येशूज्यूको दोस्रो आगमनको ठाउँ: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ५६: | पङ्क्ति ५६: | ||
==== अन्तिम चरणको अगमवाणी, दोस्रो आगमनका ख्रीष्टद्वारा पूरा ==== | ==== अन्तिम चरणको अगमवाणी, दोस्रो आगमनका ख्रीष्टद्वारा पूरा ==== | ||
यशैया ४१मा हेर्ने हो भने पूर्वमा जब एक जना मानिस देखा पर्नेछन्, तब मरुभूमि पानीको दहमा र सुक्खा जमिन पानीको मूलमा परिणत हुनेछ भनिएको छ ।<ref>{{Cite web |title=यशैया ४१:१७-१८ |url=https://www.bible.com/bible/1483/ISA.41.NNRV |quote=}}</ref> अगमवाणीअनुसार, योचाहिँ [[परमेश्वर]] आउनुभएमा मात्र पूरा हुन सक्ने कार्य हो ।<ref>{{Cite web |title=यशैया ३५:४-६ |url=https://www.bible.com/bible/1483/ISA.35.NNRV |quote=}}</ref> जब पूर्वमा एक जना मानिस देखा पर्छन्, तब मूर्तिपूजकहरू डर र त्रासमा एकसाथ भेला हुनेछन् भनिएको थियो ।<ref>{{Cite web |title=यशैया ४१:५-७ |url=https://www.bible.com/bible/1483/ISA.41.NNRV |quote=}}</ref> तर कोरेसले बेबिलोनलाई कब्जा गर्दा यस्तो घटना घटेन । किनभने कोरेसले आफूले विजय गरेको देशका मानिसहरूको धर्मलाई मान्यता दिए ।<ref>{{Cite web |author= |date= |title=राजा कोरेस को थिए ? |url=https://www.nationalgeographic.com/culture/article/cyrus-the-great |website=National Geographic |publisher= |quote=}}</ref> पूर्वको टाढा देशबाट देखा पर्ने एक जना मानिसको अगमवाणी अन्ततः परमेश्वरले नै पूरा गर्नुहुनेछ । यशैया अध्याय ४६मा उल्लेखित शिकारी पक्षी भनेको आफ्ना प्रजाको साथमा रहनुभएर तिनीहरूलाई उद्धार गर्नुहुने परमेश्वरको चिन्ह हो । परमेश्वरले इस्राएलीहरूलाई मिश्रबाट छुटकारा गराउनुहुने कुरालाई, गरुडको पखेटामा बोक्ने कुरासँग दृष्टान्त गर्नुभयो ।<ref>{{Cite web |title=प्रस्थान १९:४ |url=https://www.bible.com/bible/1483/EXO.19.NNRV |quote=}}</ref> परमेश्वरले इस्राएलीहरूलाई सुरक्षा गर्नुभएर उजाड-स्थानमा डोऱ्याउनुभएको प्रक्रियालाई, ‘गरुडले आफ्ना बच्चालाई सुरक्षा गर्ने कुरा’सँग तुलना गरिएको छ ।<ref>{{Cite web |title=व्यवस्था ३२:१०-१२ |url=https://www.bible.com/bible/1483/DEU.32.NNRV |publisher= |quote=}}</ref> यसकारण यशैया अध्याय ४१ र ४६को अगमवाणीले, पछिल्ला दिनहरूमा परमेश्वर पूर्वमा आउनुहुने र आफ्ना प्रजाहरूलाई बचाउनुहुने कुरालाई जनाउँछ ।<ref>{{Cite web |title=प्रकाश २१:६ |url=https://www.bible.com/bible/1483/REV.21.NNRV |quote=}}</ref> | यशैया अध्याय ४१मा हेर्ने हो भने पूर्वमा जब एक जना मानिस देखा पर्नेछन्, तब मरुभूमि पानीको दहमा र सुक्खा जमिन पानीको मूलमा परिणत हुनेछ भनिएको छ ।<ref>{{Cite web |title=यशैया ४१:१७-१८ |url=https://www.bible.com/bible/1483/ISA.41.NNRV |quote=}}</ref> अगमवाणीअनुसार, योचाहिँ [[परमेश्वर]] आउनुभएमा मात्र पूरा हुन सक्ने कार्य हो ।<ref>{{Cite web |title=यशैया ३५:४-६ |url=https://www.bible.com/bible/1483/ISA.35.NNRV |quote=}}</ref> जब पूर्वमा एक जना मानिस देखा पर्छन्, तब मूर्तिपूजकहरू डर र त्रासमा एकसाथ भेला हुनेछन् भनिएको थियो ।<ref>{{Cite web |title=यशैया ४१:५-७ |url=https://www.bible.com/bible/1483/ISA.41.NNRV |quote=}}</ref> तर कोरेसले बेबिलोनलाई कब्जा गर्दा यस्तो घटना घटेन । किनभने कोरेसले आफूले विजय गरेको देशका मानिसहरूको धर्मलाई मान्यता दिए ।<ref>{{Cite web |author= |date= |title=राजा कोरेस को थिए ? |url=https://www.nationalgeographic.com/culture/article/cyrus-the-great |website=National Geographic |publisher= |quote=}}</ref> पूर्वको टाढा देशबाट देखा पर्ने एक जना मानिसको अगमवाणी अन्ततः परमेश्वरले नै पूरा गर्नुहुनेछ । यशैया अध्याय ४६मा उल्लेखित शिकारी पक्षी भनेको आफ्ना प्रजाको साथमा रहनुभएर तिनीहरूलाई उद्धार गर्नुहुने परमेश्वरको चिन्ह हो । परमेश्वरले इस्राएलीहरूलाई मिश्रबाट छुटकारा गराउनुहुने कुरालाई, गरुडको पखेटामा बोक्ने कुरासँग दृष्टान्त गर्नुभयो ।<ref>{{Cite web |title=प्रस्थान १९:४ |url=https://www.bible.com/bible/1483/EXO.19.NNRV |quote=}}</ref> परमेश्वरले इस्राएलीहरूलाई सुरक्षा गर्नुभएर उजाड-स्थानमा डोऱ्याउनुभएको प्रक्रियालाई, ‘गरुडले आफ्ना बच्चालाई सुरक्षा गर्ने कुरा’सँग तुलना गरिएको छ ।<ref>{{Cite web |title=व्यवस्था ३२:१०-१२ |url=https://www.bible.com/bible/1483/DEU.32.NNRV |publisher= |quote=}}</ref> यसकारण यशैया अध्याय ४१ र ४६को अगमवाणीले, पछिल्ला दिनहरूमा परमेश्वर पूर्वमा आउनुहुने र आफ्ना प्रजाहरूलाई बचाउनुहुने कुरालाई जनाउँछ ।<ref>{{Cite web |title=प्रकाश २१:६ |url=https://www.bible.com/bible/1483/REV.21.NNRV |quote=}}</ref> | ||
२,००० वर्षअघि परमेश्वर येशू नाउँ लिएर आउनुभयो । येशूज्यूको जन्मस्थानचाहिँ पूर्वी टाढाको देश नभएर यशैयाले प्रकाश देखेको [[इस्राएल]] देश थियो । पूर्वी टाढाको देशमा देखा पर्नुहुने अगमवाणीका कोरेसचाहिँ दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ । कोरेसले इस्राएलीहरूलाई बेबिलोनको कैदबाट छुटकारा गराएजस्तै दोस्रो आगमनका ख्रीष्ट पनि, पूर्वको टाढा देशमा जन्मनुहुनेछ र उहाँले जीवनको पानीको सत्यताद्वारा परमेश्वरका प्रजालाई आत्मिक बेबिलोनबाट छुटकारा गराउनुहुनेछ । | २,००० वर्षअघि परमेश्वर येशू नाउँ लिएर आउनुभयो । येशूज्यूको जन्मस्थानचाहिँ पूर्वी टाढाको देश नभएर यशैयाले प्रकाश देखेको [[इस्राएल]] देश थियो । पूर्वी टाढाको देशमा देखा पर्नुहुने अगमवाणीका कोरेसचाहिँ दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ । कोरेसले इस्राएलीहरूलाई बेबिलोनको कैदबाट छुटकारा गराएजस्तै दोस्रो आगमनका ख्रीष्ट पनि, पूर्वको टाढा देशमा जन्मनुहुनेछ र उहाँले जीवनको पानीको सत्यताद्वारा परमेश्वरका प्रजालाई आत्मिक बेबिलोनबाट छुटकारा गराउनुहुनेछ । |
०७:२४, २६ डिसेम्बर २०२४को रुपमा हालको पुनरावलोकनहरू

येशूज्यूको दोस्रो आगमनको ठाउँबारे बाइबलमा अगमवाणी गरिएको छ । त्यो नै सूर्य उदाउने पूर्व हो । ख्रीष्टको पहिलो आगमनको ठाउँबारे पनि बाइबलमा अगमवाणी गरिएको थियो । पुरानो करारको समयका मीका अगमवक्ताको अगमवाणीअनुसार २,००० वर्षअघि येशूज्यू बेथलेहेममा जन्मनुभयो । त्यस बेला, यहूदीहरूका राजाको रूपमा जन्मनुभएका ख्रीष्टलाई खोज्न ज्योतिषीहरू (सायद फारसका पूजाहारीहरू)[१] यरूशलेममा आए । अनि मुख्य पूजाहारीहरू र शास्त्रीहरूले मीकाको अगमवाणी थाहा पाएर, ख्रीष्टको जन्म बेथलेहेममा हुनेछ भने ।[२][३]
मानव-जातिलाई उद्धार गर्नको निम्ति येशूज्यू यो संसारमा फेरि आउनुहुनेछ ।[४] ख्रीष्ट फेरि देखा पर्नुभएर अन्तिम उद्धारको कार्य गर्नुहुने ठाउँ पूर्व हो ।
येशूज्यूको दोस्रो आगमनको ठाउँको रूपमा अगमवाणी गरिएको पूर्व
पूर्व र परमेश्वरको छाप

परमेश्वरको छाप लगाउने कार्य
परमेश्वरको छाप लगाउने कार्य पूर्वमा हुनेछ भन्ने कुरा प्रेरित यूहन्नाले प्रकाशमा देखे ।
यसपछि पृथ्वीमा वा समुद्रमा वा रूखमा बतास नचलोस् भनी चार स्वर्गदूतहरू पृथ्वीका चारै बतासलाई रोकेर पृथ्वीका चार कुनामा उभिरहेका मैले देखें । तब जीवित परमेश्वरको मोहोर साथमा लिई अर्को एक जना स्वर्गदूत पूर्वबाट उक्लेका मैले देखें । पृथ्वी र समुद्रलाई हानि पुऱ्याउने अख्तियार दिइराखेका चार स्वर्गदूतलाई यसो भनेर तिनले चर्को सोरले भने, “हामीले हाम्रा परमेश्वरका दासहरूका निधारमा मोहोर नलाउञ्जेल पृथ्वी, समुद्र वा रूखहरूलाई केही हानि नगर ।”
चार स्वर्गदूतले रोकेका चार बतास जब छोडिन्छ, तब पृथ्वी र समुद्रलाई हानि गर्ने विपत्ति आउनेछ । पूर्वदेखि पश्चिमसम्म र उत्तरदेखि दक्षिणसम्म चल्ने चार बतासले चाहिँ पृथ्वी र समुद्रलाई हानि पुऱ्याउने ठूलो विपत्तिलाई जनाउँछ । त्यो विपत्ति आउनुअघि परमेश्वरले आफ्ना प्रजालाई बचाउन छाप लगाउनुहुनेछ । यो कार्य, सूर्य उदाउने पूर्वबाट सुरु हुन्छ । प्रकाश अध्याय ६मा लेखिएका विशेष चिन्हहरू देखा परेपछि परमेश्वरको छाप लगाउने कार्य सुरु हुन्छ ।
जब उहाँले छैटौँ मोहोर तोड्नुभयो, तब मैले ठूलो भूकम्प गएको देखें । सूर्य भाङ्ग्राजस्तो कालो भयो, र पूर्णिमाको चन्द्रमा रगतजस्तै रातो भयो । अनि अञ्जीरको रूखलाई बतासले हल्लाउँदा नपाकेका फलहरू झरेझैँ आकाशका ताराहरू पृथ्वीमा खसे ।
छाप लगाउने कार्य सुरु हुनुअघि सूर्य, चन्द्र र ताराहरूमा चिन्ह देखा पर्नेछ । येशूज्यूको दोस्रो आगमन हुँदा पनि यस्तै चिन्ह देखा पर्नेछ भनेर येशूज्यूले भन्नुभएको छ ।
“ती सङ्कष्टका दिनको तुरुन्तै पछि, सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो चमक दिनेछैन, र ताराहरू आकाशबाट खस्नेछन्, तथा आकाशका शक्तिहरू हल्लाइनेछन् । “तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन् ।”
जब सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले चमक दिनेछैन र जब ताराहरू आकाशबाट खस्नेछन् तब मानिसको पुत्र अर्थात् ख्रीष्ट फेरि आउनुहुनेछ भनेर येशूज्यूले भन्नुभयो । प्रेरित यूहन्नाले चाहिँ, जब सूर्य र चन्द्रमा अँध्यारो हुनेछ र ताराहरू आकाशबाट खस्नेछन्, तब परमेश्वरको छाप लगाउने कार्य पूर्वबाट सुरु हुनेछ भनेर दर्शनमा देखे । यी दुई वचनहरूलाई तुलना गरिहेर्दा, पूर्वबाट मुक्तिको छाप ल्याउनुहुने व्यक्ति नै दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा बुझ्न सकिन्छ ।
परमेश्वरको छाप, निस्तार-चाड

परमेश्वरको छापचाहिँ परमेश्वरले मान्यता दिनुभएको छाप हो । दोस्रो आगमनका ख्रीष्टले ल्याउनुहुने परमेश्वरको छापचाहिँ परमेश्वरका प्रजालाई विपत्तिबाट बचाउने चिन्ह हो । परमेश्वरको छाप नपाएकाहरूलाई हानि हुनेछ भनेर प्रकाश अध्याय ९मा लेखिएको छ ।[५]
विपत्तिबाट बचाउने मुक्तिको प्रतिज्ञा समाविष्ट सत्यता नै निस्तार-चाड हो । निस्तार भनेको विपत्ति पार हो । त्यसैले निस्तार-चाड मान्ने मानिस विपत्तिबाट पार हुन्छ । प्रस्थानको समयमा निस्तार-चाड मानेका इस्राएलीहरू विपत्तिबाट पार भएर मिश्रबाट छुटकारा पाए ।[६] त्यसै गरी यहूदाका राजा हिजकियाको पालामा निस्तार-चाड मानेका यहूदाका मानिसहरूले अश्शूरीहरूको आक्रमणबाट सुरक्षा पाए ।[७]
नयाँ करारको समयमा परमेश्वरको छाप प्राप्त गर्नुभएका व्यक्ति येशूज्यू हुनुहुन्छ ।[८] येशूज्यूले “मेरो देह खाने र मेरो रगत पिउनेचाहिँ ममा रहन्छ, र म त्यसमा रहन्छु” भन्नुभएको छ । फेरि भन्नुपर्दा, परमेश्वरको छाप भएका मानिसहरू येशूज्यूसँग एउटै शरीर हुन्छन् ।
येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने तिमीहरूमा जीवन हुँदैन . . . मेरो देह खाने, र मेरो रगत पिउनेचाहिँ ममा रहन्छ, र म त्यसमा रहन्छु ।”
निस्तार-चाडचाहिँ येशूज्यूसँग एउटै शरीर भएर परमेश्वरको छाप प्राप्त गर्ने तरिका हो ।
तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाडको प्रबन्ध मिलाए । . . . तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो ।” तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ । किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।”
जुनसुकै युगमा होस्, निस्तार-चाड मान्नेहरू विपत्तिबाट बचाइएका छन् । अन्तिम महासङ्कष्ट आउनुअघि पूर्वमा देखा पर्नुहुने दोस्रो आगमनका ख्रीष्टले परमेश्वरको छाप निस्तार-चाड घोषणा गर्दै मुक्तिको कार्य अगि बढाउनुहुन्छ ।
पूर्वबाट देखा पर्ने एक जना मानिस
पूर्वको टाढा देशबाट परमेश्वरको अभिप्राय पूरा गर्ने एक जना मानिसको विषयमा यशैया अगमवक्ताले यसरी लेखे ।
“उहाँको सेवा गर्न धार्मिकतामा बोलाउँदै कसले पूर्व दिशाबाट एक जनालाई उत्तेजित गरेको छ ? . . . प्रारम्भदेखि पुस्ताहरूलाई बोलाएर यो काम पूरा गर्ने को हो ? के म नै होइन र ? म, परमप्रभु, तिनीहरूका पहिलो र पछिल्लोसित रहने म उही नै हुँ ।”
“पूर्वबाट म शिकारी पक्षी बोलाउँछु, र टाढा देशबाट मेरो अभिप्राय पूरा गर्न म एक जना मानिसलाई बोलाउँछु । मैले जे भनेको छु, त्यो म गर्नेछु । मैले जे योजना बनाएको छु, म त्यो गर्ने नै छु ।”
पहिलो चरणको अगमवाणी, कोरेसद्वारा पूरा

पूर्वी टाढाको देशबाट देखा पर्ने मानिसको विषयमा गरिएको अगमवाणी पहिलो चरणमा चाहिँ, इस्राएलको पूर्वमा अवस्थित फारसका कोरेस(कोरेस द्वितीय)द्वारा पूरा भयो । कोरेसले बेबिलोन(नियो बेबिलोनी साम्राज्य)लाई कब्जा गरी इस्राएलीहरूलाई बेबिलोनको कैदबाट मुक्त गरे र तिनीहरूलाई तिनीहरूकै देश जान दिए ।[९]
यशैयाको पुस्तकचाहिँ कोरेसले बेबिलोनलाई परास्त गर्नुभन्दा करीब १७० वर्षअघि लेखिएको थियो । कोरेसको नाउँ, अनि तिनले विभिन्न देशहरूलाई पराजित गरी परमेश्वरका प्रजा इस्राएलीहरूलाई बेबिलोनबाट मुक्त गराउने कार्यबारे यशैया अध्याय ४४ र ४५मा अगमवाणी गरिएको थियो ।[१०][११] बाइबलमा अगमवाणी गरिएअनुसार कोरेसले यहूदीहरूलाई आफ्नो गृहनगर फर्कन मात्र होइनकि बेबिलोनी आक्रमणको समयमा भग्नावशेष भएको यरूशलेममा मन्दिर निर्माण गर्न पनि आदेश दिए ।
फारसका राजा कोरेसको पहिलो वर्षमा . . . फलस्वरूप उनले आफ्ना राज्यभरि मौखिक अनि लिखित रूपमा यस्तो घोषणा गरे : “फारसका राजा कोरेस यसो भन्छन्, ‘परमप्रभु, स्वर्गका परमेश्वरले पृथ्वीका सबै राज्य मलाई दिनुभएको छ । उहाँले नै मलाई यहूदाको यरूशलेममा उहाँको निम्ति एउटा मन्दिर बनाउन आज्ञा गर्नुभएको छ । तिमीहरूका बीचमा हुने उहाँका प्रजाको प्रत्येक मानिससँग परमेश्वर रहून् । सो यहूदाको यरूशलेममा उक्लेर जाओस्, र यरूशलेममा हुनुहुने परमेश्वर, इस्राएलका परमेश्वर, परमप्रभुको मन्दिर त्यसले पुनर्निर्माण गरोस् ।”
अन्तिम चरणको अगमवाणी, दोस्रो आगमनका ख्रीष्टद्वारा पूरा
यशैया अध्याय ४१मा हेर्ने हो भने पूर्वमा जब एक जना मानिस देखा पर्नेछन्, तब मरुभूमि पानीको दहमा र सुक्खा जमिन पानीको मूलमा परिणत हुनेछ भनिएको छ ।[१२] अगमवाणीअनुसार, योचाहिँ परमेश्वर आउनुभएमा मात्र पूरा हुन सक्ने कार्य हो ।[१३] जब पूर्वमा एक जना मानिस देखा पर्छन्, तब मूर्तिपूजकहरू डर र त्रासमा एकसाथ भेला हुनेछन् भनिएको थियो ।[१४] तर कोरेसले बेबिलोनलाई कब्जा गर्दा यस्तो घटना घटेन । किनभने कोरेसले आफूले विजय गरेको देशका मानिसहरूको धर्मलाई मान्यता दिए ।[१५] पूर्वको टाढा देशबाट देखा पर्ने एक जना मानिसको अगमवाणी अन्ततः परमेश्वरले नै पूरा गर्नुहुनेछ । यशैया अध्याय ४६मा उल्लेखित शिकारी पक्षी भनेको आफ्ना प्रजाको साथमा रहनुभएर तिनीहरूलाई उद्धार गर्नुहुने परमेश्वरको चिन्ह हो । परमेश्वरले इस्राएलीहरूलाई मिश्रबाट छुटकारा गराउनुहुने कुरालाई, गरुडको पखेटामा बोक्ने कुरासँग दृष्टान्त गर्नुभयो ।[१६] परमेश्वरले इस्राएलीहरूलाई सुरक्षा गर्नुभएर उजाड-स्थानमा डोऱ्याउनुभएको प्रक्रियालाई, ‘गरुडले आफ्ना बच्चालाई सुरक्षा गर्ने कुरा’सँग तुलना गरिएको छ ।[१७] यसकारण यशैया अध्याय ४१ र ४६को अगमवाणीले, पछिल्ला दिनहरूमा परमेश्वर पूर्वमा आउनुहुने र आफ्ना प्रजाहरूलाई बचाउनुहुने कुरालाई जनाउँछ ।[१८]
२,००० वर्षअघि परमेश्वर येशू नाउँ लिएर आउनुभयो । येशूज्यूको जन्मस्थानचाहिँ पूर्वी टाढाको देश नभएर यशैयाले प्रकाश देखेको इस्राएल देश थियो । पूर्वी टाढाको देशमा देखा पर्नुहुने अगमवाणीका कोरेसचाहिँ दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ । कोरेसले इस्राएलीहरूलाई बेबिलोनको कैदबाट छुटकारा गराएजस्तै दोस्रो आगमनका ख्रीष्ट पनि, पूर्वको टाढा देशमा जन्मनुहुनेछ र उहाँले जीवनको पानीको सत्यताद्वारा परमेश्वरका प्रजालाई आत्मिक बेबिलोनबाट छुटकारा गराउनुहुनेछ ।
... “महानगरी बेबिलोनको पतन भयो,” . . . “हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ, नत्रता त्यसका पापहरूसँग तिमीहरू पनि सहभागी हुनेछौ, र त्यसका विपत्तिहरू तिमीहरू भोग्नेछौ ।”
पूर्वी देश, गणतन्त्र कोरिया
यशैया अगमवक्ताले अगमवाणी गरेको इस्राएल, र प्रेरित यूहन्नाले प्रकाश देखेको पत्मोस टापूलाई केन्द्रबिन्दु बनाएर हेर्दा पूर्वको पल्लो छेउको देश गणतन्त्र कोरिया हो । इस्राएलबाट पूर्वमा अवस्थित धेरै देशहरूमध्ये येशूज्यूको दोस्रो आगमन हुने ठाउँ, दक्षिण कोरिया नै हुनुको कारणचाहिँ परमेश्वरको छाप निस्तार-चाड १,६०० वर्षपछि कोरियाबाटै देखा परेकोले गर्दा हो । निस्तार-चाड ई.सं. ३२५मा निकेयाको सम्मेलनद्वारा रद्द भएको थियो । तर निस्तार-चाड पुनर्स्थापना हुने समय आउनेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ ।
सर्वशक्तिमान् परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मीठा-मीठा थोकहरू– छिप्पिएको मद्य, . . . उहाँले यही पर्वतमा सारा मानिसहरूलाई ढाक्ने वस्त्र र सारा जातिलाई छोप्ने तन्ना हटाइदिनुहुनेछ । उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ । . . . त्यस दिन तिनीहरूले यसो भन्नेछन्, “निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ, हामीले उहाँमाथि भरोसा गऱ्यौं र उहाँले नै हामीलाई बचाउनुभयो । उहाँ नै परमप्रभु हुनुहुन्छ, उहाँमाथि हामीले भरोसा गऱ्यौं । उहाँले गर्नुभएको उद्धारमा हामी खुशी होऔं र रमाऔं ।”
परमेश्वरले छिप्पिएको मद्यको भोज लगाउनुको उद्देश्यचाहिँ मृत्युलाई सदाको निम्ति निलिदिन अर्थात् हामीलाई अनन्त जीवन दिनको निम्ति हो । हामीलाई अनन्त जीवन दिलाउने दाखमद्यचाहिँ केवल निस्तार-चाडको दाखमद्य हो ।[१९][२०] ‘छिप्पिएको मद्य’ भन्नाले ई.सं. ३२५मा रद्द भएदेखि लामो समयसम्म नमनाइएको निस्तार-चाड हो । जसले निस्तार-चाड पुनर्स्थापन गर्नुहुन्छ, उहाँ नै दोस्रो आगमनका ख्रीष्ट अर्थात् परमेश्वर हुनुहुन्छ । अनि निस्तार-चाड पुनर्स्थापना हुने ठाउँ पनि, अन्तिम विपत्ति आउनुअघि दोस्रो आगमनका ख्रीष्टले मुक्तिको कार्य सुरु गर्नुहुने ठाउँ हो ।
दोस्रो आगमनका ख्रीष्टले सत्यता सिकाउनुहुने ठाउँ, सियोन
यशैया अगमवक्ताले मुक्तिदाता आउनुहुने ठाउँ नै सियोन हो भनेर लेखे, अनि प्रेरित पावलले नयाँ करार बाइबलमा सोही अगमवाणीलाई उद्धृत गरे ।
- “मुक्तिदाता सियोनमा आउनुहुनेछ” (यशैया ५९:२०)
- “उद्धारक सियोनबाट आउनुहुनेछ” (रोमी ११:२६)
सियोन परमेश्वरले छान्नुभएको ठाउँ हो, जहाँ परमेश्वर आफ्ना प्रजासँग रहनुहुनेछ, र जहाँ परमेश्वरका चाडहरू मनाइन्छ । अर्थात् यसले नयाँ करारका चाडहरू मान्ने मण्डलीलाई जनाउँछ ।[२१][२२][२३] पछिल्ला दिनहरूमा सियोनमा परमेश्वरले हामीलाई सत्यताको मार्ग सिकाउनुहुनेछ भनेर मीका अगमवक्ताले अगमवाणी गरे ।
पछिल्ला दिनहरूमा परमप्रभुका मन्दिरको पहाडचाहिँ पहाडहरूमा प्रमुखझैँ स्थापित हुनेछ, र त्यो सबै डाँडाहरूभन्दा माथि उठाइनेछ, र मानिसहरू त्यहाँ ओइरिएर जानेछन् । धेरै जाति-जातिहरू आएर भन्नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं । उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्न सकौं ।” व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् ।
पछिल्ला दिनहरूमा सियोनबाट निस्कने व्यवस्था भनेकै नयाँ करार हो ।[२४] अनि नयाँ करारको केन्द्रबिन्दु भनेकै परमेश्वरको छाप, निस्तार-चाड हो ।[२५] नयाँ करारका चाडहरू मानिने मण्डली रहेको आत्मिक सियोनमा परमेश्वरले मुक्तिको सत्यता सिकाउनुहुनेछ, र मुक्ति पाउने सन्तहरूलाई भेला गर्नुहुनेछ । फेरि भन्नुपर्दा, जीवनको सत्यता नभएर सुक्खा भएको यो संसारलाई परमेश्वरले जीवनको पानी दिनुहुनेछ । यस युगमा परमेश्वरको छाप रहेको नयाँ करार निस्तार-चाड लिएर आउनुभएका व्यक्ति नै आन साङ होङज्यू हुनुहुन्छ । नयाँ करारका चाडहरू पुनर्स्थापना गर्नुभएका, सियोनको पुनर्निर्माण गर्नुभएका र मानव-जातिलाई विपत्तिबाट बचाउन पूर्वी देश गणतन्त्र कोरियामा देखा पर्नुभएका दोस्रो आगमनका ख्रीष्ट नै आन साङ होङज्यू हुनुहुन्छ ।
यो पनि हेर्नुहोस्
बाह्य कडीहरू
सन्दर्भ सामग्रीहरू
- ↑ "Magi"। Britannica।
- ↑ "मीका ५:२"।
- ↑ "मत्ती २:१-६"।
- ↑ "हिब्रू ९:२८"।
- ↑ "प्रकाश ९:४"।
- ↑ "प्रस्थान १२:११-१३"।
- ↑ "२ राजा १९:३२-३५"।
- ↑ "यूहन्ना ६:२७"।
- ↑ "राजा कोरेस"। Britannica।
- ↑ "यशैया ४४:२८"।
- ↑ "यशैया ४५:१-४"।
- ↑ "यशैया ४१:१७-१८"।
- ↑ "यशैया ३५:४-६"।
- ↑ "यशैया ४१:५-७"।
- ↑ "राजा कोरेस को थिए ?"। National Geographic।
- ↑ "प्रस्थान १९:४"।
- ↑ "व्यवस्था ३२:१०-१२"।
- ↑ "प्रकाश २१:६"।
- ↑ "यूहन्ना ६:५४"।
- ↑ "मत्ती २६:२६-२८"।
- ↑ "भजनसंग्रह १३२:१३-१४"।
- ↑ "प्रकाश १४:१"।
- ↑ "यशैया ३३:२०-२२"।
- ↑ "हिब्रू १२:२२-२४"।
- ↑ "लूका २२:२०"।