सुसमाचार र नयाँ करार: संशोधनहरू बीचको भिन्नता

परमेश्वरको मण्डली विश्वकोशबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १९: पङ्क्ति १९:


== सुरुको मण्डलीले मानेको र प्रचार गरेको नयाँ करार सुसमाचार ==
== सुरुको मण्डलीले मानेको र प्रचार गरेको नयाँ करार सुसमाचार ==
[[उद्धारकर्ता|मुक्तिदाता]]को रूपमा आउनुभएका येशूज्यूले [[बप्तिस्मा]] लिनुभयो, र क्रूसमा मृत्यु भोग्नुअघि ३ वर्षसम्म [[राज्यको सुसमाचार]] प्रचार गर्नुभयो ।<ref>[https://www.bible.com/bible/1483/MAT.3.NNRV मत्ती ३:१३] देखि [[४:२३ सम्म]]</ref> सुसमाचार अथवा नयाँ करारचाहिँ येशूज्यूले यो पृथ्वीमा छँदै सिकाउनुभएको सत्यता हो । येशूज्यूले सिकाउनुभएको र मानेर उदाहरण देखाउनुभएको नयाँ करारको सत्यतामा निस्तार-चाड मात्र होइन तर बप्तिस्मा, शबाथ-दिन लगायत ३ चरणका ७ वटा चाडहरू पनि पर्दछन् । “मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ” भन्नुभएका येशूज्यूको आज्ञाअनुसार प्रेरितहरूले नयाँ करारका सबै सत्यताहरू पालन गर्दै, प्रचार गरे ।<ref>{{Cite web |title=मत्ती २८:२० |url=https://www.bible.com/bible/1483/MAT.28.NNRV |publisher= |quote=}}</ref>
[[उद्धारकर्ता|मुक्तिदाता]]को रूपमा आउनुभएका येशूज्यूले [[बप्तिस्मा]] लिनुभयो, र क्रूसमा मृत्यु भोग्नुअघि ३ वर्षसम्म [[राज्यको सुसमाचार]] प्रचार गर्नुभयो ।<ref>[https://www.bible.com/bible/1483/MAT.3.NNRV मत्ती ३:१३] देखि [https://www.bible.com/bible/1483/MAT.4.NNRV ४:२३] सम्म</ref> सुसमाचार अथवा नयाँ करारचाहिँ येशूज्यूले यो पृथ्वीमा छँदै सिकाउनुभएको सत्यता हो । येशूज्यूले सिकाउनुभएको र मानेर उदाहरण देखाउनुभएको नयाँ करारको सत्यतामा निस्तार-चाड मात्र होइन तर बप्तिस्मा, शबाथ-दिन लगायत ३ चरणका ७ वटा चाडहरू पनि पर्दछन् । “मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ” भन्नुभएका येशूज्यूको आज्ञाअनुसार प्रेरितहरूले नयाँ करारका सबै सत्यताहरू पालन गर्दै, प्रचार गरे ।<ref>{{Cite web |title=मत्ती २८:२० |url=https://www.bible.com/bible/1483/MAT.28.NNRV |publisher= |quote=}}</ref>


*'''बप्तिस्मा'''
*'''बप्तिस्मा'''

०८:३६, २८ अक्टोबर २०२४ जस्तै गरी पुनरावलोकन

ख्रीष्टको सुसमाचारलाई नयाँ करार भन्न सकिन्छ ।

सुसमाचारको अर्थ शुभ समाचार हो,[१] विशेष गरी नयाँ करार हो । सुरुको मण्डलीका सन्तहरू र प्रेरितहरूले, येशूज्यूले सिकाउनुभएअनुसार निस्तार-चाड, शबाथ-दिन आदि नयाँ करारका सत्यताहरू

सबै माने र प्रचार गरे ।

सुसमाचार नै नयाँ करार

  • यही नै त्यो सुसमाचार हो, जो स्वर्गमुनि हरेक प्राणीलाई प्रचार गरिएको छ, जसको म पावल, धर्म-सेवक भएँ । (कलस्सी १:२३)
  • नयाँ करारका सेवकहरू हुन उहाँले हामीलाई योग्यका बनाउनुभयो, (२ कोरिन्थी ३:६)

प्रेरित पावलले आफूलाई सुसमाचारको धर्म सेवक भनेका छन् र नयाँ करारका सेवक पनि भनेका छन् । यो वचनले, सुसमाचार नै नयाँ करार हो भन्ने कुरा प्रष्ट्याउँछ ।

नयाँ करारको केन्द्रबिन्दु नै निस्तार-चाड

अन्तिम भोज : लियोनार्दो दा भिन्सी, यसले नयाँ करार निस्तार-चाडको दृश्यलाई चित्रण गर्दछ ।

नयाँ करारको केन्द्रीय सत्यता नै निस्तार-चाड हो । क्रूसमा टाँगिनुभन्दा अघिल्लो रात येशूज्यूले आफ्ना चेलाहरूसँगै अन्तिम पटक निस्तार-चाड मान्नुभयो । पुरानो करारको विधिअनुसार थुमा बलि गर्नुको सट्टा उहाँले तिनीहरूलाई रोटी दिनुहुँदै “यो मेरो शरीर हो” भन्नुभयो, र दाखमद्य दिनुहुँदै “यो मेरो रगत हो” भन्नुभयो । यसरी रोटी र दाखमद्यद्वारा मनाइएको निस्तार-चाडलाई उहाँले आफ्नो रगतमा स्थापित नयाँ करारको रूपमा घोषणा गर्नुभयो ।


उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ,” . . . अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर ।” यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।”

लूका २२:१५-२०


यसकारण नयाँ करार सुसमाचारको केन्द्रबिन्दु नै निस्तार-चाड हो । निस्तार-चाडचाहिँ येशूज्यूको देह खाएर र रगत पिएर पाप-क्षमा र अनन्त जीवन प्राप्त गर्न सकिने सत्यता हो ।[२][३] नयाँ करार निस्तार-चाडको घोषणाचाहिँ मर्नुबाहेक अर्को विकल्प नभएका आत्मिक पापी रहेका मानव-जातिका लागि सबैभन्दा आशिषित खबर हो ।[४][५][६]

सुरुको मण्डलीले मानेको र प्रचार गरेको नयाँ करार सुसमाचार

मुक्तिदाताको रूपमा आउनुभएका येशूज्यूले बप्तिस्मा लिनुभयो, र क्रूसमा मृत्यु भोग्नुअघि ३ वर्षसम्म राज्यको सुसमाचार प्रचार गर्नुभयो ।[७] सुसमाचार अथवा नयाँ करारचाहिँ येशूज्यूले यो पृथ्वीमा छँदै सिकाउनुभएको सत्यता हो । येशूज्यूले सिकाउनुभएको र मानेर उदाहरण देखाउनुभएको नयाँ करारको सत्यतामा निस्तार-चाड मात्र होइन तर बप्तिस्मा, शबाथ-दिन लगायत ३ चरणका ७ वटा चाडहरू पनि पर्दछन् । “मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ” भन्नुभएका येशूज्यूको आज्ञाअनुसार प्रेरितहरूले नयाँ करारका सबै सत्यताहरू पालन गर्दै, प्रचार गरे ।[८]

  • बप्तिस्मा
येशूज्यूले आफूले पनि बप्तिस्मा लिनुभयो र बप्तिस्मा दिनुभएर उदाहरण पनि देखाउनुभयो ।[९][१०] अनि उहाँले आफ्ना चेलाहरूलाई, सबै देशका जातिहरूलाई सुसमाचार सुनाओ र तिनीहरूलाई बप्तिस्मा देओ भन्नुभयो ।[११] फिलिप, पावल र पत्रुस लगायतका सुरुको मण्डलीका सन्तहरूले ख्रीष्टको यो शिक्षाअनुसार, सुसमाचार प्रचार गरी मानिसहरूलाई तुरुन्त बप्तिस्मा दिए ।[१२][१३][१४][१५]
  • शबाथ-दिन
येशूज्यूले, आत्मामा र सत्यतामा आराधना गरेर शबाथ-दिन मान्ने कार्यको उदाहरण देखाउनुभयो,[१६] र युगको अन्त्यसम्म शबाथ पवित्र रूपले मान्नुपर्छ भनी सिकाउनुभयो ।[१७] सुरुको मण्डलीका सन्तहरूले येशूज्यूको क्रूसीकरणपछि पनि शबाथ-दिन माने ।[१८] येशूज्यूको पुनरुत्थानस्वर्गारोहणपछि पनि तिनीहरूले निरन्तर शबाथ-दिन माने ।

पावल आफ्नो आदतअनुसार तिनीहरूकहाँ भित्र गए, र तीन साता(शबाथ, NIV)सम्म धर्मशास्त्रबाट तिनीहरूसँग बहस गर्दैरहे . . . “उहाँ नै ख्रीष्ट हुनुहुन्छ” भन्ने कुराको अर्थ खोलीकन तिनले प्रमाणित गरिदिए ।

प्रेरित १७:१-३

हरेक शबाथमा तिनी सभाघरमा बहस गर्थे, र यहूदी र ग्रीकहरूलाई बुझाउने प्रयत्न गर्थे ।

प्रेरित १८:४

  • निस्तार-चाड
पाप-क्षमा र अनन्त जीवन[२][३]को प्रतिज्ञा समाविष्ट निस्तार-चाड नै नयाँ करार सुसमाचारको केन्द्रीय सत्यता हो । येशूज्यूले चेलाहरूलाई निस्तार-चाडको प्रबन्ध मिलाउन निर्देशन[१९][२०] मात्र दिनुभएन तर “यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ”, “मेरो सम्झनामा यो गर्ने गर”[२१] भन्नुहुँदै यसको महत्त्वबारे पनि जोड दिनुभयो । आफूलाई सुसमाचारका सेवक र नयाँ करारका सेवक भनेका प्रेरित पावलले, निस्तार-चाड सम्बन्धी शिक्षाचाहिँ मुक्तिदाता हुनुभएका येशूज्यूबाट आएको हो भनी जोड दिए ।[२२] सुरुको मण्डलीका सन्तहरूले येशूज्यूको उदाहरणलाई पछ्याउँदै पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझमा, ख्रीष्टको देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्य खाँदै नयाँ करार निस्तार-चाड माने ।

हाम्रो निस्तारको थुमा, ख्रीष्टको बलिदान भइसकेको छ । यसकारण हामी . . . चाड मनाऔं ।

१ कोरिन्थी ५:७-८

  • ३ चरणका ७ वटा चाडहरू
पेन्तिकोसको दिन मान्दै सुरुको मण्डलीका सन्तहरू
पेन्तिकोसको दिन मान्दै सुरुको मण्डलीका सन्तहरू
परमेश्वरका चाडहरूभित्र निस्तार-चाड, अखमिरी रोटीको चाड, पुनरुत्थानको दिन(अगौटे फलको दिन), पेन्तिकोसको दिन(साताहरूको चाड), तुरहीको चाड, प्रायश्चितको दिनछाप्रो-वासको चाड जस्ता वार्षिक चाडहरू छन् । यी ७ वटा चाडहरू ३ चरणमा विभाजित छन् । समग्रमा यी चाडहरूलाई ‘३ चरणका ७ वटा चाडहरू’ भनिन्छ ।[२३] येशूज्यू, पुरानो करारका प्रत्येक चाडहरूमा चढाइएका सबै बलिको वास्तविकताको रूपमा आउनुभयो,[२४] र पशु-बलिको रगतद्वारा पापको प्रायश्चित गरिँदैआएको पुरानो करारका चाडहरूलाई, ख्रीष्टको अनमोल रगतद्वारा पाप-क्षमा पाउन सकिने नयाँ करारको चाडको रूपमा परिवर्तन गर्नुभयो ।[२५][२६]
यसरी क्रूसमा रगत बगाउनुभएका येशूज्यूको बलिदानलाई सम्झँदै प्रेरितहरूले उहाँको शिक्षा र उदाहरणअनुसार चाडहरू माने । अखमिरी रोटीको चाडमा तिनीहरू उपवास बसेर ख्रीष्टको कष्टमा सहभागी भए,[२७] र पुनरुत्थानको दिनमा आत्मिक आँखा खोलिदिने रोटी पनि भाँचेर खाए ।[२८][२९] पेन्तिकोसको दिनमा चाहिँ तिनीहरूले पवित्र आत्माको आशिष् प्राप्त गरी सुसमाचारमा उल्लेखनीय वृद्धि हासिल गरे ।[३०] त्यसपछि तिनीहरूले हरेक वर्ष पेन्तिकोसको दिन मान्न थाले ।[३१] येशूज्यूले मान्नुभएको तुरहीको चाड, प्रायश्चितको दिन[३२][३३] र छाप्रो-वासको चाड पनि, सुरुको मण्डलीले मानेको नयाँ करारको सत्यता थियो ।


ख्रीष्टको उदाहरणलाई पछ्याउँदै नयाँ करार सुसमाचारलाई बलजफतीसाथ पक्रेको सुरुको मण्डलीको विश्वासले हामीलाई एउटा जीवन्त शिक्षा दिएको छ : “सुसमाचार प्रचार गर्ने मण्डलीमा निस्तार-चाड लगायतका नयाँ करारका सत्यताहरू हुनैपर्छ ।”

यो पनि हेर्नुहोस्

सम्बन्धित भिडियो

  • प्रवचन : नयाँ करार मान्ने मानिसहरू

सन्दर्भ सामग्रीहरू

  1. "सुसमाचार"Britannica 
  2. २.० २.१ "यूहन्ना ६:५३-५४" 
  3. ३.० ३.१ "मत्ती २६:१७-२८" 
  4. "मत्ती ९:१३" 
  5. "रोमी ६:२३" 
  6. "हिब्रू ९:२७" 
  7. मत्ती ३:१३ देखि ४:२३ सम्म
  8. "मत्ती २८:२०" 
  9. "लूका ३:२१" 
  10. "यूहन्ना ३:२२-२३" 
  11. "मत्ती २८:१८-२०" 
  12. "प्रेरित ८:३४-३९" 
  13. "प्रेरित १६:१३-१५" 
  14. "प्रेरित १६:२७-३३" 
  15. "प्रेरित १०:३७-४८" 
  16. "लूका ४:१६" 
  17. "मत्ती २४:२०-२२" 
  18. "लूका २३:५४-५६" 
  19. "मत्ती २६:१७-१९" 
  20. "लूका २२:७-१३" 
  21. "लूका २२:१५, २०" 
  22. "१ कोरिन्थी ११:२३-२५" 
  23. "लेवी २३:१-४४" 
  24. अध्याय ३२ निस्तार-चाड र अन्तिम भोज, परमेश्वरको रहस्य र जीवनको पानीको मूल, आन साङ होङ, पेज २०२, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड
  25. "हिब्रू ९:१२" 
  26. "हिब्रू १०:१-१८" 
  27. "मर्कूस २:१९-२०" 
  28. "लूका २४:१३-३५" 
  29. "प्रेरित २०:६-७" 
  30. "प्रेरित २:१-४७" 
  31. "१ कोरिन्थी १६:८" 
  32. यूहन्ना ७:२, ३७
  33. "व्यवस्था १६:१६"