सुसमाचार: संशोधनहरू बीचको भिन्नता

परमेश्वरको मण्डली विश्वकोशबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
कुनै सम्पादन सारांश छैन
 
(एक अन्य प्रयोगकर्ता द्वारा गरिएको बीचको २ अवतरण देखाइएन)
पङ्क्ति ८: पङ्क्ति ८:

३ वर्षको सेवा-कार्यमा येशूज्यूले, मानव-जातिलाई स्वर्गतिर डोऱ्याउने सत्यता अर्थात् पाप-क्षमा र अनन्त जीवन पाउने तरिकाबारे प्रचार गर्नुभयो । पापले गर्दा मर्नुबाहेक अर्को विकल्प नभएका मानव-जातिका लागि यो साँच्चै नै आशिषित र शुभ समाचार थियो ।

<small>{{참고|सुसमाचारको अर्थ|राज्यको सुसमाचार|설명=}}</small>
<small>{{참고|सुसमाचारको अर्थ|राज्यको सुसमाचार|설명=सुसमाचारको अर्थ}}</small>

== सुसमाचारको आरम्भ ==
== सुसमाचारको आरम्भ ==
पङ्क्ति १८: पङ्क्ति १८:

{{quote5 |내용=त्यस बेलादेखि प्रचार गर्दै येशूले भन्न लाग्नुभयो, “पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ ।” . . . अनि येशू तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्यको सुसमाचार प्रचार गर्दै, . . . सारा गालीलभरि घुम्नुभयो ।|출처=[https://www.bible.com/bible/1483/MAT.4.NNRV मत्ती ४:१७-२३]}}

<small>{{참고|सुसमाचारको आरम्भ|설명=}}</small>
<small>{{참고|सुसमाचारको आरम्भ|설명=सुसमाचारको आरम्भ}}</small><div role="note" class="hatnote navigation-not-searchable"><small>मुख्य लेख: [[सुसमाचारको आरम्भ]]
[[श्रेणी:Articles with hatnote templates targeting a nonexistent page]]</small></div>

== सुसमाचार र नयाँ करार ==
== सुसमाचार र नयाँ करार ==
येशूज्यूले सिकाउनुभएको र उदाहरण देखाउनुभएको सुसमाचार नै [[नयाँ करार]] हो ।<ref>{{Cite web |title=यूहन्ना १३:१५-१७ |url=https://www.bible.com/bible/1483/JHN.13.NNRV |publisher= |quote=}}</ref> [[पावल|प्रेरित पावल]]ले आफूलाई सुसमाचारका सेवक पनि भनेका छन् र नयाँ करारका सेवक भनेका छन् । योद्वारा तिनले सुसमाचार नै नयाँ करार हो भन्ने कुरालाई प्रष्ट्याएका छन् ।<ref>{{Cite web |title=कलस्सी १:२३ |url=https://www.bible.com/bible/1483/COL.1.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=२ कोरिन्थी ३:६ |url=https://www.bible.com/bible/1483/2CO.3.NNRV |publisher= |quote=}}</ref> परमेश्वरले नयाँ करार स्थापना गर्नुहुनेछ भन्ने पुरानो करार बाइबलको अगमवाणीअनुसार येशूज्यूले [[पुरानो करार बाइबल|पुरानो करार]]<ref>{{Cite web |title=यर्मिया ३१:३१-३३ |url=https://www.bible.com/bible/1483/JER.31.NNRV |publisher= |quote=}}</ref> अर्थात् पुरानो करारको व्यवस्थालाई, सिद्ध रहेको नयाँ करार<ref name="마 5장22">{{Cite web |title=मत्ती ५:१७ |url=https://www.bible.com/bible/1483/MAT.5.NNRV |publisher= |quote=}}</ref>मा परिवर्तन गर्नुभई, नयाँ करारका चाडहरू स्वयम्‌ले मानेर उदाहरण देखाउनुभयो ।   
येशूज्यूले सिकाउनुभएको र उदाहरण देखाउनुभएको सुसमाचार नै [[नयाँ करार]] हो ।<ref>{{Cite web |title=यूहन्ना १३:१५-१७ |url=https://www.bible.com/bible/1483/JHN.13.NNRV |publisher= |quote=}}</ref> [[पावल|प्रेरित पावल]]ले आफूलाई सुसमाचारका सेवक पनि भनेका छन् र नयाँ करारका सेवक भनेका छन् । योद्वारा तिनले सुसमाचार नै नयाँ करार हो भन्ने कुरालाई प्रष्ट्याएका छन् ।<ref>{{Cite web |title=कलस्सी १:२३ |url=https://www.bible.com/bible/1483/COL.1.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=२ कोरिन्थी ३:६ |url=https://www.bible.com/bible/1483/2CO.3.NNRV |publisher= |quote=}}</ref> परमेश्वरले नयाँ करार स्थापना गर्नुहुनेछ भन्ने पुरानो करार बाइबलको अगमवाणीअनुसार येशूज्यूले [[पुरानो करार बाइबल|पुरानो करार]]<ref>{{Cite web |title=यर्मिया ३१:३१-३३ |url=https://www.bible.com/bible/1483/JER.31.NNRV |publisher= |quote=}}</ref> अर्थात् पुरानो करारको व्यवस्थालाई, सिद्ध रहेको नयाँ करार<ref name="마 5장22">{{Cite web |title=मत्ती ५:१७ |url=https://www.bible.com/bible/1483/MAT.5.NNRV |publisher= |quote=}}</ref> मा परिवर्तन गर्नुभई, नयाँ करारका चाडहरू स्वयम्‌ले मानेर उदाहरण देखाउनुभयो ।   
<small>{{참고|सुसमाचार र नयाँ करार|설명=}}</small>
<small>{{참고|सुसमाचार र नयाँ करार|설명=सुसमाचार र नयाँ करार}}</small>
*'''बप्तिस्मा'''
*'''बप्तिस्मा'''
[[File:Our day in the light of prophecy and providence (1921) (14590836189).jpg|thumb|250px|लेखक W.A. Spicer, Our Day in the Light of Prophecy and Providence नामक पुस्तकको कुनै एउटा चित्र, ‘ख्रीष्टको बप्तिस्मा’ सन् १९२१]]  

पङ्क्ति ३६: पङ्क्ति ३७:
{{그림 |최후의 만찬 유월절.jpg|너비= 250px |정렬=오른쪽섬네일 |타이틀=आफ्ना चेलाहरूसँगै नयाँ करार निस्तार-चाड मान्नुहुँदै येशूज्यू}}
{{그림 |최후의 만찬 유월절.jpg|너비= 250px |정렬=오른쪽섬네일 |타이틀=आफ्ना चेलाहरूसँगै नयाँ करार निस्तार-चाड मान्नुहुँदै येशूज्यू}}
{{quote5 |내용=उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ,” . . . अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर ।” यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।” |출처=[https://www.bible.com/bible/1483/LUK.22.NNRV लूका २२:१५-२०]}}

:येशूज्यूले [[क्रूसको कष्ट|क्रूसमा कष्ट भोग्नु]]अघि, मान्ने ठूलो इच्छा गर्नुभएको सत्यता नै निस्तार-चाड हो । यो दिन उहाँले आफ्ना चेलाहरूलाई रोटी र दाखमद्य दिनुहुँदै त्यसलाई, अनन्त जीवन दिलाउने आफ्नो देह र रगत भन्नुभयो ।<ref name=":42">{{Cite web |title=यूहन्ना ६:५४ |url=https://www.bible.com/bible/1483/JHN.6.NNRV |publisher= |quote=}}</ref> यसरी उहाँले नयाँ करार स्थापना गर्नुभयो । निस्तार-चाडको भोलिपल्ट, उहाँले क्रूसमा रगत बगाउनुभई राज्यको सुसमाचारका सबै सत्यताहरूलाई नयाँ करारद्वारा पूरा गर्नुभयो ।<ref>{{Cite web |title=यूहन्ना १९:३४ |url=https://www.bible.com/bible/1483/JHN.19.NNRV |publisher= |quote=}}</ref><ref name=":52">{{Cite web |title=हिब्रू ९:१५-१७ |url=https://www.bible.com/bible/1483/HEB.9.NNRV |publisher= |quote=}}</ref>पाप-क्षमा<ref name=":12">{{Cite web |title=मत्ती २६:१७-२८ |url=https://www.bible.com/bible/1483/MAT.26.NNRV |publisher= |quote=}}</ref> र अनन्त जीवनको प्रतिज्ञा समाविष्ट नयाँ करार निस्तार-चाड नै येशूज्यूले प्रचार गर्नुभएको राज्यको सुसमाचारको केन्द्रीय सत्यता हो । ३,५०० वर्षअघि इस्राएलीहरूले निस्तार-चाड मानेर, मिश्रको दासत्वबाट छुटकारा पाएका थिए ।<ref>{{Cite web |title=प्रस्थान १२:११-४२ |url=https://www.bible.com/bible/1483/EXO.12.NNRV |publisher= |quote=}}</ref> त्योजस्तै, येशूज्यूले नयाँ करार निस्तार-चाडद्वारा मानव-जातिलाई पाप-क्षमा र अनन्त जीवन दिनुभई, पाप र मृत्युको दासत्वबाट छुटकारा दिलाउनुभयो ।<ref name=":82" />
:येशूज्यूले [[क्रूसको कष्ट|क्रूसमा कष्ट भोग्नु]]अघि, मान्ने ठूलो इच्छा गर्नुभएको सत्यता नै निस्तार-चाड हो । यो दिन उहाँले आफ्ना चेलाहरूलाई रोटी र दाखमद्य दिनुहुँदै त्यसलाई, अनन्त जीवन दिलाउने आफ्नो देह र रगत भन्नुभयो ।<ref name=":42">{{Cite web |title=यूहन्ना ६:५४ |url=https://www.bible.com/bible/1483/JHN.6.NNRV |publisher= |quote=}}</ref> यसरी उहाँले नयाँ करार स्थापना गर्नुभयो । निस्तार-चाडको भोलिपल्ट, उहाँले क्रूसमा रगत बगाउनुभई राज्यको सुसमाचारका सबै सत्यताहरूलाई नयाँ करारद्वारा पूरा गर्नुभयो ।<ref>{{Cite web |title=यूहन्ना १९:३४ |url=https://www.bible.com/bible/1483/JHN.19.NNRV |publisher= |quote=}}</ref><ref name=":52">{{Cite web |title=हिब्रू ९:१५-१७ |url=https://www.bible.com/bible/1483/HEB.9.NNRV |publisher= |quote=}}</ref> पाप-क्षमा<ref name=":12">{{Cite web |title=मत्ती २६:१७-२८ |url=https://www.bible.com/bible/1483/MAT.26.NNRV |publisher= |quote=}}</ref> र अनन्त जीवनको प्रतिज्ञा समाविष्ट नयाँ करार निस्तार-चाड नै येशूज्यूले प्रचार गर्नुभएको राज्यको सुसमाचारको केन्द्रीय सत्यता हो । ३,५०० वर्षअघि इस्राएलीहरूले निस्तार-चाड मानेर, मिश्रको दासत्वबाट छुटकारा पाएका थिए ।<ref>{{Cite web |title=प्रस्थान १२:११-४२ |url=https://www.bible.com/bible/1483/EXO.12.NNRV |publisher= |quote=}}</ref> त्योजस्तै, येशूज्यूले नयाँ करार निस्तार-चाडद्वारा मानव-जातिलाई पाप-क्षमा र अनन्त जीवन दिनुभई, पाप र मृत्युको दासत्वबाट छुटकारा दिलाउनुभयो ।<ref name=":82" />

पङ्क्ति ४४: पङ्क्ति ४५:

== सुसमाचारको मूल्य ==
== सुसमाचारको मूल्य ==
मानव-जातिलाई स्वर्गतर्फ डोऱ्याउने सुसमाचारको मूल्यलाई महसुस गरेका प्रेरित पावलले सुसमाचार प्रचारको मिशनलाई अमूल्य ठाने,<ref name=":62">{{Cite web |title=रोमी १५:१६ |url=https://www.bible.com/bible/1483/ROM.15.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=१ थेसलोनिकी २:३-४ |url=https://www.bible.com/bible/1483/1TH.2.NNRV |publisher= |quote=}}</ref>  अनि प्रत्येक मण्डलीमा पत्र पठाउँदैपिच्छे सन्तहरूलाई सुसमाचारको महत्त्वबारे जागृत गराए ।<ref>अध्याय ३१ नयाँ करारको विधि, परमेश्वरको रहस्य र जीवनको पानीको मूल, आन साङ होङ, पेज १९९, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड</ref> [[एफिसी|एफिसीको पुस्तक]]मा सुसमाचारमा समाविष्ट आशिष्‌हरूबारे लेखिएको छ ।
मानव-जातिलाई स्वर्गतर्फ डोऱ्याउने सुसमाचारको मूल्यलाई महसुस गरेका प्रेरित पावलले सुसमाचार प्रचारको मिसनलाई अमूल्य ठाने,<ref name=":62">{{Cite web |title=रोमी १५:१६ |url=https://www.bible.com/bible/1483/ROM.15.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=१ थेसलोनिकी २:३-४ |url=https://www.bible.com/bible/1483/1TH.2.NNRV |publisher= |quote=}}</ref>  अनि प्रत्येक मण्डलीमा पत्र पठाउँदैपिच्छे सन्तहरूलाई सुसमाचारको महत्त्वबारे जागृत गराए ।<ref>अध्याय ३१ नयाँ करारको विधि, परमेश्वरको रहस्य र जीवनको पानीको मूल, आन साङ होङ, पेज १९९, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड</ref> [[एफिसी|एफिसीको पुस्तक]]मा सुसमाचारमा समाविष्ट आशिष्‌हरूबारे लेखिएको छ ।

{{quote5 |내용=जब तिमीहरू यो पढ्छौ, ख्रीष्टको रहस्यबारे मेरो आन्तरिक समझ के छ, सो तिमीहरू बुझ्न सक्छौ । जुन कुरा उहाँका पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई पवित्र आत्माद्वारा अहिले प्रकट भएको छ, त्यो अरू पुस्ताका मानिसहरूलाई जनाइएको थिएन, अर्थात् सुसमाचारद्वारा नै अन्यजातिहरू सह-उत्तराधिकारीहरू हुन्, एउटै शरीरका अङ्गहरू र ख्रीष्ट येशूमा रहेको प्रतिज्ञाका साझेदार हुन् । |출처=[https://www.bible.com/bible/1483/EPH.3.NNRV एफिसी ३:४-६]}}

पङ्क्ति ५०: पङ्क्ति ५१:
यो वचनमा, परमेश्वरलाई नचिनेका अन्यजातिहरू समेत सुसमाचारद्वारा सह-उत्तराधिकारी, एउटै शरीरका अङ्ग र ख्रीष्ट येशूमा रहेको प्रतिज्ञाका साझेदार बन्न सक्छन् भनेर लेखिएको छ । अर्थात् हामीहरू परमेश्वरका उत्तराधिकारी भएर स्वर्गको राज्यलाई उत्तराधिकारको रूपमा प्राप्त गर्नेछौं,<ref>{{Cite web |title=रोमी ८:१६-१८ |url=https://www.bible.com/bible/1483/ROM.8.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=दानिएल ७:१७-१८ |url=https://www.bible.com/bible/1483/DAN.7.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=१ कोरिन्थी २:६-९ |url=https://www.bible.com/bible/1483/1CO.2.NNRV |publisher= |quote=}}</ref> [[येशू ख्रीष्ट|ख्रीष्ट]]को शरीरका अङ्गहरू हुनेछौं,<ref>{{Cite web |title=१ कोरिन्थी १२:२७ |url=https://www.bible.com/bible/1483/1CO.12.NNRV |publisher= |quote=}}</ref> र अनन्त जीवनको प्रतिज्ञा प्राप्त गरी स्वर्गको राज्यमा सदासर्वदा जिउनेछौं भन्ने कुरा हो ।<ref>{{Cite web |title=१ यूहन्ना २:२५ |url=https://www.bible.com/bible/1483/1JN.2.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=प्रकाश २२:१-६ |url=https://www.bible.com/bible/1483/REV.22.NNRV |publisher= |quote=}}</ref> यी सबै आशिष्‌हरू सुसमाचारको केन्द्रीय सत्यता रहेको नयाँ करार निस्तार-चाडमा समावेश छन् । नयाँ करार निस्तार-चाडको रोटी र दाखमद्यले परमेश्वरको देह र रगतलाई सङ्केत गर्ने भएकोले निस्तार-चाडद्वारा हामीहरू परमेश्वरको देह र रगतमा सहभागी भई परमेश्वरका सन्तान, अर्थात् परमेश्वरका उत्तराधिकारीहरू बन्न सक्छौं । साथै हामीहरू ख्रीष्टभित्र एउटै शरीर भई ख्रीष्टको शरीरका अङ्गहरू पनि बन्न सक्छौं ।<ref>{{Cite web |title=१ कोरिन्थी १०:१६-१७ |url=https://www.bible.com/bible/1483/1CO.10.NNRV |publisher= |quote=}}</ref> निस्तार-चाडमा अनन्त जीवनको प्रतिज्ञा पनि समावेश छ ।<ref name=":42" />

त्यसैले नयाँ करार निस्तार-चाड समाविष्ट सुसमाचारविना कुनै हालतमा पनि अनन्त जीवन र स्वर्गको राज्य प्राप्त गर्न सकिँदैन । सुसमाचारचाहिँ हामीले मुक्ति पाउनलाई जान्नैपर्ने र मान्नैपर्ने महत्त्वपूर्ण सन्देश हो । सुरुको मण्डलीका प्रेरितहरू र सन्तहरूले सुसमाचारको मूल्यलाई आफ्नो हृदयमा खोपेर, येशूज्यूको शिक्षा र उदाहरणलाई पछ्याउँदै [[निस्तार-चाड]],<ref>{{Cite web |title=१ कोरिन्थी ११:२३-२६ |url=https://www.bible.com/bible/1483/1CO.11.NNRV |publisher= |quote=}}</ref> [[शबाथ-दिन]]<ref>{{Cite web |title=लूका २३:५४-५६ |url=https://www.bible.com/bible/1483/LUK.23.NNRV |publisher= |quote=}}</ref><ref name=":72">{{Cite web |title=प्रेरित १७:१-३ |url=https://www.bible.com/bible/1483/ACT.17.NNRV |publisher= |quote=}}</ref> र [[बप्तिस्मा]]<ref>{{Cite web |title=प्रेरित १०:३७-४८ |url=https://www.bible.com/bible/1483/ACT.10.NNRV |publisher= |quote=}}</ref> जस्ता नयाँ करार सुसमाचार मानेर प्रचार पनि गरे ।<ref>{{Cite web |title=प्रेरित २०:२४ |url=https://www.bible.com/bible/1483/ACT.20.NNRV |publisher= |quote=}}</ref> योचाहिँ, सुसमाचार प्रचार गर्ने मण्डलीमा अनिवार्य रूपमा निस्तार-चाड लगायत नयाँ करारका सबै सत्यताहरू हुनुपर्छ भन्ने कुरालाई जानकारी दिने जीवन्त शिक्षा हो ।<small>{{참고|सुसमाचारको मूल्य|설명=}}</small>
त्यसैले नयाँ करार निस्तार-चाड समाविष्ट सुसमाचारविना कुनै हालतमा पनि अनन्त जीवन र स्वर्गको राज्य प्राप्त गर्न सकिँदैन । सुसमाचारचाहिँ हामीले मुक्ति पाउनलाई जान्नैपर्ने र मान्नैपर्ने महत्त्वपूर्ण सन्देश हो । सुरुको मण्डलीका प्रेरितहरू र सन्तहरूले सुसमाचारको मूल्यलाई आफ्नो हृदयमा खोपेर, येशूज्यूको शिक्षा र उदाहरणलाई पछ्याउँदै [[निस्तार-चाड]],<ref>{{Cite web |title=१ कोरिन्थी ११:२३-२६ |url=https://www.bible.com/bible/1483/1CO.11.NNRV |publisher= |quote=}}</ref> [[शबाथ-दिन]]<ref>{{Cite web |title=लूका २३:५४-५६ |url=https://www.bible.com/bible/1483/LUK.23.NNRV |publisher= |quote=}}</ref><ref name=":72">{{Cite web |title=प्रेरित १७:१-३ |url=https://www.bible.com/bible/1483/ACT.17.NNRV |publisher= |quote=}}</ref> र [[बप्तिस्मा]]<ref>{{Cite web |title=प्रेरित १०:३७-४८ |url=https://www.bible.com/bible/1483/ACT.10.NNRV |publisher= |quote=}}</ref> जस्ता नयाँ करार सुसमाचार मानेर प्रचार पनि गरे ।<ref>{{Cite web |title=प्रेरित २०:२४ |url=https://www.bible.com/bible/1483/ACT.20.NNRV |publisher= |quote=}}</ref> योचाहिँ, सुसमाचार प्रचार गर्ने मण्डलीमा अनिवार्य रूपमा निस्तार-चाड लगायत नयाँ करारका सबै सत्यताहरू हुनुपर्छ भन्ने कुरालाई जानकारी दिने जीवन्त शिक्षा हो ।<small>{{참고|सुसमाचारको मूल्य|설명=सुसमाचारको मूल्य}}</small>

== भिन्न सुसमाचार ==
== भिन्न सुसमाचार ==
पङ्क्ति ५८: पङ्क्ति ५९:

{{quote5 |내용=यो तब हुन्छ, जब प्रभु येशू आफ्ना शक्तिशाली स्वर्गदूतहरूसँग बल्दो आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ । परमेश्वरलाई नचिन्नेहरूलाई र हाम्रा प्रभु येशूको सुसमाचार नमान्नेहरूलाई उहाँले दण्ड दिनुहुन्छ । तिनीहरूले अनन्त विनाशको दण्ड तथा प्रभुको उपस्थिति र उहाँका शक्तिको महिमाबाट अलग हुने दण्ड भोग्नेछन् । |출처=[https://www.bible.com/bible/1483/2TH.1.NNRV २ थेसलोनिकी १:७-९]}}{{quote5 |내용=मलाई आश्चर्य लागिरहेछ, कि ख्रीष्टको अनुग्रहमा तिमीहरूलाई बोलाउनुहुनेलाई यति चाँड़ै त्यागेर तिमीहरू भिन्न सुसमाचारतिर लागिरहेछौ । वास्तवमा अर्को सुसमाचार छैन, तर यस्ता कोही-कोही छन्, जसले ख्रीष्टको सुसमाचारलाई भ्रष्ट पार्न खोज्छन् । हामीले प्रचार गरेका सुसमाचारको विपरीत हामीले वा स्वर्गबाट आउने दूतले नै प्रचार गऱ्यो भने पनि त्यो व्यक्ति श्रापित होस् । |출처=[https://www.bible.com/bible/1483/GAL.1.NNRV गलाती १:६-९]}}

<small>{{참고|भिन्न सुसमाचार|설명=}}</small>
<small>{{참고|भिन्न सुसमाचार|설명=भिन्न सुसमाचार}}</small><div role="note" class="hatnote navigation-not-searchable"><small>मुख्य लेख: [[भिन्न सुसमाचार]]
[[श्रेणी:Articles with hatnote templates targeting a nonexistent page]]</small></div>

== यो पनि हेर्नुहोस् ==
== यो पनि हेर्नुहोस् ==

०८:२९, २६ डिसेम्बर २०२४को रुपमा हालको पुनरावलोकनहरू

येशूज्यूले आफ्नो जीवनमा ३ वर्षसम्म सुसमाचार प्रचार गर्नुभयो ।
येशूज्यूले आफ्नो जीवनमा ३ वर्षसम्म सुसमाचार प्रचार गर्नुभयो ।

शाब्दिक रूपमा हेर्दा, सुसमाचार (ग्रीक : εὐαγγέλιον, एअङ्गेलियन)[१] भनेको ‘शुभ समाचार’ हो । विशेष गरी यसले, येशूज्यूले यो पृथ्वीमा सिकाउनुभई उदाहरण देखाउनुभएको सत्यतालाई बुझाउँछ ।[२][३] खुलेर भन्नुपर्दा, पुरानो करार बाइबललाई पनि सुसमाचार भन्न सकिन्छ । किनभने त्यो पनि परमेश्वरका प्रजाका लागि आशिष्‌को वचन हो । यद्यपि नयाँ करार बाइबलमा भनिएको सुसमाचारचाहिँ, येशूज्यूले यूहन्नाबाट बप्तिस्मा लिनुभएको समयदेखि सुरु हुन्छ । अनि सुसमाचारको केन्द्रबिन्दु नै नयाँ करार निस्तार-चाड हो, जसले मानव-जातिलाई पाप र मृत्युको दासत्वबाट छुटकारा गराउँछ ।[४]

सुसमाचारको अर्थ

येशूज्यूले सुनाउनुभएको सुसमाचारलाई ‘आशिषित र शुभ समाचार’ भनिनुको कारणचाहिँ यसमा स्वर्गतर्फ लैजाने मार्ग समावेश छ । त्यसैले येशू ख्रीष्टको सुसमाचारलाई ‘राज्यको सुसमाचार’ पनि भनिन्छ । बाइबलमा, सबै मानव-जाति पाप गरेर स्वर्गबाट धपाइएका पापीहरू हुन् र तिनीहरूको पापको ज्याला मृत्यु हो भनिएको छ ।[५][६] यसरी, मृत्युजन्य पाप गरेका मानव-जातिको पापको ज्याला सट्टामा तिरेर तिनीहरूलाई बचाउन येशूज्यू स्वयम् शरीरमा आउनुभयो ।[७][८]

“जसरी मानिसको पुत्र पनि सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिन आयो ।”

मत्ती २०:२८

“म त तिनीहरूले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ ।”

यूहन्ना १०:१०

३ वर्षको सेवा-कार्यमा येशूज्यूले, मानव-जातिलाई स्वर्गतिर डोऱ्याउने सत्यता अर्थात् पाप-क्षमा र अनन्त जीवन पाउने तरिकाबारे प्रचार गर्नुभयो । पापले गर्दा मर्नुबाहेक अर्को विकल्प नभएका मानव-जातिका लागि यो साँच्चै नै आशिषित र शुभ समाचार थियो ।

सुसमाचारको आरम्भ

नयाँ करार बाइबलमा उल्लेखित सुसमाचारचाहिँ २,००० वर्षअघि येशूज्यूले बप्तिस्मा लिनुभएदेखि आरम्भ भएको थियो ।

जब सबै मानिसहरूले बप्तिस्मा लिए, अनि येशूले पनि बप्तिस्मा लिएर . . . येशूले आफ्नो सेवाकार्य आरम्भ गर्नुहुँदा उहाँ करीब तीस वर्षका हुनुहुन्थ्यो ।

लूका ३:२१-२३

परमेश्वरका पुत्र येशू ख्रीष्टको सुसमाचारको आरम्भ ।

मर्कूस १:१

पुरानो करारको युगका अन्तिम अगमवक्ता रहेका बप्तिस्मा दिने यूहन्ना[९][१०]ले शरीरमा आउनुभएका परमेश्वर, येशूज्यू[८]को विषयमा गवाही दिन थालेदेखि नयाँ करार सुसमाचारको युगको सुरुआत भयो । येशूज्यूले बप्तिस्मा-दिने यूहन्नाबाट बप्तिस्मा लिनुभएपछि राज्यको सुसमाचार प्रचार गर्न आरम्भ गर्नुभयो ।

त्यस बेलादेखि प्रचार गर्दै येशूले भन्न लाग्नुभयो, “पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ ।” . . . अनि येशू तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्यको सुसमाचार प्रचार गर्दै, . . . सारा गालीलभरि घुम्नुभयो ।

मत्ती ४:१७-२३

सुसमाचार र नयाँ करार

येशूज्यूले सिकाउनुभएको र उदाहरण देखाउनुभएको सुसमाचार नै नयाँ करार हो ।[११] प्रेरित पावलले आफूलाई सुसमाचारका सेवक पनि भनेका छन् र नयाँ करारका सेवक भनेका छन् । योद्वारा तिनले सुसमाचार नै नयाँ करार हो भन्ने कुरालाई प्रष्ट्याएका छन् ।[१२][१३] परमेश्वरले नयाँ करार स्थापना गर्नुहुनेछ भन्ने पुरानो करार बाइबलको अगमवाणीअनुसार येशूज्यूले पुरानो करार[१४] अर्थात् पुरानो करारको व्यवस्थालाई, सिद्ध रहेको नयाँ करार[१५] मा परिवर्तन गर्नुभई, नयाँ करारका चाडहरू स्वयम्‌ले मानेर उदाहरण देखाउनुभयो ।

  • बप्तिस्मा
लेखक W.A. Spicer, Our Day in the Light of Prophecy and Providence नामक पुस्तकको कुनै एउटा चित्र, ‘ख्रीष्टको बप्तिस्मा’ सन् १९२१
पाप-क्षमाको प्रतिज्ञा रहेको धर्मविधि नै बप्तिस्मा हो ।[१६] बप्तिस्माद्वारा हाम्रा सबै पाप पानीमा गाडिएर हामी नयाँ गरी जन्मन्छौं ।[१७] येशूज्यू पापरहित हुनुभए तापनि उहाँले बप्तिस्मा-दिने यूहन्नाबाट बप्तिस्मा लिनुभयो,[१८] र उहाँ स्वयम्‌ले पनि मानिसहरूलाई बप्तिस्मा दिनुभयो ।[१९] योचाहिँ, मुक्तिको निम्ति बप्तिस्मा एक अत्यावश्यक धर्मविधि हो भनी देखाउने उदाहरण र शिक्षा हो ।[२०]

  • शबाथ

उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो । उहाँ आफ्नो आदतअनुसार शबाथ-दिनमा सभाघरमा जानुभयो, र पढ्नलाई खडा हुनुभयो ।

लूका ४:१६

परमेश्वरले ६ दिनसम्म सृष्टि कार्य गर्नुभएर सातौँ दिनमा विश्राम गर्नुभएको यथार्थताबाट सुरु भएको शबाथ-दिनचाहिँ सृष्टिकर्ताको सम्झना गर्ने दिन हो ।[२१] मोशाको समयमा यसलाई दश आज्ञामध्ये चौथो आज्ञाको रूपमा तोकिएको थियो ।[२२] येशूज्यूले आफ्नो आदतअनुसार[२३] शबाथको आराधना गर्नुभयो, र यसलाई युगको अन्त्यसम्मै मान्नू भन्नुभयो ।[२४] यसरी उहाँले, शबाथचाहिँ पुरानो करारको समयमा मात्र होइनकि नयाँ करारको समयमा पनि मानिनुपर्ने परमेश्वरको आज्ञा हो भन्ने कुरा सिकाउनुभयो ।

  • निस्तार-चाड
आफ्ना चेलाहरूसँगै नयाँ करार निस्तार-चाड मान्नुहुँदै येशूज्यू
आफ्ना चेलाहरूसँगै नयाँ करार निस्तार-चाड मान्नुहुँदै येशूज्यू

उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ,” . . . अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर ।” यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।”

लूका २२:१५-२०

येशूज्यूले क्रूसमा कष्ट भोग्नुअघि, मान्ने ठूलो इच्छा गर्नुभएको सत्यता नै निस्तार-चाड हो । यो दिन उहाँले आफ्ना चेलाहरूलाई रोटी र दाखमद्य दिनुहुँदै त्यसलाई, अनन्त जीवन दिलाउने आफ्नो देह र रगत भन्नुभयो ।[२५] यसरी उहाँले नयाँ करार स्थापना गर्नुभयो । निस्तार-चाडको भोलिपल्ट, उहाँले क्रूसमा रगत बगाउनुभई राज्यको सुसमाचारका सबै सत्यताहरूलाई नयाँ करारद्वारा पूरा गर्नुभयो ।[२६][२७] पाप-क्षमा[२८] र अनन्त जीवनको प्रतिज्ञा समाविष्ट नयाँ करार निस्तार-चाड नै येशूज्यूले प्रचार गर्नुभएको राज्यको सुसमाचारको केन्द्रीय सत्यता हो । ३,५०० वर्षअघि इस्राएलीहरूले निस्तार-चाड मानेर, मिश्रको दासत्वबाट छुटकारा पाएका थिए ।[२९] त्योजस्तै, येशूज्यूले नयाँ करार निस्तार-चाडद्वारा मानव-जातिलाई पाप-क्षमा र अनन्त जीवन दिनुभई, पाप र मृत्युको दासत्वबाट छुटकारा दिलाउनुभयो ।[४]

  • छाप्रो-वासको चाड
येशूज्यूले छाप्रो-वासको चाडमा प्रचार गर्नुभयो, र उहाँमाथि विश्वास गर्नेहरूलाई जिउँदो पानी जस्तै पवित्र आत्माको प्रतिज्ञा गर्नुभयो ।[३०] येशूज्यूले छाप्रो-वासको चाड मान्नुभयो भन्ने कुराबाट, उहाँले तुरहीको चाडप्रायश्चितको दिन पनि मान्नुभयो भन्ने कुरा प्रमाणित हुन्छ ।[३१]

सुसमाचारको मूल्य

मानव-जातिलाई स्वर्गतर्फ डोऱ्याउने सुसमाचारको मूल्यलाई महसुस गरेका प्रेरित पावलले सुसमाचार प्रचारको मिसनलाई अमूल्य ठाने,[३२][३३] अनि प्रत्येक मण्डलीमा पत्र पठाउँदैपिच्छे सन्तहरूलाई सुसमाचारको महत्त्वबारे जागृत गराए ।[३४] एफिसीको पुस्तकमा सुसमाचारमा समाविष्ट आशिष्‌हरूबारे लेखिएको छ ।

जब तिमीहरू यो पढ्छौ, ख्रीष्टको रहस्यबारे मेरो आन्तरिक समझ के छ, सो तिमीहरू बुझ्न सक्छौ । जुन कुरा उहाँका पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई पवित्र आत्माद्वारा अहिले प्रकट भएको छ, त्यो अरू पुस्ताका मानिसहरूलाई जनाइएको थिएन, अर्थात् सुसमाचारद्वारा नै अन्यजातिहरू सह-उत्तराधिकारीहरू हुन्, एउटै शरीरका अङ्गहरू र ख्रीष्ट येशूमा रहेको प्रतिज्ञाका साझेदार हुन् ।

एफिसी ३:४-६

यो वचनमा, परमेश्वरलाई नचिनेका अन्यजातिहरू समेत सुसमाचारद्वारा सह-उत्तराधिकारी, एउटै शरीरका अङ्ग र ख्रीष्ट येशूमा रहेको प्रतिज्ञाका साझेदार बन्न सक्छन् भनेर लेखिएको छ । अर्थात् हामीहरू परमेश्वरका उत्तराधिकारी भएर स्वर्गको राज्यलाई उत्तराधिकारको रूपमा प्राप्त गर्नेछौं,[३५][३६][३७] ख्रीष्टको शरीरका अङ्गहरू हुनेछौं,[३८] र अनन्त जीवनको प्रतिज्ञा प्राप्त गरी स्वर्गको राज्यमा सदासर्वदा जिउनेछौं भन्ने कुरा हो ।[३९][४०] यी सबै आशिष्‌हरू सुसमाचारको केन्द्रीय सत्यता रहेको नयाँ करार निस्तार-चाडमा समावेश छन् । नयाँ करार निस्तार-चाडको रोटी र दाखमद्यले परमेश्वरको देह र रगतलाई सङ्केत गर्ने भएकोले निस्तार-चाडद्वारा हामीहरू परमेश्वरको देह र रगतमा सहभागी भई परमेश्वरका सन्तान, अर्थात् परमेश्वरका उत्तराधिकारीहरू बन्न सक्छौं । साथै हामीहरू ख्रीष्टभित्र एउटै शरीर भई ख्रीष्टको शरीरका अङ्गहरू पनि बन्न सक्छौं ।[४१] निस्तार-चाडमा अनन्त जीवनको प्रतिज्ञा पनि समावेश छ ।[२५]

त्यसैले नयाँ करार निस्तार-चाड समाविष्ट सुसमाचारविना कुनै हालतमा पनि अनन्त जीवन र स्वर्गको राज्य प्राप्त गर्न सकिँदैन । सुसमाचारचाहिँ हामीले मुक्ति पाउनलाई जान्नैपर्ने र मान्नैपर्ने महत्त्वपूर्ण सन्देश हो । सुरुको मण्डलीका प्रेरितहरू र सन्तहरूले सुसमाचारको मूल्यलाई आफ्नो हृदयमा खोपेर, येशूज्यूको शिक्षा र उदाहरणलाई पछ्याउँदै निस्तार-चाड,[४२] शबाथ-दिन[४३][४४]बप्तिस्मा[४५] जस्ता नयाँ करार सुसमाचार मानेर प्रचार पनि गरे ।[४६] योचाहिँ, सुसमाचार प्रचार गर्ने मण्डलीमा अनिवार्य रूपमा निस्तार-चाड लगायत नयाँ करारका सबै सत्यताहरू हुनुपर्छ भन्ने कुरालाई जानकारी दिने जीवन्त शिक्षा हो ।

भिन्न सुसमाचार

येशूज्यूबाट प्रत्यक्ष शिक्षा पाएका प्रेरितहरूले संसार छोडेपछि मण्डली धर्मनिरपेक्ष हुँदैगयो र दोस्रो शताब्दीको मध्यतिरदेखि सुसमाचार अलि-अलि गर्दै परिवर्तन हुन थाल्यो । परिणामस्वरूप येशूज्यूको शिक्षामा नपर्ने यो भिन्न सुसमाचारले, केचाहिँ परिवर्तन भएको हो भन्ने कुरासमेत छुट्ट्याउन नसक्ने गरेर मानिसहरूका आँखामा छारो हाल्दै, वैधानिक शिक्षाको भेष धारण गरेको छ । सूर्य देवतालाई पुज्ने मिथ्रा धर्मको पवित्र दिन रहेको आइतबारमा आराधना गरियो,[४७] अनि मिथ्राको जन्मदिन रहेको डिसेम्बर २५लाई क्रिसमसको रूपमा मनाइयो,[४८][४९][५०] र मण्डलीमा धर्मनिरपेक्षता र विधर्म भित्रिने क्रममा क्रूस-श्रद्धाको सिद्धान्त अपनाइयो ।[५१] यसको अतिरिक्त बाइबलमा उल्लेख नभएको थ्याङ्क्सगिभिङ डे, र पुनरुत्थानको दिनमा अण्डा खाएर मनाइने इस्टर पनि सबै भिन्न सुसमाचार हुन् ।

यस्ता भिन्न सुसमाचार मान्नेहरू झट्ट हेर्दा परमेश्वरका प्रजा जस्तो देखिए तापनि यिनीहरू कदापि स्वर्गमा प्रवेश गर्न सक्नेछैनन् भनेर येशूज्यूले भन्नुभएको छ ।[५२] येशूज्यूले सिकाउनुभएको सुसमाचार बाहेकका भिन्न सुसमाचार प्रचार गर्ने वा पालन गर्नेहरूले अनन्त विनाशको दण्ड भोग्नेछन् भनेर प्रेरितहरूले पनि चेताउनी दिएका छन् ।

यो तब हुन्छ, जब प्रभु येशू आफ्ना शक्तिशाली स्वर्गदूतहरूसँग बल्दो आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ । परमेश्वरलाई नचिन्नेहरूलाई र हाम्रा प्रभु येशूको सुसमाचार नमान्नेहरूलाई उहाँले दण्ड दिनुहुन्छ । तिनीहरूले अनन्त विनाशको दण्ड तथा प्रभुको उपस्थिति र उहाँका शक्तिको महिमाबाट अलग हुने दण्ड भोग्नेछन् ।

२ थेसलोनिकी १:७-९

मलाई आश्चर्य लागिरहेछ, कि ख्रीष्टको अनुग्रहमा तिमीहरूलाई बोलाउनुहुनेलाई यति चाँड़ै त्यागेर तिमीहरू भिन्न सुसमाचारतिर लागिरहेछौ । वास्तवमा अर्को सुसमाचार छैन, तर यस्ता कोही-कोही छन्, जसले ख्रीष्टको सुसमाचारलाई भ्रष्ट पार्न खोज्छन् । हामीले प्रचार गरेका सुसमाचारको विपरीत हामीले वा स्वर्गबाट आउने दूतले नै प्रचार गऱ्यो भने पनि त्यो व्यक्ति श्रापित होस् ।

गलाती १:६-९

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. Bill Mounce। "εὐαγγέλιον"ग्रीक शब्दकोश 
  2. "मत्ती २४:१४" 
  3. "मत्ती २८:१८-२०" 
  4. ४.० ४.१ "यूहन्ना ८:३२-३४" 
  5. "रोमी ३:९-१०" 
  6. "रोमी ६:२३" 
  7. "१ राजा २०:४२" 
  8. ८.० ८.१ "यूहन्ना १:२३-३४" 
  9. "मत्ती ११:१३" 
  10. "लूका १६:१६" 
  11. "यूहन्ना १३:१५-१७" 
  12. "कलस्सी १:२३" 
  13. "२ कोरिन्थी ३:६" 
  14. "यर्मिया ३१:३१-३३" 
  15. "मत्ती ५:१७" 
  16. "प्रेरित २:३८" 
  17. "रोमी ६:१-४" 
  18. "लूका ३:२१" 
  19. "यूहन्ना ३:२२-२३" 
  20. "१ पत्रुस ३:२१" 
  21. "उत्पत्ति २:१-३" 
  22. "प्रस्थान २०:८-११" 
  23. "यूहन्ना ४:२३" 
  24. "मत्ती २४:२०-२१" 
  25. २५.० २५.१ "यूहन्ना ६:५४" 
  26. "यूहन्ना १९:३४" 
  27. "हिब्रू ९:१५-१७" 
  28. "मत्ती २६:१७-२८" 
  29. "प्रस्थान १२:११-४२" 
  30. "यूहन्ना ७:२, ३७-३९" 
  31. "व्यवस्था १६:१६" 
  32. "रोमी १५:१६" 
  33. "१ थेसलोनिकी २:३-४" 
  34. अध्याय ३१ नयाँ करारको विधि, परमेश्वरको रहस्य र जीवनको पानीको मूल, आन साङ होङ, पेज १९९, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड
  35. "रोमी ८:१६-१८" 
  36. "दानिएल ७:१७-१८" 
  37. "१ कोरिन्थी २:६-९" 
  38. "१ कोरिन्थी १२:२७" 
  39. "१ यूहन्ना २:२५" 
  40. "प्रकाश २२:१-६" 
  41. "१ कोरिन्थी १०:१६-१७" 
  42. "१ कोरिन्थी ११:२३-२६" 
  43. "लूका २३:५४-५६" 
  44. "प्रेरित १७:१-३" 
  45. "प्रेरित १०:३७-४८" 
  46. "प्रेरित २०:२४" 
  47. "A Study of Mithraism"स्ट्यान्फोर्ड विश्वविद्यालय 
  48. टिम डोउली, ख्रीष्टियान धर्मको इतिहास[A Lion handbook], लायन प्रकाशन, सन् १९७७ जनवरी १, पेज १४१, ISBN: 0856480738
  49. "How Christians co-opted the winter solstice"Big Think। नोभेम्बर २१, २०१८। 
  50. "स्याटर्नालिया"World History Encyclopedia। डिसेम्बर १६, २०१६। 
  51. एभरेट एफ् ह्यारिसन, Baker's Dictionary of Theology, पेज १५२, बेकर पब ग्रूप, सन् १९८७ मे १
  52. "मत्ती ७:२१-२३"