पिता परमेश्वर र माता परमेश्वर
स्वर्गीय परिवारमा पनि, सन्तान(सन्त)हरूलाई अनन्त जीवन दिनुहुने पिता परमेश्वर र माता परमेश्वर हुनुहुन्छ ।
God the Father and God the Mother are titles that refer to the male image of God and the female image of God. There are many people who are familiar with God the Father but unfamiliar with God the Mother; however, the Bible proves the existence of God the Father and God the Mother from the book of Genesis to the book of Revelation. Jesus Christ taught that God is “our Father in heaven,” and Apostle Paul wrote about “our Mother who is above (heaven)” in the book of Galatians
पिता परमेश्वर र माता परमेश्वरचाहिँ नर स्वरूपका परमेश्वर र नारी स्वरूपकी परमेश्वरलाई जनाउने सम्बोधन हुन् । पिता परमेश्वरको बारेमा चाहिँ जानेका तर माता परमेश्वरको बारेमा चाहिँ नजानेका मानिसहरू संसारमा धेरै छन् । यद्यपि बाइबलले चाहिँ उत्पत्तिदेखि प्रकाशको पुस्तकसम्म पिता परमेश्वर र माता परमेश्वरको अस्तित्वलाई प्रमाणित गरेको छ । येशू ख्रीष्टले परमेश्वरचाहिँ “स्वर्गमा हुनुहुने हाम्रा पिता” हुनुहुन्छ भनी सिकाउनुभयो र प्रेरित पावलले गलातीको पुस्तकमा “माथि(स्वर्ग)को यरूशलेम हाम्री आमा हुन्” भनेर लेखे ।
परमेश्वरको स्वरूप : नर र नारी
परमेश्वरको स्वरूपमा सृष्टि भएका मानव-जाति
The evidence of God the Father and God the Mother appears in the first chapter of Genesis, the first book of the Bible. In the beginning, God created the heavens and the earth. On the last day of Creation, the sixth day, God created mankind.
पिता परमेश्वर र माता परमेश्वरको अस्तित्वचाहिँ बाइबलको पहिलो पुस्तक रहेको उत्पत्तिको पहिलो अध्यायदेखि नै देखिन थाल्छ । आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो । सृष्टिको अन्तिम दिन, अर्थात् छैटौँ दिनमा परमेश्वरले मानव-जातिलाई सृष्टि गर्नुभयो ।
अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून् ।” यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो । -
God described Himself as “us.” When mankind was created in the image and likeness of God, male and female were made. This means that in the image of God, there exist a male image and a female image.
Some people argue that “us” represents the Trinity: the Father, the Son, and the Holy Spirit. According to their insistence, this means that one of the three should have a female image. It is because those who were created in the image of God are male and female. Others also insist that the triune God exists as three separate entities (or persons). If this were the case, three kinds of people should have been created. However, the Father, the Son, and the Holy Spirit are one which is the male image of God in the light of the Trinity. Therefore, God who created the heavens and the earth and created man in “our” image exists as two: the male image of God and the female image of God.
In the Bible, God is also recorded as “one God,”[१] but this does not mean that there is only God the Father. Adam and Eve, who were created in the image and likeness of God, are two people, but the Bible describes them as “one man” and “one body.”[२][३] Essentially, as Adam and Eve are described as “one body,” God the Father and God the Mother are two Gods, but we can say that they are “one God.”
परमेश्वरले आफूलाई ‘हामी’ भनेर अभिव्यक्त गर्नुभयो । अनि परमेश्वरकै स्वरूप र प्रतिरूपमा मानिस सृष्टि गरिँदा, नर र नारी सृष्टि भए । अर्थात् परमेश्वरको स्वरूपभित्र नर स्वरूप र नारी स्वरूप छ भन्ने कुरा हो । कसै-कसैले, यहाँ ‘हामी’ भन्ने शब्दले त्रिएक अर्थात् पिता, पुत्र र पवित्र आत्मालाई जनाउँछ भनेर तर्क गर्ने गर्छन् । तिनीहरूका जिद्दीअनुसार सोच्ने हो भने त्रिएकमध्ये कुनै एक जनाले चाहिँ नारी स्वरूप लिएको हुनुपर्छ । किनभने परमेश्वरको स्वरूपमा सृष्टि भएका मानिसहरू नर र नारी थिए । कसै-कसैले चाहिँ त्रिएक परमेश्वर भनेको ३ जना अलग-अलग अस्तित्व(व्यक्ति) हुन् भन्दै जिद्दी गर्ने गर्छन् । यदि त्यसो हो भने ३ किसिमका मानिसहरू सृष्टि हुनुपर्थ्यो । तर त्रिएकको सिद्धान्तलाई हेर्ने हो भने पिता, पुत्र र पवित्र आत्माचाहिँ नर स्वरूपका परमेश्वर हुनुहुन्छ । यसकारण आकाश र पृथ्वी सृष्टि गर्नुभएका, र ‘हाम्रै’ भन्नुहुँदै आफ्नै स्वरूपमा मानिसलाई सृष्टि गर्नुभएका परमेश्वर दुई स्वरूपका हुनुहुन्छ : नर स्वरूपका परमेश्वर र नारी स्वरूपकी परमेश्वर ।
हुन त बाइबलमा परमेश्वरलाई ‘एउटै परमेश्वर’ भनेर पनि लेखिएको छ । तर त्यसो भन्दैमा पिता परमेश्वर मात्र हुनुहुन्छ भन्ने अर्थचाहिँ होइन । परमेश्वरको स्वरूप र प्रतिरूपमा सृष्टि भएका आदम र हव्वा खासमा दुई फरक व्यक्ति हुन् । तर बाइबलमा उनीहरूलाई ‘एउटै मानिस’ र ‘एउटै शरीर’ भनेर अभिव्यक्त गरिएको पाइन्छ । बाइबलमा आदम र हव्वालाई ‘एउटै शरीर’ भनेर व्यक्त गरिएजस्तै, पिता परमेश्वर र माता परमेश्वर पनि दुई फरक व्यक्ति हुनुभए तापनि उहाँहरू वास्तवमा एकै परमेश्वर हुनुहुन्छ भन्न सकिन्छ ।
परमेश्वरको बहुवचन नाउँ, एलोहिम
एलोहिमको अर्थ
The Old Testament that was written in Hebrew records God as Elohim (אֱלֹהִים) about 2,500 times. In Genesis, God who created the heavens and the earth and mankind referred to as Elohim.[४] In Hebrew, the singular term meaning God is Eloah (אֱלוֹהַּ). When the suffix -im (ים) is added to Eloah, it becomes the plural term Elohim, which means Gods. This means that God is not one, but more than one.
हिब्रू भाषामा लेखिएको पुरानो करार बाइबलमा परमेश्वरलाई करीब २,५०० पटक एलोहिम(אֱלֹהִים) भनेर लेखिएको छ । त्यसैले आकाश, पृथ्वी र मानव-जातिलाई सृष्टि गर्नुभएका परमेश्वरलाई उत्पत्तिको पुस्तकमा एलोहिम भनेर सम्बोधन गरिएको छ । हिब्रू भाषामा ‘परमेश्वर’ भन्ने शब्दको एकवचनचाहिँ ‘एलोहा’ हो । एलोहा भन्ने शब्दमा जब इम् भन्ने प्रत्यय थपिन्छ, तब त्यो ‘एलोहिम’ बन्दछ, जसको अर्थ ‘परमेश्वरहरू’ हो । यसले परमेश्वर एक जना मात्र होइन तर एक जनाभन्दा बढी हुनुहुन्छ भन्ने अर्थ
बुझाउँछ ।
पिता परमेश्वर, माता परमेश्वर
Two thousand years ago, Jesus taught that there is God the Father who is in heaven.
२,००० वर्षअघि येशूज्यूले, स्वर्गमा पिता परमेश्वर हुनुहुन्छ भनी सिकाउनुभयो ।
“तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर: ‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ’, . . .”
According to the teachings of Jesus, Apostle Paul wrote that there is God the Mother in heaven.
येशूज्यूको शिक्षाअनुसार, प्रेरित पावलले स्वर्गमा माता परमेश्वर हुनुहुन्छ भनी लेखे ।
तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् ।
“Our” refers to the saints who will receive salvation, which includes Apostle Paul. For those who are to be saved, they must receive not only God the Father but also God the Mother.
यहाँ ‘हामी’ले प्रेरित पावल लगायतका मुक्ति पाउने सन्तहरूलाई जनाउँछ । मुक्ति पाउने प्रजाले पिता
परमेश्वरलाई मात्र होइनकि माता परमेश्वरलाई पनि ग्रहण गर्नुपर्छ ।
सृष्टिको नियम र परमेश्वरको ईश्वरीय स्वभाव
जीवन जन्मने सिद्धान्त
God created all things by His will,[५] and through all things, we can clearly know God’s divine nature.[६]
Among the things God created, let us think about life. Almost all living things on earth receive life from their fathers and mothers. The same is true for human beings. This shows that eternal life is given by God the Father and God the Mother.[७]
परमेश्वरले आफ्नो इच्छाबमोजिम सबै थोक सृष्टि गर्नुभयो । ती थोकहरूलाई हेरेमा परमेश्वरको ईश्वरीय स्वभाव जान्न सकिन्छ । परमेश्वरले सृष्टि गर्नुभएका थोकहरूमध्ये जीवनको बारेमा सोचौं । यो पृथ्वीमा भएका प्रायः सबै जीवित प्राणीहरूले आफ्ना बुबा र आमाबाट जीवन पाउँछन् । मानिसको सन्दर्भमा पनि उस्तै नै हो । यसले, अनन्त जीवन पनि पिता परमेश्वर र माता परमेश्वरद्वारा दिइन्छ भन्ने कुरा बुझाउँछ ।
पारिवारिक प्रणाली
Father is a title used at home and refers to a man who has children. In order for a man to be called a father, he must have children. God is called Father because He has children. God calls His people who will be saved “My children.”
बुबा भनेको घरमा प्रयोग हुने सम्बोधन हो, र यसले सन्तान भएको पुरुषलाई जनाउँछ । कुनै पनि पुरुष बुबा बन्नको निम्ति उसको आफ्नै सन्तान हुनुपर्छ । परमेश्वरका पनि सन्तानहरू भएकाले उहाँलाई ‘पिता’ भनिएको हो । परमेश्वरले मुक्ति पाउनेहरूलाई ‘मेरा छोरा-छोरी’ भन्नुभएको छ ।
... “म तिमीहरूलाई ग्रहण गर्नेछु । म तिमीहरूका पिता हुनेछु, र तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ ।”
A father alone cannot have a child. It is a mother who conceives and gives life to the child. Without a mother, children do not exist; without children, a man cannot receive the title father. The title father necessitates the existence of a child and a mother. The title God the Father also proves the existence of God the Mother.
बुबा एकलैले सन्तान जन्माउन सक्नुहुन्न । सन्तानलाई गर्भमा बोकेर अन्त्यमा जन्माउने भूमिकाचाहिँ आमाले निर्वाह गर्नुहुन्छ । आमा हुनुहुन्न भने सन्तान पनि हुन सक्दैन, र सन्तान छैन भने कुनै पनि पुरुष बुबा बन्न सक्दैन । बुबा भन्ने सम्बोधनले, सन्तान र आमा पनि अवश्य हुनुहुन्छ भन्ने कुरालाई बुझाउँछ । त्योजस्तै पिता परमेश्वर भन्ने सम्बोधनले पनि माता परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्छ ।
तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् ।
Comparatively, as the earthly family consists of a father, a mother, and their children, the heavenly family consists of God the Father, God the Mother, and Their children (saints).
पार्थिव परिवारचाहिँ बुबा, आमा र सन्तानद्वारा गठन भएजस्तै, स्वर्गीय परिवार पनि पिता परमेश्वर, माता परमेश्वर र उहाँका सन्तान(सन्त)हरूद्वारा गठन हुन्छ ।
पवित्र आत्माको युगका मुक्तिदाता : पवित्र आत्मा र दुलही
स्वर्गीय विवाह भोज
Apostle John wrote the book of Revelation after he saw what would take place in the future through a vision from God.[८] Among them, there is a revelation about the heavenly wedding banquet. It talks about how the wedding of the Lamb is to come, and how His bride has made herself ready. It says that those who are invited to the wedding banquet are blessed.
प्रेरित यूहन्नाले परमेश्वरबाट पाएको दर्शनमार्फत, भविष्यमा हुने कुरा देखेपछि प्रकाशको पुस्तक लेखेका हुन् । जसमध्येको एक नै स्वर्गीय विवाह-भोज सम्बन्धी प्रकाश हो । उक्त प्रकाशमा, थुमाको विवाहको दिन आउनेछ, र उहाँकी दुलहीले स्वयम् तयार हुनुभएको छ भनेर लेखिएको छ । अनि विवाह-भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन् भनिएको छ ।
“... किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् । चहकिलो र स्वच्छ मलमलको वस्त्र पहिरन तिनलाई दिइयो ।” चहकिलो मलमलको वस्त्र सन्तहरूका धार्मिक कार्य हुन् । अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख, थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन् ।”
The “Lamb” refers to Jesus.[९] When this prophecy was written, Jesus already ascended to heaven; therefore, this prophecy is about Jesus who comes a second time. “Those who are invited” represent God’s people who will be blessed with eternal life. The "bride" is the “wife of the Lamb” that appears alongside the bridegroom, the Lamb. In Revelation 21, the bride is the Jerusalem, coming down out of heaven.
यहाँ ‘थुमा’ले येशूज्यूलाई जनाउँछ । माथिको अगमवाणी लेखिनुअगावै येशूज्यू स्वर्ग उचालिनुभएको थियो । त्यसैले यहाँ उल्लेखित थुमाले दोस्रो आगमनका येशूज्यूलाई जनाउँछ । ‘निमन्त्रणा पाउनेहरू’ भन्नाले अनन्त जीवनको आशिष् पाउने परमेश्वरका प्रजा हुन् । अनि दुलहा हुनुभएका थुमासँगै देखा पर्नुहुने ‘दुलही’चाहिँ ‘थुमाकी पत्नी’ हुनुहुन्छ । प्रकाश अध्याय २१मा हेर्ने हो भने दुलहीचाहिँ स्वर्गदेखि तलतिर झर्नुहुने यरूशलेम हुनुहुन्छ ।
... सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु ।” ... र परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए ।
Heavenly Jerusalem represents God the Mother.[१०] Apostle John described God the Mother coming to this earth as the Jerusalem “coming down out of heaven.” He also talks about the appearance of the bride at the heavenly wedding banquet.
This means that the heavenly wedding banquet is a prophecy that God the Father who is Second Coming Christ, and God the Mother who is His Bride, will come into this world and lead God’s people to salvation so that they can enjoy the glory of heaven.
स्वर्गीय यरूशलेमले माता परमेश्वरलाई सङ्केत गर्दछ । स्वर्गमा रहनुभएकी माता परमेश्वर यो पृथ्वीमा ओर्लिआउनुहुने कुरालाई प्रेरित यूहन्नाले ‘स्वर्गदेखि तलतिर झर्नुहुने यरूशलेम’को रूपमा वर्णन गरे । साथै तिनले स्वर्गीय विवाह-भोजमा दुलही देखा पर्नुहुने विषयलाई पनि उल्लेख गरे । अर्थात् स्वर्गीय विवाह भोजचाहिँ, दोस्रो आगमनका ख्रीष्ट हुनुभएका पिता परमेश्वर र उहाँकी दुलही हुनुभएकी माता परमेश्वर यो संसारमा आउनुभएर सन्तहरूलाई मुक्तिमा डोऱ्याउनुहुनेछ, र त्यसपछि सन्तहरूले स्वर्गको महिमा उपभोग गर्नेछन् भन्ने कुराको अगमवाणी हो ।
जीवनको पानी दिनुहुने पवित्र आत्मा र दुलही
यहाँ येशूज्यूले जीवनको पानी दिनेछु भन्नुभएको दृश्य चित्रण गरिएको छ ।
The Lamb and His bride in Revelation 19 are referred to as the Spirit and the Bride in Revelation 22.
प्रकाश अध्याय १९मा उल्लेखित थुमा र उहाँकी दुलहीलाई प्रकाश अध्याय २२मा पवित्र आत्मा र दुलही भनिएको छ ।
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लेओस् ।
This is a prophecy that the Spirit and the Bride will appear to give the water of life in the last days. Because the Trinity means that the Father, the Son, and the Holy Spirit are one, the Spirit is God the Father; therefore, the Bride of the Spirit is God the Mother. The purpose of God the Father and God the Mother's coming is to give mankind the water of life, which leads to eternal life. In the Old Testament times, Jehovah gave the water of life,[११] and 2,000 years ago, Jesus gave the water of life.[१२][१३] In this last Age of the Holy Spirit, the Spirit and the Bride give the water of life. This means that God the Father and God the Mother are the Saviors in the Age of the Holy Spirit.
योचाहिँ अन्त्यका दिनहरूमा पवित्र आत्मा र दुलही देखा पर्नुभएर जीवनको पानी दिनुहुने विषयको अगमवाणी हो । त्रिएकका अनुसार पिता, पुत्र र पवित्र आत्मा एकै हुनुभएकोले पवित्र आत्मा स्वयम् पिता परमेश्वर हुनुहुन्छ । यसकारण पवित्र आत्माकी दुलहीचाहिँ माता परमेश्वर हुनुहुन्छ । पिता परमेश्वर र माता परमेश्वर देखा पर्नुको उद्देश्यचाहिँ मानव-जातिलाई जीवनको पानी अर्थात् अनन्त जीवन दिनको निम्ति हो । पुरानो करारको समयमा यहोवाले जीवनको पानी दिनुभयो र २,००० वर्षअघि चाहिँ येशूज्यूले जीवनको पानी दिनुभयो । यस अन्तिम पवित्र आत्माको युगमा पवित्र आत्मा र दुलहीले जीवनको पानी दिनुहुन्छ । योचाहिँ पिता परमेश्वर र माता परमेश्वर नै यस पवित्र आत्माको युगका मुक्तिदाता हुनुहुन्छ भन्ने अर्थ हो ।
सम्बन्धित भिडियो
- प्रवचन : पिता परमेश्वर र माता परमेश्वर
- पिता परमेश्वर हुनुहुन्छ भने माता परमेश्वरचाहिँ किन हुनुहुन्न ?
यो पनि हेर्नुहोस्
बाह्य कडी
References
- ↑ "1 Timothy 6:15"।
- ↑ "Romans 5:12–15"।
- ↑ "Genesis 2:22–24"।
- ↑ "Genesis 1:1"। Bible Hub।
בְּרֵאשִׁ֖ית בָּרָ֣א אֱלֹהִ֑ים אֵ֥ת הַשָּׁמַ֖יִם וְאֵ֥ת הָאָֽרֶץ
- ↑ "Revelation 4:11"।
- ↑ "Romans 1:20"।
- ↑ "1 John 2:25"।
- ↑ "Revelation 1:1"।
- ↑ "John 1:29"।
- ↑ "Galatians 4:26"।
- ↑ "Jeremiah 2:13"।
- ↑ "John 4:14"।
- ↑ "John 7:37"।