स्त्रीको घुम्टोको नियम

परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा आराधना
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा आराधना

सन्तहरूले परमेश्वरलाई आराधना वा प्रार्थना गर्दा अनिवार्य रूपमा घुम्टोको नियम पालन गर्नुपर्छ, र यसबारे १ कोरिन्थी अध्याय ११मा उल्लेख गरिएको छ । विशेष गरी पुरुषले आफ्नो शिरलाई केहीले पनि ढाक्नुहुँदैन तर स्त्रीले चाहिँ आफ्नो शिरमा घुम्टो हाल्नुपर्छ । कोरिन्थको मण्डलीलाई पठाएका पत्रमा प्रेरित पावलले, ख्रीष्टको शिक्षामा आधारित घुम्टोको नियमबारे वर्णन गरेका छन् । तिनले परमेश्वरको सृष्टिको प्रबन्ध प्रबन्ध र प्रकृतिको नियमलाई उल्लेख गर्दै, सबै मण्डलीहरूले घुम्टोको नियम पालन गर्नुपर्ने कुरालाई जोड दिएका छन् ।

घुम्टोसम्बन्धी शिक्षा

कुनै देशका राजा अथवा राष्ट्रपतिलाई भेट्दाखेरि आगन्तुकहरूले पालन गर्नुपर्ने शिष्टाचार हुन्छ । त्यसै गरी पवित्र परमेश्वरलाई प्रार्थना वा आराधना गर्दा पनि पालना गर्नुपर्ने केही नियम र विधिहरू बाइबलमा छन् । घुम्टोको नियम तीमध्येको एक हो ।

पुरुष सन्त

तर तिमीहरूले यो बुझ भन्ने म चाहन्छु, कि हरेक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ, स्त्रीको शिर तिनको पति हो, अनि ख्रीष्टको शिर परमेश्वर हुनुहुन्छ । प्रार्थना गर्दा वा अगमवाणी बोल्दा आफ्नो शिर ढाक्ने मानिसले आफ्नो शिरको अपमान गर्दछ ।

१ कोरिन्थी ११:३-४


मानिसको शिर ख्रीष्ट हुनुहुन्छ । यदि उसले आफ्नो शिर ढाकेर प्रार्थना गऱ्यो भने उसले आफ्नो शिरको अपमान गर्छ भनेर बाइबलमा भनिएको छ । फेरि भन्नुपर्दा, योचाहिँ ख्रीष्टलाई अपमान गर्ने कार्य हो । प्रार्थना वा आराधना गर्दा पुरुषले आफ्नो शिर ढाक्नुहुँदैन ।

स्त्री सन्त

तर शिर खुला राखेर प्रार्थना गर्ने, अथवा अगमवाणी बोल्ने स्त्रीले आफ्नो शिरको अपमान गर्दछे, किनकि यो तिनले आफ्नो केश खौरे जस्तो हो । किनकि कुनै स्त्रीले शिर ढाक्दिन भने बरु तिनले केश काटोस् । तर केश काट्नु कि खौरनु स्त्रीको निम्ति शर्मको कुरो हो भनेता तिनले शिरमा घुम्टो हालोस् ।

१ कोरिन्थी ११:५-६


यदि कुनै स्त्रीले शिर नढाकी प्रार्थना गर्न चाहन्छिन् भने बरु उसले आफ्नो शिर खौरोस् भनेर बाइबलमा भनिएको छ । साँच्चिकै शिर खौरेर खुल्ला शिरले आराधना गर्दा हुन्छ भन्ने अर्थ होइनकि शिर ढाक्नुपर्छ भन्ने कुरालाई जोड दिने अभिव्यक्ति हो । आराधना वा प्रार्थना गर्दा स्त्रीले आफ्नो शिर ढाक्नुपर्छ ।

घुम्टोको नियमको आधार

प्रेरित पावलले कोरिन्थका सन्तहरूलाई लेखेका पहिलो पत्र(१ कोरिन्थीको पुस्तक)मा ख्रीष्टको उदाहरणअनुसार मण्डलीको क्रम र त्यससँग सम्बन्धित मामिलाहरूको विषयमा उल्लेख गरेका छन् । तिनले अध्याय ११मा घुम्टोको नियमबारे वर्णन गरेका छन् । त्यस बेला कोरिन्थ मण्डलीका केही स्त्रीहरूले लैङ्गिक समानतालाई जोड दिँदै आराधनाको समयमा आफ्नो शिरबाट घुम्टो हटाउन खोजेका थिए । तर प्रेरित पावलले घुम्टोको नियमसम्बन्धी येशूज्यूको शिक्षा र त्यसमा समाविष्ट अर्थबारे वर्णन गरिदिएर त्यसलाई सच्च्याउन खोजे ।

येशू ख्रीष्टको शिक्षा

मेरो अनुसरण गर्ने होओ, जसरी म ख्रीष्टको अनुसरण गर्दछु।

१ कोरिन्थी ११:१


स्त्रीको घुम्टोको नियमबारे वर्णन गर्नुअघि, प्रेरित पावलले आफूले सिकाएका सबै कुराहरूचाहिँ येशू ख्रीष्टको उदाहरणबाट आएको हो भनेर जोड दिएका छन् । अर्थात् स्त्रीको घुम्टोको नियम पनि निश्चित रूपमा ख्रीष्टको शिक्षा हो ।

सृष्टिको थोकमा रहेको परमेश्वरको प्रबन्ध

पुरुषले आफ्नो शिर ढाक्नुहुँदैन, किनभने ऊ परमेश्वरको प्रतिरूप र गौरव हो, तर स्त्रीचाहिँ पुरुषको गौरव हो । किनभने पुरुष स्त्रीबाट आएको होइन, तर स्त्रीचाहिँ पुरुषबाट बनिएकी हो । स्त्रीको निम्ति पुरुष सृष्टि भएको होइन, तर स्त्री पुरुषको निम्ति हो । यसैकारण र स्वर्गदूतहरूका खातिर पनि स्त्रीले आफ्नो शिर घुम्टोले ढाकेको हुनुपर्छ।

१ कोरिन्थी ११:७-१०


परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा, माटोबाट पहिला आदम बनाउनुभयो,[१] र तिनको एउटा करङ निकाल्नुभएर तिनकी सहयोगीको रूपमा हव्वा बनाउनुभयो ।[२] यसमा, सृष्टिकर्ता परमेश्वरले स्थापना गर्नुभएको क्रम देख्न सकिन्छ । निश्चय नै परमेश्वरभित्र नर र नारी दुवै समान छन्,[३] तर परमेश्वरको सृष्टिको प्रबन्धमा हेर्ने हो भने स्त्रीले आफ्नो शिर घुम्टोले ढाक्नुपर्छ भनेर प्रेरित पावलले बताएका छन् ।

प्रकृतिको शिक्षा

तिमीहरू आफै विचार गर : शिर नढाकी परमेश्वरलाई प्रार्थना गर्न स्त्रीलाई सुहाउँछ र ? पुरुषले लामो केश पाल्यो भने त्यो त्यसको निम्ति शर्मको कुरा हो भनी के प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र ? तर यदि स्त्रीको लामो केश छ भनेता त्यो तिनको निम्ति गौरव हो । किनकि स्त्रीको केश तिनलाई ढाक्नलाई दिइएको हो ।

१ कोरिन्थी ११:१३-१५


स्त्रीको केश लामो हुँदा प्राकृतिक र सुन्दर देखिने भएकोले स्त्रीहरूले शिरमा घुम्टो हाल्नुपर्छ भनेर प्रेरित पावलले पुनः जोड दिएका छन् । यसरी स्त्रीहरूले लामो केशजस्तो घुम्टोले आफ्नो शिर ढाके भने परमेश्वरको सामु त्यो सुन्दर देखिन्छ भन्ने कुरा मानव-प्रकृतिले दर्शाएको छ । “किनकि स्त्रीको केश तिनलाई ढाक्नलाई दिइएको हो” भन्ने वचनले पनि, स्त्रीको लामो केशचाहिँ तिनलाई आराधना समयमा शिरमा घुम्टो हाल्न लगाउने चीज हो भन्ने अर्थ बोकेको छ । कसै-कसैले यसो भन्छन् : “लामो केश छ भने शिरमा घुम्टो हाल्न आवश्यक छैन ।” तर योचाहिँ स्त्रीले शिरमा घुम्टो हाल्नुपर्छ भन्ने ख्रीष्टको शिक्षाविपरीतको कुरा हो । साथै यदि घुम्टोको प्रयोगचाहिँ स्त्रीको केशको लम्बाइमा निर्भर हुँदो हो त प्रेरित पावलले पनि केशको लम्बाइबारे कुनै निश्चित मापदण्ड तोकेको हुनुपर्छ ।


तिमीहरू आफै विचार गर : शिर नढाकी परमेश्वरलाई प्रार्थना गर्न स्त्रीलाई सुहाउँछ र ? . . . तर कसैले यस विषयमा वाद-विवाद उठाउन चाहन्छ भने, हाम्रो कुनै यस्तो रीति छैन, न त परमेश्वरका मण्डलीहरूको नै छ ।

१ कोरिन्थी ११:१३-१६

यसको बारेमा कोही तर्क गर्न चाहन्छ भने म भन्दछु, योबाहेक हाम्रो अरू कुनै चलन छैन र परमेश्वरको मण्डलीको अरू कुनै रीतिथिति छैन ।

१ कोरिन्थी ११:१६, SNB


प्रेरित पावलले, स्त्रीहरूले शिर नढाकी प्रार्थना गर्ने त्यस्तो रीति वा नियम परमेश्वरको मण्डलीमा चाहिँ नभएको कुरा पुष्टि गरे । यो नियम कोरिन्थको मण्डलीमा मात्र नभएर परमेश्वरका सबै मण्डलीहरूमा लागू हुन्छ भनेर तिनले जोड दिए ।  

१ कोरिन्थी अध्याय ११को उप-शीर्षक र रूपरेखा

बाइबल अनुवादका उप-शीर्षकहरू

बाइबलको विषयवस्तुहरू सजिलै बुझ्न सकियोस् भनेर त्यसलाई अनुच्छेदमा विभाजन गरिएको छ, र ती प्रत्येक विषयवस्तुसँग मिल्ने उप-शीर्षक लेखिएका बाइबलका अनुवादहरू देख्न सकिन्छ । 

केही बाइबल अनुवादहरूमा चाहिँ, पाठकवृन्दले बाइबलका विषयवस्तु सजिलै बुझून् भनेर अनुच्छेद विभाजन गरिएर प्रत्येक विषयवस्तुका लागि उप-शीर्षकहरू समेत राखिएका छन् ।  ती बाइबलका अनुवादहरूमा, १ कोरिन्थी अध्याय ११को उप-शीर्षकचाहिँ ‘स्त्रीले आफ्नो शिर ढाक्ने कुरा’ भनेर राखिएको छ ।  १ कोरिन्थी अध्याय ११मा, प्रार्थना वा आराधना समयमा स्त्रीले शिर ढाक्ने विषयमा केन्द्रित मामिलाबारे जानकारी दिइएको छ । १ कोरिन्थी अध्याय ११का उप-शीर्षकहरूलाई कोरियाली बाइबल अनुवादमा निम्नानुसार लेखिएको छ ।

अङ्ग्रेजी अनुवाद प्रकाशक उप-शीर्षकहरू
New International Version Zondervan आराधना गर्दा शिर ढाक्ने विषयमा
New Living Translation Tyndale House Foundation आराधनासम्बन्धी निर्देशन
Good News Translation American Bible Society आराधनामा शिर ढाक्ने कुरा
Christian Standard Bible B&H Publishing Group शिर ढाक्ने सम्बन्धी निर्देशन
International Standard Version The ISV Foundation घुम्टोसम्बन्धी सुझाव

सम्प्रदायअनुसार स्त्रीको घुम्टोको नियम

क्याथोलिक मण्डली

रोमन क्याथोलिक मण्डलीका स्त्री सन्तहरूले शिरमा म्यान्टिला नामक घुम्टो हाल्ने गर्छन्, तर तिनीहरू यसलाई कडाइका साथ पालन गर्दैनन् ।[४][५] अनि पुरुष सन्त(पोप, कार्डिनल, आर्कबिशप, बिशप)हरूले चाहिँ थरी-थरीका टोपीहरू लगाउने गर्छन् । जस्तै पपल टियारा, माइटर, जुकेटो, बिरेटा, गालेरो आदि ।

पपल टायराचाहिँ राज्याभिषेक समारोहतिर पोपले प्रयोग गर्ने गर्थे । तर सन् १९६३मा पोप पल छैटौँको राज्याभिषेकपछि यो प्रयोग गरिएको छैन ।[६] माइटरचाहिँ शिरमा लगाइने उच्च र चुच्चो पहिरन हो । अमेरिकामा यसलाई माइटर र बेलायतमा चाहिँ माइट्रे भनिन्छ ।[७] त्यसै गरी ल्याटिनमा यसलाई मित्रा भनिन्छ ।[८] यो प्रचीन फारसको मिथ्रा संस्कृतिबाट उत्पन्न भएको हो । जुकेटोचाहिँ गोलार्ध आकारको स्कलक्याप(skullcap) हो, जसलाई पिलियोलस भनिन्छ ।[९] बिरेटाचाहिँ रोमन क्याथोलिकका पादरीहरूले लगाउने ३ वा ४ वटा चुच्चो भएको वर्गाकार टोपी हो, जसलाई कहिलेकहीँ धागो वा प्वाँखका गुच्छाले सजाइन्छ ।[१०] वास्तवमा बिरेटाको चुच्चोमा ३ वा ४ वटा प्वाँखहरू हुन सक्छन् । साथै बिरेटाको रङचाहिँ पदअनुसार फरक हुन्छ ।[११] गालेरोचाहिँ रोमन क्याथोलिक कार्डिनलहरूले प्रयोग गर्ने रातो र फराकिलो बुट्टेदार तार भएको टोपी हो ।[१२]

पूर्वी अर्थोडक्स मण्डलीका कतिपय थोकहरू रोमन क्याथोलिक मण्डलीसँग मिल्दोजुल्दो देखिन्छ । आराधना समयमा स्त्री सन्तहरूले शिरमा घुम्टो हाल्ने गर्छन्, र बिशपले चाहिँ क्रूस र चिन्ह(पवित्रजनको चित्र)ले सिङ्गारिएको माइटर लगाउँछन् ।[१३][१४][१५][१६]

प्रोटेस्टेन्ट मण्डलीहरू

घुम्टोको नियमलाई स्वीकार गरेर पालन गर्ने प्रोटेस्टेन्ट सम्प्रदायहरू त्यति धेरै छैनन् । इङ्ल्यान्डको प्लाइमाउथमा मुख्यालय रहेको प्लाइमाउथ ब्रेथ्रेनचाहिँ स्त्रीको घुम्टोलाई मान्यता दिने सम्प्रदायको रूपमा परिचित छ ।[१७] संयुक्त राज्य अमेरिकामा रहेको एनाब्याप्टिस्टहरूमध्ये, मेनोनाइट जातिले १ कोरिन्थी अध्याय ११को वचनमा लेखिएअनुसार, स्त्री सन्तहरूलाई बिर्को आकारको टोपी वा घुम्टो लगाउन त भन्छन्, तर लाउने/नलाउनेचाहिँ व्यक्तिगत इच्छामा छोडिदिन्छन् ।[१८] मेनोनाइट जातिमा पर्ने आमिस सम्प्रदायमा चाहिँ स्त्रीहरूले लामो केश पाल्छन् र आफ्नो शिरमा सधैँ हुड(सानो टोपी) लगाउने गर्छन् ।[१९]

घुम्टोको नियम मान्ने परमेश्वरको मण्डली

परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले बाइबलको शिक्षाअनुसार आराधना गर्दा, पुरुषहरूले आफ्नो शिर ढाक्दैनन् र स्त्रीहरूले चाहिँ शिरमा घुम्टो हाल्छन् । २,००० वर्षअघि येशू ख्रीष्टले प्रचार गर्नुभएको र प्रेरितहरूले पालन गरेका नयाँ करारको सत्यता पुनर्स्थापना भएको परमेश्वरको मण्डलीले सुरुको मण्डलीको विधिस्वरूप घुम्टोको नियम पालन गर्दछ ।[२०] स्त्रीको घुम्टोको नियमचाहिँ मानिसद्वारा होइन तर स्वयम् परमेश्वरद्वारा स्थापित र घोषित नियम हो भनेर यो मण्डलीले जोड दिँदछ ।[२१]

आफूले बाइबलको शिक्षा पालन गरेको कुरामा परमेश्वरको मण्डली विश्वस्त छ । तिनीहरू बाइबलको शिक्षाअनुसार पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्छन् र २,००० वर्षअघिको सुरुको परमेश्वरको मण्डलीले गरेजस्तै नयाँ करार निस्तार-चाड, शबाथ-दिन, घुम्टोको नियम लगायत ७ वटा चाडहरू सबै पालन गर्छन् ।
Monthly JoongAng, सन् २०१७ डिसेम्बर [२२]
– आराधना समयमा स्त्रीहरूले शिर ढाक्ने कुरा पनि के बाइबलको शिक्षा हो ? “मैले अघि नै उल्लेख गरेजस्तै हाम्रो विश्वासचाहिँ बाइबलमा आधारित छ । आराधना समयमा पुरुषहरूले आफ्नो शिर ढाक्नुहुँदैन तर स्त्रीहरूले चाहिँ शिरमा घुम्टो हाल्नुपर्छ भनेर बाइबलले सिकाउँदछ । सुरुको मण्डलीले पनि त्यसै गरेका थिए । १ कोरिन्थी ११मा घुम्टोको नियमबारे विस्तृत रूपमा लेखिएको छ । दुर्भाग्यवश २,००० वर्ष बितेर वर्तमान समय र युगसम्म आइपुग्दा पनि धेरै मण्डलीहरू यो सानो कुरामा समेत बाइबलको शिक्षाविपरीत जाने गर्दछन् । आराधना गर्दा स्त्रीहरूले आफ्नो शिर ढाक्दैनन्, अनि पुरुष पूजाहारीले चाहिँ आराधना समयमा आफ्नो शिर ढाक्ने गर्छन् । यदि प्रेरित पत्रुस, यूहन्ना र पावल यस वर्तमान युगमा आएर यो अवस्थालाई देखे भने तिनीहरूले “हाम्रो मण्डलीसँग दुरुस्त मिल्ने एकमात्र मण्डली नै परमेश्वरको मण्डली हो” भनेर पक्कै पनि भन्नेथिए ।
Monthly Chosun, सन् २०२० मार्च [२३]

विश्वभरिका परमेश्वरको मण्डलीका पुरुष सन्तहरूले आफ्नो शिरमा केही हाल्दैनन् र स्त्री सन्तहरूले चाहिँ शिरमा घुम्टो हाल्छन् ।

सम्बन्धित भिडियोहरू

  • परमेश्वरको मण्डलीका स्त्री सन्तहरूले आराधना समयमा शिरमा घुम्टो हाल्छन् ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. "उत्पत्ति २:७" 
  2. "उत्पत्ति २:२१-२३" 
  3. "१ कोरिन्थी ११:११-१२" 
  4. "घुम्टो, धार्मिक", Catholic Culture 
  5. "म्यान्टिल्लसलाई के भयो ?", Catholic Answers 
  6. "पोप, र पपल मुकुटको साङ्केतिक शक्ति", LA STAMPA 
  7. "माइट्रे", Cambridge Dictionary 
  8. "माइटर्स", Catholic Answers, मार्च १, १९९२ 
  9. "जुचेटो", Catholic Culture 
  10. "बिरेटा", Catholic Culture 
  11. Anthony Lo Bello (जनवरी २४, २०२०), "क्याथोलिक शब्दहरूको उत्पत्ति: A Discursive Dictionary", The Catholic University of America Press 
  12. "गालेरो", Merriam Webster Dictionary 
  13. "रुसमा पुराना विश्वासीहरूको फिर्ती हुँदै", NEW STRAITS TIMES, जनवरी २३, २०२२ 
  14. "अर्थोडक्स मण्डलीमा किन स्त्रीहरूले घुम्टो ढाक्छन् ?", Russia Beyond, डिसेम्बर ११, २०१९ 
  15. "पोप र रुसी अर्थोडक्सका प्रमुखको क्युबामा भेटवार्ता, भ्याटिकनको घोषणा", The Catholic Register, फेब्रुअरी ५, २०१६ 
  16. 988 भ्याद्भिरेल ख्रीष्टियान धर्म अपनाए, Christian History Issue #28, Christian History Institute, सन् १९९०
  17. J Boyd Nicholson Sr., "घुम्टोको नियम―बाइबलीय दृष्टिकोण―स्त्रीको साँचो समानता", Plymouth brethren Writings 
  18. "अमिस र मेन्नोनाइट्सबारे", The Mennonite mom, अप्रिल ४, २०१९ 
  19. अमिस पुरुषहरूको किन दाह्री हुन्छ, तर जुँगा हुँदैन ?, अमिसको बारेमा : साधारण प्रश्नहरूको उत्तर, सन् २०२१ मार्च २
  20. "[विशेष जानकारी ● लुथरको ५०० वर्षको धर्म सुधार _परमेश्वरको मण्डली र बाइबलको सत्यता] तिनीहरू के विश्वास गर्छन् र के पालन गर्छन् ?", Monthly JoongAng, नोभेम्बर १७, २०१७ 
  21. गिम जु छल, करार र आज्ञा, मल्कीसेदेक प्रकाशन कम्पनी प्रा.लि.
  22. ""[विशेष लेख ● लुथरको ५०० वर्षको धर्म-सुधार - परमेश्वरको मण्डली र बाइबलको सत्यता] परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका २७ लाख जना सदस्यहरूको 'भव्य गायन',""Monthly JoongAng। नोभेम्बर १७, २०१७। 
  23. ""[धार्मिक भ्रमण अन्तर्वार्ता] परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका महासचिव पास्टर गिम जु छल"]"Monthly Chosun। मार्च २०२०।