परमेश्वरको मण्डलीको सामाजिक सेवा गतिविधि

Pyc1948 (वार्तालापमेरो योगदानहरू) (→‎सम्बन्धित भिडियो) द्वारा ०२:१०, २ मे २०२५को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)
सन् २००२ बुसान एसियाडको मुख्य रङ्गशालामा औरा समर्थकहरूले खेलाडीहरूलाई समर्थन गरिरहेका छन् ।
सन् २००२ बुसान एसियाडको मुख्य रङ्गशालामा औरा समर्थकहरूले खेलाडीहरूलाई समर्थन गरिरहेका छन् ।

परमेश्वरको मण्डलीले सारा मानव-जातिलाई ‘ग्लोबल परिवार’को रूपमा लिँदै विश्वभरि विभिन्न सामाजिक सेवा गतिविधिहरू गर्दैआएको छ । विश्वका प्रत्येक देश, जाति र विचारधाराको तगारोलाई नाघेर यसले मानव-जातिको शान्ति र खुशीको निम्ति विभिन्न गतिविधिहरू गर्दछ । पिता परमेश्वरमाता परमेश्वरको प्रेममा आधारित रहेर, विश्वभरिका सन्तहरूले विपत्ति राहत, भोकमरी तथा गरिबी उन्मूलन र स्वच्छता सहयोगद्वारा पीडितहरूलाई सहयोग गर्न एकजुट भएका छन् । यसको अतिरिक्त, सन्तहरू मानव-कल्याण प्रवर्द्धन, शैक्षिक सहयोग, वातावरण संरक्षण र कोभिड १९ रोकथामलाई समर्थन गर्नलाई विभिन्न गतिविधिहरूमा सरिक भइरहेका छन् । सहयोगचाहिँ प्रत्येक देशको आवश्यकताअनुसार दिने गरिन्छ । मण्डलीले सरकार, संघ-संस्था र विभिन्न क्षेत्रका विज्ञहरूसँग सहकारिता गर्दै प्रभावकारी र व्यवस्थित गतिविधिहरू सञ्चालन गर्दछ । सन् २०२२ सम्ममा परमेश्वरको मण्डलीले आधिकारिक स्वयंसेवा गतिविधिहरू २४,००० पटकभन्दा बढी गरेको छ ।

सामाजिक सेवाको पृष्ठभूमि

परमेश्वरले सृजनुभएको यो पृथ्वीमा, सबै मानिसहरू एउटै परिवारसरह जिइरहेका छन् । औद्योगिकरणले दूरसञ्चार, सरसफाइ, चिकित्सा र उड्डयन जस्ता सबै क्षेत्रहरूमा उल्लेखनीय विकास ल्याएको छ । तापनि मानव-जाति युद्ध, भोकमरी, विभिन्न प्रकोप र रोगहरूको जोखिममा छन् । १ अरब मानिसहरू खाद्यान्न अभावले ग्रसित छन् ।[१] साथै भूमण्डलीय उष्मीकरणले ल्याएको जलवायु परिवर्तनबाट निम्तिने भूकम्प, आँधी र खडेरीजस्ता प्राकृतिक प्रकोपका कारण अझ ठूलो क्षति भइरहेको छ । कोभिड १९ जस्ता नयाँ सङ्क्रामक रोगहरू विश्वभरि फैलिएर धेरैको जीवनमा असर पारिरहेको छ । भौतिकवाद, व्यक्तिवाद र स्वार्थले ग्रस्त मानव-जातिलाई सहयोगी हातको नित्तान्त आवश्यक छ ।[२][३]

लक्ष्य र भिजन

 
आमाको प्रेम / मानव-जातिको शान्ति र खुशी

यो कठोर संसारमा सबैभन्दा आवश्यक कुरा नै साँचो प्रेम हो । मानव-जातिको खुशी र मुक्तिको निम्ति असीमित बलिदान र प्रेमको उदाहरण देखाउनुहुने पिता परमेश्वरमाता परमेश्वरले “आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू”[४] र “संसारको नून र ज्योति बन्नू” भन्ने शिक्षा दिनुभएको छ ।[५] त्यो शिक्षा र उदाहरणलाई पछ्याउँदै परमेश्वरको मण्डलीले जीवन बचाउने प्रयास, मानव अधिकार संरक्षण, वातावरण संरक्षण, र मानव सद्भावद्वारा विश्वका करीब ८ अरब मानव-जातिको उज्जवल भविष्य निर्माण गर्न विश्वव्यापी रूपमा मानवीय गतिविधिहरू गर्दैआएको छ । दिगो शान्ति र खुशी प्राप्त गर्न परिवार, छिमेकी र विश्वव्यापी गाउँ एकजुट होऊन् भनेर सबै सन्तहरूले पारिवारिक प्रेममा आधारित रहेर मानव प्रेमलाई व्यवहारमा लागू गरिरहेका छन् ।



विचारधारा

आमाको प्रेम नै खुशीको स्रोत हो
अहिले मानव-जातिलाई सबैभन्दा आवश्यक कुरा भनेकै आमाको प्रेम हो । त्यसमा दिने प्रेम, सुन्दर दृष्टिकोणले हेर्ने मन, समुद्रजस्तै फराकिलो मन, कृतज्ञ मन, मालिकको जस्तो मन, प्रशंसा गरिदिने मन, सेवा गर्ने मन, र अरूको निम्ति त्याग गर्ने मन समावेश हुन्छ । जसरी आमाको प्रेम, हेरचाह र बलिदानले परिवारमा शान्ति र सद्भाव ल्याउँछ, त्यसरी नै विपत्ति र द्वन्द्वले भरिएको यस विश्वव्यापी समाज पनि आमाको प्रेमले भरियो भने मानव-जातिले शान्ति र खुशी प्राप्त गर्न सक्छन् ।

एक जना परिवर्तन, त संसार परिवर्तन ।
मानव समाजको सबैभन्दा सानो इकाइ नै ‘मानिस’ हो । मानिस एक जना परिवर्तन भयो भने उसको परिवार, समाज, सहर, देश र संसार नै परिवर्तन हुन्छ । परिवारको केन्द्रीय सदस्य हुनुभएकी ‘आमा’को प्रेमद्वारा, हामी प्रत्येक मानिसमा सकारात्मक परिवर्तन ल्याउनलाई प्रोत्साहन गर्छौं । किनभने उनीहरू परिवर्तन भए भने संसार परिवर्तन हुन्छ र खुशीयाली छाउँछ ।

क्षेत्रअनुसार सामाजिक सेवा गतिविधिको वर्तमान अवस्था

 
सन् २०२२ नयाँ वर्षको अवसरमा छिमेकी-प्रेम बाँड्दै

परमेश्वरको मण्डलीले आकस्मिक राहत वितरण, गरिबी तथा भोकमरी उन्मूलन, स्वास्थ्य तथा स्वच्छता सहयोग, खानेपानी तथा सरसफाइ सहयोग, मानव-कल्याण प्रवर्द्धन, शैक्षिक सहयोग, वातावरण संरक्षण जस्ता  सामाजिक गतिविधिहरू बृहत् रूपमा गर्दछ । हालसालै कोभिड-१९ले गर्दा सारा विश्व ग्रस्त हुँदा परमेश्वरको मण्डलीले भने महामारी रोकथामको सहयोगार्थ अनेक प्रयासहरू गरिरहेको छ । यी गतिविधिहरू अन्तर्राष्ट्रिय समुदायलाई सहयोग गर्ने साझा लक्ष्यको सूची रहेको दिगो विकास लक्ष्यहरू(SDGs)सँग समानान्तर छन् ।[६] यी दिगो विकास लक्ष्यहरूचाहिँ यूएनको महासभामा अन्तर्राष्ट्रिय समुदायले सन् २०३०सम्ममा हासिल गर्ने सङ्कल्प गरेको एजेन्डा हो । ‘कसैलाई पनि नछुटाऔं(Leave no one behind)’ भन्ने नाराअन्तर्गत मानव-जातिको दिगो विकासका लागि यसमा १७ वटा लक्ष्यहरू र १६९ वटा विस्तृत लक्ष्यहरू समावेश गरिएका छन् ।[७] यूएनका दिगो विकास लक्ष्यहरू हासिल गर्न परमेश्वरको मण्डलीले प्रत्येक देशमा विभिन्न गतिविधिहरू आयोजना गरिरहेको छ । यसमा मानिसहरूको ध्यानाकर्षण गर्न र जनचेतना जगाउन परमेश्वरको मण्डलीले फोरम, गोष्ठी र हस्ताक्षर सङ्कलन अभियान आयोजना गर्दछ ।[८][९]

समाजमा परमेश्वरको मण्डलीको योगदान
आकस्मिक राहत वितरण गरिबी र भोकमरी उन्मूलन
स्वास्थ्य तथा स्वच्छता स्वच्छ पानी तथा सरसफाइ
मानव-कल्याणलाई प्रवर्द्धन शैक्षिक सहयोग
स्थानीय समुदाय/राष्ट्रका लागि समर्थन परिवार/छिमेकीबीच सञ्चारको समर्थन
वातावरण संरक्षण कोभिड-१९ प्रतिक्रियाका लागि समर्थन

सन् २०२३ सम्म, परमेश्वरको मण्डलीले विश्वभरि २४,२०० भन्दा बढी गतिविधिहरू गरेको छ । कोरियाका मुख्यालयहरू अनि विश्वभरिका स्थानीय मण्डलीहरूले आवश्यक क्षेत्रहरूमा तुरुन्त सहयोग गर्न एकसाथ काम गर्छन् । गृहिणीहरू, जागिरेहरू, विश्वविद्यालय विद्यार्थीहरू र किशोर-किशोरीहरू लगायत सबै उमेर समूहका सदस्यहरू सक्रियतापूर्वक सहभागी हुन्छन् । सभा गृह, वडा कार्यालय र कल्याणकारी संस्थाहरू जस्ता सरकारी निकाय र सार्वजनिक कार्यालयहरूले सन्तहरूको स्वयंसेवालाई स्वागत गर्दै सहकार्य गर्न कुनै कसर छोड्दैनन् ।

सडक तथा पार्क सरसफाइदेखि लिएर विपन्न छिमेकीहरूलाई सहयोग, अनि राष्ट्रिय प्रकोप राहत गतिविधिसम्म परमेश्वरको मण्डलीको स्वयंसेवा गतिविधिहरू विविध र समयसापेक्ष छन् ।

आकस्मिक राहत

 
सन् २०१५मा नेपालमा भूकम्प जाँदा पुनर्स्थापनाको लागि गरिएको स्वयंसेवा

विश्वभरिका परमेश्वरको मण्डलीहरूले भूकम्प, आँधी, भुमरी, भारी हिमपात जस्ता दुर्घटना तथा विभिन्न प्रकोपले ग्रस्त मानिसहरूको जीवन बचाउन प्रयत्न गरिरहेका छन् । सन् २०१४मा सेवल पानीजहाज डुबानका मृतकहरूको शोकाकुल परिवारहरूका लागि मण्डलीले नि:शुल्क भोजन शिविर राखेर अन्तिमसम्मै सेवा प्रदान गऱ्यो । मण्डलीले मृतकका परिवारलाई मात्र होइन तर सरकारी अधिकारीहरू, स्वयंसेवकहरू र मिडिया कर्मचारीहरू समेत गरेर १५,००० जनालाई ४४ दिनसम्म निःशुल्क भोजन वितरण गरे ।[१०] सन् २०१५मा, नेपालमा ठूलो भूकम्प जाँदा, मण्डलीका सन्तहरूले पराकम्पनको जोखिममा पनि उद्धार तथा मर्मत-सम्भार कार्यमा अग्रसर हुनुका साथै उच्च हिमाली क्षेत्रका विपन्न बासिन्दाहरूका लागि १४ पटकसम्म हेलिकप्टरबाट खाद्यान्न आपूर्ति गरे ।[११]
भूकम्पले गर्दा विद्यालयको भवन क्षतिग्रस्त भएर अस्थायी पाल टाँगेर कक्षा लिइरहेका विद्यार्थीहरूका लागि परमेश्वरको मण्डलीले ‘मदर्स स्कूल क्याम्पेन’ गरेर विद्यालयको भवन पुनर्निर्माण गरिदियो । सन् २०१५को जुलाईमा नेपालको शिक्षा मन्त्रालयसँग MOU हस्ताक्षर गरेपछि, यसले भूकम्पबाट क्षतिग्रस्त भएका विद्यालयहरूको पुनर्निर्माणका लागि सिन्धुपाल्चोकमा ‘मदर्स स्कूल १’ र काभ्रेमा ‘मदर्स स्कूल २’ क्रमश: स्थापना गऱ्यो ।[१२]

भूकम्पले गर्दा हामीहरू एकदमै कठिन अवस्थामा थियौं । नेपाल सरकार लगायत कुनै संघ-संस्थाहरूभन्दा पहिला परमेश्वरको मण्डलीले भूकम्प गएका ठाउँहरूमा गएर विद्यालय स्थापना गरिदियो । विद्यार्थी र उनीहरूका अभिभावकका लागि परमेश्वरको मण्डलीले देखाएको समर्थन र प्रेमप्रति म एकदमै आभारी र हर्षित छु ।
— रुद्र हरि भण्डारी, शिक्षा विभाग प्रमुख, सिन्धुपाल्चोक, नेपाल [१३]

स्वास्थ्य तथा मानव-कल्याण

 
रक्तदान अभियानमा सहभागी भएका बुसान क्षेत्रका सन्तहरू

परमेश्वरको मण्डलीले सञ्चालन गरिरहेको स्वास्थ्य र स्वच्छता प्रवर्द्धनको प्रतिनिधि गतिविधिमध्येको एक नै जीवन बचाउने रक्तदान अभियान हो । हालसम्म १,००० पटकभन्दा बढी रक्तदान अभियान सम्पन्न भएको छ, जसमा करीब २,०३,१०० जना सहभागी भएका छन् भने ८५,७०० जनाले सफलतापूर्वक रक्तदान गरेका छन् । एक जनाको रक्तदानले ३ जनाको जीवन बचाउँछ भन्ने कुरालाई सोच्दा यो मण्डली २,५५,७०० जनाको जीवन बचाउन सफल भएको छ भन्न सकिन्छ । यस्ता गतिविधिहरूले प्रत्येक देशमा रक्तदानको महत्त्वबारे जनचेतना जगाएर रक्त अभावलाई परिपूर्ति गर्न सहयोग गर्नुका साथै गलत पूर्वाग्रहहरूलाई हटाएर जनचेतना ल्याइरहेको छ ।[१४]

यसको अतिरिक्त मेक्सिको, इक्वेडोर र कोलम्बियाका पूर्व र वर्तमान चिकित्साकर्मीहरूले विपत्तिले क्षतिग्रस्त क्षेत्रहरूमा दन्त उपचार, चिकित्सा सेवा, आकस्मिक उपचार, विस्तृत जाँच, डाक्टर पुर्जी तथा अन्य चिकित्सा सहयोग सेवा प्रदान गरे । यस मण्डलीले विश्वभरिका मानिसहरूको स्वास्थ्यको निम्ति विभिन्न गतिविधिहरू गर्दैआएको छ ।[१५][१६][१७][१८]

कोभिड-१९लाई प्रतिक्रिया

कोभिड-१९को सङ्क्रमणले आतङ्कित संसारमा परमेश्वरको मण्डलीले महामारी रोकथाम लगायत विभिन्न सामाजिक र आर्थिक सहयोग गर्नमा जुटेको छ । कोरिया, संयुक्त राज्य अमेरिका, ब्राजिल, पेरु, घाना र मलेसियामा परमेश्वरको मण्डलीले प्रहरी चौकी र अग्नि नियन्त्रण कार्यालय जस्ता सरकारी कार्यालयमा मात्र होइन तर सरकारी निकायहरू, स्थानीय सरकारहरू, स्वास्थ्य र शैक्षिक संस्थाहरूमा पनि मास्क र सेनिटाइजर जस्ता महामारी रोकथाम सामाग्रीहरू हस्तान्तरण गऱ्यो । असुरक्षित समुदायको जीविकोपार्जनलाई समर्थन गर्न यो मण्डलीले लगातार अनुदान गर्ने गर्छ । यो मण्डलीले, कोरियाको विशेष सङ्क्रमित क्षेत्र घोषित देगु सहरलाई ३०,००० थान मास्क दान गर्नुका साथै कोरोना रोकथामका लागि कोरिया विपत्ति राहत संस्थालाई २३ करोड कोरियन वन अनुदान गऱ्यो ।[१९] साथै यो मण्डलीले मङ्गोलियाको स्वास्थ्य मन्त्रालय र अग्नि नियन्त्रण कार्यालयलाई १८,००० थान मास्क हस्तान्तरण गर्नुका साथै विपन्न मानिसहरूको सहयोगार्थ त्यहाँको स्थानीय सरकारलाई अनुदान र भोजन हस्तान्तरण गऱ्यो । यसले अर्जेन्टिनाको चिकित्सा संस्था र सरकारी कार्यालयहरूमा ९६६ थान प्रोत्साहनको उपहार, असुरक्षित समुदायहरूमा ६५७ सेट खाद्यवस्तु, र घानाको ७७ वटा सरकारी विद्यालयहरूमा १६० वटा अस्थायी शौचालय र डिस्पोजेबल रुमालहरू वितरण गरेको थियो । भेनेजुएलामा पानीको अभाव र चरम आर्थिक कठिनाइबीच गुज्रिरहेका मानिसहरूलाई पानी उपलब्ध गराए । परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवक सङ्गठन ASEZ, अनि परमेश्वरको मण्डलीका जागिरे युवा स्वयंसेवक सङ्गठन ASEZ WAOले ‘कोभिड-१९’ रोकथामको अग्रपङ्क्तिमा रहेका चिकित्साकर्मी र सरकारी अधिकारीलाई ‘Cheer Up’ क्याम्पेन अनि ‘Heart-to-Heart’ क्याम्पेनद्वारा हस्तलिखित हृदयस्पर्शी पत्र र खाजाद्वारा प्रोत्साहन दिए । साथै उनीहरूले असुरक्षित समुदायहरूलाई मास्क, दैनिक खाद्य सामाग्री र जीविका खर्च पनि प्रदान गरे ।[२०][२१][२२][२३]

सफा पानी र सरसफाइ

परमेश्वरको मण्डलीले विश्वव्यापी रूपमा फैलिएको जल संकटलाई सुधार गर्न योगदान पुऱ्याउने काम गर्दछ । खडेरी र वातावरण प्रदूषणका कारण निम्तिएको जल संकटका कारण जलजन्य रोग भोगिरहेको कम्बोडियामा परेश्वरको मण्डलीले ९ वटा पानी पम्पहरू स्थापना गरिदिएको छ ।[२४]

गरिबी तथा भोकमरी उन्मूलन, र मानव-कल्याण प्रवर्द्धन

परमेश्वरको मण्डलीले छिमेकीहरूका निम्ति वर्षैभरि स्वयंसेवा गरिरहन्छ । मण्डलीले कल्याण केन्द्रहरूमा स्वयंसेवा गर्छ र किसानहरूलाई मद्दत गर्छ, जुनचाहिँ स्थानीय समुदायलाई समर्थन गर्ने महत्त्वपूर्ण गतिविधि हो । मण्डलीका सन्तहरू जनशक्तिको अभाव भएका वरपरका किसानहरूकहाँ जान्छन्, र बीउ छर्ने, कटनी गर्ने, फलफूल छाँट्ने आदि काममा सहयोग गरेर किसानहरूको चिन्तालाई कम गरिदिन्छन् । ठूलो मापनमा कृषि तथा पशुपालन उद्योग सञ्चालन हुने गरेको भारत, कम्बोडिया, इन्डोनेसिया, र मङ्गोलियाजस्ता देशहरूका लागि तीचाहिँ निर्णायक भूमिका खेल्ने सहयोगी हातहरू हुन् । उनीहरूले मुख्यतः धानको खेती गरिने कम्बोडियामा जनशक्तिको अभाव भएका किसानहरूलाई सहयोग गर्छन् अनि मङ्गोलियामा चाहिँ चिसो मौसममा गाईवस्तुले बच्चा जन्माउने भएकाले मण्डलीले पशुपालन फार्मलाई पञ्जा दान गर्छ ।

शैक्षिक सहयोग

 
कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा सन् २०१७ ग्रीष्मकालीन युवा चरित्र शिक्षा

परमेश्वरको मण्डलीले हुर्कंदैगएका बालबालिका र किशोर-किशोरीहरूलाई शैक्षिक सामाग्री प्रदान गर्ने, विपत्तिबाट क्षतिग्रस्त विद्यालयको भवन पुनर्निर्माण गरिदिने, र विद्यालयका सुविधा सामग्रीहरूमा सुधार ल्याउन मद्दत गर्दछ ।[२५] यो मण्डलीले विदेशी विद्यार्थीहरूलाई हान्गुल(कोरियाली अक्षर) शिक्षा लगायत कोरियाली संस्कृति महसुस गर्ने अवसर पनि प्रदान गर्दछ । साथै विद्यार्थीहरूको चरित्र विकास र सामाजिक कौशलता वृद्धि गर्न चरित्र शिक्षा र स्वयंसेवा गतिविधि आफ्ना बुबा-आमा र साथीभाइसँगै आयोजना पनि गर्दछ ।[२६]

समुदाय र राष्ट्रको लागि समर्थन

 
सन् २००३ देगु ग्रीष्म युनिभर्सियाडको उद्घाटन र समापन समारोहमा औरा समर्थकको टर्चलाइट प्रदर्शनी

परमेश्वरको मण्डलीका गतिविधिहरूले राष्ट्रिय सीमाना, जाति, भाषा र संस्कृतिलाई पार गर्दै विश्वभरिका मानिसहरूबीच मित्रता र एकता कायम गर्न ठूलो योगदान पुऱ्याएको छ । यो मण्डलीले औरा समर्थकहरू गठन गरेर बुसान एसियाली खेलकुद, बुसान FESPIC खेलकुद, देगु र ग्वाङजुमा आयोजित युनिभर्सियाड, र WBSC महिला बेसबल विश्वकप जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताको सफलताको निम्ति प्रत्येक देशको खेलाडीलाई प्रोत्साहन दिने, भाषा उल्था गरिदिने र स्वागत प्रदर्शनी गर्ने जस्ता अनेक समर्थक गतिविधिहरू गरेर उक्त प्रतियोगिताको सफलताको निम्ति ठूलो योगदान पुऱ्याएको छ । राष्ट्रिय सिमानालाई समेत पार गरी न्यानो प्रेम र स्नेह बाँड्ने ती गतिविधिहरू अन्तर्राष्ट्रिय शान्ति र एकताको एउटा उदाहरण बन्यो । यसको अतिरिक्त यस मण्डलीले विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमलाई समर्थन गर्दै संस्कृति आदानप्रदानलाई विस्तार गर्छ र राष्ट्रहरूबीच सञ्चार र सद्भाव कायम राख्न मद्दत गर्छ ।[२७]

परिवार र छिमेकी सञ्चारलाई समर्थन

परमेश्वरको मण्डलीका सामाजिक स्वयंसेवा गतिविधिहरूले व्यक्ति, परिवार र समुदायबीच खुशी र सञ्चारलाई सकारात्मक रूपमा प्रवर्द्धन गर्दछ ।  परिवार र पुस्तामा द्वन्द्व चर्किंदैगएको यो युगमा पारिवारिक प्रेम र सद्भावलाई प्रवर्द्धन गर्न मण्डलीले ‘बुबाको साँचो मन’ प्रदर्शनी‘हाम्री आमा’ लेख तथा तस्वीर प्रदर्शनी जस्ता कार्यक्रमहरू आयोजना गर्दछ । व्यस्त जीवनबाट थकित भएका छिमेकीहरूलाई मण्डलीले सान्त्वना, विश्राम र सहानुभूति प्रदान गर्नलाई अर्केस्ट्रा कन्सर्ट र हिलिङ सेमिनार आयोजना गर्दछ । कोभिड-१९ले गर्दा आमनेसामने जान नसकिने त्यस्तो दिनचर्याको बेला मण्डलीले विश्वभरिका मानिसहरूलाई अनलाइनबाट सान्त्वना र आशा प्रदान गऱ्यो । ‘परिवारलाई खुशी र सहकर्मीलाई प्रोत्साहन’ भन्ने नाराका साथ आयोजित मण्डलीको खुशी वेबिनारमा धेरै परिवार, साथी, छिमेकी र सहकर्मीहरू सहभागी भए, र थकित हृदयलाई सान्त्वनाले भरे । सन् २०२२को अप्रिल सम्ममा, फ्लावर लेटर क्याम्पेनमार्फत सुन्दर फूलका तस्वीरभित्र हृदयस्पर्शी सन्देश समाविष्ट ७,४०,००० वटाभन्दा बढी फ्लावर लेटरहरू पठाइए । मिडिया कास्ट वेबसाइटमा परमेश्वरको मण्डलीको परिचयात्मक भिडियो, एनिमेसन र वाद्य सङ्गीत समाविष्ट ‘मरुभूमिमा तारा’‘प्रदर्शनी अन’ जस्ता विभिन्न भिडियोहरू ६० वटा भाषामा उपलब्ध छ ।

वातावरण संरक्षण

परमेश्वरको मण्डलीले विश्व वातावरणलाई संरक्षण गर्न विभिन्न क्षेत्र र देशहरूमा ९,००० पटकभन्दा बढी वातावरण सरसफाइ अभियान गरेको छ । विश्व समुदायको भावना जगाउन र वातावरण संरक्षणप्रति अभिप्रेरित गर्न मण्डलीका ७ लाख ९० हजार जनाभन्दा बढी सन्तहरू सहभागी भए । परमेश्वरको मण्डलीको जागिरे युवा स्वयंसेवा सङ्गठन ASEZ WAOले विश्वभर No More GPGP(प्लास्टिक प्रयोगलाई न्यूनीकरण) अभियान गऱ्यो । यसलाई सन् २०२१ P4G सउल शिखर सम्मेलनमा नागरिक समाजको सहभागिताको रूपमा प्रस्तुत गरिँदा यसले सबै क्षेत्रका मानिसहरूको ध्यानाकर्षण गऱ्यो ।[२८]

परमेश्वरको मण्डलीले गरीब-दुःखीहरूलाई सहयोग गर्दै, धेरै वृद्धाश्रमहरूमा ज्येष्ठ नागरिकलाई मनोरञ्जन र खुशी दिएको छ । साथै सहरी वातावरणलाई सुधार गरेर नयाँ मोड ल्याएको छ । यो संस्था(परमेश्वरको मण्डली)ले साँच्चै खुशी उत्पन्न गर्दछ ।
— पावल डेन्बी, परमेश्वरको मण्डलीलाई बेलायती महारानी स्वयंसेवा अवार्ड प्रदान गरिँदाका निरीक्षक [२९]

अन्तर्राष्ट्रिय साझेदारी र मान्यता

अन्तर्राष्ट्रिय साझेदारी

 
यूएनको CERF उच्चस्तरीय सम्मेलनमा परमेश्वरको मण्डलीका महासचिव पास्टर गिम जु छलद्वारा वक्तव्य (डाटा स्रोत UN Web TV)[३०]

सन् २०१६मा संयुक्त राष्ट्र संघले केन्द्रीय आपतकालीन उद्धार कोष(CERF) एक उच्च स्तरीय सम्मेलनमा महासचिव पास्टर गिम जु छललाई आमन्त्रण गरिनुका साथै परमेश्वरको मण्डलीले विश्वव्यापी रूपमा गरेको परोपकारी र स्वयंसेवाको गतिविधिलाई उच्चस्तरीय प्रशंसा गरिएको थियो । सम्मेलनमा सहभागी हुनुभएका गिम जु छलले यूएनको वक्तव्यमा, निरन्तर समन्वय गर्ने अठोट व्यक्त गर्नुभयो । सन् २०१०मा महासचिव पास्टर गिम जु छल न्यू योर्कस्थित संयुक्त राष्ट्र संघको सचिवालयमा भ्रमण गर्नुभएर ७.० रेक्टर स्केलको भूकम्पले ग्रस्त हाइटीलाई सहयोग गर्न UN CERFलाई १,००,००० अमेरिकी डलर अनुदान दिनुभयो । त्यस समयमा, यूएनले ‘परमेश्वरको मण्डली’सँग साझेदारीको प्रस्ताव राख्यो ।

सारा संसार भोकमरी, अनिकाल र विपत्तिले ग्रसत भएको छ । अबदेखि परमेश्वरको मण्डली र संयुक्त राष्ट्र संघले सँगै कार्य गर्नेछ भन्ने आशा गर्दछौं । संयुक्त राष्ट्र संघको दृष्टिकोणबाट हेर्दा, तपाईंले वास्तवमै संसारलाई परिवर्तन गर्न सक्नुहुन्छ ।
— अमिर डोसल, सन् २०१०मा हाइटीका भूकम्प पीडितहरूलाई सहयोग गर्ने बेलामा संयुक्त राष्ट्र संघका साझेदारी कार्यकारी निर्देशक [३१]
 
भविष्यविद् जेरोम क्लेटोन ग्लेनको साथमा ASEZ सम्मेलन

परमेश्वरको मण्डलीले विश्वव्यापी गाउँको उज्ज्वल भविष्यको निम्ति सरकारी निकाय, स्थानीय अधिकारी, संघ-संस्था र सबै क्षेत्रका विज्ञहरूसँगको सहकारितामा विभिन्न क्षेत्रमा वातावरण संरक्षण र आपतकालीन विपत्ति राहत सहयोग जस्ता कार्यहरू नियमित रूपमा गर्दैआएको छ । परमेश्वरको मण्डलीको विश्वविद्यालय विद्यार्थी स्वयंसेवक सङ्गठन, ASEZले २२६ वटा नागरिक समूह र अन्तर्राष्ट्रिय सङ्गठनहरूसँग मिलेर १६८ वटा देशहरूमा विभिन्न गतिविधिहरू गरेको छ ।[३२] सन् २०१८ ASEZ जलवायु परिवर्तन प्रतिक्रिया सम्मेलनमा पेरुको सर्वोच्च अदालतका प्रमुख न्यायाधीशको रूपमा कार्यरत् डुबेर्ली रोड्रिगेज टिनिओले कोरियाको भ्रमण गरी वक्तव्य दिए । सन् २०१९ जूनमा, सहस्राब्दी परियोजनाका CEO, भविष्यविद जेरोम क्लेटोन ग्लेनले ASEZ सम्मेलनमा सहभागी भई दिगो भविष्यबारे क्याम्पस विद्यार्थीहरूसँग छलफल गरे ।[२६] जेरोम ग्लेनले ASEZका सदस्यहरूको गतिविधिलाई अनलाइन प्रवर्द्धन गरिदिएर सहृदयले समर्थन र प्रतिक्रिया दिने वाचा गरे ।[३३]

संयुक्त राष्ट्र संघका पूर्व महासचिव बान गि मुन, र रसायनशास्त्रमा नोबेल पुरस्कार विजेता रोबर्ट हुबेर लगायत विभिन्न क्षेत्रका ५७,००० भन्दा बढी मानिसहरू परमेश्वरको मण्डली स्वयंसेवा गतिविधिमा समर्थन र प्रोत्साहन गर्न सहमत भए । ASEZले २२६ वटा नागरिक समूह र अन्तर्राष्ट्रिय सङ्गठनसँग मिलेर १६८ वटा देशहरूमा विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको छ ।[३४]

प्राप्त अवार्डहरू

 
गणतन्त्र कोरियाका ३ वटा सरकारद्वारा परमेश्वरको मण्डलीलाई राष्ट्रपतीय सङ्गठन प्रशंसा पत्र, योग्यता पदक र राष्ट्रपतीय प्रशंसा पत्र प्रदान गरियो ।

सामाजिक योगदान व्यापक रूपमा गरेको कदरस्वरूप परमेश्वरको मण्डलीले विभिन्न देशहरूबाट योग्यता पदक, कदर पत्र, र प्रशंसा पत्रहरूसहित गरेर ३,३०० वटाभन्दा बढी अवार्डहरू प्राप्त गरेको छ । मण्डलीले गणतन्त्र कोरियाका तीन वटा सरकारहरूबाट राष्ट्रपति सङ्गठन प्रशंसा पत्र, योग्यता पदक, र राष्ट्रपति प्रशंसा पत्र प्राप्त गर्नुका साथै संयुक्त राज्य अमेरिकाबाट राष्ट्रपतीय स्वयंसेवा पुरस्कार (स्वर्ण : सर्वोत्कृष्ट सङ्गठन पुरस्कार) ४८ पटक प्राप्त गरेको छ । सन् २०१६मा, बेलायतमा अवस्थित परमेश्वरको मण्डलीले बेलायती महारानी स्वयंसेवा अवार्ड प्राप्त गऱ्यो । धार्मिक समूहले यस्तो विशिष्ट अवार्ड पाउनु असाधारण कुरा थियो, र उक्त खबरले देश-विदेशका सञ्चार माध्यमहरूको ध्यानाकर्षण गऱ्यो । परमेश्वरको मण्डलीले विश्वभरि वातावरण संरक्षण गतिविधिहरू गरेबापत् ग्रीन वर्ल्ड अवार्ड र ग्रीन एप्पल अवार्डजस्ता अन्तर्राष्ट्रिय वातावरण अवार्डहरू पनि जितेको छ ।[३५]

संयुक्त राज्य अमेरिकाको एट्लान्टा नगर परिषद, पेरुको हुवान्कायो नगरपालिका र इक्वेडोरको एस्मेराल्डास नगरपालिका जस्ता स्थानीय सरकारहरूले परमेश्वरको मण्डलीका गतिविधिलाई प्रशंसा गर्ने घोषणा वा सङ्कल्प जारी गरेको छ । संयुक्त राज्य अमेरिकाको डेन्भर, सान डिएगो र स्यार्लट सहरहरूले सन्तहरूको मनोबल बढाउन र नागरिकहरूलाई स्वयंसेवामा सहभागी हुन प्रोत्साहन गर्न मण्डलीसँग सम्बन्धित वार्षिकोत्सव तोकेका छन् ।[३६]

सन्दर्भ सामग्रीहरू

सम्बन्धित भिडियो

  • ‘परमेश्वरको मण्डलीको सामाजिक सेवा’

सन्दर्भ

  1. एक अरब रित्तो प्लेटहरूको संसार, reliefweb, September 23, 2022
  2. के पैसाले सबै कुरामा फाटो ल्याउँछ ? कोरिया, अमेरिका र स्वीडेनको आपसी-संस्कृतिबीच तुलना, Sunwoo Kim, Wiley Online Library, September 5, 2014
  3. संयुक्त राज्यमा व्यक्तिवाद हाबी : अमेरिकी राजनीतिक विचारमा परिवर्तन, Stephanie M. Walls, Bloomsbury, सन् २०१५ फेब्रुअरी २६
  4. "मत्ती २२:३९" 
  5. "मत्ती ५:१३-१४" 
  6. हाम्रो संसारलाई परिवर्तन गर्ने १७ वटा लक्ष्यहरू, दिगो विकास लक्ष्यहरू, यूएन
  7. कसैलाई पनि नछुटाऔं, यूएन
  8. "सन् २०१९ ASEZ विश्वव्यापी शिखर सम्मेलन : शून्य अपराधतर्फ परिवर्तनका लागि एक क्यान्टम छलाङ"ASEZ.org 
  9. UN SDGsका लागि ASEZ प्रस्ताव, ASEZ.org
  10. "[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज] जहाँ-जहाँ पीडा थियो, त्यहाँ उनीहरू थिए"The DongA Ilbo। जुलाई १४, २०१६। 
  11. "कोभिड १९लाई जित्नको लागि न्यानो समर्थन, विश्वव्यापी समुदायमा उज्ज्वल भविष्य बनाउने"Woman DongA। फेब्रुअरी १, २०२१। 
  12. "नेपालमा श्री भवानी प्राथमिक विद्यालय भवनको समापन समारोह"English WATV.org। नोभेम्बर २८, २०१६। 
  13. "आमाको मनबाट आएको मानवीय कार्य"Shindonga। फेब्रुअरी २, २०१७। 
  14. "'निस्तार-चाडको प्रेम, जीवन बचाउने विश्वव्यापी रक्तदान' १,००० पटकभन्दा बढी आयोजित"WATV.org। जुन २०, २०२१। 
  15. "मेक्सिकोको मेक्सिको सिटी मण्डलीले आमाको प्रेमद्वारा चिकित्सा सेवा प्रदान गऱ्यो"English WATV.org। जुलाई ८, २०१२। 
  16. "स्थानीय मानिसहरूको हृदयलाई पनि प्रेमद्वारा निको पार्नु"WATV NEWS। डिसेम्बर २३, २०१२। 
  17. "आमाको प्रेमद्वारा मेडिकल हार्ट साझा गर्दै"WATV NEWS। डिसेम्बर २७, २०१२। 
  18. "आमाको प्रेम चाहिनेहरूका लागि"WATV NEWS। डिसेम्बर ३०, २०१२। 
  19. "परमेश्वरको मण्डलीले अफ्रिकामा 'विश्वव्यापी गाउँ'का लागि समर्थन र आशा प्रदान गर्दै"Monthly Chosun। अप्रिल १४, २०२१। 
  20. "कोरियाभरि कोभिड-१८ मास्कको लागि परमेश्वरको मण्डलीको सक्रिय समर्थन"The DongA Ilbo। जुलाई ९, २०२०। 
  21. "पेरु, भेनेजुयला, नेपाल र अन्य देशहरूमा कोभिड-१९ प्रतिक्रियामा परमेश्वरको मण्डलीको समर्थन"Maeil Business Newspaper। जुलाई २, २०२०। 
  22. "परमेश्वरको मण्डलीका ३३ लाख सन्तहरूले 'विश्वव्यापी गाउँमा आशाको मार्ग'बारे कुरा गर्दै'"Shindonga। जनवरी ३, २०२२। 
  23. "कोभिड-१९ जित्नका लागि परमेश्वरको मण्डलीबाट दोस्रो अनुदानस्वरूप होप ब्रिजलाई ३ करोड कोरियाली वन सहयोग"JoongAng Sunday। नोभेम्बर २, २०२०। 
  24. "पानी अभावको सङ्कटमा परेको क्याम्बोडियाको कान्डाल्स क्षेत्रहरूमा ९ वटा पानी पम्प सहयोग"WATV NEWS। डिसेम्बर ३१, २०१२। 
  25. "नेपालमा श्री प्राथमिक विद्यालयको भवन निर्माण समापन समारोह"English WATV.org। मार्च २, २०१६। 
  26. २६.० २६.१ "परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले ५५औँ वार्षिकोत्सवमा ३० लाख सन्तहरूको युग उद्घाटन गर्दै"Shindonga। जुन ७, २०१९। 
  27. "मानवीय गतिविधिद्वारा संसारमा उदाहरण देखाउँदै"Weekly Donga। मार्च १३, २०१८। 
  28. "[धार्मिक विषय] परमेश्वरको मण्डलीका जागिरे युवाहरूले आत्मविश्वासका साथ आफूलाई 'वातावरण प्रचारक' भन्दछन्"Monthly JoongAng। जुन १७, २०२१। 
  29. ""आमाको मन", विश्वव्यापी सञ्चारको रहस्य"Monthly Chosun। अगस्ट १४, २०१९। 
  30. Video: https://media.un.org/en/asset/k14/k142otatsh
  31. म परमेश्वरको मण्डलीलाई समर्थन गर्छु, WATV.org
  32. "कओल्ड ट्राफर्ड सरसफाइ गरेको मण्डलीले अन्तर्राष्ट्रिय वातावरण अवार्ड जित्यो"News4Trafford। नोभेम्बर १७, २०२१। 
  33. जेरोम क्लेटन ग्लेनसँग ASEZ सम्मेलन, ASEZ.org, May 19, 2019
  34. "परिवार, छिमेकी र सारा मानव-जातिप्रति संसारको खुशीको पाइला"Weekly DongA। जनवरी १६, २०२०। 
  35. "परमेश्वरको मण्डलीका सन्तहरूले जिते, अन्तर्राष्ट्रिय वातावरण अवार्ड"The Korea Times। नोभेम्बर २४, २०२१। 
  36. "परमेश्वरको मण्डली दिवसको घोषणा"WATV.org