Mother’s Forest (आमाको वन) प्रोजेक्ट: संशोधनहरू बीचको भिन्नता
सा Isaacpद्वारा Mother’s Forest (आमाको वन) क्याम्पेन पृष्ठलाई Mother’s Forest (आमाको वन) प्रोजेक्टमा सारियो |
|
(कुनै भिन्नता छैन)
|
०२:३६, २६ डिसेम्बर २०२४को रुपमा हालको पुनरावलोकनहरू
मानवीय क्याम्पेन
• कोभिड-१९विरुद्ध प्रतिक्रिया क्याम्पेन वातावरण क्याम्पेन
• जलवायु परिवर्तनविरुद्ध प्रतिक्रिया क्याम्पेन • प्लास्टिकको प्रयोग न्यूनीकरण क्याम्पेन • पारिस्थितिक प्रणाली संरक्षण क्याम्पेन • समुद्री पारिस्थितिक प्रणाली संरक्षण क्याम्पेन | |
ASEZ WAOचाहिँ विश्वभरिका १७५ वटा देशहरूमा भएका परमेश्वरको मण्डलीका ७,५०० जनाभन्दा बढी युवा कामदारहरूद्वारा गठित |
Mother’s Forest क्याम्पेनचाहिँ जलवायु परिवर्तनसँग लड्नका निम्ति ASEZ WAO(परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवक सङ्गठन) ले गर्ने गतिविधिमध्येको एक हो । यो क्याम्पेनको उद्देश्यचाहिँ मरुभूमिकरणलाई रोकथाम गर्नु, र सन्तानको हेरचाह गर्ने आमाको मनद्वारा वृक्षारोपण गरी हरिया वनहरू सिर्जना गर्नु हो । ASEZ WAOले, ‘एक जना बराबर एउटा बिरुवा रोपौं’ भन्ने क्याम्पेन आयोजना गरेर विश्वभरिका मानिसहरूलाई एउटा बिरुवा रोप्ने कार्यमा सहभागी हुन उत्प्रेरित गर्दछ । सन् २०२१को अक्टोबरसम्ममा, यो क्याम्पेन ११ वटा देशहरूमा २४ पटक आयोजना गरियो र ३,७९४ वटा बिरुवाहरू रोपिए ।
Mother’s Forest प्रोजेक्टको उद्देश्य
मरुभूमिकरण विरुद्ध लड्ने संयुक्त राष्ट्रसंघ सम्मेलन[UN Convention to Combat DesertificationUNCCD]ले सन् २०११मा, विश्वको एक तिहाइ भूभाग मरुभूमिकरण भइरहेको र ६०,००० वर्ग किलोमिटर जमिनचाहिँ हरेक वर्ष मरुभूमिमा परिणत भइरहेको कुरा बताएको थियो ।[१][२] मरुभूमिकरण भन्नाले जलवायु परिवर्तन वा वन फँडानीका कारण सुक्खा क्षेत्रको उत्पादकत्व घटेर त्यो क्षेत्र मरुभूमिमा परिणत हुने प्रक्रिया हो । जलवायु परिवर्तन अन्तर्सरकारी प्यानल [Intergovernmental Panel on Climate Change IPCC]ले जलवायु परिवर्तनका कारण मरुभूमिकरण तीव्र गतिमा बढ्ने र समग्र रूपमा पारिस्थितिक प्रणाली नै खतरामा पर्ने चेताउनी दिएको छ ।[३] मरुभूमिकरण निरन्तर भइरह्यो भने भूक्षय हुन्छ र यसले खाद्यान्न उत्पादनमा सङ्कट ल्याउँछ र अन्ततः भोकमरी र जलवायु शरणार्थीहरूको संख्यामा ह्वात्तै वृद्धि आउँछ । साथै यसले राजनीतिक र आर्थिक समस्याहरू ल्याउनुका साथै धेरैको जीवनमा असर पुऱ्याउँछ । यस किसिमको मौसमी प्रभावले एसिया र अफ्रिकालाई मात्र नभएर सारा संसारलाई नै असर गर्छ ।[४]
मरुभूमिकरण रोकथामका लागि मानिसहरूको सहभागिता र अन्तर्राष्ट्रिय समुदायको सक्रिय प्रतिक्रियाको आवश्यकता बढ्दैगएकोले, सन् १९९४ जून १७ तारिखमा फ्रान्सको पेरिसमा UNCCD पारित भएदेखि हरेक वर्ष महासभा गरिँदैआएको छ । वार्षिक महासभाको उद्देश्यचाहिँ विचाराधीन मामिलाको समीक्षा गरेर मरुभूमिकरणलाई रोक्ने योजनाका साथ सुधार ल्याउनु, र प्रभावित क्षेत्रहरूलाई समर्थन गर्नु हो । नागरिक तथा स्वयंसेवक समूहहरूले वृक्षारोपण गरेर, मरुभूमिकरण रोकथाम अभियानमा सक्रियतापूर्वक सहभागी हुन सक्छन् । केन्याली वातावरणविद् वाङ्गारी मुता माथाइले Green Belt अभियानको स्थापना गरेर अफ्रिकाभरि ३ करोड वटा बिरुवाहरू रोपिन् । तिनको त्यो अभियानबाट प्रभावित भएका एक जना जर्मन केटो फेलिक्स फिन्कबिनरले, भूमण्डलीय उष्मीकरणका कारण आफ्नो घर गुमाएका ध्रुवीय भालुका लागि १० लाख बिरुवा रोप्ने सङ्कल्प गऱ्यो । त्यही कुराले नै उसलाई Plant-for-the-Planet नामक वृक्षारोपण अभियान सुरु गर्न अभिप्रेरित गरेको हो । सन् २००७मा यो अभियान सुरु भएदेखि अहिलेसम्म विश्वभरि १५ अरब बिरुवाहरू रोपिएका छन् । अहिले, विश्वभरि १० खरब बिरुवाहरू रोप्ने उद्देश्यका साथ The Trillion Tree Campaign जारी छ ।[५]
१७५ वटा देशका सन्तहरू सबैले आ-आफ्नो देशमा मरुभूमिकरणलाई रोकथाम गर्न सकून् भन्ने हेतुले ASEZ WAOले Mother’s Forest Campaign जारी गरेको छ ।
क्याम्पेनको परिचय
ASEZ WAOको Mother’s Forest क्याम्पेनले, आमाको मनद्वारा अन्तर्राष्ट्रिय समुदायलाई वृक्षारोपण गर्न प्रोत्साहन गर्दै विश्वभरि हरियो वन कायम गर्ने उद्देश्य लिएको छ । साथै यसले कीरा रोकथाम गर्ने, झार हटाउने, मल हाल्ने जस्ता कार्यद्वारा वृक्षलाई जोगाउने अनि प्राकृतिक स्रोत संरक्षणद्वारा रूखलाई बचाउने कार्यको नेतृत्व लिँदछ ।
बिरुवा रोपेर मरुभूमिलाई हराभरा बनाउनाले, माटो र पानीको कमी हुन दिँदैन, र यसले जीवित प्राणीहरू बाँच्न सक्ने वातावरण सिर्जना गर्दछ । रूखले कार्बन डाइअक्साइड(CO₂) सोसेर कार्बन(C)लाई सञ्चय गरी अक्सिजन(O) उत्सर्जन गर्छ, अनि रूखका पातहरूले हावामा रहेको धुलोलाई सोस्छ । एउटा रूखले प्रत्येक वर्ष २.५ मेट्रिक टन कार्बन डाइअक्साइड सोसेर १.८ टन अक्सिजन उत्सर्जन गर्छ, जुनचाहिँ एक वर्षमा ७ जना मानिसलाई आवश्यक पर्ने अक्सिजनको मात्रा हो । अनि १ हेक्टर जङ्गलले चाहिँ हावामा हुने १६८ केजी प्रदूषकहरू सोस्दछ । वृक्षारोपणले चाहिँ हावा शुद्ध गराएर भूमण्डलीय उष्मीकरणसँग लड्न मद्दत गर्दछ ।[६]
ASEZ WAOले आफ्ना प्रत्येक सदस्यलाई एउटा बिरुवा रोप्न लगाउँछ र विश्वभरिका मानिसहरूलाई वृक्षारोपणमा सहभागी हुन प्रेरित गर्दछ । यसरी यसले Mother’s Forest क्याम्पेनद्वारा ‘एक जना बराबर एउटा बिरुवा रोप्ने’ परियोजनालाई कार्यान्वयन गरिरहेको छ । प्रत्येक मानिसको सानो प्रयत्नले संसारलाई बदल्न सक्छ भन्ने विश्वासद्वारा यो मिसन जारी गरिएको हो । Mother’s Forest क्याम्पेनको अन्तिम उद्देश्यचाहिँ सारा विश्वभर ७ अरबभन्दा बढी बिरुवाहरू रोपेर हराभरा संसार बनाउनु हो । एक मेट्रिक टन कार्बन डाइअक्साइड न्यूनीकरण गर्नलाई ७ वटा सल्लाको रूखको खाँचो पर्छ भन्ने कुरालाई मध्यनजर गरिहेर्दा, १ अरब टन कार्बन डाइअक्साइड न्यूनीकरण गर्नलाई ७ अरब बिरुवा रोप्नुपर्ने हुन्छ । यो परियोजनाचाहिँ विश्वव्यापी समुदायलाई सहयोग गर्ने साझा उद्देश्यहरूको संग्रह SDGs अन्तर्गत पर्दछ । विशेष गरी यो परियोजना SDGsको लक्ष्य नं. १३ (जलवायु परिवर्तनलाई प्रतिक्रिया), नं. १५ (स्थलगत पारिस्थितिक प्रणाली संरक्षण) र नं. १७(लक्ष्यका लागि साझेदारी)सँग सम्बन्धित छ ।
गतिविधिको वर्तमान अवस्था
ASEZ WAOले नियमित स्वयंसेवाद्वारा Mother’s Forest क्याम्पेन लगातार गर्दैआएको छ । सन् २०२१को अक्टोबरसम्ममा, स्वयंसेवकहरूले एक जना बराबर एउटा बिरुवा रोप्ने गतिविधिलाई ११ वटा देशहरूमा २४ पटकसम्म आयोजना गरेका छन् । यस्तो प्रयत्नद्वारा विश्वभर ३,७९४ वटा बिरुवाहरू रोपिएका छन् । यो परियोजना वेबसाइटमा पनि राखिएको छ, र राष्ट्रिय सिमाना बाहिरका मानिसहरूलाई पनि यसका गतिविधिहरूमा सहभागी हुने अवसर दिइएको छ ।[७]
ASEZ WAOले विभिन्न कम्पनीका कार्यस्थलहरूमा Mother’s Forest गोष्ठीहरू राखेर सरकार र सरकारी कार्यालयहरूसँग सम्झौता गरी संयुक्त गतिविधिलाई प्रवर्द्धन गरी यसमा सहभागी हुन प्रोत्साहित गर्दछ । सन् २०२०मा न्यूजिल्यान्डमा अवस्थित अकल्यान्डको टाउनहलमा अकल्यान्डका सदस्यहरूले बैठक बसेर अधिकारीहरूसँग सम्झौता-पत्रमा हस्ताक्षर गरे ।[८] त्यस बेलादेखि, ASEZ WAOले सन् २०२१मा नियमित स्वयंसेवामार्फत १,००० प्रजातिका बिरुवाहरू रोपेर आफ्नो वाचा पूरा गऱ्यो ।[९] मेक्सिकोको तिहुआनाका सदस्यहरूले तिहुआना सिटी हलको सहकारितामा मोरेलोस पार्कमा नियमित रूपमा बिरुवाहरू रोप्छन् ।[१०] ताइवानको ताइचुङको दाया जिल्लाका सडक आसपास ६५ वटा बिरुवाहरू वृक्षारोपण गरेका स्थानीय सदस्यहरूलाई दाया जिल्ला कार्यसमितिबाट प्रशंसा-पत्र प्रदान गरिएको थियो ।[११] साथै संयुक्त राज्य अमेरिका, पेरु, फिलिपिन्स र भारत लगायत विश्वका धेरै ठाउँहरूमा ‘Mother’s Forest’मार्फत वृक्षारोपण कार्य जारी भइरहेको छ ।
यो पनि हेर्नुहोस्
- Green Workplace क्याम्पेन(कार्यक्षेत्रमा वातावरण मैत्री गतिविधि)
- No More GPGP क्याम्पेन(प्लास्टिकको प्रयोग न्यूनीकरण)
- Heart-to-Heart क्याम्पेन
सन्दर्भ सामग्रीहरू
- ↑ "मरुभूमिकरण, खडेरीले पृथ्वीको एक तिहाइ भागलाई असर गर्छ, विश्वको सबैभन्दा गरीब मानिस, दिगो विकासमा बहस जारी भएको, दोस्रो समितिले बताएको छ""। यूएन। नोभेम्बर ८, २०१२।
- ↑ "मरुभूमिमा वृक्षारोपण, र आणविक ऊर्जाको उपयोग"। ETDEWEB।
- ↑ IPCC विशेष रिपोर्ट : मौसम परिवर्तन र जमिन, यूएन वातावरण कार्यक्रम, सन् २०१९ अगस्ट ८
- ↑ "'मरुभूमिकरणचाहिँ गरिबीको कारण र परिणाम दुवै हो', अन्तर्राष्ट्रिय दिवसको सन्देशमा सचिव प्रमुख बताउँछन्"। यूएन, Meetings Coverage and Press Releases। जुन १२, २००३।
- ↑ "१० खरब रूखहरू - विश्व आर्थिक फोरमले प्रकृति र जलवायुलाई मद्दत गर्ने योजना थालनी गऱ्यो"। World Economic Forum। जनवरी २२, २०२०।
- ↑ "युहान किम्बर्ली सन् २०१७ दिगोपन रिपोर्ट" (PDF)। Yuhan-Kimberly।
- ↑ "एक व्यक्ति बराबर एक बिरुवा रोप्नलाई हस्ताक्षर सङ्कलन क्याम्पेन"। ASEZ WAOको आधिकारिक वेबसाइट।
- ↑ "पृथ्वीलाई हरियो बनाउनलाई आमाको वन परियोजना"। ASEZ WAOको आधिकारिक वेबसाइट। नोभेम्बर २६, २०२०।
- ↑ "जागिरे युवा स्वयंसेवक सङ्गठन [ASEZ WAO]ले सन् २०२१को पूर्वार्धमा स्वयंसेवा सञ्चालन गऱ्यो"। WATV.org। जुन ६, २०२१।
- ↑ कोरियाली संस्था ASEZ WAOको समर्थनमा मोरेलोस पार्कमा SIMPATTR पुनः वनीकरण Tijuanotas, सन् २०२० फेब्रुअरी २२
- ↑ "ताइवानको ताइचुङ दाया जिल्लाका प्रमुखबाट प्रशंसा-पत्र"। WATV AWARD। डिसेम्बर ६, २०२०।