संयुक्त राज्य अमेरिकाको स्यार्लट परमेश्वरको मण्डली
वर्ग | मण्डली |
---|---|
उद्देश्य | आराधना, सुसमाचार प्रचार, समाज सेवा |
स्थान | संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना, स्यार्लट |
आबद्ध | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज |
वेबसाइट | परमेश्वरको मण्डलीको आधिकारिक वेबसाइट |
नर्थ क्यारोलाइना, स्यार्लट परमेश्वरको मण्डली, सन् २००६मा नर्थ क्यारोलाइनाको स्यार्लटमा स्थापना भएको थियो । सन् २००९को फेब्रुअरीमा मण्डली नयाँ मन्दिरमा सऱ्यो । यसको आधिकारिक नामचाहिँ संयुक्त राज्य अमेरिकाको स्यार्लट परमेश्वरको मण्डली विश्व सुसमाचार समाज हो ।
अवलोकन
- स्थापना मिति : सन् २००९ फेब्रुअरी १७
- मापन : जमिनबाट माथि एक तला, कुल क्षेत्रफल ६९४.२२ वर्ग मिटर, जग्गा क्षेत्रफल सन् २०१६५.८५ वर्ग मिटर
- सुविधा स्थलहरू : मुख्य आराधना हल, सहायक आराधना हल, सम्मेलन कक्ष, अध्ययन कक्ष, बहुउद्देश्यीय कक्ष, चमेना गृह आदि ।.
- स्थान : नर्थ क्यारोलाइना, स्यार्लट
विशेषताहरू
स्यार्लटचाहिँ, नर्थ क्यारोलाइनाको सबैभन्दा ठूलो सहर हो । यो संयुक्त राज्य अमेरिकाको दक्षिण-पूर्वी भागमा अवस्थित छ । तर १९औँ शताब्दीको अन्ततिर यो कपडा उद्योगबाट वित्तीय उद्योगको केन्द्रमा परिवर्तन भयो ।[१] न्यू योर्कपछिको दोस्रो ठूलो वित्तीय र व्यावसायिक सहरको रूपमा विकास भएको यो सहर, तीव्र जनसंख्या वृद्धिको बाबजुद लापरवाह सहरी विकासबाट टाढा रहेकोले संयुक्त राज्य अमेरिकाकै सबैभन्दा बस्न योग्य सहरको रूपमा चयन गरिएको छ ।[२] यसमा क्यारोलाइना प्यान्थर्स (पेशेवर अमेरिकी फुटबल टोली), स्यार्लट हर्नेट्स (पेशेवर बास्केटबल टोली), र NASCAR हल अफ फेम (स्टक कार अटो रेसिङको राष्ट्रिय सङ्गठन) जस्ता धेरै खेलकुद टोली र पर्यटकीय आकर्षण स्थलहरू छन् ।
नर्थ क्यारोलाइनाको स्यार्लट परमेश्वरको मण्डलीका सन्तहरूले नियमित रूपमा पार्क र सडकको सरसफाइ गरी मनोरम वातावरणको सृजना गर्छन् । उनीहरूले आफ्नो समाजमा रक्तदान अभियान गरेर परमेश्वरको प्रेमलाई व्यवहारमा लागू पनि गर्छन् ।[३] उनीहरूले नागरिकको सुरक्षा गर्ने प्रहरी अधिकारीहरूप्रति कृतज्ञता व्यक्त गर्न मण्डलीमा आमन्त्रण गरे, र यस्तै असल कार्य निरन्तर गरिरहन प्रोत्साहन पनि दिए ।[४] स्यार्लट प्रहरी विभागका एक जना अधिकारीले भने, “समुदायको निम्ति स्वयंसेवाको कार्य गर्नुभएकोमा धन्यवाद । हामी पनि तपाईंहरूको सहयोग र सुरक्षाको लागि सक्दो प्रयत्न गर्नेछौं ।”[५]
यसको अतिरिक्त, सदस्यहरूले खाँचो परेका बालबालिकाहरूलाई कम्बल दान गरे, बाढी पीडितहरूलाई भोजन र दैनिक आवश्यक सामग्रीहरू वितरण गरे र विपन्न छिमेकीहरूको ठूलो हेरचाह गरे । उनीहरू आवासीय क्षेत्रका बोटबिरुवाहरूको रेखदेख गर्ने, सुरुङ सरसफाइ तथा भित्तेचित्र हटाउने, वन क्षेत्रको सरसफाइ गर्ने, गैर-कानूनी रूपमा फोहोर फाल्न नदिनलाई स्टिकरहरू टाँस्ने जस्ता विभिन्न गतिविधिहरूद्वारा उज्यालो र आशापूर्ण समाज निर्माणमा प्रयत्नरत छन् ।[६]
स्यार्लट सभा गृहले सन्तहरूको मानव कल्याण गतिविधिलाई सक्रियतापूर्वक समर्थन गर्दै नागरिकहरूलाई सहभागी हुन प्रोत्साहन गर्नको निम्ति धेरै पटक घोषणा-पत्र जारी गऱ्यो ।[७][८][९][१०][११] सन् २०१५को घोषणा-पत्रमा स्यार्लटका पूर्व मेयर डेनियल जि. क्लड्फेल्टरले भने, “निरन्तर रक्तदान अभियान, सरसफाइ र स्वयंसेवा गतिविधिहरूद्वारा परमेश्वरको मण्डलीले छिमेकीहरूको हेरचाह र रेखदेख गर्ने उदाहरण देखाउँछ ।”[१२]
बाह्य कडीहरू
- "नर्थ क्यारोलाइना परमेश्वरको मण्डली विश्व सुसमाचार समाज"। English WATV।
सन्दर्भ सामग्रीहरू
- ↑ "स्यार्लट"। ब्रिटानिका विश्वकोश।
- ↑ ""संयुक्त राज्य अमेरिका, नर्थ क्यारोलाइना, स्यार्लट सबैभन्दा बस्न योग्य सहर""। जोङआङ इल्बो। फेब्रुअरी २३, २००२।
- ↑ "नर्थ क्यारोलाइनामा गतिविधिहरू"। नर्थ क्यारोलाइना परमेश्वरको मण्डली।
- ↑ "पश्चिम स्यार्लट मण्डलीबाट प्रहरी अधिकृतहरूलाई धन्यवादको खाजा वितरण"। WSOC TV। जनवरी २८, २०१९।
- ↑ "संसारमा समर्पित आमाको प्रेम"। मिडिया कास्ट।
- ↑ "निस्तार-चाड सन् २०१७को लागि विश्वव्यापी सरसफाइ अभियान"। मिडिया कास्ट।
- ↑ "स्यार्लट सहर, नर्थ क्यारोलाइना उद्घोषणा"। WATV Award। जुलाई १७, २०१६।
- ↑ "स्यार्लट सहर, नर्थ क्यारोलाइना उद्घोषणा"। WATV Award। मे २५, २०१४।
- ↑ "नर्थ क्यारोलाइना, स्यार्लट सहर, उद्घोषणा"। WATV Award। जनवरी ३०, २०१४।
- ↑ "नर्थ क्यारोलाइना, स्यार्लट सहर, उद्घोषणा"। WATV Award। डिसेम्बर ३०, २०१२।
- ↑ "स्यार्लट सहर, नर्थ क्यारोलाइना उद्घोषण"। WATV Award। मार्च १८, २०१२।
- ↑ "स्यार्लट सहर, नर्थ क्यारोलाइना उद्घोषणा"। WATV Award। मार्च १५, २०१५।