वर्षअघि येशू ख्रीष्टले प्रचार गर्नुभएको र प्रेरितहरूले पालन गरेका नयाँ करारको सत्यता पुनर्स्थापना भएको परमेश्वरको मण्डलीले सुरुको मण्डलीको विधिस्वरूप घुम्टोको नियम पालन गर्दछ ।[२०] स्त्रीको घुम्टोको नियमचाहिँ मानिसद्वारा होइन तर स्वयम् परमेश्वरद्वारा स्थापित र घोषित नियम हो भनेर यो मण्डलीले जोड दिँदछ ।[२१]
“ आफूले बाइबलको शिक्षा पालन गरेको कुरामा परमेश्वरको मण्डली विश्वस्त छ । तिनीहरू बाइबलको शिक्षाअनुसार पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्छन् र २,००० वर्षअघिको सुरुको परमेश्वरको मण्डलीले गरेजस्तै नयाँ करार निस्तार-चाड, शबाथ-दिन, घुम्टोको नियम लगायत ७ वटा चाडहरू सबै पालन गर्छन् । “ — Monthly JoongAng, सन् २०१७ डिसेम्बर [२२]
“ – आराधना समयमा स्त्रीहरूले शिर ढाक्ने कुरा पनि के बाइबलको शिक्षा हो ? “मैले अघि नै उल्लेख गरेजस्तै हाम्रो विश्वासचाहिँ बाइबलमा आधारित छ । आराधना समयमा पुरुषहरूले आफ्नो शिर ढाक्नुहुँदैन तर स्त्रीहरूले चाहिँ शिरमा घुम्टो हाल्नुपर्छ भनेर बाइबलले सिकाउँदछ । सुरुको मण्डलीले पनि त्यसै गरेका थिए । १ कोरिन्थी ११मा घुम्टोको नियमबारे विस्तृत रूपमा लेखिएको छ । दुर्भाग्यवश २,००० वर्ष बितेर वर्तमान समय र युगसम्म आइपुग्दा पनि धेरै मण्डलीहरू यो सानो कुरामा समेत बाइबलको शिक्षाविपरीत जाने गर्दछन् । आराधना गर्दा स्त्रीहरूले आफ्नो शिर ढाक्दैनन्, अनि पुरुष पूजाहारीले चाहिँ आराधना समयमा आफ्नो शिर ढाक्ने गर्छन् । यदि प्रेरित पत्रुस, यूहन्ना र पावल यस वर्तमान युगमा आएर यो अवस्थालाई देखे भने तिनीहरूले “हाम्रो मण्डलीसँग दुरुस्त मिल्ने एकमात्र मण्डली नै परमेश्वरको मण्डली हो” भनेर पक्कै पनि भन्नेथिए । “ — Monthly Chosun, सन् २०२० मार्च [२३]
विश्वभरिका परमेश्वरको मण्डलीका पुरुष सन्तहरूले आफ्नो शिरमा केही हाल्दैनन् र स्त्री सन्तहरूले चाहिँ शिरमा घुम्टो हाल्छन् ।
सम्बन्धित भिडियोहरू
- परमेश्वरको मण्डलीका स्त्री सन्तहरूले आराधना समयमा शिरमा घुम्टो हाल्छन् ।
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्रीहरू
- ↑ "उत्पत्ति २:७"।
- ↑ "उत्पत्ति २:२१-२३"।
- ↑ "१ कोरिन्थी ११:११-१२"।
- ↑ "घुम्टो, धार्मिक", Catholic Culture
- ↑ "म्यान्टिल्लसलाई के भयो ?", Catholic Answers
- ↑ "पोप, र पपल मुकुटको साङ्केतिक शक्ति", LA STAMPA
- ↑ "माइट्रे", Cambridge Dictionary
- ↑ "माइटर्स", Catholic Answers, मार्च १, १९९२
- ↑ "जुचेटो", Catholic Culture
- ↑ "बिरेटा", Catholic Culture
- ↑ Anthony Lo Bello (जनवरी २४, २०२०), "क्याथोलिक शब्दहरूको उत्पत्ति: A Discursive Dictionary", The Catholic University of America Press
- ↑ "गालेरो", Merriam Webster Dictionary
- ↑ "रुसमा पुराना विश्वासीहरूको फिर्ती हुँदै", NEW STRAITS TIMES, जनवरी २३, २०२२
- ↑ "अर्थोडक्स मण्डलीमा किन स्त्रीहरूले घुम्टो ढाक्छन् ?", Russia Beyond, डिसेम्बर ११, २०१९
- ↑ "पोप र रुसी अर्थोडक्सका प्रमुखको क्युबामा भेटवार्ता, भ्याटिकनको घोषणा", The Catholic Register, फेब्रुअरी ५, २०१६
- ↑ 988 भ्याद्भिरेल ख्रीष्टियान धर्म अपनाए, Christian History Issue #28, Christian History Institute, सन् १९९०
- ↑ J Boyd Nicholson Sr., "घुम्टोको नियम―बाइबलीय दृष्टिकोण―स्त्रीको साँचो समानता", Plymouth brethren Writings
- ↑ "अमिस र मेन्नोनाइट्सबारे", The Mennonite mom, अप्रिल ४, २०१९
- ↑ अमिस पुरुषहरूको किन दाह्री हुन्छ, तर जुँगा हुँदैन ?, अमिसको बारेमा : साधारण प्रश्नहरूको उत्तर, सन् २०२१ मार्च २
- ↑ "[विशेष जानकारी ● लुथरको ५०० वर्षको धर्म सुधार _परमेश्वरको मण्डली र बाइबलको सत्यता] तिनीहरू के विश्वास गर्छन् र के पालन गर्छन् ?", Monthly JoongAng, नोभेम्बर १७, २०१७
- ↑ गिम जु छल, करार र आज्ञा, मल्कीसेदेक प्रकाशन कम्पनी प्रा.लि.
- ↑ "[विशेष लेख ● लुथरको ५०० वर्षको धर्म-सुधार - परमेश्वरको मण्डली र बाइबलको सत्यता] परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका २७ लाख जना सदस्यहरूको 'भव्य गायन'"। Monthly JoongAng। नोभेम्बर १७, २०१७।
- ↑ "[धार्मिक भ्रमण अन्तर्वार्ता] परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका महासचिव पास्टर गिम जु छल"। Monthly Chosun। मार्च २०२०।