शरीरमा आउनुभएका परमेश्वर(देह धारण): संशोधनहरू बीचको भिन्नता

परमेश्वरको मण्डली विश्वकोशबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १४: पङ्क्ति १४:

*पवित्र आत्माद्वारा मरियमको गर्भबाट जन्मनुभएका येशूज्यू
*पवित्र आत्माद्वारा मरियमको गर्भबाट जन्मनुभएका येशूज्यू
{{quote5 |내용= येशू ख्रीष्टको जन्म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो । . . . “तिनले एउटा पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ ।”|출처= https://www.bible.com/bible/1483/MAT.1.NNRV}}
{{quote5 |내용= येशू ख्रीष्टको जन्म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो । . . . “तिनले एउटा पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ ।”|출처= [https://www.bible.com/bible/1483/MAT.1.NNRV मत्ती १:१८-२१]}}

== शरीरमा आउनुभएका परमेश्वर, येशू ख्रीष्ट ==
== शरीरमा आउनुभएका परमेश्वर, येशू ख्रीष्ट ==
पङ्क्ति ३०: पङ्क्ति ३०:

{{quote5 |내용= ऊ उहाँको सामु कलिलो बोटजस्तो र सुक्खा जमिनबाट निस्केको जरोजस्तो बढ्यो । ऊसित हामीलाई आकर्षण गर्ने न केही सुन्दरता न त महत्त्व नै थियो । उसको अनुहारमा हामीलाई मन पर्ने  
{{quote5 |내용= ऊ उहाँको सामु कलिलो बोटजस्तो र सुक्खा जमिनबाट निस्केको जरोजस्तो बढ्यो । ऊसित हामीलाई आकर्षण गर्ने न केही सुन्दरता न त महत्त्व नै थियो । उसको अनुहारमा हामीलाई मन पर्ने  
केही थिएन । |출처= https://www.bible.com/bible/1483/ISA.53.NNRV}}
केही थिएन । |출처= [https://www.bible.com/bible/1483/ISA.53.NNRV यशैया ५३:२]}}

मूलभूत रूपमा सर्वशक्तिमान् परमेश्वर हुनुभए तापनि मानिसको रूपमा आउनुभएका येशूज्यूको बाहिरी रूप एक आम मानिसको भन्दा केही फरक थिएन । शारीरिक रूपमा चाहिँ, उहाँ योसेफ र मरियमका छोरा हुनुहुन्थ्यो,<ref>{{Cite web |title=यूहन्ना ६:४२ |url=https://www.bible.com/bible/1483/JHN.6.NNRV |publisher=}}</ref> र उहाँले सिकर्मी काम गर्नुहुन्थ्यो । अनि भोकाउनुहुँदा उहाँले भोजन गर्नुहुन्थ्यो र लामो यात्राका कारण थकाइ लाग्दा उहाँ एकैछिन आराम गर्नुहुन्थ्यो । यसकारण उहाँको भोजन, पहिरन अथवा दिनचर्या त्यस्तो विशेष थिएन ।<ref>{{Cite web |title=लूका २४:२४-४३ |url=https://www.bible.com/bible/1483/LUK.24.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=यूहन्ना ४:६ |url=https://www.bible.com/bible/1483/JHN.4.NNRV |publisher=}}</ref><ref>{{Cite book |url= |title=6. Christology 1: The Person of Christ, The Theology of B. B. Warfield: A Systematic Summary |website= |publisher= Crossway |date=September 2, 2010 |year= |author=Fred G. Zaspel |page= |series=0 edition |isbn=|quote=}}</ref> हिजोआज मानिसहरू ती पुराना पवित्र चित्र र पेन्टिङहरू हेरेर ख्रीष्टलाई विश्वास गर्ने गर्छन् । तर २,००० वर्षअघिचाहिँ येशूज्यू एक आम मानिसजस्तै देखिनुभएकोले यहूदीहरूले उहाँलाई इन्कार गरे ।<ref>{{Cite web |title=मर्कूस ६:३ |url=https://www.bible.com/bible/1483/MRK.6.NNRV |publisher=}}</ref> येशूज्यूले हात नधोई भोजन गर्नुभएको कुरा, अनि समाजले घृणित ठानेका कर उठाउनेहरू र वेश्याहरूसँग येशूज्यू बस्नुभएको कुरा नै ती यहूदीहरूले उहाँलाई मुक्तिदाताको रूपमा स्वीकार नगर्ने एउटा कारण बन्यो ।<ref>{{Cite web |title=लूका ११:३८ |url=https://www.bible.com/bible/1483/LUK.11.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=मत्ती ११:१८-१९ |url=https://www.bible.com/bible/1483/MAT.11.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=लूका १५:१-२ |url=https://www.bible.com/bible/1483/LUK.15.NNRV |publisher=}}</ref>

पङ्क्ति ४४: पङ्क्ति ४४:
वर्तमान समयका ख्रीष्टियानहरूले अति पवित्र सन्तको रूपमा लिने गरेका प्रेरित पावललाई २,००० वर्षअघि नासरी पन्थको मुख्य अगुवा भन्ने संज्ञा दिइएको थियो ।<ref>{{Cite web |title=प्रेरित २४:५ |url=https://www.bible.com/bible/1483/ACT.24.NNRV |publisher=}}</ref> कारण तिनले मानिसको रूपमा आउनुभएका ख्रीष्टलाई विश्वास गरेका थिए । पावलले मात्र होइन तर यूहन्ना, पत्रुस, फिलिप जस्ता प्रेरितहरू र सुरुको मण्डलीका सन्तहरूले पनि चरम सतावटको बाबजुद येशूज्यूप्रतिको विश्वासलाई कायम राखे ।<ref>{{Cite web |title=यूहन्ना १५:२०-२१ |url=https://www.bible.com/bible/1483/JHN.15.NNRV |publisher=}}</ref> येशूज्यूका बाह्र चेलामध्येका एक, प्रेरित यूहन्नाले आदिदेखि अस्तित्वमा रहनुभएका परमेश्वर देहधारी भई मानिसहरूका बीचमा वास गर्नुभयो भनेर बाइबलमा लेखे । प्रेरित पावलले, येशूज्यू मानिस भई आउनुभए तापनि उहाँ मूलभूत रूपमा परमेश्वर हुनुहुन्छ भने ।

{{quote5 |내용= आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो । . . . अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो । हामीले उहाँको महिमा देख्यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो । |출처= https://www.bible.com/bible/1483/JHN.1.NNRV}}
{{quote5 |내용= आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो । . . . अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो । हामीले उहाँको महिमा देख्यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो । |출처= [https://www.bible.com/bible/1483/JHN.1.NNRV यूहन्ना १:१, १४]}}

{{quote5 |내용= परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तुजस्तो ठान्नुभएन ... स्वरूपमा मानिसजस्तै भएर आफैलाई होच्याउनुभयो, र मृत्युसम्मै, अर्थात् क्रूसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो । |출처= https://www.bible.com/bible/1483/PHP.2.NNRV}}
{{quote5 |내용= परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तुजस्तो ठान्नुभएन ... स्वरूपमा मानिसजस्तै भएर आफैलाई होच्याउनुभयो, र मृत्युसम्मै, अर्थात् क्रूसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो । |출처= [https://www.bible.com/bible/1483/PHP.2.NNRV फिलिप्पी २:५–८]}}

प्रेरितहरूले येशूज्यूलाई मुक्तिदाताको रूपमा ग्रहण गर्नुको कारणचाहिँ, बाइबलका सबै अगमवाणीहरू पूरा गर्नुभएका मुक्तिदाता नै येशूज्यू हुनुहुन्छ भन्ने कुरालाई तिनीहरूले पक्का विश्वास गरेकाले गर्दा हो । पुरानो करार बाइबलमा, येशूज्यू जन्मनुभन्दा सयौँ वर्षअघि नै परमेश्वर मानिसको रूपमा आउनुहुने विषयमा अगमवाणीहरू गरिएका थिए । ती अगमवाणीहरू यस प्रकार छन् : मुक्तिदाता एक जना कन्याको शरीरमा गर्भधारण गर्नुहुनेछ;<ref>{{Cite web |title=यशैया ७:१४ |url=https://www.bible.com/bible/1483/ISA.7.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=मत्ती १:१८-२३ |url=https://www.bible.com/bible/1483/MAT.1.NNRV |publisher=}}</ref> परमेश्वर, जसको सुरु प्राचीनकालदेखि नै छ, उहाँ बेथलेहेममा जन्मनुहुनेछ;<ref>{{Cite web |title=मीका ५:२ |url=https://www.bible.com/bible/1483/MIC.5.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=मत्ती २:१-६ |url=https://www.bible.com/bible/1483/MAT.2.NNRV |publisher= |quote=}}</ref> इस्राएलका राजा अर्थात् सियोनका राजा(परमेश्वर) गधाको बच्चा बछेडामाथि सवार भएर [[यरूशलेम]]मा आउनुहुनेछ ।<ref>{{Cite web |title=जकरिया ९:९ |url=https://www.bible.com/bible/1483/ZEC.9.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=मत्ती २१:२-११ |url=https://www.bible.com/bible/1483/MAT.21.NNRV |publisher=}}</ref> बाइबलमा येशूज्यूलाई ''इम्मानुएल'' भनिएको छ । जसको अर्थ हो, परमेश्वर आफ्ना प्रजालाई बचाउन र तिनीहरूसँग रहनलाई शरीरमा आउनुहुनेछ ।<ref>अध्याय १२ त्रिएक, परमेश्वरको रहस्य र जीवनको पानीको मूल, आन साङ होङज्यू, पेज ८६, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड</ref> यो अगमवाणीअनुसार येशूज्यू मानिसको रूपमा जन्मनुभएर मानव-जातिको मुक्तिको निम्ति सुसमाचारको जीवन जिउनुभयो र क्रूसमा मृत्युसमेत भोग्नुभई बाइबलका सबै अगमवाणीहरू पूरा गर्नुभयो ।

पङ्क्ति ५५: पङ्क्ति ५५:
परमेश्वर शरीरमा आउनुको आधारभूत कारण नै सबै मानव-जातिलाई बचाउनको निम्ति हो ।<ref>{{Cite web |title=यूहन्ना ३:१६ |url=https://www.bible.com/bible/1483/JHN.3.NNRV |publisher=}}</ref> बाइबलमा हेर्दा, पापको ज्याला मृत्यु हो तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो भनेर लेखिएको छ ।<ref>{{Cite web |title=रोमी ६:२ |url=https://www.bible.com/bible/1483/ROM.6.NNRV |publisher= |quote=}}</ref> पापीहरूले आफ्नो पापको ज्याला रहेको मृत्युलाई केहीद्वारा पनि तिर्न सक्दैनन् । यसकारण पापरहित हुनुभएका परमेश्वरले<ref>{{Cite web |title=१ यूहन्ना ३:५ |url=https://www.bible.com/bible/1483/1JN.3.NNRV |publisher= |quote=}}</ref> मानव-जातिका सारा पापहरू सट्टामा बोकेर मृत्यु भोगिदिनुभयो, जसद्वारा मानव-जातिका पापहरू प्रायश्चित भए । क्रूसमा मृत्यु भोग्नुभन्दा अघिल्लो दिन येशूज्यूले आफ्नो देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्यद्वारा [[नयाँ करार निस्तार-चाड]] स्थापना गर्नुभयो र हामीलाई पाप-क्षमा र अनन्त जीवन दिनुभयो । त्यसको भोलिपल्ट उहाँले क्रूसमा आफ्नो देह च्यातिने, र रगत बग्नेसम्मको कष्ट सहनुभई निस्तार-चाडद्वारा प्रतिज्ञा गरिएको करारलाई पूरा गर्नुभयो । पुरानो करार बाइबलको [[मीका|मीकाको पुस्तक]]मा, परमेश्वरले पछिल्ला दिनहरूमा सत्यताको मार्ग सिकाउनुहुनेछ भनेर अगमवाणी गरिएको छ ।<ref>{{Cite web |title=मीका ४:१-२ |url=https://www.bible.com/bible/1483/MIC.4.NNRV |publisher= |quote=}}</ref> फेरि भन्नुपर्दा, येशूज्यू दोस्रो पल्ट आउनुहुनेछ र हामीलाई मुक्तिमा डोऱ्याउने सत्यता सिकाउनुहुनेछ भनेर अगमवाणी गरिएको छ । येशूज्यूले हाम्रो मुक्तिको निम्ति स्थापना गर्नुभएको सत्यता नै नयाँ करार निस्तार-चाड हो । तर ई.सं. ३२५मा सुरुको मण्डलीको युगपछि [[निकेया परिषद|निकेया धार्मिक सम्मेलन]]मा नयाँ करार निस्तार-चाड रद्द गरियो । येशूज्यूले पहिलो आगमनको समयमा खोलिदिनुभएको मुक्तिको मार्ग विलीन भयो । यसकारण जीवनको सत्यता पुनर्स्थापन गर्न र मानव-जातिलाई उद्धार गर्न ख्रीष्ट दोस्रो पल्ट आउनुहुनेछ ।

{{quote5 |내용= त्यसरी ख्रीष्ट पनि धेरै जनाका पाप बोक्नलाई एकै पल्ट बलि हुनुभयो, र उहाँ दोस्रो पल्ट देखा पर्नुहुनेछ, पाप बोक्नका निम्ति होइन, तर उत्सुकतापूर्वक उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्ति । |출처= https://www.bible.com/bible/1483/HEB.9.NNRV}}
{{quote5 |내용= त्यसरी ख्रीष्ट पनि धेरै जनाका पाप बोक्नलाई एकै पल्ट बलि हुनुभयो, र उहाँ दोस्रो पल्ट देखा पर्नुहुनेछ, पाप बोक्नका निम्ति होइन, तर उत्सुकतापूर्वक उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्ति । |출처= [https://www.bible.com/bible/1483/HEB.9.NNRV हिब्रू ९:२८]}}

मानिसको रूपमा आउनुहुने दोस्रो आगमनका ख्रीष्टलाई चिन्ने तरिकाचाहिँ २,००० वर्षअघिको सुरुको मण्डलीको इतिहासबाट जान्न सकिन्छ । त्यो समयमा येशूज्यूको शारीरिक पक्षलाई हेरेका धार्मिक नेताहरूले मुक्तिदाता येशूज्यूलाई इन्कार गरे । तर बाइबलको अगमवाणी र त्यसको पूर्णता हेरेका प्रेरितहरू र सन्तहरूले भने मुक्तिदाता येशूज्यूलाई ग्रहण गरे । यो युगमा दोस्रो आगमनका ख्रीष्टलाई चिन्न सकिने एकमात्र तरिका पनि बाइबल नै हो । किनभने मुक्तिदाताको विषयमा गवाही दिने एकमात्र पुस्तक नै बाइबल हो ।<ref>{{Cite web |title=यूहन्ना ५:३९ |url=https://www.bible.com/bible/1483/JHN.5.NNRV |publisher= |quote=}}</ref> पहिलो आगमनको समयमा येशूज्यूले आफू मुक्तिदाता रहेको कुरा बाइबलद्वारा गवाही दिनुभयो । [[बप्तिस्मा-दिने यूहन्ना]]ले “आउनेवालाचाहिँ तपाईं नै हुनुहुन्छ ?” भनेर सोध्दा येशूज्यूले बाइबलका अगमवाणीहरू बताइदिनुभयो ।<ref>अध्याय ४ “आउनेवालाचाहिँ तपाईं नै हुनुहुन्छ ?” पिता परमेश्वर र माता परमेश्वर, पेज ३६, गिम जु छल, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड</ref><ref>{{Cite web |title=मत्ती ११:२-५ |url=https://www.bible.com/bible/1483/MAT.11.NNRV |publisher= |quote=}}</ref> साथै इम्माउसतर्फ गइरहेका चेलाहरूले येशूज्यूलाई चिन्न नसक्दा येशूज्यूले बाइबलद्वारा आफ्नो विषयमा गवाही दिनुभएको थियो ।<ref>{{Cite web |title=लूका २४:२७ |url=https://www.bible.com/bible/1483/LUK.24.NNRV |publisher= |quote=}}</ref> ख्रीष्ट दोस्रो पल्ट कहिले, कस्तो स्वरूपमा र के चिन्ह लिएर आउनुहुनेछ भन्ने कुरा सबै बाइबलमा अगमवाणी गरिएको छ । जसमध्ये सबैभन्दा महत्त्वपूर्ण चिन्ह नै नयाँ करार निस्तार-चाड हो । भविष्यमा परमेश्वरले छिप्पिएको मद्यको भोज लाउनुहुनेछ र मुत्युलाई सदाको निम्ति निल्नुहुनेछ भनेर यशैया अगमवक्ताले अगमवाणी गरेका थिए ।  

{{quote5 |내용= सर्वशक्तिमान् परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मीठा-मीठा थोकहरू– छिप्पिएको मद्य, असल-असल स्वादिष्ट थोकहरू, सबैभन्दा असल मद्यको भोज लाउनुहुनेछ . . . उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ । परमप्रभु परमेश्वरले सबैका अनुहारबाट आँसु पुछिदिनुहुनेछ । उहाँले सारा पृथ्वीबाट आफ्नो प्रजाको निन्दा हटाइदिनुहुनेछ । परमप्रभुले भन्नुभएको छ । त्यस दिन तिनीहरूले यसो भन्नेछन्, “निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ,” |출처= https://www.bible.com/bible/1483/ISA.25.NNRV}}
{{quote5 |내용= सर्वशक्तिमान् परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मीठा-मीठा थोकहरू– छिप्पिएको मद्य, असल-असल स्वादिष्ट थोकहरू, सबैभन्दा असल मद्यको भोज लाउनुहुनेछ . . . उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ । परमप्रभु परमेश्वरले सबैका अनुहारबाट आँसु पुछिदिनुहुनेछ । उहाँले सारा पृथ्वीबाट आफ्नो प्रजाको निन्दा हटाइदिनुहुनेछ । परमप्रभुले भन्नुभएको छ । त्यस दिन तिनीहरूले यसो भन्नेछन्, “निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ,” |출처= [https://www.bible.com/bible/1483/ISA.25.NNRV यशैया २५:६-९]}}

मृत्युलाई सदाको निम्ति निलिदिने अर्थात् अनन्त जीवन दिलाउने एकमात्र दाखमद्य नै बाइबलमा [[नयाँ करार]] निस्तार-चाडको दाखमद्य हो । पहिलो आगमनपछि करीब १,६०० वर्षसम्म लोप भएको नयाँ करार निस्तार-चाड पुनर्स्थापना गर्नुहुने व्यक्ति नै दोस्रो आगमनका येशूज्यू अर्थात् परमेश्वर हुनुहुन्छ । बाइबलका यी सम्पूर्ण अगमवाणीअनुसार देहधारी हुनुभई नयाँ करार पुनर्स्थापन गर्नुभएका व्यक्ति नै [[आन साङ होङ|आन साङ होङज्यू]] हुनुहुन्छ ।<ref>{{Cite web |author= |date=November 17, 2017 |year= |title=[विशेष विषय ● लुथरको ५०० वर्षको धर्म सुधार – परमेश्वरको मण्डली र बाइबलको सत्यता] तिनीहरू केलाई विश्वास र पालन गर्दैछन् ? |url=http://jmagazine.joins.com/monthly/view/318953 |website=Monthly JoongAng |series= |publisher= |page=174-182 |isbn= |quote=}}</ref>

पङ्क्ति ९०: पङ्क्ति ९०:
*[[सियोन]]
*[[सियोन]]

== फुटनोट ==
== सन्दर्भ सामग्रीहरू ==
<references />
<references />

०३:०९, १३ सेप्टेम्बर २०२४ जस्तै गरी पुनरावलोकन

१८औँ शताब्दीतिर कुनै अज्ञात कलाकारद्वारा कोरिएको चित्र । बालकको रूपमा जन्मनुभएका येशूज्यू, परमेश्वर हुनुहुन्छ भनेर यशैयाको पुस्तकमा लेखिएको छ ।

शरीरमा परमेश्वरको आगमन(देह धारण)चाहिँ ख्रीष्टियान धर्मको सार हो ।[१][२] २,००० वर्षअघि सुरुको मण्डलीले विश्वास गरेको येशूज्यूलाई, अहिले विश्व जनसंख्याको ३०%भन्दा बढी ख्रीष्टियानहरूले[३] शरीरमा आउनुभएका परमेश्वरको रूपमा विश्वास गर्छन् ।[४][५] सुरुको मण्डलीले येशूज्यूलाई मुक्तिदाताको रूपमा विश्वास गर्नुको कारणचाहिँ ख्रीष्टसम्बन्धी बाइबलका सबै अगमवाणीहरू येशूज्यूले सबै पूरा गर्नुभएकोले गर्दा हो । मानव-जातिको मुक्तिको निम्ति ख्रीष्ट मानिसको रूपमा फेरि आउनुहुनेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ ।[६] परमेश्वरको मण्डलीले विश्वास गर्ने दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूको विषयमा पनि बाइबलमा, पहिलो आगमनको विषयमा जसरी स्पष्टसँग लेखिएको छ ।

शरीरमा आउनुभएका परमेश्वरलाई विश्वास गर्ने ख्रीष्टियान धर्म

ख्रीष्टियान धर्मचाहिँ मानिसको रूपमा आउनुभएका परमेश्वरलाई विश्वास गर्ने कुरामा आधारित छ । ख्रीष्ट भन्ने शब्दचाहिँ ग्रीक शब्द Χριστός (ख्रिस्तोस्)को लिप्यन्तरण हो,[७] जसको अर्थ अभिषिक्त जन हो ।[८][९] मुक्तिदाता परमेश्वर मानिसको रूपमा आउनुहुनेछ भन्ने विषयका थुप्रै अगमवाणीहरू बाइबलमा लेखिएका छन् । जसमध्येको एकचाहिँ यशैया अगमवक्ताद्वारा लिखित अगमवाणी हो । ई.पू. ७००तिर यशैया अगमवक्ताले, सर्वशक्तिमान् परमेश्वर बालकको रूपमा जन्मनुहुनेछ भनेर अगमवाणी गरे ।[१०][११] यो अगमवाणी, ख्रीष्टियान आस्थाका केन्द्र हुनुभएका येशूज्यूद्वारा पूरा भयो ।[१२][१३]

परमेश्वरको शक्ति र देह धारण

शरीरमा आउनुभएका परमेश्वरप्रतिको मानिसहरूको अनिच्छाचाहिँ ‘मानिस परमेश्वर बन्न सक्दैन’ भन्ने सोचाइबाट आउँदछ । निश्चय नै मानिस, जो सृष्टिको थोक हो, ऊ कदापि सृष्टिकर्ता परमेश्वर बन्न सक्दैन । तर आदिमा वचनद्वारा यावत् थोक सृष्टि गर्नुभएका, र प्रस्थानको समयमा लाल समुद्र दुई भाग गर्नुभएका सर्वशक्तिमान् परमेश्वरचाहिँ जुनसुकै बेलामा पनि मानिसको रूपमा आउन सक्नुहुन्छ ।[१४] परमेश्वर मानिसको रूपमा देखा पर्नुभएका दृश्यहरू पुरानो र नयाँ करार बाइबलमा थुप्रै देख्न सकिन्छ । पुरानो करारको समयमा यहोवा परमेश्वर दुई जना स्वर्गदूतहरूसँगै एक बटुवाको रूपमा अब्राहामकहाँ देखा पर्नुभयो र तिनीकहाँ भोजन पनि गर्नुभयो । त्यसै गरी नयाँ करारको समयमा येशूज्यू कन्या मरियमको गर्भबाट बालकको रूपमा जन्मनुभयो । यसरी परमेश्वर आत्मिक रूपमा मात्र रहनुहुने होइन तर शरीरमा पनि देखा पर्न सक्नुहुन्छ ।[१५]

डच चित्रकार पौलस पोट्टरको चित्र, अब्राहामको सामु देखा पर्नुभएका परमेश्वर (सन् १६४२)

  • अब्राहामका सामु एक बटुवाको रूपमा देखा पर्नुभएका परमेश्वर

दिउँसोको गर्मीमा मम्रेका फलाँटका रूखहरूनेरको आफ्नो पालको ढोकामा अब्राहाम बसिरहँदा परमप्रभु तिनीकहाँ देखा पर्नुभयो । तिनले आफ्ना आँखा उठाएर हेरे, र आफ्नो सामु तीन जना मानिसहरू उभिरहेका देखे ।

उत्पत्ति १८:१-२

  • पवित्र आत्माद्वारा मरियमको गर्भबाट जन्मनुभएका येशूज्यू

येशू ख्रीष्टको जन्म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो । . . . “तिनले एउटा पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ ।”

मत्ती १:१८-२१

शरीरमा आउनुभएका परमेश्वर, येशू ख्रीष्ट

इजिप्टको सीनै पहाडमा अवस्थित सेन्ट क्याथेरिन मठमा रहेको काठे प्यानल पेन्टिङ (छैटौँ शताब्दीतिरको), क्राइस्ट प्यान्टोक्रेटर
ख्रीष्टको रूप, सन् १८८०को दशकतिर जर्मन चित्रकार हेन्रिक हफम्यानको पेन्टिङ । येशूज्यूलाई ज्योतिर्मय र प्रतापी भनेर रहस्यमय तरिकाले चित्रण गरिएको छ, जुन स्वरूप बाइबलमा वर्णन गरिएको भन्दा बिलकुल फरक छ ।

पवित्र चित्रकला र चलचित्रहरूमा, येशूज्यूलाई रूपवान् मानिसको रूपमा रहस्यमय तरिकाले चित्रण गरिएको प्रायः देखिन्छ । तर यी कुराहरूचाहिँ येशूज्यूसम्बन्धी लेखिएका बाइबलीय अभिलेखहरूभन्दा फरक छन् । यशैया अगमवक्ताका अनुसार येशूज्यू सुक्खा जमिनबाट निस्केको जरोजस्तो देखिनुहुन्थ्यो, जससित हामीलाई आकर्षण गर्ने केही सुन्दरता वा चमक नै थियो । आफूहरूलाई रोमीहरूको दमनबाट छुटकारा गराउन मसीह अलौकिक स्वरूपमा आउनुहुनेछ भनेर उहाँको प्रतीक्षा गरेका यहूदीहरूले मुक्तिदाता येशूज्यूलाई इन्कार गर्नुको एउटा कारण यो पनि थियो । येशूज्यूको जीवन र जीवनपद्धतिलाई हेरेका हुनाले पनि तिनीहरूले उहाँलाई मुक्तिदाताको रूपमा चिन्न सकेनन् । येशूज्यूको शारीरिक पक्षहरूलाई मात्र हेरेका हुनाले यहूदीहरूले मुक्तिदातालाई इन्कार गरे, र अन्ततः उहाँलाई क्रूसमा टाँगे । तर बाइबलको अगमवाणीलाई हेरेका प्रेरितहरूले भने येशूज्यू मानिसको रूपमा आउनुभए तापनि उहाँलाई मुक्तिदाताको रूपमा ग्रहण गरे ।

येशूज्यूको स्वरूप, जीवन र जीवनपद्धति

शताब्दीऔँदेखि पश्चिमी संस्कृतिले येशूज्यूलाई लामो कपाल र नीलो आँखा भएको गोरो मानिसको रूपमा चित्रण गर्दैआएको छ ।[१६] चौथो शताब्दीदेखि पूर्वी मण्डलीमा बाइजान्टिन साम्राज्यको संस्कृतिको प्रभाव पऱ्यो, र बाइजान्टिन कारीगरहरूले येशूज्यूको स्वरूपलाई चित्रण गर्न रोमी प्यान्थिअनमा शक्तिशाली र प्रतिष्ठित देवताका तस्वीरहरू सापटी ल्याए । छैटौँ शताब्दीतिर क्राइस्ट प्यान्टोक्रेटरले येशूज्यूलाई लामो कपाल र दाह्री भएको मानिसको रूपमा चित्रण गरे । पछि गएर पुनर्जागरणको युगमा, जब कलाकृतिहरू मानवतावादमा आधारित हुन थाले, तब चित्रकारहरूले आदर्श सौन्दर्यसहित येशूज्यूको चित्र कोर्न थाले । २०औँ शताब्दीतिर पश्चिमी समाजमा पुनर्जागरण संस्कृतिले येशूज्यूको चित्रलाई ठूलो प्रभाव पाऱ्यो । यसको विशिष्ट उदाहरण नै अमेरिकी व्यावसायिक कलाकार वार्नर स्याल्मनद्वारा कोरिएको येशूज्यूको चित्र हो । उक्त चित्रलाई काँच र पात्रोमा प्रयोग गरिन थालेदेखि यसले निकै प्रसिद्धि कमायो ।[१७][१८]

चौथो शताब्दीको प्रारम्भतिर देखिन थालेको लामो कपाल र दाह्री भएको येशूज्यूको तस्वीरचाहिँ ग्रीक र रोमी देवताहरू, विशेष गरी शक्तिशाली ग्रीक देवता जिउसको प्रतिनिधित्वबाट बढी प्रभावित भयो । त्यस बेलादेखि येशूज्यू लामो पोशाक लगाएर सिंहासनमा विराजमान हुनुभएको चित्र बनाउन थालियो (जस्तै पाँचौँ शताब्दीतिर रोमको सान्टा पुडेन्जियाना मण्डलीको वेदीमा भएको मोजाइक, अर्थात् रङ्गीबिरङ्गी चित्र), अझ कुनै चित्रमा त उहाँको शिरमा प्रकाशचक्र पनि राखिएको हुन्थ्यो ।
HISTORY, "The Ongoing Mystery of Jesus's Face"

यसरी येशूज्यूको राजसी र रहस्यमय स्वरूप अनि प्रकाशचक्रचाहिँ लामो समयदेखि यसरी नै चल्दैआएको छ । यसकारण मानिसहरूले सोच्ने गरेको येशूज्यूको विशिष्ट स्वरूपचाहिँ युग र संस्कृतिद्वारा बनेको विकृत तस्वीर हो,[१९] जुनचाहिँ बाइबलमा वर्णन गरिएको येशूज्यूको स्वरूपभन्दा बिलकुल फरक छ । बाइबलमा, येशूज्यूचाहिँ सुक्खा जमिनबाट निस्केको जरोजस्तो, जससित हामीलाई आकर्षण गर्ने केही सुन्दरता थिएन भनेर वर्णन गरिएको छ ।

ऊ उहाँको सामु कलिलो बोटजस्तो र सुक्खा जमिनबाट निस्केको जरोजस्तो बढ्यो । ऊसित हामीलाई आकर्षण गर्ने न केही सुन्दरता न त महत्त्व नै थियो । उसको अनुहारमा हामीलाई मन पर्ने केही थिएन ।

यशैया ५३:२

मूलभूत रूपमा सर्वशक्तिमान् परमेश्वर हुनुभए तापनि मानिसको रूपमा आउनुभएका येशूज्यूको बाहिरी रूप एक आम मानिसको भन्दा केही फरक थिएन । शारीरिक रूपमा चाहिँ, उहाँ योसेफ र मरियमका छोरा हुनुहुन्थ्यो,[२०] र उहाँले सिकर्मी काम गर्नुहुन्थ्यो । अनि भोकाउनुहुँदा उहाँले भोजन गर्नुहुन्थ्यो र लामो यात्राका कारण थकाइ लाग्दा उहाँ एकैछिन आराम गर्नुहुन्थ्यो । यसकारण उहाँको भोजन, पहिरन अथवा दिनचर्या त्यस्तो विशेष थिएन ।[२१][२२][२३] हिजोआज मानिसहरू ती पुराना पवित्र चित्र र पेन्टिङहरू हेरेर ख्रीष्टलाई विश्वास गर्ने गर्छन् । तर २,००० वर्षअघिचाहिँ येशूज्यू एक आम मानिसजस्तै देखिनुभएकोले यहूदीहरूले उहाँलाई इन्कार गरे ।[२४] येशूज्यूले हात नधोई भोजन गर्नुभएको कुरा, अनि समाजले घृणित ठानेका कर उठाउनेहरू र वेश्याहरूसँग येशूज्यू बस्नुभएको कुरा नै ती यहूदीहरूले उहाँलाई मुक्तिदाताको रूपमा स्वीकार नगर्ने एउटा कारण बन्यो ।[२५][२६][२७]

ख्रीष्टलाई इन्कार गर्नेहरू

२,००० वर्षअघि इस्राएलचाहिँ रोमी साम्राज्यको उपनिवेश थियो । यहूदीहरूको एकमात्र आशा भनेकै मसीह आउनुभएर तिनीहरूलाई रोमको शासनबाट छुटकारा गराउनुहुने कुरा थियो ।[२८] तर मसीह येशूज्यू तिनीहरूका आँखाकै सामु देखा पर्नुहुँदा समेत तिनीहरूले उल्टै “तिमी मानिस भएर पनि आफैलाई परमेश्वर तुल्याउँछौ” भन्दै उहाँलाई इन्कार गरे ।[२९] त्यस बेला तिनीहरूले अपेक्षा गरेको मसीहको स्वरूपचाहिँ, तिनीहरूलाई रोमीहरूको दमनबाट छुटकारा गराउने अलौकिक शक्ति भएका सर्वशक्तिमान्‌को स्वरूप थियो । तर येशूज्यू तिनीहरूको आशाभन्दा ठीक विपरीत स्वरूपमा आउनुभयो ।

अन्यजातिहरूले हरेक कुरामा यहूदीहरूलाई हेप्ने भएकाले यहूदीहरूको मनमा अन्यजातिप्रति घृणा र क्रोधको भाव भरियो । यसबाहेक तिनीहरू भौतिकवादी र सांसारिक हुँदैगएकाले पनि तिनीहरूले, मानिसहरूबाट घृणा पाउनुभएका गरीब येशूज्यूलाई मसीहको रूपमा कल्पना पनि गर्न सकेनन् । अगमवक्ताहरूबाहेक अरू सबैले मसीहको स्वरूपचाहिँ शक्तिशाली स्वर्गदूतको जस्तै होला भनी कल्पना गर्थे ।
— नास्तिकहरूका लागि येशूज्यूको कहानी, जियोभानी पाफिनी, मेडिसी मिडिया, सन् २०१४

अन्ततः यहूदीहरूले आफूले व्यग्र तिर्सना गरेको मसीहलाई चिन्न सकेनन् । तिनीहरूले उहाँलाई इन्कार गरे, र क्रूसमा टाँगे । त्यो समयमा यहूदीहरू र धार्मिक नेताहरूले आकाशतिर मात्र हेर्दै मसीहको आगमनलाई प्रतीक्षा गरे । तिनीहरूले त्यसो गरिरहँदा, यता मसीहचाहिँ अघि नै जन्मिसक्नुभएर बाइबलका सबै अगमवाणीहरू पूरा भयो ।[३०]

ख्रीष्टलाई ग्रहण गर्नेहरू

वर्तमान समयका ख्रीष्टियानहरूले अति पवित्र सन्तको रूपमा लिने गरेका प्रेरित पावललाई २,००० वर्षअघि नासरी पन्थको मुख्य अगुवा भन्ने संज्ञा दिइएको थियो ।[३१] कारण तिनले मानिसको रूपमा आउनुभएका ख्रीष्टलाई विश्वास गरेका थिए । पावलले मात्र होइन तर यूहन्ना, पत्रुस, फिलिप जस्ता प्रेरितहरू र सुरुको मण्डलीका सन्तहरूले पनि चरम सतावटको बाबजुद येशूज्यूप्रतिको विश्वासलाई कायम राखे ।[३२] येशूज्यूका बाह्र चेलामध्येका एक, प्रेरित यूहन्नाले आदिदेखि अस्तित्वमा रहनुभएका परमेश्वर देहधारी भई मानिसहरूका बीचमा वास गर्नुभयो भनेर बाइबलमा लेखे । प्रेरित पावलले, येशूज्यू मानिस भई आउनुभए तापनि उहाँ मूलभूत रूपमा परमेश्वर हुनुहुन्छ भने ।

आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो । . . . अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो । हामीले उहाँको महिमा देख्यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो ।

यूहन्ना १:१, १४

परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तुजस्तो ठान्नुभएन ... स्वरूपमा मानिसजस्तै भएर आफैलाई होच्याउनुभयो, र मृत्युसम्मै, अर्थात् क्रूसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो ।

फिलिप्पी २:५–८

प्रेरितहरूले येशूज्यूलाई मुक्तिदाताको रूपमा ग्रहण गर्नुको कारणचाहिँ, बाइबलका सबै अगमवाणीहरू पूरा गर्नुभएका मुक्तिदाता नै येशूज्यू हुनुहुन्छ भन्ने कुरालाई तिनीहरूले पक्का विश्वास गरेकाले गर्दा हो । पुरानो करार बाइबलमा, येशूज्यू जन्मनुभन्दा सयौँ वर्षअघि नै परमेश्वर मानिसको रूपमा आउनुहुने विषयमा अगमवाणीहरू गरिएका थिए । ती अगमवाणीहरू यस प्रकार छन् : मुक्तिदाता एक जना कन्याको शरीरमा गर्भधारण गर्नुहुनेछ;[३३][३४] परमेश्वर, जसको सुरु प्राचीनकालदेखि नै छ, उहाँ बेथलेहेममा जन्मनुहुनेछ;[३५][३६] इस्राएलका राजा अर्थात् सियोनका राजा(परमेश्वर) गधाको बच्चा बछेडामाथि सवार भएर यरूशलेममा आउनुहुनेछ ।[३७][३८] बाइबलमा येशूज्यूलाई इम्मानुएल भनिएको छ । जसको अर्थ हो, परमेश्वर आफ्ना प्रजालाई बचाउन र तिनीहरूसँग रहनलाई शरीरमा आउनुहुनेछ ।[३९] यो अगमवाणीअनुसार येशूज्यू मानिसको रूपमा जन्मनुभएर मानव-जातिको मुक्तिको निम्ति सुसमाचारको जीवन जिउनुभयो र क्रूसमा मृत्युसमेत भोग्नुभई बाइबलका सबै अगमवाणीहरू पूरा गर्नुभयो ।

येशूज्यू फेरि शरीरमा आउनुहुनेछ

अन्तिम भोजको रूपमा चिर-परिचित निस्तार-चाडको पवित्र भोज
अन्तिम भोजको रूपमा चिर-परिचित निस्तार-चाडको पवित्र भोज

परमेश्वर शरीरमा आउनुको आधारभूत कारण नै सबै मानव-जातिलाई बचाउनको निम्ति हो ।[४०] बाइबलमा हेर्दा, पापको ज्याला मृत्यु हो तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो भनेर लेखिएको छ ।[४१] पापीहरूले आफ्नो पापको ज्याला रहेको मृत्युलाई केहीद्वारा पनि तिर्न सक्दैनन् । यसकारण पापरहित हुनुभएका परमेश्वरले[४२] मानव-जातिका सारा पापहरू सट्टामा बोकेर मृत्यु भोगिदिनुभयो, जसद्वारा मानव-जातिका पापहरू प्रायश्चित भए । क्रूसमा मृत्यु भोग्नुभन्दा अघिल्लो दिन येशूज्यूले आफ्नो देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्यद्वारा नयाँ करार निस्तार-चाड स्थापना गर्नुभयो र हामीलाई पाप-क्षमा र अनन्त जीवन दिनुभयो । त्यसको भोलिपल्ट उहाँले क्रूसमा आफ्नो देह च्यातिने, र रगत बग्नेसम्मको कष्ट सहनुभई निस्तार-चाडद्वारा प्रतिज्ञा गरिएको करारलाई पूरा गर्नुभयो । पुरानो करार बाइबलको मीकाको पुस्तकमा, परमेश्वरले पछिल्ला दिनहरूमा सत्यताको मार्ग सिकाउनुहुनेछ भनेर अगमवाणी गरिएको छ ।[४३] फेरि भन्नुपर्दा, येशूज्यू दोस्रो पल्ट आउनुहुनेछ र हामीलाई मुक्तिमा डोऱ्याउने सत्यता सिकाउनुहुनेछ भनेर अगमवाणी गरिएको छ । येशूज्यूले हाम्रो मुक्तिको निम्ति स्थापना गर्नुभएको सत्यता नै नयाँ करार निस्तार-चाड हो । तर ई.सं. ३२५मा सुरुको मण्डलीको युगपछि निकेया धार्मिक सम्मेलनमा नयाँ करार निस्तार-चाड रद्द गरियो । येशूज्यूले पहिलो आगमनको समयमा खोलिदिनुभएको मुक्तिको मार्ग विलीन भयो । यसकारण जीवनको सत्यता पुनर्स्थापन गर्न र मानव-जातिलाई उद्धार गर्न ख्रीष्ट दोस्रो पल्ट आउनुहुनेछ ।

त्यसरी ख्रीष्ट पनि धेरै जनाका पाप बोक्नलाई एकै पल्ट बलि हुनुभयो, र उहाँ दोस्रो पल्ट देखा पर्नुहुनेछ, पाप बोक्नका निम्ति होइन, तर उत्सुकतापूर्वक उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्ति ।

हिब्रू ९:२८

मानिसको रूपमा आउनुहुने दोस्रो आगमनका ख्रीष्टलाई चिन्ने तरिकाचाहिँ २,००० वर्षअघिको सुरुको मण्डलीको इतिहासबाट जान्न सकिन्छ । त्यो समयमा येशूज्यूको शारीरिक पक्षलाई हेरेका धार्मिक नेताहरूले मुक्तिदाता येशूज्यूलाई इन्कार गरे । तर बाइबलको अगमवाणी र त्यसको पूर्णता हेरेका प्रेरितहरू र सन्तहरूले भने मुक्तिदाता येशूज्यूलाई ग्रहण गरे । यो युगमा दोस्रो आगमनका ख्रीष्टलाई चिन्न सकिने एकमात्र तरिका पनि बाइबल नै हो । किनभने मुक्तिदाताको विषयमा गवाही दिने एकमात्र पुस्तक नै बाइबल हो ।[४४] पहिलो आगमनको समयमा येशूज्यूले आफू मुक्तिदाता रहेको कुरा बाइबलद्वारा गवाही दिनुभयो । बप्तिस्मा-दिने यूहन्नाले “आउनेवालाचाहिँ तपाईं नै हुनुहुन्छ ?” भनेर सोध्दा येशूज्यूले बाइबलका अगमवाणीहरू बताइदिनुभयो ।[४५][४६] साथै इम्माउसतर्फ गइरहेका चेलाहरूले येशूज्यूलाई चिन्न नसक्दा येशूज्यूले बाइबलद्वारा आफ्नो विषयमा गवाही दिनुभएको थियो ।[४७] ख्रीष्ट दोस्रो पल्ट कहिले, कस्तो स्वरूपमा र के चिन्ह लिएर आउनुहुनेछ भन्ने कुरा सबै बाइबलमा अगमवाणी गरिएको छ । जसमध्ये सबैभन्दा महत्त्वपूर्ण चिन्ह नै नयाँ करार निस्तार-चाड हो । भविष्यमा परमेश्वरले छिप्पिएको मद्यको भोज लाउनुहुनेछ र मुत्युलाई सदाको निम्ति निल्नुहुनेछ भनेर यशैया अगमवक्ताले अगमवाणी गरेका थिए ।

सर्वशक्तिमान् परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मीठा-मीठा थोकहरू– छिप्पिएको मद्य, असल-असल स्वादिष्ट थोकहरू, सबैभन्दा असल मद्यको भोज लाउनुहुनेछ . . . उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ । परमप्रभु परमेश्वरले सबैका अनुहारबाट आँसु पुछिदिनुहुनेछ । उहाँले सारा पृथ्वीबाट आफ्नो प्रजाको निन्दा हटाइदिनुहुनेछ । परमप्रभुले भन्नुभएको छ । त्यस दिन तिनीहरूले यसो भन्नेछन्, “निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ,”

यशैया २५:६-९

मृत्युलाई सदाको निम्ति निलिदिने अर्थात् अनन्त जीवन दिलाउने एकमात्र दाखमद्य नै बाइबलमा नयाँ करार निस्तार-चाडको दाखमद्य हो । पहिलो आगमनपछि करीब १,६०० वर्षसम्म लोप भएको नयाँ करार निस्तार-चाड पुनर्स्थापना गर्नुहुने व्यक्ति नै दोस्रो आगमनका येशूज्यू अर्थात् परमेश्वर हुनुहुन्छ । बाइबलका यी सम्पूर्ण अगमवाणीअनुसार देहधारी हुनुभई नयाँ करार पुनर्स्थापन गर्नुभएका व्यक्ति नै आन साङ होङज्यू हुनुहुन्छ ।[४८]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. "देहधारण"Britannica 
  2. "ईश्वरको देहधारणलाई विश्वास गर्ने ख्रीष्टियान धर्म, प्रवचन"WATV.org 
  3. "सन् २०२२को विश्वव्यापी ख्रीष्टियान धर्मका ७ वटा प्रेरणादायक ट्रेन्ड"Lifeway Research। जनवरी ३१, २०२२। 
  4. "१ तिमोथी २:५" 
  5. "रोमी ९:५" 
  6. "हिब्रू ९:२७" 
  7. "Christos"Biblehub 
  8. "येशूज्यू,"Britannica 
  9. एलिस्टर मेक ग्राथ (मार्च ४, २०१३), Christian History, 1st edition, Wiley-Blackwell 
  10. "यशैया ९:६" 
  11. "यशैया ७:१४" 
  12. "ख्रीष्टियान धर्म"Britannica 
  13. D. H. Withers (अगस्ट २३, २०१६)। अटूट नाता : इस्राएल र मण्डलीWestBow Press 
  14. अध्याय १ रहस्यहरूको रहस्य, पिता परमेश्वर र माता परमेश्वर, पेज ११, गिम जु छल, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड
  15. अध्याय १२ त्रिएक विषयमा, परमेश्वरको रहस्य र जीवनको पानीको मूल, पेज ८२, आन साङ होङज्यू, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड
  16. "निरन्तर चलिरहेको येशूको अनुहारको रहस्य"HISTORY 
  17. "येशूज्यू साँच्चै कस्तो देखिनुहुन्थ्यो ?"BBC NEWS। डिसेम्बर २४, २०१५। 
  18. "The Ongoing Mystery of Jesus's Face"HISTORY 
  19. Joan E. Taylor, (फेब्रुअरी ८, २०१८)। येशूज्यू कस्तो देखिनुहुन्थ्यो ?Bloomsbury T&T Clark। Illustrated edition। पृष्ठ 72। 
  20. "यूहन्ना ६:४२" 
  21. "लूका २४:२४-४३" 
  22. "यूहन्ना ४:६" 
  23. Fred G. Zaspel (सेप्टेम्बर २, २०१०)। 6. Christology 1: The Person of Christ, The Theology of B. B. Warfield: A Systematic Summary। 0 edition। Crossway। 
  24. "मर्कूस ६:३" 
  25. "लूका ११:३८" 
  26. "मत्ती ११:१८-१९" 
  27. "लूका १५:१-२" 
  28. ख्रीष्टको जीवन, जियोभानी प्यापिनी, हार्कोर्ट, ब्रेस एन्ड कम्पनी, सन् १९२३
  29. अध्याय २ मानिस, ख्रीष्ट येशू, पिता परमेश्वर र माता परमेश्वर, पेज १८, गिम जु छल, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड
  30. अध्याय ११ येशूज्यूको विषयमा, परमेश्वरको रहस्य र जीवनको पानीको मूल, पेज ७५, आन साङ होङज्यू, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड
  31. "प्रेरित २४:५" 
  32. "यूहन्ना १५:२०-२१" 
  33. "यशैया ७:१४" 
  34. "मत्ती १:१८-२३" 
  35. "मीका ५:२" 
  36. "मत्ती २:१-६" 
  37. "जकरिया ९:९" 
  38. "मत्ती २१:२-११" 
  39. अध्याय १२ त्रिएक, परमेश्वरको रहस्य र जीवनको पानीको मूल, आन साङ होङज्यू, पेज ८६, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड
  40. "यूहन्ना ३:१६" 
  41. "रोमी ६:२" 
  42. "१ यूहन्ना ३:५" 
  43. "मीका ४:१-२" 
  44. "यूहन्ना ५:३९" 
  45. अध्याय ४ “आउनेवालाचाहिँ तपाईं नै हुनुहुन्छ ?” पिता परमेश्वर र माता परमेश्वर, पेज ३६, गिम जु छल, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड
  46. "मत्ती ११:२-५" 
  47. "लूका २४:२७" 
  48. "[विशेष विषय ● लुथरको ५०० वर्षको धर्म सुधार – परमेश्वरको मण्डली र बाइबलको सत्यता] तिनीहरू केलाई विश्वास र पालन गर्दैछन् ?"Monthly JoongAng। नोभेम्बर १७, २०१७। पृष्ठ 174-182।