ढाँचा:소개/아버지 하나님
आन साङ होङ(Ahnsanghong)ज्यू, बाइबलको अगमवाणीअनुसार मानव-जातिलाई मुक्ति दिन दक्षिण कोरियामा आउनुभएका दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ । ख्रीष्ट को हुनुहुन्छ भन्ने कुराको एकमात्र गवाही नै बाइबल हो । जसरी २,००० वर्षअघि बाइबलमा येशू ख्रीष्टको बारेमा अगमवाणी गरिएको थियो, त्यसरी नै शरीरमा आउनुहुने ख्रीष्टको बारेमा पनि धेरै अगमवाणीहरू गरिएका थिए : जस्तै राजा दाऊदको सिंहासनको अगमवाणी, अञ्जीरको रूखको दृष्टान्त आदि । बाइबलको अगमवाणीअनुसार आउनुभएका आन साङ होङज्यूले सुरुको मण्डलीको मौलिक परमेश्वरको मण्डली पुनर्निर्माण गर्नुभयो, अनि बाइबलको अन्तिम रहस्य हुनुभएकी माता परमेश्वरको बारेमा घोषणा गर्नुभयो ।