संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया, सान डिएगो परमेश्वरको मण्डली
वर्ग | मण्डली |
---|---|
उद्देश्य | आराधना, सुसमाचार प्रचार, समाज सेवा |
स्थान | संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया, सान डिएगो काउन्टी |
आबद्ध | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज |
वेबसाइट | परमेश्वरको मण्डलीको आधिकारिक वेबसाइट |
संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया, सान डिएगो काउन्टीमा अवस्थित परमेश्वरको मण्डली सन् २००२ जुलाईमा स्थापना भएको थियो । यो मण्डलीलाई सन् २००५ नोभेम्बरमा ठूलो नयाँ मन्दिरमा सारियो । यसको आधिकारिक नाउँ ‘संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया, सान डिएगो परमेश्वरको मण्डली विश्व सुसमाचार समाज’ हो ।
अवलोकन
- स्थापना मिति : सन् २००५ नोभेम्बर १
- मापन : जमिनमाथि दुई तला, कुल क्षेत्रफल ५२०.२६ वर्ग मिटर, जमिनको कुल क्षेत्रफल ७,५६६.९७ वर्ग मिटर
- सुविधा स्थलहरू : मुख्य आराधना हल, सहायक आराधना हल, सम्मेलन कक्ष, अध्ययन कक्ष, बहुउद्देश्यीय कक्ष, चमेना-गृह आदि ।
- स्थान : संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया, सान डिएगो काउन्टी
विशेषताहरू
क्यालिफोर्नियाको सान डिएगो काउन्टीचाहिँ मेक्सिकोको टिहुवानासँग सिमाना जोडिँदै, संयुक्त राज्य अमेरिकाको सबैभन्दा दक्षिण-पश्चिमी सहर हो । यहाँ सैन्य शिविरहरू भएकाले धेरै सैनिकहरू यहाँ बसोबास गर्छन् । साथै यहाँ योसेमाइट राष्ट्रिय निकुञ्ज र सान डिएगो चिडियाखान जस्ता थुप्रै पर्यटकीय आकर्षण स्थलहरू पनि छन् ।
क्यालिफोर्नियाको सान डिएगो परमेश्वरको मण्डलीको सन्तहरू विविध सामाजिक सेवा कार्यक्रमहरूद्वारा ख्रीष्टको प्रेमलाई व्यवहारमा लागू गर्दै सफा र मनोहर क्षेत्र बनाउन खोला र पार्क सरसफाइ[१], ‘बृहत् रक्तदान अभियान’ गर्नमा अग्रसर छन् ।[२]
एक आत्मा पनि बिमुख हुनु नपरोस् भनेर उनीहरूले जोखिममा परेकाहरूलाई सहयोग गर्न प्रयत्न गर्छन् । उदाहरणको लागि, उनीहरूले विपन्न छिमेकीहरूको सहयोगार्थ मोजा अनुदान गर्नुका साथै स्वयंसेवा सङ्गठनहरूको भ्रमण गरेर अनुदान सामग्री प्याकिङ र व्यवस्थापन गर्नमा सहयोग गरेका छन् । उनीहरूले स्थानीय बजारहरूसँग समन्वय गर्दै पास्ता, चामल र तरकारी जस्ता १,५०० प्याकेट खाद्यान्नहरू फूड बैंकलाई हस्तान्तरण गरेका छन् ।[३]
यसबाहेक परमेश्वरको मण्डलीको विश्वविद्यालय विद्यार्थी स्वयंसेवक सङ्गठन ASEZले, सान डिएगोभरि घृणासम्बन्धी आपराधिक घटनाहरू ह्वात्तै बढेकोले अभियोजकको कार्यालय र स्थानीय नागरिकहरूसँग मिलेर अपराध रोकथाम अभियान सञ्चालन गरेको थियो ।[४]
छिमेक, समुदाय र देशको निम्ति गरेको समर्पणको कदरस्वरूप मण्डलीले क्यालिफोर्नियाको स्यान्टी सहरबाट कदर घोषणा-पत्र, स्यान्टीका मेयरबाट प्रशंसा-पत्र लगायत अन्य थुप्रै अवार्डहरू प्राप्त गरेको छ ।[५][६][७][८][९][१०] वातावरणको सुन्दरतालाई बढाउँदै आफ्नो समाजमा सकारात्मक छवि छोड्ने सन्तहरूको परिश्रमको कदर गर्दै सान डिएगोका मेयरले सन् २०१५ नोभेम्बर २१लाई ‘परमेश्वरको मण्डली विश्व सुसमाचार समाज दिवस’को रूपमा घोषणा गरेका थिए ।[११]
बाह्य कडीहरू
- "संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया, सान डिएगो परमेश्वरको मण्डली"। परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको आधिकारिक वेबसाइट।
- "सन् २०१५ संयुक्त राज्य अमेरिकाको सान डिएगो मण्डलीको स्वयंसेवा कार्य"। WATV मिडिया कास्ट।
यो पनि हेर्नुहोस्
- उत्तर अमेरिकामा परमेश्वरको मण्डली
- उत्तर अमेरिका परमेश्वरको मण्डलीद्वारा कल्याण प्रवर्द्धन
- उत्तर अमेरिका परमेश्वरको मण्डलीद्वारा कल्याण प्रवर्द्धन
- संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया दोस्रो सान डिएगो परमेश्वरको मण्डली
- संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया लस एन्जलस परमेश्वरको मण्डली
- संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया रिभर्साइड परमेश्वरको मण्डली
- संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया सान फ्रान्सिस्को परमेश्वरको मण्डली
- संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया सनल्यान्ड परमेश्वरको मण्डली
- संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया एस्कोन्डिडो परमेश्वरको मण्डली
- संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया ओरेन्ज काउन्टी परमेश्वरको मण्डली
- संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया फ्रेस्नो परमेश्वरको मण्डली
सन्दर्भ सामग्रीहरू
- ↑ "३०० जनाभन्दा बढी स्वयंसेवकद्वारा सान डिएगोको रिभरबेड सरसफाइ"। KUSI News। डिसेम्बर १५, २०१९।
- ↑ "निस्तार-चाडको प्रेम, जीवन बचाउने रक्तदान अभियान १,००० पटकभन्दा बढी आयोजना"। परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको वेबसाइट।
- ↑ "स्थानीय मण्डलीद्वारा आयोजित 'ड्राइभ थ्रु फूड' क्याम्पेन"। Times-Advocate। जुन १७, २०२१।
- ↑ "घृणा अपराधबारे जनचेतना जगाउन भेला भएका SDSU विद्यार्थीहरू"। Fox 5 San Diego। डिसेम्बर १०, २०१८।
- ↑ "संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया, स्यान्टीका मेयरबाट प्रशंसा-पत्र"। WATV Award।
- ↑ "संयुक्त राज्य अमेरिकाको ज्याकोब्स एन्ड कुसम्यान सान डिएगो फूड बैंकबाट प्रशंसा-पत्र"। संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया सान डिएगो परमेश्वरको मण्डली।
- ↑ "संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया, सिटी अफ स्यान्टीको घोषणा"। WATV Award।
- ↑ "संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया, सान डिएगो सिटी हल, सान डिएगो पार्क र मनोरञ्जन विभागबाट मान्यता प्रशंसा-पत्र"। संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया सान डिएगो परमेश्वरको मण्डली।
- ↑ "संयुक्त राज्य अमेरिकाको आन्तरिक विभाग, ऊजुरी ब्यूरोबाट प्रशंसा-पत्र"। संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया सान डिएगो परमेश्वरको मण्डली।
- ↑ "संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया, सान डिएगो रिभर पार्क फाउन्डेसनबाट प्रशंसा-पत्र"। WATV Award।
- ↑ "संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया, सान डिएगोका मेयरबाट घोषणा"। WATV Award।