सुसमाचार र नयाँ करार: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
(एक अन्य प्रयोगकर्ता द्वारा गरिएको बीचको एक अवतरण देखाइएन) | |||
पङ्क्ति १०: | पङ्क्ति १०: | ||
== नयाँ करारको केन्द्रबिन्दु नै निस्तार-चाड == | == नयाँ करारको केन्द्रबिन्दु नै निस्तार-चाड == | ||
[[File:Leonardo da Vinci (1452-1519) - The Last Supper (1495-1498).jpg|thumb|अन्तिम भोज : लियोनार्दो दा | [[File:Leonardo da Vinci (1452-1519) - The Last Supper (1495-1498).jpg|thumb|अन्तिम भोज : लियोनार्दो दा भिन्ची, यसले नयाँ करार निस्तार-चाडको दृश्यलाई चित्रण गर्दछ । ]] | ||
नयाँ करारको केन्द्रीय सत्यता नै [[निस्तार-चाड]] हो । क्रूसमा [[क्रूसको कष्ट|टाँगिनु]]भन्दा अघिल्लो रात येशूज्यूले आफ्ना चेलाहरूसँगै अन्तिम पटक निस्तार-चाड मान्नुभयो । पुरानो करारको विधिअनुसार थुमा बलि गर्नुको सट्टा उहाँले तिनीहरूलाई रोटी दिनुहुँदै “यो मेरो शरीर हो” भन्नुभयो, र दाखमद्य दिनुहुँदै “यो मेरो रगत हो” भन्नुभयो । यसरी रोटी र दाखमद्यद्वारा मनाइएको निस्तार-चाडलाई उहाँले आफ्नो रगतमा स्थापित नयाँ करारको रूपमा घोषणा गर्नुभयो । | नयाँ करारको केन्द्रीय सत्यता नै [[निस्तार-चाड]] हो । क्रूसमा [[क्रूसको कष्ट|टाँगिनु]]भन्दा अघिल्लो रात येशूज्यूले आफ्ना चेलाहरूसँगै अन्तिम पटक निस्तार-चाड मान्नुभयो । पुरानो करारको विधिअनुसार थुमा बलि गर्नुको सट्टा उहाँले तिनीहरूलाई रोटी दिनुहुँदै “यो मेरो शरीर हो” भन्नुभयो, र दाखमद्य दिनुहुँदै “यो मेरो रगत हो” भन्नुभयो । यसरी रोटी र दाखमद्यद्वारा मनाइएको निस्तार-चाडलाई उहाँले आफ्नो रगतमा स्थापित नयाँ करारको रूपमा घोषणा गर्नुभयो । | ||
पङ्क्ति १९: | पङ्क्ति १९: | ||
== सुरुको मण्डलीले मानेको र प्रचार गरेको नयाँ करार सुसमाचार == | == सुरुको मण्डलीले मानेको र प्रचार गरेको नयाँ करार सुसमाचार == | ||
[[उद्धारकर्ता|मुक्तिदाता]]को रूपमा आउनुभएका येशूज्यूले [[बप्तिस्मा]] लिनुभयो, र क्रूसमा मृत्यु भोग्नुअघि ३ वर्षसम्म [[राज्यको सुसमाचार]] प्रचार गर्नुभयो ।<ref>[https://www.bible.com/bible/1483/MAT.3.NNRV मत्ती ३:१३] देखि [ | [[उद्धारकर्ता|मुक्तिदाता]]को रूपमा आउनुभएका येशूज्यूले [[बप्तिस्मा]] लिनुभयो, र क्रूसमा मृत्यु भोग्नुअघि ३ वर्षसम्म [[राज्यको सुसमाचार]] प्रचार गर्नुभयो ।<ref>[https://www.bible.com/bible/1483/MAT.3.NNRV मत्ती ३:१३] देखि [https://www.bible.com/bible/1483/MAT.4.NNRV ४:२३] सम्म</ref> सुसमाचार अथवा नयाँ करारचाहिँ येशूज्यूले यो पृथ्वीमा छँदै सिकाउनुभएको सत्यता हो । येशूज्यूले सिकाउनुभएको र मानेर उदाहरण देखाउनुभएको नयाँ करारको सत्यतामा निस्तार-चाड मात्र होइन तर बप्तिस्मा, शबाथ-दिन लगायत ३ चरणका ७ वटा चाडहरू पनि पर्दछन् । “मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ” भन्नुभएका येशूज्यूको आज्ञाअनुसार प्रेरितहरूले नयाँ करारका सबै सत्यताहरू पालन गर्दै, प्रचार गरे ।<ref>{{Cite web |title=मत्ती २८:२० |url=https://www.bible.com/bible/1483/MAT.28.NNRV |publisher= |quote=}}</ref> | ||
*'''बप्तिस्मा''' | *'''बप्तिस्मा''' |
०८:२९, २६ डिसेम्बर २०२४को रुपमा हालको पुनरावलोकनहरू

सुसमाचारको अर्थ शुभ समाचार हो,[१] विशेष गरी नयाँ करार हो । सुरुको मण्डलीका सन्तहरू र प्रेरितहरूले, येशूज्यूले सिकाउनुभएअनुसार निस्तार-चाड, शबाथ-दिन आदि नयाँ करारका सत्यताहरू
सबै माने र प्रचार गरे ।
सुसमाचार नै नयाँ करार
- यही नै त्यो सुसमाचार हो, जो स्वर्गमुनि हरेक प्राणीलाई प्रचार गरिएको छ, जसको म पावल, धर्म-सेवक भएँ । (कलस्सी १:२३)
- नयाँ करारका सेवकहरू हुन उहाँले हामीलाई योग्यका बनाउनुभयो, (२ कोरिन्थी ३:६)
प्रेरित पावलले आफूलाई सुसमाचारको धर्म सेवक भनेका छन् र नयाँ करारका सेवक पनि भनेका छन् । यो वचनले, सुसमाचार नै नयाँ करार हो भन्ने कुरा प्रष्ट्याउँछ ।
नयाँ करारको केन्द्रबिन्दु नै निस्तार-चाड

नयाँ करारको केन्द्रीय सत्यता नै निस्तार-चाड हो । क्रूसमा टाँगिनुभन्दा अघिल्लो रात येशूज्यूले आफ्ना चेलाहरूसँगै अन्तिम पटक निस्तार-चाड मान्नुभयो । पुरानो करारको विधिअनुसार थुमा बलि गर्नुको सट्टा उहाँले तिनीहरूलाई रोटी दिनुहुँदै “यो मेरो शरीर हो” भन्नुभयो, र दाखमद्य दिनुहुँदै “यो मेरो रगत हो” भन्नुभयो । यसरी रोटी र दाखमद्यद्वारा मनाइएको निस्तार-चाडलाई उहाँले आफ्नो रगतमा स्थापित नयाँ करारको रूपमा घोषणा गर्नुभयो ।
उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ,” . . . अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर ।” यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।”
यसकारण नयाँ करार सुसमाचारको केन्द्रबिन्दु नै निस्तार-चाड हो । निस्तार-चाडचाहिँ येशूज्यूको देह खाएर र रगत पिएर पाप-क्षमा र अनन्त जीवन प्राप्त गर्न सकिने सत्यता हो ।[२][३] नयाँ करार निस्तार-चाडको घोषणाचाहिँ मर्नुबाहेक अर्को विकल्प नभएका आत्मिक पापी रहेका मानव-जातिका लागि सबैभन्दा आशिषित खबर हो ।[४][५][६]
सुरुको मण्डलीले मानेको र प्रचार गरेको नयाँ करार सुसमाचार
मुक्तिदाताको रूपमा आउनुभएका येशूज्यूले बप्तिस्मा लिनुभयो, र क्रूसमा मृत्यु भोग्नुअघि ३ वर्षसम्म राज्यको सुसमाचार प्रचार गर्नुभयो ।[७] सुसमाचार अथवा नयाँ करारचाहिँ येशूज्यूले यो पृथ्वीमा छँदै सिकाउनुभएको सत्यता हो । येशूज्यूले सिकाउनुभएको र मानेर उदाहरण देखाउनुभएको नयाँ करारको सत्यतामा निस्तार-चाड मात्र होइन तर बप्तिस्मा, शबाथ-दिन लगायत ३ चरणका ७ वटा चाडहरू पनि पर्दछन् । “मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ” भन्नुभएका येशूज्यूको आज्ञाअनुसार प्रेरितहरूले नयाँ करारका सबै सत्यताहरू पालन गर्दै, प्रचार गरे ।[८]
- बप्तिस्मा
- येशूज्यूले आफूले पनि बप्तिस्मा लिनुभयो र बप्तिस्मा दिनुभएर उदाहरण पनि देखाउनुभयो ।[९][१०] अनि उहाँले आफ्ना चेलाहरूलाई, सबै देशका जातिहरूलाई सुसमाचार सुनाओ र तिनीहरूलाई बप्तिस्मा देओ भन्नुभयो ।[११] फिलिप, पावल र पत्रुस लगायतका सुरुको मण्डलीका सन्तहरूले ख्रीष्टको यो शिक्षाअनुसार, सुसमाचार प्रचार गरी मानिसहरूलाई तुरुन्त बप्तिस्मा दिए ।[१२][१३][१४][१५]
- शबाथ-दिन
- येशूज्यूले, आत्मामा र सत्यतामा आराधना गरेर शबाथ-दिन मान्ने कार्यको उदाहरण देखाउनुभयो,[१६] र युगको अन्त्यसम्म शबाथ पवित्र रूपले मान्नुपर्छ भनी सिकाउनुभयो ।[१७] सुरुको मण्डलीका सन्तहरूले येशूज्यूको क्रूसीकरणपछि पनि शबाथ-दिन माने ।[१८] येशूज्यूको पुनरुत्थान र स्वर्गारोहणपछि पनि तिनीहरूले निरन्तर शबाथ-दिन माने ।
पावल आफ्नो आदतअनुसार तिनीहरूकहाँ भित्र गए, र तीन साता(शबाथ, NIV)सम्म धर्मशास्त्रबाट तिनीहरूसँग बहस गर्दैरहे . . . “उहाँ नै ख्रीष्ट हुनुहुन्छ” भन्ने कुराको अर्थ खोलीकन तिनले प्रमाणित गरिदिए ।
हरेक शबाथमा तिनी सभाघरमा बहस गर्थे, र यहूदी र ग्रीकहरूलाई बुझाउने प्रयत्न गर्थे ।
- निस्तार-चाड
- पाप-क्षमा र अनन्त जीवन[२][३]को प्रतिज्ञा समाविष्ट निस्तार-चाड नै नयाँ करार सुसमाचारको केन्द्रीय सत्यता हो । येशूज्यूले चेलाहरूलाई निस्तार-चाडको प्रबन्ध मिलाउन निर्देशन[१९][२०] मात्र दिनुभएन तर “यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ”, “मेरो सम्झनामा यो गर्ने गर”[२१] भन्नुहुँदै यसको महत्त्वबारे पनि जोड दिनुभयो । आफूलाई सुसमाचारका सेवक र नयाँ करारका सेवक भनेका प्रेरित पावलले, निस्तार-चाड सम्बन्धी शिक्षाचाहिँ मुक्तिदाता हुनुभएका येशूज्यूबाट आएको हो भनी जोड दिए ।[२२] सुरुको मण्डलीका सन्तहरूले येशूज्यूको उदाहरणलाई पछ्याउँदै पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझमा, ख्रीष्टको देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्य खाँदै नयाँ करार निस्तार-चाड माने ।
हाम्रो निस्तारको थुमा, ख्रीष्टको बलिदान भइसकेको छ । यसकारण हामी . . . चाड मनाऔं ।
- ३ चरणका ७ वटा चाडहरू
- परमेश्वरका चाडहरूभित्र निस्तार-चाड, अखमिरी रोटीको चाड, पुनरुत्थानको दिन(अगौटे फलको दिन), पेन्तिकोसको दिन(साताहरूको चाड), तुरहीको चाड, प्रायश्चितको दिन र छाप्रो-वासको चाड जस्ता वार्षिक चाडहरू छन् । यी ७ वटा चाडहरू ३ चरणमा विभाजित छन् । समग्रमा यी चाडहरूलाई ‘३ चरणका ७ वटा चाडहरू’ भनिन्छ ।[२३] येशूज्यू, पुरानो करारका प्रत्येक चाडहरूमा चढाइएका सबै बलिको वास्तविकताको रूपमा आउनुभयो,[२४] र पशु-बलिको रगतद्वारा पापको प्रायश्चित गरिँदैआएको पुरानो करारका चाडहरूलाई, ख्रीष्टको अनमोल रगतद्वारा पाप-क्षमा पाउन सकिने नयाँ करारको चाडको रूपमा परिवर्तन गर्नुभयो ।[२५][२६]
- यसरी क्रूसमा रगत बगाउनुभएका येशूज्यूको बलिदानलाई सम्झँदै प्रेरितहरूले उहाँको शिक्षा र उदाहरणअनुसार चाडहरू माने । अखमिरी रोटीको चाडमा तिनीहरू उपवास बसेर ख्रीष्टको कष्टमा सहभागी भए,[२७] र पुनरुत्थानको दिनमा आत्मिक आँखा खोलिदिने रोटी पनि भाँचेर खाए ।[२८][२९] पेन्तिकोसको दिनमा चाहिँ तिनीहरूले पवित्र आत्माको आशिष् प्राप्त गरी सुसमाचारमा उल्लेखनीय वृद्धि हासिल गरे ।[३०] त्यसपछि तिनीहरूले हरेक वर्ष पेन्तिकोसको दिन मान्न थाले ।[३१] येशूज्यूले मान्नुभएको तुरहीको चाड, प्रायश्चितको दिन[३२][३३] र छाप्रो-वासको चाड पनि, सुरुको मण्डलीले मानेको नयाँ करारको सत्यता थियो ।
ख्रीष्टको उदाहरणलाई पछ्याउँदै नयाँ करार सुसमाचारलाई बलजफतीसाथ पक्रेको सुरुको मण्डलीको विश्वासले हामीलाई एउटा जीवन्त शिक्षा दिएको छ : “सुसमाचार प्रचार गर्ने मण्डलीमा निस्तार-चाड लगायतका नयाँ करारका सत्यताहरू हुनैपर्छ ।”
यो पनि हेर्नुहोस्
- सुसमाचार
- सुसमाचारको अर्थ
- सुसमाचारको सुरुवात
- राज्यको सुसमाचार
- सुसमाचारको मूल्य
- भिन्न सुसमाचार
- नयाँ करार
सम्बन्धित भिडियो
- प्रवचन : नयाँ करार मान्ने मानिसहरू
सन्दर्भ सामग्रीहरू
- ↑ "सुसमाचार"। Britannica।
- ↑ २.० २.१ "यूहन्ना ६:५३-५४"।
- ↑ ३.० ३.१ "मत्ती २६:१७-२८"।
- ↑ "मत्ती ९:१३"।
- ↑ "रोमी ६:२३"।
- ↑ "हिब्रू ९:२७"।
- ↑ मत्ती ३:१३ देखि ४:२३ सम्म
- ↑ "मत्ती २८:२०"।
- ↑ "लूका ३:२१"।
- ↑ "यूहन्ना ३:२२-२३"।
- ↑ "मत्ती २८:१८-२०"।
- ↑ "प्रेरित ८:३४-३९"।
- ↑ "प्रेरित १६:१३-१५"।
- ↑ "प्रेरित १६:२७-३३"।
- ↑ "प्रेरित १०:३७-४८"।
- ↑ "लूका ४:१६"।
- ↑ "मत्ती २४:२०-२२"।
- ↑ "लूका २३:५४-५६"।
- ↑ "मत्ती २६:१७-१९"।
- ↑ "लूका २२:७-१३"।
- ↑ "लूका २२:१५, २०"।
- ↑ "१ कोरिन्थी ११:२३-२५"।
- ↑ "लेवी २३:१-४४"।
- ↑ अध्याय ३२ निस्तार-चाड र अन्तिम भोज, परमेश्वरको रहस्य र जीवनको पानीको मूल, आन साङ होङ, पेज २०२, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड
- ↑ "हिब्रू ९:१२"।
- ↑ "हिब्रू १०:१-१८"।
- ↑ "मर्कूस २:१९-२०"।
- ↑ "लूका २४:१३-३५"।
- ↑ "प्रेरित २०:६-७"।
- ↑ "प्रेरित २:१-४७"।
- ↑ "१ कोरिन्थी १६:८"।
- ↑ यूहन्ना ७:२, ३७
- ↑ "व्यवस्था १६:१६"।